विदेश भ्रमणलाई नै राजनीतिको ट्रेडमार्क बनाउनेहरु – विष्णु पन्त

२०७० बैशाख २१ गते, शनिबार

नेपालका लगभग धेरैजसो नेताहरु विदेश भ्रमणको निम्ता पाएपछि आफूलाई महान् र चमत्कारिक ठान्ने रोग छ । भ्रमणको अवसरमा पत्रकार सम्मेलन गरी शरीरले पनि धान्नै नसक्ने गरी अनि अनुहार नै छोपिने गरी प्रायोजित ढंगले फूलका मालाहरु लगाउँछन् प्रचण्डले जस्तै गरी । नेताहरु यस्तो ठान्छन् मानौँ माला धेरै लगाउनु नै लोकप्रियताको प्रमाण हो । मालाको तौल, आकार अनि मात्रात्मक पक्षलाई हेर्ने हो भने प्रचण्ड नै यो देशका सबैभन्दा लोकप्रिय नेता हुन् । लगभग सबैजसो स्वघोषित महान् नेताहरुले विदेश भ्रमण अघि र पछि एउटै कुरा भन्ने गरेका छन् – “मेरो भ्रमणबाट देशमा आर्थिक क्रान्ति र विकासको मुहान् फुट्नेछ ।” अझै ठेट भाषामा भन्ने गरेका छन् “विदेशीहरुसँग सहयोग मागेरै भए पनि म देश र जनतालाई समृद्ध बनाउने छु ।” डा. बाबुराम भट्टर्राई भारतमा गएर फर्किदा भने – “म विप्पाको माध्यमबाट विदेशी लगानीको वषा नै गराउने छु ।” तर विडम्वना ! विप्पा सम्झौता भएको धेरै महिनाहरु बिते, तर खोइ कतै लगानीको खवर सुन्नमा आएको छैन । वास्तवमा यो गरीब नेपाली जनताको मनोविज्ञान माथिको खेलवाड, अपमान र घृणित राजनीति हो । जनतालाई विकासको प्रलोभन दिएर पञ्च र काँग्रेस र एमालेले ठगे । देशलाई सिङ्गापुर, बैङ्कक र स्वीटजरल्याण्ड बनाउने खोक्रो आश्वासनमा नेपाली जनताहरु धेरै वर्षठगिए । अहिले विकासे आश्वासन र नारालाई जनताले पत्याउन छाडिसके । अब नयाँ नारा वा नयाँ सूत्रको शुरुवात गरिएको छ, त्यो हो – आर्थिक क्रान्ति, उत्पादन व्रिगेड र स्वरोजगार । आफू अर्थमन्त्री हुँदा डा. बाबुराम भट्टर्राईले नेपाली युवाहरुलाई एउटा खोक्रो र उधारो सपना बाँडे, त्यो थियो – स्वरोजगार ऋण वा लोन उपलब्ध गराउने । यो योजनाले उनलाई सबैभन्दा बढी लोकप्रिय बनायो तर त्यसको वास्तविक रुप उनी प्रधानमन्त्री भएपछि प्रस्ट भयो । शायद अहिले सबैभन्दा अलोकप्रिय नेता डा. बाबुराम भट्टर्राई नै छन् भन्दा अत्युक्ति नहोला । अब पालो प्रचण्डको आएको छ । अब कुरा चुनावको पनि चलेको छ । आफ्नो हेटौँडा महाधिवेशनबाट एउटा गजवको जादुगरी नारा वा सूत्र फ्याँकेका छन्, त्यो हो आर्थिक क्रान्तिको सूत्र वा उत्पादन व्रिगेडको सूत्र । हेटौँडा महाधिवेशन सकिएको धेरै महिना बितिसक्यो तर खोई त्यो उत्पादन व्रिगेडको संख्या र आकार कति पुगेको छ, कोही बोलेको छैन र कसैले प्रश्न उठाउने हिम्मत गरेको छैन । कारण जनजाहेर नै छ कि त्यो प्रस्ट रुपमा वौद्धिक ठगी नै थियो ।
अहिले प्रचण्डको भारत र चीन भ्रमणको निकै चर्चा चलिरहेको छ । वास्तवमा उनको भ्रमण नेपाली जनताका लागि कागलाई वेल पाक्यो हर्षन विस्मात् जस्तै मात्र छ । तर गम्भीर र संवेदनशील प्रश्न यहाँ छ कि उनले आफ्नो कर्ुर्सिका लागि के कस्ता गोप्य र राष्ट्रघाती सम्झौता गर्ने हुन् भन्नेमा मात्र जनचासो केन्द्रित छ । उनको चीन भ्रमणसँग त्यति धेरै डराउनु पर्दैन किनकि त्यो खाली प्रचारात्मक मात्र छ । तर मुख्य डर र चिन्ता उनको भारत भ्रमणसँग मान्नु पर्ने हुन्छ । ठीक छ, उनले चीन र भारतको आर्थिक सहयोगको वषर्ा नै गराउने गफ लगाउन, त्यसमा पत्याउनेहरु पत्याउन त्यो उनीहरुकै कमजोरी हो, हामीलाई आपत्ती छैन । तर खासगरी भारत भ्रमणमा गर्ने गरिएका गोप्य सम्झौताहरु प्रति मात्र हाम्रो चासो रहने छ । हामीलाई पनि खुसी लागेको छ कि चीनमा प्रचण्डको निकै ठूलो स्वागत गरिएछ । विदेशी राष्ट्राध्यक्ष खासगरी अमेरीकि राष्ट्रपतिहरुलाई राख्ने होटलमा उनलाई राखिएछ । उनलाई भि आई पि खानाका परिकार र रक्सी खुवाएर स्वागत गरेकोमा गर्व लागेको छ । त्यतिमात्र होइन, चीनका सञ्चारमाध्यममा पनि निकै स्थान र महत्व दिएकोमा खुसी नै लागेको छ । भारत भ्रमणमा पनि त्यही नै होस् भन्ने कामना छ । तर मुख्य चिन्ता उनले फेरी पनि कुनै राष्ट्रघाती गोप्य सम्झौताहरु नगरुन् ।
वास्तवमा प्रचण्डले आफ्नो विदेश भ्रमणको माध्यमबाट आफ्ना समकक्षी डा. बाबुराम भट्टर्राईलाई केही हदसम्म ओझेलमा पार्न सफल भएका छन् । उनले आफ्नो भ्रमणलाई पार्टीी मात्र नभई राष्ट्रिय प्रतिनिधिका रुपमा परिभाषित गरेर अर्को आत्मकेन्द्रित व्याख्या गरेका छन् । आफ्नै महासचिव पोष्ट ब. वोगटीको ‘भ्रमण पार्टीी’ भन्ने टिप्पणीलाई धोती लगाइदिएका छन् । जबकी उनले आफ्नो भ्रमणलाई राष्ट्रिय भन्नका लागि कुनै हैसियत देखिँदैन, न उनी सरकार प्रमुख हुन् न त उनीहरुले नै भन्ने गरेको उच्च स्तरीय राजनीतिक संयन्त्रका संयोजक नै । जनतालाई जति सकिन्छ भ्रममा पारेरै भए पनि आफूलाई शासक वा शक्तिशाली व्यक्ति बनाइ राख्ने चाहना अनुसार यस्तो अभिव्यक्ति आएको सहजै बुझन सकिन्छ । सारमा भन्ने हो भने प्रचण्डका लागि खासमा भारत भ्रमण नै निर्ण्ायक लागेको हुनुपर्छ । किनभने नेपालको राजनीतिमा मुख्यतः भारतीय हस्तक्षेप नै निर्ण्ायक छ । यो भ्रमणबाट उनका मुख्य दुइवटा उद्देश्य छन् – पहिलो हो – सत्ताका लागि गोप्य सम्झौता र दोस्रो हो चुनावका लागि आर्थिक सहयोग । आर्थिक सहयोग भन्नाले खासगरी पार्टीी खासखास नेताहरुलाई जिताउनका लागि गोप्य रुपमा लिइने नगद सहयोग भन्ने बुझनु पर्छ । त्यो भन्दा बढी केही उपलब्धी होला भन्ने आश गरिएमा त्यो कमजोरी मात्र हुन्छ । पहिला पहिला उनका गोप्य वार्ताहरु सिङ्गापुर, बैंकक तिर हुने गर्दथे त्यो पनि दूत मार्फ् भने अहिले सिधासिधा भ्रमणको माध्यमबाट हुने गर्दछ ।
प्रचण्डले चीन गएर त्रिदेशीय साझेदारी वा भारत र चीनको संयुक्त लगानीको प्रस्तावको हौवा पिटाए । त्यो प्रस्तावमा चीन सकारात्मक भए पनि भारतले कुटनीतिक असहमतिको भाषामा भनीहाल्यो – “प्रस्ताव सकारात्मक छ तर अझै बेला भएको छैन ।” कुटनीतिक प्रतिक्रियालाई बुझनेहरुका लागि यसको सिधा अर्थ हो – यो हुँदैन र तिमी ज्यादै अपरिपक्व छौ । वास्तवमा यो प्रतिक्रियाले प्रचण्डको प्रस्तावलाई अपरिपक्व र केटौलेको संज्ञा दिँदै अपमानित गरेको छ भनेर बुझनु सबैभन्दा सही र ठेट बुझाई हुन्छ । निश्चित कुरा के हो भने नेपालको विकासका लागि चीन भारतसँग मिलेर संयुक्त लगानी गर्ने कुरामा सकारात्मक छ तर भारत कहिल्यै त्यो मान्नेवाला छैन । भारतको स्वार्थ नेपालमा न त विकास हो, न त शान्ति र स्थिरता नै ।
जे होस्, प्रचण्डको चीन र भारत भ्रमण सम्म आइपुग्दा के सही पुष्टि भएको छ भने प्रचण्ड अहिले पनि आफूलाई राष्ट्राध्यक्ष नै ठानिरहेका छन् । उनले आफ्नो भ्रमणलाई पार्टीी पनि भन्न नसकी प्रधानमन्त्री वा राष्ट्रपतिले गरेको भ्रमणकै रुपमा व्याख्या गरे । थाहा छैन, भारत र चीनले उनलाई कुन हैसियतमा निम्ता दिए, तर देशभित्र उनको वैधानिक हैसियत भनेको एउटा पार्टीीे अध्यक्ष हुन् भन्ने मात्र हो । न त उनले आफ्नो भ्रमणका एजेण्डाहरुको बारेमा सरकारसँग नै सल्लाह गरे न त राजनीतिक दलहरुसँग नै । उनकै शब्दमा आफ्नो भ्रमणको एकसूत्रीय एजेण्डा आर्थिक सहयोग भनेका छन् । पछि संविधानसभाको निर्वाचन तत्कालको एजेण्डा हो पनि भनेका छन् ।
अन्त्यमा भन्नु पर्दा प्रचण्डको चीन र भारत भ्रमण नेपाली जनताका लागि कागलाई वेल पाक्यो हर्षन विस्मात् जस्तै मात्र हो । नेपाली नेता हुनुका नाताले उनले विदेशमा पाएको स्वागतका लागि हामी सबै खुसी नै छौँ । तर विदेशीहरु सँग भिख मागेर देशको विकास गर्छु आर्थिक क्रान्ति गर्छु उत्पादन व्रिगेड बनाउँछु भन्ने खोक्रो सपना नबाँड्नु राम्रो हुन्छ । हामीले देखिसक्यौँ खोक्रा आस्वासनलाई कसैले पत्याउने वाला छैनन् । फेरी पनि सपनाको ठगी नगर्न उनलाई चेतावनी दिन चाहन्छौँ । भ्रमणहरु असामान्य होइनन् बरु नियमित र सामान्य प्रक्रिया मात्र हुन् । कसैको भ्रमणले मात्र नेपालमा आर्थिक क्रान्ति वा विकास सम्भव हुन्छ भन्ने जस्तो भ्रमको खेति नगरौँ । सारमा भन्दा भ्रमणको राजनीतिलाई बन्द गरौँ । भ्रमणबाट जे जति उपलब्धि हुन सक्छ, त्यो मात्र प्रचार गरौँ । फेरी पनि भ्रमणको निहुँमा आर्थिक क्रान्ति गर्ने, गरीब जनतालाई समृद्ध बनाउने, उत्पादन व्रिगेड बनाउने जस्ता बुर्जुवा संसदीय चुनावी हल्लाहरु नगरौँ । एकछिन जनताको मन छोएर वा आकषिर्त गरेर मत तान्ने अनि वर्षौ सम्म गद्धारी र विश्वास घात गर्ने प्रवृत्तिलाई सदाको लागि बन्द गरौँ

प्रतिक्रियाहरु

[anycomment]