खोइ नागरिकप्रतिको कर्तव्य बोध ? – छत्र मैनाली
जुन देशमा आफ्नो सम्मान छैन, जीविकाको लागि साधन छैन, आफन्तहरू र मित्रहरू पनि छैनन्, शिक्षा प्राप्त गर्ने साधन पनि छैनन् भने त्यस्तो ठाउँमा बस्नु उचित छैन, छाडेर हिँड्नु उचित छ भनी आजभन्दा करिब २३०० वर्षअगाडि आचार्य चाणक्यले रचना गरेको चाणक्य नीतिमा उल्लेख छ । २३०० वर्षअगाडि रचना गरिएको चाणक्य नीति र त्यसमा उल्लेख गरिएका कतिपय भनाई वर्तमानमा समेत त्यतिकै सान्दर्भिक छन् । चाणक्यको माथिका हरफमा उल्लेख गरिएको शब्दको मर्मलाई केलाउने हो भने देश समाज अथवा व्यक्तिगत उन्नतिका निम्ति केही गर्छ भन्नेहरूका निम्ति राज्यले उचित सम्मान दिन सकेको छैन । भएका दक्ष-अदक्ष युवा जनशक्ति विभिन्न माध्यमद्वारा बैध अबैध बाटा अपनाएर दिनप्रतिदिन बाहिरिन बाध्य छन् । विदेशी भूमिमा बाटो नै सफा गर्नु किन नपरोस् । मुलुकको दूरावस्थाको कारण सहर्षस्वीकार गरेर पसिना बगाउन तल्लिन छन् । विकसित मुलुकमा श्रमको उचित सम्मान हुने हुँदा आफ्नो मुलुकमा तल्लोस्तरमा गणना हुने पेसालाई समेत तँछाडमछाड गर्दै सहज रूपमा अँगाल्न बाध्य छन् । कतिपयले आफ्नै पेसामा सफलता हासिल गरेका पनि छन् । तर जेहोस् आत्मा स्वाभिमानलाई बन्दकी राखेर गरिने श्रमले भौतिक सन्तुष्टि दिए तापनि आत्मीय ग्लानी भने अवश्य हुने गर्दछ । जीविकोपार्जनका निम्ति प्राकृतिक स्रोत साधन भए तापनि भिल्लको देशमा मणिको के मूल्य – भने झैँ प्रकृतिले दिएको अनुपम स्रोत साधनलाई समय अनुकूल प्रयोगमा ल्याउन नसक्दाको परिणाम त्रिभुवन अन्तर्रर्ााट्रय विमानस्थल हुँदै बैदेशिक रोजगार, अध्यन, बन्द व्यापार आदि काममा बाहिरिनेहरूको संख्याले पुष्टि गर्दछ । राज्यले कुन हदसम्मको आर्थिक क्षेत्रमा विकाश हासिल गरेको छ भनेर, त्रिभुवन विमानस्थलबाहेक स्थल मार्ग हुँदै छिमेकी मुलुकमा र उक्त मुलुकमार्फ बाहिरिनेको संख्या नगन्य मात्रामा रहेको छ । सम्बन्धित निकायको तथ्यलाई मान्ने हो भने करिब २ हजारको हाराहारीमा विदेशिएको तथ्यांक छ । मुलुकबाट बाहिरिने मध्य सबैभन्दा ठूलो संख्यामा खाडी मुलुकमा रोजगारीका निम्ति जानेमा पर्दछन् । बाँकी संख्या अन्य मुलुक जानेमा पर्दछन् । खाडी मुलुकमा रोजगार गर्नेहरूको पीडा दयनीय रूपमा रहेको छ । अझ केही महिला दिदीबहिनीहरूको दर्दनाक अवस्था बेलाबेलामा संचार माध्यममा आउने गर्दछ । नेपालबाट अबैध बाटो हुँदै खाडी मुलुकमा सुनौलो सपना बोकेर जाने नेपाली चेलीहरूको त्यहाँ बस्दाको क्षण भोग्नु परेको अपमान, सास्ती, कुटपिट आदि बिषयमा सुन्नु पर्दा १६ औँ शताब्दीको दासत्व जीवनलाई झल्को दिने किसिमको क्रुर अवस्थालाई दर्सााछ । अर्काको भूमिमा सास्ती पाएर हरेक गोता हण्डर काटेर बल्लबल्ल मुलुक फिर्न सफलमध्ये केही चेलीबेटीले आफ्नो भूमिमा पाइला राखेदेखि नै पीडित बन्न पुगेको घटना बेलाबेला र्सार्वजनिक हुनाले अमानवीय पराकाष्टाले सिमा नाघेको प्रष्ट हुन्छ । बैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा दह्रो टेवा दिइरहेको अवस्थामा राज्यले दीघकालीन रूपमा रोजगार सिर्जना गर्न ठोस गुरुयोजना ल्याउन सकेको छैन । केवल मानव व्यापारको दोकानलाई प्रश्रय दिनुबाहेक रोजगार सृजनाको क्षेत्रमा शून्य छ । बैदेशिक रोजगारमा जाने हरेकले बैदेशिक रोजगार सुरक्षा कोषमा सरकारले तोकेको रकम जम्मा गरेका हुन्छन् । उक्त कोषबाट रोजगारीको सिलसिलामा हुन सक्ने कुनै अप्रिय घटना घटेमा सम्बन्धित पीडित परिवारलाई राहतस्वरूप क्षतिपर्ूर्ति उपलब्ध गराउने गर्दछ । तर, उक्त कोषमा रहेको रकम बेलाबेलामा अनियमितता हुने गरेको सुन्ने गरिन्छ । यदि यो सत्य हो भने विदेशी भूमिमा रगत पसिना बगाएर आर्जन गरेको रकममा आफ्नो अनुकूल भयो भन्दैमा अनियमितता गरिन्छ भने धार्मिक मान्यताअनुसार अबोध आत्माको श्रापले ती अनियमितता गर्नेको दरसन्तानले नरकको बास भोग्नै पर्दछ । आफ्ना नागरिकका निम्ति राज्यले सामान्य जीविकोपार्जनको व्यवस्था मुलुक भित्रै गर्न सकेको भए आज यस्ता अकल्पनीय घटना सुन्न र देख्न नपर्ने थियो । अत्यन्तै निरीह प्राणी भएर अर्काको मुलुकमा रगत पसिना बगाउने इच्छा संसारको कुन मानवलाई हुन्छ होला –
गत हप्ताको बीबीसी साझा सवालमा कतारमा रहेका श्रमिकहरूबीच गरिएको कार्यक्रममा सहभागीमध्ये एकजनाले आफ्नो जीवनबारे सोधिएको प्रश्नमा आफ्नो जीवन कुकुरको जस्तो तुलना गर्दै बेदना पोल्दा प्रायः दर्शकको आँखा रसाएका थिए । तिनै श्रमिकले पठाएको व्रि्रेषणसहितको राज्यकोषबाट आफ्नो जीविका चलाउनेहरूलाई उक्त दृश्य कस्तो लाग्यो होला – मानवीय संवेदना हराउँदै गएको समाजमा यस्ता विषयले के स्थान पाउला र – संसारको जुनसुकै मुलुकमा सरकार भनेको आमनागरिकसहितको राष्ट्रकै अभिभावक हो । विकसित मुलुकमा राज्यको शासन व्यवस्था अभिभावकीय स्वरूपको हुने गर्दछ । शासक र रैतीजस्तो हुकुमी शैलीको शासन व्यवस्था विश्वबाट क्रमशः हट्दै गएको छ । सरकारले आफ्ना नागरिक उपर अभिभावकीय भूमिका निर्बाह गर्न परमर््कर्तव्य हो । आमनागरिकले तिरेको करबाट पारिश्रमिक लिने भएपछि कम्तीमा नागरिकप्रतिको कर्तव्यबोध हुने पर्दछ । राज्यको ढुकुटीलाइ दुरूपयोग गरेर गरिने कुनै पनि कामलाई बहादुरी भन्न सकिन्न । राज्यले तल्लो तहदेखि माथ्लो तहसम्मको अनुगमन विवेकपर्ूण्ा ढंगले गर्नसक्नु पर्दछ । देशको कुनाकाप्चा कन्दरामा पुगेर त्यहाँको वस्तुस्थिति अवगत गरेर मात्र योजना तर्जुमा गरिनु पर्दछ । सिंहदरबारमा बसेर कर्ण्ाालीको योजना तर्जुमा कसरी हुन सक्दछ – बैदेशिक रोजगारमा गएकाहरूले पठाएको रेमिट्यान्सलाई दीघकालीन विकास योजनामा लगानी गरेर मुलुकभित्रै प्रचुर मात्रामा रोजगार सिर्जना नगरेसम्म हाम्रो दर्जा भनेको तेस्रो नागरिककोभन्दा निम्नस्तरको रहिरहन्छ । अर्काको मुलुकमा काम गरेर आफ्नो मुलुक सम्पन्न भएको उदाहरण मैले देखेको छैन । विश्वका धेरै मुलुकले हामीले हेदाहेर्दै आधुनिक प्रविधिलाई अँगालेर द्रूतगतिमा विकास गरिरहेका छन् । राजनीति गर्नेहरूले आफूले बाचा गरेअनुसार मुलुकलाई समुन्नत अवस्थामा पुर्याएर दुनियाँलाई देखाइदिएका छन् । तर, हामी भने सामान्य जीविकोपार्जनका निम्ति अर्काको मुख ताक्नु पर्ने घाटमा खडा छौँ यहीँबाट र्छलङ्ग हुन्छ, हाम्रो सामाजिक हैसियतलाई कुन स्तरमा पुर्याइदिएका छन् । सिंगापुर, स्वीजरल्याण्डको कोरा सपना बाँड्नेहरूले, मुलुकमा बिशेषगरी २००७ सालको राजनीतिक परिवर्तनदेखि वर्तमानमा भएको राजनीतिक परिवर्तनसम्मको चर्चा हुने गर्दछ । हाम्रो मुलुक विशाल दुइ ठूला छिमेकी मुलुकहरूको बीचमा अवस्थित छ । मुलुकको राजनीति बिशेष गरेर दक्षिण छिमेकी मुलुकसँग कुनै न कुनै रूपले जोडिने गर्दछ । यो बिगतदेखि वर्तमानसम्म चल्दै आएको चलन हो भन्दा फरक नपर्ला । तर, मुलुकको इतिहासलाई पल्टाउने हो भने कुनै पनि शासन व्यवस्था स्थायी रूपले टिकेको देखिँदैन । भएका परिवर्तनसमेत व्यक्तिगत स्वार्थअनुकूल हुँदै गए वास्तविक प्रजातन्त्र स्थापना हुन सकेको छैन । यदि वास्तविक प्रजातन्त्र स्थापित हुन्थ्यो भने मुलुकमा राजनीतिक संकट लामो समय रहने थिएन । अकबरी सुनलाई कसी लाउनु पर्दैन भने जस्तै, यदि वास्तविक प्रजातन्त्र थियो भने न कसैले हरण गर्नसक्थ्यो न त कसैले झुकाउन कोसिस गथ्र्यो । वर्तमानका दृश्य सबै फिका सावित भइसक्थे तर दिनप्रतिदिन मुलुकको आन्तरिक मामलामा बाहृय हस्तक्षेप बढ्दै गएको छ । ठूला राजनीतिक दलका नेताहरू हस्तक्षेपको अनुकूल वातावरण मिलाउन कम्मर कसेर लागेका छन् किनकि आफ्ना आफ्ना इष्ट देवतासामु असली भक्त हुनुछ । तिनलाई, इतिहासको पानामा जे-जसरी नाम लेखाउनु छ । जसरी माओवादीको विशेष अनुकम्पाबाट निर्वाचनमा पराजित पात्रलाई बर्ुइ चढाएर मुलुकको कार्यकारी प्रमुख बनाउने खेलदेखि वर्तमानसम्मको पर्दाभित्रको खेलले मुलुकको र्सार्वभौमिकतामै आँच पुग्न गएको छ । बाहिर बाहिर कटाक्ष गरे जस्तो गर्न भित्रभित्र गला मिलाएर आफू खुसी चल्ने भएपछि खतराको संकेत बेलैमा बुझन जरुरी छ । पर्दा भित्र जस्तोसुकै घिनौना खेल हुन सक्छ । विश्वासको दूरी बढेर कहिल्यै नटुंगिने अवस्थामा पुगेको छ । आलोपालो गरेर सत्ताको कर्ुर्सर्ीी पुग्नु नै गणतन्त्र ठानेपछि वर्तमानमा घट्न पुगेका यस्ता सानातिना घटनाकोपछी लागेर समय खेर फाले जस्तै भएको छ । हुकुमी शैलीमा निरङ्कुशताको उदय हुँदै गएको छ । देश र जनताको उपलब्धिलाई शून्यतामा पुर्याएर १५ हजार सहिदको बलिदानीको एक दिन हिसाब-किताब गर्न दिन पक्कै आउला । बत्तीले वर्त भएसम्म प्रकाश दिन सक्छ वर्त सकिन लाग्दा धिपिक्क गरेर प्रकाश फाल्दै परमधाम हुन जान्छ । मुलुकमा नातावाद, कृपावाद क्रमिकरूपले झाँगिदै गएको छ । कालान्तरमा दुबो मौलाए जस्तो मौलाउने निश्चित छ । दलीय स्वार्थ र व्यक्तिगत स्वार्थ दैनिक श्वास-प्रश्वासका निम्ति चाहिने अक्सिजन बन्न पुगेको छ । गुट, उपगुट खडा गर्ने, खुट्टा तान्ने प्रवृत्ति, राज्यको ढुकुटीलाई आफ्नो पुख्र्यौली सम्पत्ति ठानेर जतिसक्दो दुरूपयोग गर्नेलाई सगरमाथा मात्र होइन, अन्तरिक्षमा पुगेर सफलता पाए बराबर भएको छ । अझै पनि मुलुकलाई जातीयताको नाममा, धर्मको नाममा बिखन्डन ल्याउन उद्यत हुँदै गएका छन् । इतिहासले माफ गर्छ या सजाय दिलाउँछ प्रतिक्षाको विषय बनेको छ ।