प्रतिगमनका मतियार बने संसद्वादी दलहरू – हस्तबहादुर के.सी.

२०७० बैशाख २९ गते, आईतवार


सर्वोच्च अदालतका मुख्य न्यायाधिश खिलराज रेग्मीको चुनावी सरकारको अध्यक्षमा नियुक्तिबाट शुरु गरिएको प्रतिगमनको श्रृंखला शाही शासनकालका प्रतिगमनका मतियार र जनआन्दोलन दबाउन र जनहत्या गराउने मुख्य भूमिका निर्वाह गरेका पूव मुख्य सचिव लोकमान सिंह कार्कीको संवैधानिक अंगको रूपमा रहेको अख्तियार दुरूपयोग निवारण आयोगको अध्यक्षमा नियुक्ति गरिए पछि नेपालका चार संसदवादी दलहरू एमाओवादी नेपाली कांग्रेस, एमाले र मधेसी मोर्चा प्रतिगमनका मतियारका रूपमा सिद्ध हुन पुगेका छन् ।
संसारकै राजनीतिक इतिहासमा यी चार राजनीतिक दलहरूले सबैभन्दा घृणित अलोकतान्त्रीक, असंवैधानिक लज्जास्पद कार्यको शुरुवात त आफूहरू सत्तामा आशिन रहेकै अवस्थामा साम्राज्यवादी र विस्तारवादी शक्तिहरू त घरेलु यथास्थितिवादी तथा प्रतिक्रियावादीहरूको उक्साहट र निर्देशनमा दलीय राजनीतिक सत्तालाई निर्दलीय सत्तामा हस्तान्तरण गर्न पुगेका थिए । संसारमा यस्तो इतिहास कहीँ पनि छैन कि सत्तारुढ रहेका दलहरूले निर्दलीय व्यक्तिलाई सत्ता सुम्पेको तर नेपालका इतिहास, नालायक, निकम्मा, भ्रष्ट, लाचारी, आत्मर्समर्पणवादीका रूपमा पतन हुन पुगेका चार ठूला संसदवादी राजनीतिक दलका तथाकथित चार शिर्षनेता भनिएका पुष्पकमल दाहाल प्रचण्ड, सुशील कोइराला, झलनाथ खनाल र विजय कुमार गच्छेदारले गत फाल्गुण ३० गतेको मध्यरातमा राष्ट्रघाती तथा जनघाती ११ बुँदे संझौता गर्न पुगेका थिए भने चैत्र २०६५ चैत्र १ गते बाधा अड्काउ फुकाउको नाममा २५ बुँदे राष्ट्रघाती, असंवैधानिक संझौता गरे नेपालको अन्तरिम संविधान २०६३ लाई पूरै च्यातचुत पारेर नेपाललाई पुनः प्रतिगमनकारी बाटोतिर उन्मुख गराएका थिए । त्यस परिघटनालाई अर्थात २०६९ चैत्र १ गतेलाई हामीले कालो दिनको रूपमा परिभाािष्त गरेका थियौ । कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले पनि उक्त चैत्र १ गतेको दिनलाई कालो दिनको संज्ञा दिएको थियो र नेपालमा २०१७ साल पुस १ गते र २०६१ साल माघ १९ गते जस्तै गरी नेपालमा प्रतिगमनकारी कदम दोहोरिएको ठहर गरिएको थियो । त्यसपछि नेकपा-माओवादी सहित ३३ दलीय गठबन्धन र अन्य देशभक्त, प्रजातान्त्रिक जनवादी तथा प्रगतिशील शक्तिहरूले यसप्रति गमनकारी कदमका विरुद्ध बन्द हडताल र देशव्यापी रूपमा आन्दोलनलाई अगाडि बढाउने र नेपाली जनतालाई सुसूचित गर्ने काम गरें । नेपालबन्द सम्मका विरोधका कार्यक्रमहरू सम्पन्न गरिए । तर प्रतिगमन मतियारहरू र साम्राज्यवाद तथा विस्तारवादका दलालहरूले कुनै टेर पुच्छर नै लगाएनन् । त्यति मात्र उनीहरूले आफू सत्तामा सात सात वर्षम्म बस्दा पनि संवैधानिक निकायका दलहरू पर्ूर्ति गर्न सकेका थिएनन् । तर सत्ता निर्दलीय व्यक्तिलाई सुम्पिने क्रममै अख्तियारको प्रमुखमा जनआन्दोलनको हत्यारा तथा भ्रष्टव्यक्ति लोकमान सिंह कार्कीलाई समेत सिफारिस गरेको समाचार प्रचारमा आयो । त्यसपछि उनका विरुद्ध व्यापक विरोध भयो । अदालतमा मुद्दासमेत दर्ता गरियो । यस कदमका विरुद्ध राजनीतिक दलहरू, विद्यार्थी, नागरिक समाज लगायतका शक्तिहरूले विरोध भण्डाफोर गरे । सिफारिस फिर्ता लिन तर चार दलहरूलाई आहृवान र अनुरोध समेत गरे । तर सबैकुरालाई लत्याउँदै लोकमान सिंह कार्कीलाई राता रात अख्तियार प्रमुखमा नियुक्ति गरियो । यति ठूलो विरोध र जनदबाबका बाबजूद किन संसदवादी चार दलहरूले लोकमान सिंह कार्की जस्तो भ्रष्ट जनहत्यारा व्यक्तिलाई १९ दिने ऐतिहासिक जनआन्दोलनलाई समेत उपहास गर्दै अख्तियार दुरूपयोग निवारण आयोग जस्तो जिम्मेवार निकायको प्रमुखको रूपमा नियुक्त गर्न पुगे त – यो नै गम्भीर प्रश्न हो । आम नेपाली जनताको लागि चिन्ताको विषय पनि हो । किनकि जुन राजनीतिक दलहरूलाई जनताले विश्वास गर्दै आएका थिए । चुनावमा भोट दिएर ठूला दलका रूपमा माथि माथिसम्म पनि पुर्याइदिएका थिए । तिनै राजनीतिक दलहरूले आज जनताका ती भावना र चाहनामाथि खेलबाड गर्दै प्रतिगमनकारी तथा प्रतिक्रियावादी कदम एकपछि अर्को गर्दै अगाडि बढाइरहेका छन् । यो जस्तो विडम्बनापर्ूण्ा र लज्जास्पद कार्य अर्को के हुन सक्छ र – यी चार राष्ट्रघाती तथा जनघाती दलहरूको प्रतिगमनकारी परिघटनाले यतिबेला सिंगो नपाल राष्ट्र र नेपाली जनताले लज्जाबोध गरीरहेको छ र विश्वका सामु आफ्नो सीर निहुरिएको महसूस गरिरहेको छ ।
प्रकृतिमा होस् वा मानव समाजमा होस् वा राज्य व्यवस्थामा या चिन्तनमा घटित हुने कुनै पनि घटना र परिघटनाका पछाडि निश्चित वैज्ञानिक कारणहरू विद्यमान रहेका हुन्छन् र विनाकारण कुनै पनि घटना घटित हुन सक्दैन । नेपालमा अहिले घटना घटित हुन सक्दैन । नेपालमा अहिले घटित हुन पुगेको यो प्रतिगमनकारी परिघटना घटिन हुनुका पछाडि पनि निश्चित वैज्ञानिक घटनाहरू विद्यमान रहेका छन् ।
यस परिघटना घटित हुनुको पछाडि धेरै कारणहरू हुन सक्छन् तर यहाँ दर्ुइवटा मुख्य कारणहरू विद्यमान रहेका छन् –
पहिलो कारणः यस परिघटनाका प्रमुख सूत्रधार र मतियार एकीकृत नेकपा -माओवादी) र त्यसका नेता पुष्पकमल दाहाल प्रचण्ड हुन् । उनले गत माघमा सम्पन्न पार्टीीे हेटौडा महाधिवेशन हलमै सूच भरियो भनेर ठूलो स्वरले कुर्लेका थिए । त्यहाँदेखि यो खेल विधिवत् रूपमा संचालनमा आएको हो । एमाले, कांग्रेस जस्ता पार्टीीले यो काम गर्दै थिए नै । किनकि उनीहरू साम्राज्यवाद र विस्तारवादका दलाल हुन् । यो उनीहरूको कर्तव्यभित्र पर्दैथियो । तर दश वर्षो जनयुद्धको नेतृत्व समेत गरेको दशौं हजारको बलिदानी र हजारौंको वेपत्ता र घाइते अपाङ्ग तथा घरबारविहीन समेत पुर्याउन पुगेका एमाआोवदी र त्यसको नेता प्रचण्डले किन गरे त भन्ने प्रश्न नै मुख्य प्रश्न हो र चिन्ताको विषय पनि हो यो ।
यसको वास्तविकता के हो भने एकीकृत माओवादी वैद्धारिक-सैद्धान्तिक रूपले नवसंशोधनवादी पार्टीीो । नवसंशोधनवादीहरूसित कुनै निश्चित वैज्ञानिक विचार हुँदैन । उसको ढाट्ने झुट मुटका कुरा गर्ने षडयन्त्र र तिकड्मवाजी तथा जालसाजी कार्य गर्ने रहेको हुन्छ । त्यसो भएर एमाओवादी पार्टीी उसका नेताको कर्तव्य त्यही हुने हो र भइ पनि रहेको छ । लेनिनले एक ठाउँमा के भनेका छन् भने “संशोधनवादीहरू अन्तिममा प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कित्तामा सामेल हुन्छन् ।” लेनिनले भने जस्तै नवसंशोधनवादमा पतन हुन पुगेर नेपाली कम्युनिष्ट आन्दोलनभित्रको ठमाह सन्तानका रूपमा एमाओवादी पुगैकै हो । त्यसो भए एमाओवादी र उसका नेतृत्वहरू प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी कित्तामा पुगेकै कारण अहिले एमाओवादी र त्यसका नेता प्रचण्ड वर्तमान नेपालको प्रतिगमनकारी कदमका मुख्य मतियार बन्न पुगेका हुन् । सचेत नेपाली जनताले बुझ्ने कुरा यही नै हो । एमाले, कांग्रेस र मधेसी मोर्चा त प्रतिगमन र प्रतिक्रान्तिका मतियारका पुरानै अंसियार हुन् ।
दोश्रो कारणः एमाओवादी र यसका नेता प्रचण्ड बाबुरामलाई खुला भ्रष्टाचारी हुन् । यिनीहरूले राष्ट्रको ठूलो सम्पत्ति माथि ब्रहृमलुट मच्चाएका छन् । प्रचण्डको नाममा अख्तियारमा भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । एमाले, कांग्रेस र मधेसी मोर्चा र तिनका नेताहरू त १२ वर्षो कार्यकालदेखि कै नामुद भ्रष्टाचारी हुन् । उनीहरूका नाम अख्तियारमा सैयौं मुद्दाहरू दर्ता हुँदै आएका छन् । अतः लोकमानसिंह कार्की पनि ठूलो भ्रष्टाचारी र अनैतिक व्यक्ति हो । उसैलाई अख्तियारको प्रमुख बनाएमा भ्रष्टाचारको मुद्दाबाट जोगाइदिन्छ भन्ने उद्देश्यले नै उनीहरूले लोमानसिंह कार्कीलाई अख्तियारको प्रमुखमा सिफारिस गरेका हुन् । यी दुइवटा कारण नै मुख्य रूपमा रहेका छन् । प्रचण्ड, सुशील, झलनाथ, गच्छेदार जस्ता भ्रष्टहरू अब जोगिन्छन् कि जेलमा सडाइन्छन् हेन बाँकी छ ।

प्रतिक्रियाहरु

[anycomment]