धिक्कार ‘चार दल’ – राजेन्द्र चिमौरिया
दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनको उपलब्धिमाथि कुठाराघात गर्ने चार दलीय राजनीतिक एकाधिकारलाई धिक्कार्नुपर्ने समय आएको छ । चार दलीय राजनीतिक एकाधिकार कारण संविधानसभाबाट संविधान बन्न सकेन र अन्ततः संविधानसभा नै विघटन गरियो । चार दलीय राजनीति एकाधिकारको कारण लोकतन्त्रको सामान्य सिद्धान्तविपरीत प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन भएको छ । चार दल एकपछि अर्को राष्ट्रघाती र जनघाती कार्यहरू गरिरहेको छ । सिलसिलामा चार दलीय सिन्डिकेटले अर्को गम्भीर जनघात गरेको छ, जनआन्दोलनका दोषी लोकमानलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुख बनाएर जनआन्दोलनमा प्रत्यक्ष संलग्न भएको भनी तत्कालीन रायमाझी आयोगद्वारा दोषी ठहर भएका लोकमानसिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगजस्तो संवेदनशील अङ्गको प्रमुख बनाउनु चार दल र सरकारको घोर राष्ट्रघाती र जनघाती निर्ण्र्ााहो । यसले अब चार दल शिखण्डीको भूमिका निभाउँदै मुलुकलाई प्रतिगमनतिर दोहोर्याउन लागिपरेको प्रस्ट हुन्छ । चार दलको यस्तो घृणित कार्यलाई बेलैमा नरोक्ने हो भने दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने निश्चित छ । तर्सथ, अब आमस्वाभिमानी नेपाली जनताले दस वर्षो जनयुद्ध र १९ दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ एक पटक सडकमा ओर्लनुको विकल्प छैन । मुलुकको राष्ट्रिय स्वाभिमान र लोकतन्त्रको रक्षार्थ अब नेकपा-माओवादीको नेतृत्वमा सबै दल, नागरिक समाजलगायत एकजुट भई आन्दोलनमा उत्रनुको विकल्प छैन । त्यसैले चार दलीय राजनीतिक एकाधिकारलाई धिक्कार्दै आमस्वाभिमानी जनता सडकमा ओर्लिऔँ । चार दलीय सिन्किडेटलाई ध्वस्त गर्दै दस वर्षो जनयुद्ध र १९ दिने आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षा गरौँ । यही नै अहिलेको आवश्यकता, समयको माग र आमस्वाभिमानी नेपाली जनताको चाहना पनि हो ।