कठपुतली सरकार द्वन्द्व निम्त्याउँने दिशातिर – हस्तबहादुर के.सी
साम्राज्यवादी तथा विस्तारवादीहरूका ग्राइन्डिजाइनमा बनेको वर्तमान कठपुतली सरकार द्वन्द्व निम्त्याउने र जनता जनता बीचमा भिडन्त मच्चाएर मुलुकलाई पुनः गृहयुद्धतिर धकेल्ने खेलतिर उन्मुख हुँदैछ । यसको पछिल्लो उदाहरण हो यही जेठ १ गते सर्ुर्खेतमा जनताका बीचमा पुलिसले गोली प्रहार गरेको घटना । त्यस घटनाबाट यो मुख्य न्यायाधिशको नेतृत्वमा बनाइएको कठपुतली सरकार संविधानसभाबाट नेपाली जनताले चाहेको र राष्ट्रलाई आवश्यक परेको नयाँ संविधान बनाउने दिशातिर उन्मुख हुनुको सट्टा असंवैधानिक र अराजनीतिक ढंगले बनेको र विना ऐजेण्डाको सरकारले संसदीय पाराले आम जनता र त्यसको नेतृत्व गर्ने क्रान्तिकारी तथा परिवर्तनशील राजनीतिक शक्तिहरूको भावना सहमतिविना चुनावी हल्लाहले मात्र जनताको संविधान बन्न सक्दैन भन्ने आवाजलाई कुल्चदै नेकपा माओवादी लगातार ३३ दलले विरोध गरेको निहुँमा जाना जान गोली प्रहार गर्नु भनेको मुलुकमा द्वन्द्व निम्त्याउने खेलमा कठपुतली सरकार उत्रिएको तथ्य प्रभाषित हुनपुगेको छ ।
जुन उद्देश्य र योजनाका सात गत चैत्र १ गते संविधान विपरीत अराजनीतिक ढंगले कठपुतली सरकारको गठन गरियोे, त्यसै दिनदेखि नै नेकपा -माओवादीले यो सरकार बन्नका सम्पर्ूण्ा प्रक्रियाहरू खारेज गरेर गोलमेचसभाद्वारा राष्ट्रिय सहमति कायम गरेर संयुक्त राष्ट्रिय सरकार निर्माण गरेर मात्र नयाँ संविधानसभाको निर्वाचनका प्रक्रिया अगाडि सारेर मात्र मुलुकलाई सही निकास दिन सकिन्छ भन्दै आएको छ र ०२६९ चैत्र १ गतेको दिनलाई कालो दिनको रूपमा परिभाषित गर्दै संसदवादी चार दलीय सिन्डीकेटले प्रतिगमन निम्त्याएको र मुलुकलाई फाँसीवादतिर लैजाने षड्यन्त्र भन्ने संश्लेषणमा पुगेर यसका सबै प्रक्रिया र योजनाहरू खारेज गरियोस् भनेर जोडदार रूपले माग गरेको हो । पछि विचार मिल्ने ३३ दलीय सहकार्य निर्माण हुन पुग्यो र नेपालबन्द लगायत विरोधका विविध कार्य गर्दै आएको र्सवविधितै छ । र ३३ दलको विरोध र अवरोधका कारण आउँदो असारको पहिलो हप्ता सम्पन्न गरिने भनेर घोषणा गरिएको चुनावको घोषणा गर्न समेत नसकेर कठपुतली सरकार र त्यसका निर्माणकर्ता चार दलीय सिन्डीकेटले समेत आगामी कार्तिकको अन्तिम साना वा मंसीरको पहिलो हप्ता त पक्कै पनि नयाँ संविधानसभाको चुनाव सम्पन्न गरिन्छ भन्ने हावादारी प्रचारवाजी गरेर नेपाली जनतालाई उल्लु बनाउने र सत्ता लम्ब्याउने खेलमा लागेको पनि प्रष्ट भइसकेको छ ।
अर्को सबैभन्दा खतरनाक पक्ष के हो भने यो कठपुतली सरकारले विमति राख्ने राजनीतिक शक्तिहरूलाई वार्तामा आउन र सबै कुराहरू वार्ताद्वारा हल गर्ने भनेर वार्ता टोली समेत निर्माण गरेर वार्ताको हल्लाह मच्चाइरहेको छ भने अर्कोतिर जनतातिर गोली बर्सर्ाा सुरु गरेको छ । यसबाट के कुरा प्रष्ट हुन्छ भने कठपुलती सरकार र यसका निर्माण कर्ताहरू सबै राजनीतिक शक्तिहरू र आम जनतालाई समेत आम सहमतिमा ल्याएर नेपाली जनताले २००७ सालदेखि संविधान सभा मार्फ जनताको संविधान बनाउने भन्ने जुन चाहना हो त्यो पूरा गर्ने र महान १० वर्षो जनयुद्ध, १९ दिने ऐतिहासिक जनआन्दोलनको म्यान्डेट र नेपाली जनताको भावना र चाहना तथा नेपाल राष्ट्रको आवश्यकता बमोजिम जनताको नयाँ संविधान बनाउने र मुलुकलाई समुन्नत दिशातिर अगाडि बढाउने भन्दा पनि नेपाललाई साम्राज्यवादी र विस्तारवादीहरूको क्रिडा स्थल बनाउने उद्यत भएको देखिन्छ । किनकि यसको निर्माणका सम्पर्ूण्ा प्रक्रियाहरू खारेज गर भन्दै निर्वाचन आयोगलाई समेत सहमति विना कुनै पनि प्रक्रियाहरू अगाडि नबढाउन ३३ दलीय गठबन्धनले पटक पटक निर्वाचन आयोगमा पुगेर ज्ञापन पत्र बुझाउँदै आएको छ । तर यी सबै कुराहरूलाई कुल्चदै कठपुतली सरकारले विभिन्न बहानाबाजी गरेर नागरिकता वितरण गर्ने निहुँमा कथित घुम्ती शिविरहरको हौवा खडा गरेको जनतालाई लोभ्याउने खसीलाई हरियो घास देखेर घाँटी रेटेझैं गरी घुम्तीशिविरको लोभ देखाएर जनतामाथि गोली प्रहार गरेर रक्तपात मच्चाउने र मुलुकलाई गृहयुद्धमा धकेल्ने योजना अनुरूप कठपुतली सरकार अगाडि बढेको छ । यो योजना पनि अमेरिकी हृवाइट हाउस र दिल्लीको हृवाइट हाउसबाट बनेको हो भन्ने कुरा पनि प्रष्ट भइसकेको छ ।
यहाँनेर भुल्नै नहुने कुरा के पनि हो भने संविधानसभाबाट संसारमा कही पनि क्रान्तिकारी संविधान बनेको इतिहास छैन । त्यसो भएर सोभियत रुसमा सन् १९१७ को महान अक्टोबर समाजवादी क्रान्ति पश्चात लेनिनले संविधान सभालाई भंग गरेर अर्को तरिकाबाट क्रान्तिकारी संविधान बनाएको इतिहास छ । वर्ुर्जुवा संसदवादीहरूले मात्र संविधान सभालाई आफ्नो अनुकूलको संविधान बनाउने र र भूलाउने साधनको रूपमा प्रयोग गर्दे आएका छन् र यसलाई संविधान बनाउने अत्यन्तै प्रजातान्त्रिक प्रक्रिया भएको प्रचारबाजी समेत गर्दै आएका छन् ।
एउटा सुवोध्य कुरा के पनि हो भने नेपालमा संविधानसभाबाट क्रान्तिकारी संविधान बन्नै सक्दैन । २००७ सालदेखि नै नेपाली जनताले संविधानसभाको चाहना गर्दै आएका कारणबाट जनयुद्धकै प्रक्रिया अन्तरगत नेकपा -माओवादी) ले संविधान सभाको एजेण्डालाई अगाडि सारेको थियो र साम्राज्यवाद र विस्तारवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान निर्माण गरेर त्यसैमाथि टेकेर नयाँ जनवादी क्रान्ति प्रक्रियालाई विजयको दिशातिर पुर्याउने उद्देश्य र योजनाका सात २०६४ चैत्र २८ गते संविधानसभाको चुनाव बनाइएको थियो । तर बाहृय रूपमा साम्राज्यवादी र विस्तारवादीहरूको षड्यन्त्र र घरेलुका रूपमा यथास्थितिवादी तथा संशोधनवादीहरूका षड्यन्त्रका कारण संविधान सभाबाट जनताले संविधन बनाउन नदिएर रातारात संविधान सभाको अवसान बनाइएको कुरा दिनको घामझैं र्छलङ्गै भइसकेको छ । र फेरी पनि संविधानसभाबाट जनताको क्रान्तिकारी संविधान बन्ने त कुरै भएन । तर अझै पनि संविधान सभाप्रति नेपाली जनताको झिनो आशा बाँकी रहेकाले फेरी पनि गोलमेच सभा मार्फ राष्ट्रिय सहमति कायम गरेर संविधान सभाबाट जनताको चाहना र राष्ट्रको आवश्यकता अनुसार नेपाली क्रान्तिको तयारी लागि पुनः पटक संविधान सभालाई उपयोग गर्न सकिने योजना नेकपा माओवाद लिगायत ३३ दलीय गठबन्धनको योजना रहेको छ । यी सबै कुरा बुझिसकेपछि साम्राज्यवादी र विस्तारवादीहरूको निर्देशनमा घरेलु प्रतिक्रियावादीहरू यथास्थितिवादीहरू, संशोधनवादी तथा वनसंशोधनवादी शक्तिहरू मुलुकमा द्वन्द्व निम्त्याएर मुलुकलाई गृहयुद्धमा धकेल्ने र नेपाली क्रान्तिलाई पुनः विथोल्ने षड्यन्त्रमा लागि परेका छन् । यस प्रकारको अवस्थामा अब क्रान्तिकारीहरूले तेश्रो जनआन्दोलनको सुनामी आँधि सृष्टि गरेर चारदलीय सिन्डीकेट र त्यसको कठपुलती सरकरलाई पूवराजा ज्ञानेन्द्र शाहको जस्तै हवीगत गराउनुको विकल्प छैन ।