चार दलको चुनाव भाँडने षडयन्त्र – बिजय नरसिंह के सी
विगतका कृयाकलापको मूल्याड०कनले असफल सिद्ध भएका चार दल तथा नेताहरु प्रति आम जनता रुष्ट भएको कारण नैे चुनावमा जान डर्राईरहेका छन । अतः अनेकौं हथकण्डा रची झुठको खेती गरी गतिरोध लम्व्याएर सत्ता भागवण्डामा रजाई गरिरहिने तथा चुनाव आफू अनुकुल तथा वहुमत प्राप्त हुने सुनिश्चितता भएपछि मात्र निर्वाचन गर्ने रणनीतिक चालमा तल्लिन भईरहेका छन । काँग्रेस एमाले आफू सत्तामा नहुँदा सत्तापक्षलाई अविश्वास गर्ने, निषेध गर्ने, विरोध तथा अवरोध सृजना गर्ने गरिएको थियो । आज सत्तामा रहँदा भने प्रतिपक्षि राजनीतिक दलहरुलाई आफैंले निषेध गरी निरंकुश तवरले अगाडि वढने पद्दती अपनाउने प्रवृत्ति हावी रहेको दोहोरो चरित्रले चुनाव भाँडने षडयन्त्र गरीएको हँदा कुनै ठोस निकाश निकाल्न प्रयत्न गरीएको छैन । संवैधानिक तवरले विगतको संविधना सभामा रहेका सम्पूण दलहरुको सहमती आवश्यक पर्ने भएपनि चार दल मात्रको औचित्य हिन ११ वँुँदे सहमतीले जनता झुक्याएर सत्तामा भागवण्डा मिलाउन देखावटी सहमती गरे पनि असंवैधानीक तथा अलोकतान्त्रिक कोठे सहमती गरी थे्रसहोल्ड, फौजदारि अभियोग तथा नैतिक पतन भएका व्यक्तिले चुनावमा भाग लिन नपाउने मुद्धा अगाडि सारिएको तथा चार दल भित्रै सहमती र असहमतीको वाहानामा अडान राखेर चुनाव हुन नदिने षडयन्त्र गरिरहेका छन । प्रतिपक्षि ३३ आन्दोलनकारी गठवन्धनका वास्तविक मुद्दाका मागलाई वेवास्ता गर्दै उल्टो अनावश्यक झन्झट तथा दोष थुपार्दै आफू निर्वाचनको पक्षमा रहेको अभिनयवाट जनता झुक्याउन सफल भएको सम्भिएका दलका नेताहरुले मोहराको रुपमा स्थापित गरिएको वर्तमान सरकारलाई असफल वनाई चार दलीय गठवन्धन सरकार वनाउने तथा आफनो पक्षमा निर्वाचन गर्ने कलुषित भावना वोकेको षडयन्त्र उजागर हुँदै गईरहेको छ । विदेशी दलाल पथवाट अभ्रि्रेरित चार दलका नेताहरु ११ वुँदे सम्झौता गरी २५ वुँदे वाधा अडकाउ फुकाउ मार्फ अधिनायक वादमा निरंकुश शासन शैलीले राष्ट्रघाती नागरिकता प्रकरण गर्न वाध्य हुन परेको स्वीकारोक्ति गरेका यथार्थ कारण जनतालाई लुकाएर काँग्रेस एमालेले आज निर्लज्ज लोकतान्त्रिक व्यवस्थाको दुहाई दिएर वहुमत प्राप्त गर्ने र लोकतान्त्रिक संविधान वनाउने जस्ता झुठको नारा फलाक्दै जनता झुक्याउने खेलमा लागिपरेका छन भन्ने विष्लेषण गरिन्छ । र्
वर्तमान परिस्थितिमा पार्टिको मूल सिद्धान्तवाट विचलित भएको तथा सैद्धान्तिक चुनावी घोषणा पत्रलाई पनि लत्याएको विगतको अनुभव गरेका जनताहरुलाई चार दलको नेताहरुले कुनै ठोस कार्य नीति नवनाई संविधान सभाको निर्वाचन गर्ने अभिव्यक्ति माथि शंका गर्नु स्वाभाविक हो । विभिन्न चरणका आन्दोलन मार्फ पाएको उपलब्धि रहेको संविधान वाद मार्फ जनताका अधिकारको उलंघन गर्दै निरंकुश तथा अधिनायकवाद शैलीले ०६३ अन्तरिम संविधानको स्पष्ट धारा संशोधन गरी शक्ति पृथकिकरणको सिद्धान्त विपरित वहालवाला प्रधान न्यायाधिशको निर्दलिय सरकार वनाउनेहरुले लोकतन्त्रको परिभाषा नै समाप्त गरी असंवैधानिक तथा अलोकतान्त्रिक निर्वाचन मार्फ लोकतान्त्रिक संविधान वनाउने प्रतिवद्धता हास्यास्पद छ । कुनै उत्तरदायि तथा जिम्मेवारी वहन गर्न नपर्ने छाडा प्रबृत्तिका चार दलका नेताहरु निर्वाचन मार्फ लोकतान्त्रिक संविधान निर्माण गर्न वहुमत चाहिएको उदघोष गरेको नाटक हेन दैनिकी रकम वाँडेर ल्याईएको कार्यकर्ताको तालीले जनताको माझमा अभिनेताको भूमिका खेलि रहेका नेताहरुले यो वुझन जरुरी छ कि विधि सम्मत देश विकास तथा समृद्धि तथा जनताका अपेक्षा आकंक्षालाई परिपूर्ति गर्ने विश्वासमा नै मतदान गरी जनप्रतिनिधिको रुपमा स्थापित गर्ने प्रचलनको लोकतान्त्रिक माध्यम निर्वाचन हो । निर्वाचन मार्फ कुनै ठोस मुद्दाका लागि राजनीतिक दललाई जनताले अभिमत दिने प्रकृया हो । कुनै विदेशी दलाल वा कम्पनीका रुपमा संगठित समुहका व्यक्ति विशेषलाई चुनेर सत्ता र भत्तामा रजाई गर्नका लागि होईन ।
सिद्धान्त नीति तथा कार्य विधिवाट लक्ष्य प्राप्त गर्ने योजनाको र्सार्थकता अनुसार नै जनताहरु राजनीतक दलमा भुमिका निर्वाह गर्न गराउन संगठित भएका हुन्छन । लोक सम्मतीको आधारमा नै देश तथा जनतालाई नेतृत्व दिन सक्ने हैसियत रहेको तथा आम जनतालाई समेटन सक्ने तथा जनताले समेत पत्याउने व्यक्ति नै नेताको रुपमा अगाडि वढन सक्दछन । वर्तमान परिवेशमा स्वार्थी प्रबृत्ति रहेका व्यक्तिहरुले दलाली तथा चाकडीको आधारमा धाक रवाफ जमाउने तथा परिवारवाद, नातावाद तथा कृपावादमा आधारीत भई सत्तामा पहुँच पुर्याउने परम्पराले गुटवन्दिमा लागेर व्यक्तिवादी गुट उपगुटको तथा भिडतन्त्रवाट जनतालाई झुठा आश्वासनको भरमा गतिविधि गरिदै आएको हुँदा जनताका वीच चार राजनीतिक दल तथा नेताहरु प्रति अविश्वास पैदा भैरहेकोछ । यसैले कसैको उत्तराधिकारी वा दलाली गरेका भरमा सत्ता स्वार्थमा अधिपत्य जमाउन गरिएको प्रयत्नले चार राजनीतिक दल निरिह वन्दै राष्ट्र र जनताको पक्षमा निर्ण्र्ाागर्न नसक्ने हुँदै गएको आभास हुँदै छ । असफल चार दलहरु सिद्धान्त नीति तथा कार्यक्रम विहिन भएका छन तथा कार्यकर्ताका रुपमा हतियार धारी गुण्डाहरुको भर्ति तथा राजनीतिक संरक्षण गरी कम्पनीको रुपमा संगठनलाई मजवुत वनाउन प्रयत्न गर्दैछन । चार दल अर्थात कम्पनीको रुपमा अपराधिक कृयाकलामा संलग्न गुण्डाहरुको प्रयोग गरी पाखुरे वलको आधारमा असंवैधानिक निर्वाचन मार्फ सत्ता र भत्तामा रजाई गर्ने मनशाय वोकेका कारण निश्पक्ष स्वतन्त्र तथा भय रहित निर्वाचन हुन सक्नेमा आशंका छ । यस्ता कृयाकलापलाइ निरुत्साहित गर्नका लागि प्रतिपक्षि राजनीतिक दल तथा आम जनता सजग हुन आवश्यक छ ।
-लेखकः नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन ।)