स्ववियू निर्वाचनको असफलतामा दोषि को ? – बिजय नरसिंह के सी
नेपालमा भएका जनआन्दोलनहरूमा युवा शक्तिहरूको वलियो संगठनको रूपमा रहेका विद्यार्थीहरूको अग्रणी भूमिका रहेको तथ्य जगजाहेर नै छ । जनतालाई प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने सरकारका स्वेच्छाचारी निर्ण्र्ो विरुद्ध तात्काल आवाज उठाउन सक्षम रहेको तथा प्रतिपक्षिको भूमिका समेत समय सापेक्ष निर्वाह समेत गरेका उदाहरणहरू छन । युवा शक्तिको वैशाखीमा टेकेर नै राजनीतिक दलका नेताहरूले विरोध जुलुसका कार्यक्रम गर्ने तथा आन्दोलनको रूपलाई शसक्त वनाउन प्रयोगले सफल नतिजा निकालेका थिए । विभिन्न कालखण्डमा आन्दोलन मार्फ राजनीतिक दललाई शासन सत्तामा पहुँच पुरयाए पनि यस्ता प्रकारका आन्दोलनहरूवाट पाएको उपलब्धि सँस्थागत गर्न नेताहरू असक्षम तथा असफल भएका छन । यस्तो कृयाकलापले विद्यार्थीको योगदानको अवमूल्यन भएको महशूस गरिन्छ ।
र्व्ार्तमान परवेशमा विद्यार्थिको हक हितको लागि स्वतन्त्र निष्पक्ष तथा भय रहित निर्वाचन गराउने ढोङ्ग फुकेका तथा ठुला दलको मान्यता लिएका एमाओवादी काँग्रेस एमालेको धाँधली गर्ने परम्परालाई निरन्तरता दिएको कारण नै मिनि चुनावको सँज्ञा पाएको विद्यार्थी संगठनको चुनाव अनिश्चितता भयो । निर्वाचन आयोगमा नाम दर्ता गराउन समेत को पहिला हुने होडवाजी चलाउन नौटड०की गर्न पछि नपरेका राजनीतिक दलका भातृ संगठनको निर्वाचनमा जवरजस्ति परिणाम आफनो पक्षमा पार्नका लागि ठूलो धनराशीको प्रयोग गरी अनाधिकृत विद्यार्थी भर्ना सञ्चालन भएको तथ्य प्रमुख विद्यार्थी संगठनका नेताहरूले निर्लज्ज स्वीकारेका छन् । निर्धारीत समयमा निर्वाचन सम्पन्न हुन नसक्नुको जिम्मेदारी तथा जवाफदेहिता लिन नपरी माउ पार्टीे चरित्र प्रदर्शन गर्दै आरोप प्रत्यारोपको राजनीतिक प्रचलन अनुरूप नै एक आपसमा आक्षेप लगाएर निर्दोष सावित हुन तल्लिन भएको देख्दा विद्यार्थी राजनीतिले भविष्यले कुन मोड लिँदैछ भन्ने प्रश्न खडा गर्दछ ।
राजनीतिक दलहरूले अवलम्वन गरेको सिद्धान्त नीती तथा कार्यक्रम वमोजिम विद्यार्थी युवा शक्तिलाई प्रशिक्षण गर्ने गराउने क्षेत्रको रूपमा हेरिएको स्व्ातन्त्र विद्यार्थी यूनियनको अवधारणामा संगठानिक रहेको सँस्थामा लोकतान्त्रिक अभ्यास अनुरूप निर्वाचनको पद्दतीमा देखापरेका विसङ्गतीले विद्यार्थीहरूको हक हितमा भन्दा अन्य कृयाकलापमा प्रयोग हुन थालेका छन तथा विद्यार्थीले उठान गर्ने मुद्दाहरूको विषयमा विश्वसनियतामा ह्रास हुँदै गईरहेको छ । यो राष्ट्रका लागि नै दर्ुभाग्य हो भन्ने विष्लेशण गरिन्छ ।
निर्वाचनको नाममा चन्दा आतंक तथा निर्वाध धाँधली गर्न प्रतिस्प्रधा गर्ने, कलेजमा ताला लगाएर निर्वाचनको वातावरण विथोल्ने कार्यमा सहभागी हुने र निर्वाचन स्थगित भए पश्चात निर्वाचन गराउन पर्ने माग राख्न्दै आन्दोलन गरेर चक्का जाम तथा वन्द सम्मको कार्यक्रम गरेर र्सवसाधारण जनतालाई दुख दिन कार्य गर्न नहिच्किचाएका विद्यार्थीहरूको चरित्र विद्यार्थिको हक हित भन्दा अराजक प्रवृत्ति वा गुण्डागर्दीमा पैसा कमाउने तथा नेता वन्ने होडवजीमा आधारीत भएको आभास हुँदैछ । यस्ता कृयाकलापको यथाशक्य निरूपरण गर्न आवश्यक छ । किनभने मिनि निर्वाचनमा देखा पर्न गएको अराजकता सत्ता स्वार्थमा तल्लिन राजनीतिक दलहरू वीच भविष्यको संविधान सभामा समेत देखा पर्ने सुनिश्चितता छ । यसको परिणाम भनेको निर्वाचन नगराउने वा नहुने नै हो भन्ने निक्र्योल निकाल्न सकिन्छ ।
चार दलका भातृ संगठनको कृयाकलापले मिनि निर्वाचन को मान्यता पाएको स्ववियूको निर्वाचन समेत निर्धारित समयमा सम्पन्न गर्न नसक्ने अवस्था छ भने देशका मुल कानुन निर्माण गरिने संविधान सभाको निर्वाचनको सम्भावना पनि केबल वाहानवाजी मात्र हो भन्दा अत्युक्ति नहोला । किनभने विगतका विवादित रहेका मुद्दाहरूको विषयवाट निकास निकाल्न ठोस कार्यदिशा अपनाउने सहमती विना तथा असंवैधानिक तथा अलोकतान्त्रिक तरिकाले चार दलले निरंकुश अधिनायकवादी शैलीले संविधान सभाको निर्वाचन गर्न वा हुन सम्भव छैन ।
नागरिक हक तथा अधिकारका वारेमा चेतनशील आम नागरिकलाई लोकतान्त्रिक व्यवस्थामा विधिको शासनको वारेका राम्ररी ज्ञान छ । सिद्धान्त विहिन राजनीति गरी दलिय तथा व्यक्तिवादी चरित्र पर््रदर्शन गर्दै सत्ता स्वार्थ परिपर्ूर्ति गर्न गरिएको षडयन्त्रहरूलाई नेपाली जनताले राम्ररी वुझेका हुँदा भुटमुटको राजनीतिले स्थापित हुने कृयाकलाप उनीहरूकै लागि महङ्गो सावित हुनेछ । अतः चार दलिय सिण्डिकेटको आधारमा अलोकतान्त्रिक पद्दती तथा असंवैधानीक विधिवाट गरिएको वर्तमान स्ववीयू कृयाकलापको नाफा नोक्सानीको जिम्मेवारी वहन गर्न तथा असफलताको परिणामको भागिदारी लिनका लागि जिम्मेदार चार राजनीतिक दल तथा उसका मतियारहरू तयार हुन पर्दछ किनभने विद्यार्थीहरूको भविष्य अन्धकार रहेको तथ्य वर्तमान घटनाक्रमले देखाई रहेको छ ।
लेखक ः नेपाल राष्ट्रिय लोकतान्त्रिक दलका महासचिव हुन ।