संविधानसभाको निर्वाचन र कर्मचारीहरुको भूमिका – महादीप पोखरेल
देशमा राजनीतिक द्वन्द्वको स्थिति दिन प्रतिदिन जटिल बन्दै गएको छ । एकातर्फनिर्वाचन जसरी पनि सम्पन्न गर्न लागीपरेको चार दलीय संयत्र र सरकार छ भने अर्को तर्फनिर्वचन जसरी पनि ध्वंस गरीछाड्ने प्रतिवद्धता सहित ने.क.पा. माओवादी लगायत ३३ दल छन् । यस्तो परिस्थितीमा देशमा चलिरहेको राजनैतिक विवादको तत्काल समाधान नगरी देशलाई जवरजस्ती चुनाव तर्फधकेल्दा यहा थप भिडन्तको अवस्था आउन सक्छ तथा सरकारी कर्मचारीले पनि निर्भिक र निष्पक्ष भएर सेवा प्रवाह गर्न सक्दैनन् । साथै निरीह र निशस्त्र कर्मचारीलाई जसरी पनि सरकारको आदेश पालन गर्न वाध्य वनाइनु भनेको सरकारको निर्जलज्जता र जवाफहिनता हुन्छ । हामी चाहान्छौ देशमा जनताका अधिकार स्थापीत होउन, शान्ति कायम होस र भयमुक्त वातावरणमा चुनाव सम्पन्न गरीयोस। त्यसको लागि देशमा क्रियासील सवै राजनैतिक शक्तीहरुको बीच एउटा राजनैतिक सहमतिको अपरिहार्यता छ । सरकारी कर्मचारी भएकोले हामी सरकारको आदेश पालन गर्न त वाध्य छौ तथापी हाम्रा पनि गुनासा र मागहरु हुने नै भए । अहिलेको अवस्था सरकारी कर्मचारीहरुको आात्मवल कमजोर रहेको समय हो । विगतको द्धन्दको अवस्थामा पनि कर्मचारीहरु चपेटामा परेका थिए । स्मरण रहोस रोल्पाको गाममा भएको भिडन्तमा रेन्जर वलराम भुसाल लगायत १०-१२ कर्मचारीहरुको मृत्यु भएको थियो । जस्को लर्डाईमा कुनै साइनो थिएन् । यस्तै अवस्था फेरी नआउला भन्न सकीन्न । देशका सवै कर्मचारीहरु संसकीत भइरहेको अवस्था छ । नेपालको इतिहास र विभिन्न घटनाक्रमलाई अध्ययन गर्दा सुगौली सन्धी पछी हाल गणतन्त्रको अवस्था सम्म पनि विदेशीकै निर्देशन, हैकम र आर्शीवादले यहाँको शासन सत्ता चलीरहको र प्राकृतिक समपदा माथि उनीहरुको एकोहोरो दोहन कायमै छ । हामी कुनै पनि निर्ण्र्ााआफै लिन नसक्ने अवस्थामा पुगेका छौ । हाम्रो राट्रि्यता अत्यन्त कमजोर हुन पुगेको छ । यस्तो अवस्थामा राष्ट्रि्यता नै नभएको राष्ट्र् सेवक कसरी रहन सकीन्छ । तर्सथ वास्तविक राष्ट्र्सेवकको कर्तव्य निर्वह गर्नको निम्ती आ-आफ्नो ठाउवाट सिक्कीमीकरण , भुटानीकरण र फीजीकरणको डटेर विरोध गर्नु पर्दछ र आवश्यक पर्दा कर्मचारीको घेरा तोडेर जनतासंग एैक्यवद्धता जाहेर गर्न सडकमा ओर्लन पनि सक्नु पर्छ भन्ने हो । राष्ट्रि्यता र वास्तवीक जनसेवानै हाम्रो संगठनको मूल आधार हो । स्वाधिन राष्ट्र् निर्माणमा हाम्रो भुमीका हामी सुनिश्चि गर्न चाहान्छौ । यही श्रावण २५ र २६ गते हुन गै रहेको राष्ट्रि्य महाधिवेशनमा हामी यस सम्वन्धी वहस चलाउने छौ र संगठनको कार्य योजना निर्माण गर्ने छौ । देश भरी ६५ जिल्ला र सवै मन्त्रालय स्तरका कर्मचारी वाट आउने ५०० भन्दा वढी प्रतिनिधीहरु वहसमा भाग लिने छन र एउटा सक्षम नेतृत्वको टीमको पनि निर्माण हुनेछ ।
– लेखक :राष्ट्रिय कर्मचारी संगठनको केन्द्रीय अध्यक्ष हुन ।