अहंकारी चार दल – राजेन्द्र चिमौरिया
आफूलाई निर्ण्यक दल भन्ने एमाओवादी, एमाले, नेपाली कांग्रेस तथा तर्राई केन्द्रित दलहरू अहिले जसरी अहंकार प्रदर्शन गरिरहेका छन्, त्यसले संविधानसभाको चुनाव मात्र होइन, देशको राजनीतिलाई नै दीघकालीन प्रभावित तुल्याउने किसिमको देखिएको छ । निर्वाचन किन र केका लागि – भन्ने कुरामा जनता स्पष्ट नहुन्जेलसम्म चुनावको वातावरण बन्ने अवस्था देखिँदैन । बितेका ५ वर्षा असफल भइसकेका एजेण्डाहरू पुनः लागू गराउने र बाहृय शक्तिको अभिर्सााूरा गर्न यी चार दलहरू केन्द्रित भएका छन्, त्यो उनीहरूका लागि भविष्यमा निकै प्रत्युत्पादकसिद्ध हुनेछ । नेपालका कथित राजनीतिज्ञहरूले आफ्नो अहंकार र तुष्टिका कारण पुनः संविधानसभाको निर्वाचन गर्न खोजिरहेका छन् । अबौर्ं रूपैयाँको अपव्यय र सरकारी साधनको दुरूपयोग गरेर कथंकदाचित संविधानसभाको निर्वाचन गरियो भने पनि पुनः पुरानै कथा दोहोरिने लक्षण स्पष्ट देखिएको छ । त्यसैले जनता संविधानसभाको निर्वाचनप्रति पटक्कै विश्वस्त छैनन् । त्यसैले विदेशीको एजेण्डालाई स्थापित गर्न संविधानसभाको निर्वाचन गर्न खोजिँदैछ भन्ने कुरा जगजाहेर छ । नेपाली जनताले स्थायित्व, शान्ति र प्रगति चाहेका छन्, संविधानसभा होइन, अहंकारी चार दलहरूले यति कुरा पनि बुझन सक्दैनन् – भने यो स्वयम् उनीहरूको लागि समेत घातक हुनेछ । सहमति र सहकार्य गर्न छोडेर चार दल नेकपा-माओवादीलगायतका ३३ दललाई बाईपास गरेर अगाडि बढे देश गम्भीर भड्खालोमा जाकिने छ । यदि यसो भयो भने त्यसको जिम्मा यी नौटंकी गर्ने दलहरूले लिनुपर्छ । जनता त्यसको हिसाबकिताब तयार भएर बसेका छन् ।