मिसेस युनिभर्स २०१३ र नेपालको प्रतिनिधित्व – छत्र मैनाली
क्यारेबियन महासागरको दक्षिणी टापुमा अवस्थित दक्षिण अमेरिकी मुलुक अरूबामा आयोजित मिसेस युनिभर्स २०१३ को कार्यक्रममा नेपालको प्रतिनिधित्व गरेर सहभागी हुनु भएकी मिसेस मिना घिमिरेले मिसेस इन्टेलिजेन्टको अवार्ड हात पारेर नेपालको परिचयलाई विश्व माझ पुर्याउन थप सफल हुनु भएको छ । घरेलु हिंसा बन्द गरौँ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रम गत अगस्ट ११ तारिख सम्पन्न भएको थियो । बालबालिकादेखि युवायुवतीसम्मलाई लक्षित गरी सौर्न्दर्य प्रतियोगिता तथा इभेन्ट व्यवस्थापन गर्दै आएको संस्था इप्लानेटले आयोजना गरेको मिसेस नेपाल २०१३ मा मिस कन्जिनियालीटी विधाको अवार्ड जितेर मिसेस युनिभर्स २०१३ मा सहभागी हुने अवसर जुटेको हो । काठमाडौँमा जन्मेर काठमाडौँलाई नै कर्मभूमि बनाउनु भएकी ४४ बषर्ीय घिमिरे शिक्षा क्षेत्रमा क्रियाशील हुनुहुन्छ । बिगत ८ बर्षेखि राजधानीको बौद्धमा स्नेहा किड्स होम शैक्षिक संस्था संचालन गर्दै आउनु भएकी घिमिरे समाजसेवामा पनि उत्तिकै योगदान पुर्याउंदै आउनु भएको छ । रक्षा नेपाल सामाजिक संस्थासँग आबद्ध भएर शारीरिक र यौन हिंसाबाट पीडित महिला तथा अनाथहरूलाई सहयोग पुर्याउँदै आउनु भएको कुराकानीको क्रमममा बताउनुभयो । २ अगष्ट २०१३ मा नेपालबाट आयोजक मुलुक अरूबातर्फप्रस्थान गर्नुभएकी मिना ५ अगष्ट २०१३ मा अरूबा पुग्नु भयो । आयोजक संस्थाले रिसिभ गरेपश्चात् कार्यक्रमको बारेमा जानकारी गराएको थियो । फाइनल पर्ूव भएका बिभिन्न चरणका कार्यक्रममा सहभागिता जनाउँदै नयाँ अनुभव हासिल गर्न सकेको बताउनुभयो । आफ्नो मुलुकको बारेमा अन्य मुलुकका प्रतियोगीमाझ छलफल, चिना परिचय आदान-प्रदान गर्न पाउँदा यात्राले लक्ष हासिल गरेको अनुभव सुनाउनुभयो । अन्य मुलुकको बारेमा पनि धेरथोर ज्ञान हासिल गरेको अनुभव सुनाउनुभयो । ११ अगष्ट २०१३ मा कार्यक्रम अन्तिम चरणमा पुगेको थियो । बिभिन्न मुलुकबाट सहभागी प्रतियोगीबीचबाट यस बर्षो मिसेज युनिभर्स बिजेता चयन हुँदै थियो । आफू स्वयम् सहभागिता कार्यक्रम भएकोले एक प्रकारको खुशी, उमंग छँदै थियो । सबै प्रतियोगीहरूको मनमा को होला त मिसेज युनिभर्स – भन्ने कौतुहलता जागी रहेको थियो । कार्यक्रम सुरुवात सँगसँगै समयको गति निरन्तर बग्दै गयो । समयको अन्तिम अन्तिम क्षणमा बिजेता घोषणा हुने संकेत हुँदै थियो नभन्दै समयको पावन्दी सँगसँगै मिसेज युनिभर्स २०१३ को उपाधि एसियाली मुलुक मलेसियाकी ३९ बषर्ीय कारोल लीको नाम घोषणा भयो भने क्रमशः दोस्रो र तेस्रो स्थानमा अमेरिकाकी अमन्दा ग्राड र बेलारुसकी स्भेत्लाना कुज्नेत्सोभा बिजेता घोषित भए । कार्यक्रम अबधिभर बिभिन्न मुलुकका सहभागीबीच परिचय आदानप्रदान, बिभिन्न मुलुकको भेषभुषा, रहनसहन, संस्कृति, बिकाश र प्रबिधि आदि बारेमा जान्ने मौका मिलेको, आयोजक मुलुक अरूवाको विकास निर्माणको प्रगति देखेर हृदयदेखि प्रशंसा गर्नुभयो । अत्यन्तै विकसित, शिक्षित, सभ्य आदि बिषयले प्रभावित पारेको अनुभव बाँड्नु भयो । त्यहाँ रहँदा प्रत्यक्ष देख्ने र सुन्ने मौका मिलेकोले छोटो समयमा अनुभव बटुल्न सकेको सुनाउनु हुँदै यसैगरी आफ्नो मुलुकलाई कहिलेसम्म समृद्ध बनाउन सकिएला भन्ने चाहना मनमा गढेर बसेको अनुभव सुनाउनु भयो । अगष्ट ११ तारिख कार्यक्रम सकेर स्वदेश फिर्न ३ दिनको समय बाँकी रहेकोले १३ अगष्टका दिन घुमफिर गर्ने क्रममा एक्कासी गाडीको ठक्करले घाइते भएर अरूबास्थित अस्पतालमा उपचाररत रहनु भएकी मिना घिमिरे अस्पतालको शैयाबाट आफ्नो दुखाई कष्टलाई भुल्ने प्रयास स्वरूप विगतदेखि वर्तमानसम्म भएका अनुभव बाँड्ने प्रयास गर्नुभयो । २ वटा करङ्ग र पछाडि कम्मरनिर चोट लागेर घाइते हुनु भएकी घिमिरे स्वदेश, साथीभाइ, इष्टमित्र आदिको सम्झनाले सताएको अनुभव राख्नुभयो । पछिल्लो स्वास्थ्य जानकारीअनुसार १९ अगष्टबाट फिजियोथेरापी सुरु भएर स्वास्थ्यमा क्रमिक सुधार आइरहेको बताउनुभयो । सम्भव भएसम्म छिटोभन्दा छिटो स्वदेश फिर्नसक्ने सम्भावना रहेको उपचारमा संलग्न डाक्टरले बताएको बताउनुभयो । अरूबामा कोही पनि नेपाली भेट नभएको र नेपाली छन् भन्ने त्यहाँका स्थानीयलाई समेत थाहा नभएको बताउनुभयो । पंक्तिकार स्वयम्ले अमेरिकास्थित नेपाली राजदूताबास वाशिङ्टन डिसीमा सर्म्पर्क गरेर उहाँको अवस्थाबारे राजदूताबासका वित्तीय सचिब लेखनाथ गौतमलाई जानकारी गराएको र उहाँले नेपाली राजदूताबासले गर्नुपर्ने कुनै बिषय भए आफ्नो मुलुकको नागरिकको निम्ति राजदूताबास सधैँ हाजिर छ भन्नुभयो । यो लेख लेखिरहँदासम्म नेपाली कुटनीतिक नियोगबाट सर्म्पर्क नगरेको, परिवारका सदस्य तत्काल उपस्थित हुन सक्ने सम्भावना नरहेको चाँडै निको भएर स्वदेश र्फकनेमा आशवादी रहेको बताउनु भयो । त्यहाँको खानपिनमा बानी नपरेको हुँदा सामान्य कठिनाई भोग्नु परेको, उपचारमा कुनै कमी नभएको, आयोजक संस्थाकै अगुवाईमा उपचार भइरहेकोले उपचारसम्बन्धी खासै चिन्ताको विषय नभएको अनुभव सुनाउनुभयो । मैले पनि यहाँ रहँदाको विगतको अनुभव बाँड्ने मौका पाएँ । पूरै कोलोम्बियामा एक्लो नेपाली, नेपालको कुटनीतिक नियोग नभएको, आफ्नो समुदाय नहुँदाको अनुभव, भाषा, संस्कृति, रहनसहन, सबै नौलो लाग्ने सुरुवाती दिनका पट्यारलाग्दो सम्झनाको पुनर्ताजगी गर्ने अवसर मिल्यो ।
बिदेशमा रहँदा स्वदेशको सम्झनाले सताउने, बिदेशमा आफ्नो मुलुकलाई नचिन्ने, यसै प्रसंगमा २३ जुलाई २०१३ मा औपचारिक काम बिशेषले कोलोम्बियन परराष्ट्र मन्त्रालय र कोलोम्बियन अध्यागमन विभागमा जाँदाको बखत बिभिन्न मुलुकका नागरिकहरू काम बिशेषले भेला भएकामध्ये मेरो नजिकमा चिनका नागरिकहरू थिए । कुरैकुराको प्रसंगमा परिचय हुँदा मैले आफू नेपाली नागरिक, हालको बसोबास बोगोटा डिसी कोलोम्बियामा रहेको परिचय दिँदा छिमेकी मुलुका चिनियाँ मित्रहरूले सबैका सामु नेपालबारे अनभिज्ञता प्रकट गरिदिए । नेपालबारे थाहा नभएको भनिरहँदा आफैँमा लज्जाबोध भएर ग्लानी हुनु परेको घटना, २ डिसेम्बर २०१२ मा नेपालबाट एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवाली र एमाले केन्द्रिय सदस्य अग्नि खरेल कोलोम्बियामा काम बिशेषले आउँदाको बखत जनादेश साप्ताहिकका सम्पादक एबम् मेरो हितैषी मित्र मनऋषि धितालको सहयोगमा सम्भव भएको भेट नै पहिलो पटक सिधा नेपालबाट कोलोम्बिया आउनु हुने नेपालीसँगको भेट भएको बारे कुराकानी भए । उहाँले पनि परदेशमा यस्तो अनुभव पहिलो पटक भएको सुनाउनुभयो । आफूले कुनै व्यक्तिगत स्वार्थ बोकेर नेपालदेखि यहाँसम्मको यात्रा तय नगरेको प्रष्ट पार्दै देशको लागि कुनै माध्यमद्वारा केही गर्न सकिन्छ भने किन नगर्ने – भन्ने भावनाले उत्प्रेरित भएर मुलुकको नाम विश्वमाझ अझै फैलाउन सकिन्छ कि भन्ने सत्प्रयासले आज यहाँसम्म आएकी हुँ, ममा कुनै व्यक्तिगत स्वार्थ छैन जति गरेँ देश कै निम्ति गरेँ, अझै देशको निम्ति गर्न धेरै बाँकी छ भन्ने आफूलाई लागेको बताउँदै भावी पुस्ताको निम्ति प्रेरणाको स्रोत बन्न सकियोस् भन्ने आफूमा लागेको बताउनुभयो । कार्यक्रमको अबधिमा नेपालको राष्ट्रिय झण्डा फहराएर बिदेशी सहभागीहरूसँग बिदेशी भुमि, बिदेशी मञ्चमा सहभागी हुन पाउँदा आफूलाई नेपाली हुनुमा योभन्दा ठूलो गर्व कहिले नभएको अनुभव सुनाउनुभयो । आफ्नो क्षमतालाई विश्वस्तरमा प्रस्तुत गर्न पाउँदाको क्षण सधैँ स्मरणीय रहिरहने हुँदा आफूलाई यहाँसम्म आइपुग्न सहयोग गर्नु हुने आयोजक संस्था, घर परिवार, इष्टमित्र, साथीभाइलगायत सम्पूण्ा शुभचिन्तकमा परदेशबाटै मुरीमुरी धन्यवाद व्यक्त गर्दै हार्दिक आभार प्रकट गर्नुभएको छ । एकजना नेपाली चेलीले अन्तर्रााट्रय स्तरमा आफ्नो क्षमता, दक्षता प्रदर्शन गरेर सम्पूण् नेपालीको शिर ठाडो पारेकी छिन् । आमनेपाली र राष्ट्रको निम्ति गर्वको बिषय हो । नेपालको गिर्दो अन्तर्रर्ााट्रय छविलाई केही मात्रामा भने पनि उचाइमा पुर्याउन मिना घिमिरेको योगदानको कदर गर्नै पर्दछ । आज उहाँ बिदेशी भूमिमा बिदेशी अस्पतालको शैयामा हुनुहुन्छ । उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यथाशीघ्र स्वदेश फर्किन भगवान्ले शक्ति प्रदान गरुन् ।