‘भ्रष्टाचार’ देश बिकाशको बाधक – छत्र मैनाली

२०७० भाद्र १५ गते, शनिबार

सन् २०१२ मा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले विश्वका १४७ मुलुकमा गरेको र्सभेक्षण तथ्यांकमा नेपाल १३९ औं स्थानमा रहेको छ । विश्वमा बढी भ्रष्टाचार हुने मुलुक मध्ये नेपाल लगातार जसो अग्रपंक्तिमा रहँदै आएको तथ्यांकले देखाएको छ । फरेन पोलिसी नामक अमेरिकी संस्थाले र्सार्वजनिक गरेको २०१३ को तथ्यांकमा विफल राष्ट्रको सूचकांकमा नेपाल ३० औं स्थानमा रहेको छ । भ्रष्टाचार बिरुद्ध सहकार्य गर्दै आएको अन्तर्रराट्रय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनल नेपाल ग्लोबल करप्सन व्यारोमिटर -जिसीबी )२०१३, २०७० असार २५ मा काठमाडौँमा र्सार्वजनिक तथ्यांकमा नेपालमा सबै भन्दा बढी भ्रष्टाचार गर्नमा नेपालका राजनीतिक दलहरू रहेको उल्लेख छ । फरेन पोलिसी संस्थाले विफल राष्ट्रको सूचकांकमा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त र्सार्वभौम मुलुकलाई मात्र समाबेश गरेर तयार पारेको फेल्ड स्टेट -असफल राज्य ) शिर्षा सन् २०१० को तथ्यांकमा २६ औं नम्बरमा रहेको नेपाल सन् २०११ र २०१२ मा क्रमसः २७, २७ नम्बरमा रहेको छ । असफल राष्ट्रको र्सर्भेक्षण मापन सम्बन्धित मुलुकले हासिल गरेको जनसांख्यिक दबाब, मानव अधिकार, शान्ति सुरक्षा, अर्थतन्त्र गिरावट, बाहृय हस्तक्षेप, असमान बिकाश, सुरक्षा उपकरण, लोक सेवा लगायतका १२ भिन्न शिर्षाई आधार बनाएर र्सर्वेक्षण गरेको थियो ।२०६२,६३ को राजनीतिक परिवर्तन पश्चात राजनीतिक वृतमा एकीकृत नेकपा माओबादी पार्टर्ीी तत्कालिन उपाध्यक्ष डाक्टर बाबुराम भट्टर्राईको नाम शिर्षसमूह मध्येमा लिने गरिन्थ्यो । मुलुक राजनीतिक सक्रमणमा गुज्रेर अनिश्चितताको भुमरीमा परेको अवस्था र २१ औं सताब्दिलाई राम्ररी बुझेका भट्टर्राई प्रति नयाँ पुस्ताले रुचि र आस्था देखाउनु सकारात्मक नै थियो । आम जनमानसले ठुलो आस्था र भरोशा गरेका पात्र पर्ूवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई सरकारको भ्रष्टाचार शुन्य सहनशीलता अवधारणाले भ्रष्टाचारमा कमि आउला भन्ने बिश्वास धेरैले गरेका थिए । जब डाक्टर भट्टर्राई नेतृत्वमा सरकार गठन हुन पुग्यो । शुरुवाती दिनमा आम र्सवसाधारणले महसुस हुने गरी काम कारबाही आगाडी बढाइयो । भ्रष्टाचारी, कालाबजारी, अनियमितता गर्नेहरू त्राही त्राही भए तर बिस्तारै बिस्तारै सरकार तिनका अगाडी स्खलित हुँदै कामै नलाग्ने हतियार जस्तो बोधो भएको आम जनमानसले महसुस गर्नथाले । पुन; तिनै बर्गको बर्चश्व स्थापित हुन पुग्यो । जसको परिणाम भ्रष्टाचारमा कमि आउनुको साटो मौलाउदै गयो, अनियमितता क्रमिकरूपले बढ्दै गयो । तिनमा अलिकति पसेको डर भर सबै हराउदै पुनःपहिलेकै अवस्थामा अवतरण भए । तत्कालिन अवस्थामा राजनैतिक भागबण्डा नमिलेर संबैधानिक निकायमा पदाधिकारी नियुक्त नगरेर प्रायःशुन्य अवस्थामा राखेका थिए जसले गर्दा एक हदसम्म अनियमितता बढ्ने अवसर पायो । ढिलै भए पनि बिबादका बीच अत्यन्त महत्वपर्ूण्ानिकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्त नियुक्ति पश्चात पर्ुवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई सरकारको शुरुवाती दिनको झल्को देखिन थालेको छ । शुरुवाती कदम डाक्टर भट्टर्राई सरकारको पनि तारिफ योग्य थियो भने नवनियुक्त अख्तियार प्रमुख लोकमान सिंह कार्कीको पनि उत्तिकै तारिफ योग्य र वाहीवाही बटुल्न सफल हुँदै गएको देखिन्छ । जुन गतिमा अख्तियारले आफ्नो कदमलाई अगाडी बढाएको छ उक्त कदम गन्तब्य नपुग्दै नटुंगियोस भन्ने सबैको अपेक्षा हो । सलाईको काँटी जस्तो शुरुवातमा हृवार हृवार बलेर निमेसमै निभ्ने जस्तो नहोस । जुन पर्ुवप्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई सरकारको पालामा भएको थियो । त्यस बखत सर्वोच्च अदालतको सक्रियता हृवात्तै बढेको थियो । केहि भ्रष्टाचारीहरूलाई जेलको बास गराउन सफल भएको थियो । त्यसबखत पनि मुलुकमा कोहि छ भने सर्वोच्च अदालत छ भनेर वाहिवाही बटुल्न सफल थियो तर बिस्तारै उक्त वाहिवाही बिलिन हुँदै हाल अख्तियार दुरूपयोग अनुसन्धान आयोग तर्फेखिन थालेको छ । आम र्सवसाधारणको ध्यान अख्तियार तर्फकेन्द्रित हुँदै गएको छ । जनज्रि्रोमा झुण्डीसकेको छ । अब नेपालमा कसैले गर्छ भने त्यो अख्तियार दुरूपयोग अनुसन्धान आयोग नै हो भन्न थालेका छन् । हाट बजार, चियापसल, भेटघाट, सामाजिक संजाल लगायतमा कुराकानीको बिषय अख्तियारले चालेको कदम बन्न पुगेको छ भने अधिकांश प्रतिक्रिया अख्तियारको कामको प्रशंशा मै देखिन्छ । यसले के देखाउँछ भने मुलुकमा सहि काम गर्नसक्ने निडर, निर्भिक, सक्षम पात्रको खाँचो छ जुनसुकै राजनीतिक सिद्धान्तमा बिश्वास राख्ने जो कोहि सम्बन्धित निकायमा रहेर निष्पक्ष कार्य सम्पादन गर्छ भने जनताले गर्ने आस्था र विश्वासमा कहिले कमि आउने छैन तर व्यक्तिगत स्वार्थ एबम दलिय स्वार्थमा डुबेर गलत कार्य सम्पादन गर्न पुग्छन भने त्यस्ता जनघातीहरू लामो समय टिक्न नसकेर लोप हुन पुग्दछन । राजनीतिक संक्रमणकाल, राजनीतिक छत्र छायाँमा भ्रष्टाचार कसरी मौलाउँदो रहेछ भन्ने ज्वलन्त उदाहरण देखिदै छ । भ्रष्टाचार मापन मुलुकको कुल ग्राहस्थ आम्दानी, खर्च, बिकाश आदिलाई आधार मान्ने गरिन्छ । बर्षोनी बिकाश निर्माणका नाममा छुट्टनिे बजेटको मुल्यांकन गर्ने हो भने भ्रष्टाचार कुन रूप र कति परिणाममा हुने गर्दछ सहजै अनुमान गर्नसकिन्छ । सडक निर्माण देखि मर्मत सम्भारमा हुने भ्रष्टाचार, पिच गरेको साता नबित्दै पिच उप्केर खाल्डा बनेका घटना सामान्य भइसकेका छन् । ठुला-ठुला परियोजनामा हुने घोटाला, ठुला ठुला पुल निर्माणमा हुने अनियमितता आदि प्रमाणका रूपमा काफी छ । र्सार्वजनिक पद धारण गरेर इमान्दारिताका साथ कमाई गर्ने हो र वास्तविक जीवन यापन गर्ने हो भने राजधानी लगायतका शहरी क्षेत्रमा भब्य महल खडा गर्नसक्ने हैसियत औंलामा गन्न सकिने बाहेकका पहुँचमा पुग्न सक्दैन । आफ्ना छोरा छोरीलाई महंगा निजि स्कुल, विलाशी जीवन, हैसियत भन्दा माथिका खर्चमा स्रोत खोजिनु पर्दछ । बिगतका प्रधानमन्त्रीहरूले पनि भ्रष्टाचार बिरुद्धमा ऐकद्धता जनाउदै आएका हुन् । समाजबाट भ्रष्टाचारको जरो किलो उखालेर नफ्याकेसम्म भ्रष्टाचार उन्मुलन नहुने, भ्रष्टाचार नै देश बिकाशको बाधक हो । भ्रष्टाचारलाई सामाजिक बहिष्कार गर्नु पर्दछ । एकातिर भन्ने तिनकै छत्र छायाँमा हुने भ्रष्टाचार मौलाएर सिमा नाघ्दा समेत थाहा नपाए जस्तो अभिनय गर्नेहरूबाट के नै अपेक्षा गर्नसकिन्छ र – भ्रष्टाचार यदि सबैको समस्या हो भने वर्तमान सरकार मूल भ्रष्टहरूलाई कारबाही नभएसम्म रहनु नै उचित देख्दछु ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

आगामी भविष्य समाजवादीहरूकै हो

२०८२ भाद्र ३१ गते, मंगलवार

भारत र अमेरिकी घेरामा नेपाल

२०८२ भाद्र ३१ गते, मंगलवार

देशको आँसु कसले पुछ्ने ?

२०८२ भाद्र २६ गते, बिहीबार