‘बुँदे’ राजनीतिले संबिधान बन्दैन – राजेन्द्र चिमौरिया
संविधानसभाको प्रत्यक्षतर्फो निर्वाचन सम्पन्न भएको डेढ महिना पुग्न लाग्यो तर संविधानसभाले पूर्णता पाउन सकेको छैन । खासगरी, निर्वाचनमा धाँधली भयो र त्यसको छानबिन गर्नुपर्छ भन्दै हलो अड्काउँदै आएको एमाओवादी अन्ततः काँग्रेस र एमालेको राजनीतिक एजेण्डामा सहमत भएको छ । जसको कारण नेपाली काँग्रेस र एमाओवादीलगायत आठ दलहरूबीच ४ बुँदै सहमति भएको छ । संविधानसभा गठनमा नै दलहरूबीच देखिएको यो महाभारतले पनि यस संविधानसभा र्सार्थक र सफल हुन नसक्ने लक्षणहरू देखिन थालिसकेका छन् । तीन दल कसरी हुन्छ, आफ्नो पक्षमा सत्ता र सरकार हत्याउन सकिन्छ भन्ने दाउमा नै लिप्त छन् । तीन दलको यस्तो सत्ता र सरकार केन्द्रित राजनीतिले संविधानसभाबाट संविधान पाउनु आकाशको फलजस्तै हुन पुगेको छ । तीन दल मिलेर संविधान बनाउन होइन, मिलेर देश लुट्न लागिपरेका छन् । उनीहरू राष्ट्र र जनताका लागि नभई आफू र आफ्नो दललाई सत्ता र सरकारमा पुर्याउन विभिन्न सहमतिहरू गरिरहेका छन् । जसले गर्दा संविधानसभा पूण्ाता नपाउँदै लथालिङ्ग र भताभुङ्ग हुने स्थितिमा पुगेको छ । विगतको संविधानसभामा पनि ४ दल यसैगरी बुँदागत राजनीतिमा अल्झँदा संविधान आउन सकेन । तीन दलको क्षणिक स्वार्थपूर्तिका लागि विभिन्न बुँदामा सहमति गर्ने र कार्यान्वयन नगर्ने चरित्रका कारण नै मुलुकमा संकट निम्तिएको हो । तर्सथ, अब कुनै विशेष दलहरूबीच बुँदे सहमति होइन कि नेपालका सम्पूण्ा राजनीतिक दलहरूसहितको एउटा राजनीतिक सभा आयोजना गर्नुपर्छ र देशका तमाम समस्याको बारेमा त्यही सभाबाट निकास खोज्नुपर्छ । त्यो नै आमराजनीतिक दललाई मान्य हुन्छ, जसबाट देश, राष्ट्र र जनताले चाहेको निकास निस्कन्छ । यसरी केही दलहरूबीच केही बुँदामा सहमति गरेर राष्ट्र र जनताले निकास पाउँदैन र संविधान पनि बन्दैन ।