संविधानसभाको औचित्य समाप्त – हस्तबहादुर के.सी.संविधानसभाको औचित्य समाप्त – हस्तबहादुर के.सी.

२०७० पुष २० गते, शनिबार


कथित दोस्रो संविधानसभामा यथास्थितिवादी एवं प्रतिगामी शक्तिहरूको दुइ- तिहाई बहुमत जुरिसकेको छ । यो स्थितिको निर्माण साम्राज्यवादी तथा विस्तारवादी दलले सिर्जना गरिदिएका हुन् भन्ने तथ्य दिनको घाम जत्तिकै र्छलङ्ग हुन पुगेको छ । अब नेपाललाई सिकिमिकरणको दिशमा आगाडि बढाउन सक्ने संविधान बनाउन प्रष्ट दुइ तिहाई बहुमत कथित संविधानसभामा प्राप्त भएकोले नेपालको राष्ट्रिय स्वाधिनता इतिहाँसमै धरापमा पर्ने सुनिश्चित बन्न पुगेकेा छ । महान् दश वर्ष जनयुद्ध, २०६२/२०६३ को १९ दिने ऐतिहाँसिक जनआन्दोलनको म्यान्डेट र नेपाली जनताको भावना र चाहना तथा नेपाल राष्ट्रको अविभ्यकता बमोजिमको नेपाली जनताको नयाँ नेपाल निर्माण गर्ने सुन्दर सपनाहरू साकार पार्ने खालको संविधान नबन्ने पक्का भइसकेको छ । यस प्रकारको अवस्थामा अव संविधानसभाको औचित्य समाप्त हुन पुगेको छ । यस तथ्यको विश्लेषण केही दिन पहिले सम्पन्न भएको नेकपा-माओवादीको तेस्रो पूण् वैठकले गरिसकेको छ । यस पार्टीीे यो निर्ण्र्ासही सावित हुन पुगेको छ । अव साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइनमा नेपाललाई सिकिमिकरण गर्ने उद्देश्यले निर्माण गरिएको तथाकथित दोस्रो संविधानसभा जो यथास्थिति वार्ता एवं प्रतिगामी एवं पश्चगामी शक्तिहरूको प्रतिक्रियावादी थलो बन्न पुगेको छ । यसको विघटन गरिनुको विकल्प छैन । जति छिटो प्रतिगामी तथा पश्चगामी चरित्र वोकेको कथित संविधानसभाको विघटन गरिन्छ, त्यति नै देश र जनतालाई फाइदा हुनेछ ।
मुलुक पुनः गंभीर प्रकारको राजनीतिक संकटमा फस्दै गएको छ । कथित निर्वाचनले मुलुककमा सामु इतिहासँमै गंभीर प्रकारको राजनीतिक संकट निम्त्याइ सकेको छ । यस प्रकारको विषम् परिस्थितिमा हाम्रो जस्तो देश र जनताको जिम्मेवार शक्ति र नेपाली क्रान्तिको निर्ण्र् नेतृत्वदायिक शक्ति बन्न पुगेको नेकपा-माओवादीको आगामी कार्यभार के हुने त – यी विषयमा यस लेखमा उल्लेख गर्ने कोसिस गरिएको छ ।
नेकपा -माओवादी नेपाली र्सवहारावर्गको सबैभन्दा उच्च स्तरको संगठित राजनीतिक अग्रदस्ता भएको कुरा र्सवविदितै छ । यो नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति पनि हो । नेपाली कम्युनिष्ट आन्दोलन यतिबेला दुइ विपरित धु्रवमा विभाजित हुन पुगेको छ । पहिलोधु्व हो क्रान्तिकारी मार्क्सवादी – लेनिनवादी – माओवादी धु्रव, जसको प्रतिनिधित्व नेकपा – माओवादीले गरिरहेको छ भने दोस्रो धु्रव हो दक्षिणपन्थी संशोधनवादी एवं नवसंशोधनवादी धु्रव, जसको प्रतिनिधित्व नेकपा -एमाले) – एकिकृत नेकपा -माओवादी) हरूले संयुक्त रुपमा गरिरहेका छन् । त्यसमा पनि दक्षिणपन्थी संशोधनवादी धु्रवको प्रतिनिधित्व सभाले गरिरहेको छ र यस धु्रवको वैचारिक प|mेस भित्र एमाओवादीले प्रवेश गरिसकेको हुनाले एमाले वा एमाओवादी मध्य कसले त्यस धु्रवको नेतृत्व कसले गर्ने भन्ने तीप्र प्रतिष्पर्धा चलिरहेको छ । एउटै वैचारिक लाइनमा रहेका एमाले र एमाओवादीले गत मंसीर २४ गते सम्पन्न कथित दोश्रो संविधानसभा निर्वाचनमा एक्ला एक्लै निर्वाचन लडेकोमा जनताले नयाँ संशोधनवादीलाई त्यति राम्ररी नपत्याएकै कारण पहिलो ठूलो पार्टीे रुपमा संशोधनवादीका रुपमा नेपाली समाजमा चलखेल गरिरहेको एमालेलाई एमाओवादी भन्दा ठूलो पार्टीीे रुपमा संसदमा पुर्याई दिएका छन् । एमाओवादी र एमाले एउटै कित्तामा भएकै कारण मृत भइसकेको चार दलीय उच्चस्तरीय राजनीतिक समितिको संयोजक एमाओवादी अधयक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाउने एमाओवादीको प्रस्तावमा एमाले अग्रपंक्तिमा उभिएर विरोध गरिरहेको छ ।
नेकपा – माओवादी नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति भएको र नेपाली र्सवहारा वर्गको राजनीतिक अगुवा दस्ता भएका कारण नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्नुपर्ने दायित्व पनि यही पार्टर्ीीे काँधमा आएको कुरा पनि र्सवविदितै छ । अतः नेपाली नयाँ जनवादी क्रान्तिको ऐतिहासिक कार्यभार सम्हाली रहेको नेकपा – माओवादीको आगामी कार्यभार के के हुने – यसले रणनीतिक्ष लक्ष्य हासिल गर्नका लागि के कस्ता दर्ीघकालिन एवं अल्पकालिन कार्यदिशा निश्चित गर्ने – वर्ग विश्लेषणलाई कसरी ठोस गर्ने – वर्तमान परिवर्तित शक्ति सन्तुलनलाई कसरी संश्लेषण गर्ने – र वर्ग दुश्मनलाई एउटा कित्तामा र वर्ग भित्र अर्थात् क्रान्तिका शत्रु शक्तिहरू प्रधान दुश्मनहरू, गौण दुश्मनहरूलाई कसरी किटान गर्ने र नेपाली नयाँ जनवादी क्रान्तिका मुख्य मित्र शक्तिहरू, सहायक मित्र शक्तिहरू र अन्तर्रााट्रय भाइचारा सम्बन्धलाई कसरी सुदृढ गर्ने – कसरी पुनदैव्यवस्थित गर्ने र आगामी कार्ययोजना के हुने र कसरी अगाडि बढ्ने त – भन्ने सवाल नै मुख्य चुनौतीहरू हुन् । यी चुनौतीहरूसीत सामना गर्ने र आफ्ना लक्ष्य र उद्देश्यहरू हासिल गर्नका लागि नेकपा – माओवादी कसरी अगाडि बढ्ने सोच बनाएको छ त – भन्ने विषयमा आम पार्टीींक्ति र जनमानसमा जिज्ञासा पैदा हुन स्वभाविक छ, प्रश्नहरू खडा हुन स्वाभाविक छ । यी विषयहरूमा केही सहयोग पुग्ने छ भन्ने मनसायका साथ यो लेख्ने प्रयत्न गरिएको छ ।
साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशन र ग्राण्ड डिजाइजनमा गत मंसीर ४ गते कथित दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी समाप्त भएपश्चात मुलुकको राजनीतिक समिकरणमा केही फेरबदल आएको छ । परिणाम स्वरुप सत्ता र सरकारमा वैदेशिक प्रतिवाद शक्तिरुकै पकड अझै मजबुद बन्न गएको छ । कथित संविधान सभा पश्चगामी तथा यथास्थितिवादी शक्तिको उपस्थिति दुइ तिहाई भन्दा बढी भइसकेको छ । कथित दोश्रो संविधानसभा निर्वचनमा दर्ुइ तिहाई बहुमतको गुड्डी हाँक्दै आएको नवसंशोधनवादी समुहले शर्मानाक पराजय भोग्न पुगेको छ । त्यस समुहको पराजयको पछाडि मुख्य गरि उसले गलत लाइन पकडेर जानु, राष्ट्र तथा जनविरोधी क्रियाकलाप पर््रदर्शन गर्नु, अतयन्तै दम्भ र घमण्ड प्रदर्शन गर्नु, आर्थिक भ्रष्टिकरणमा र्चुलुम्म डुबेर जनतामा नांगिदै जानु, पार्टीीवभाजन हुनु, नेकपा – माओवादीद्वारा संचालित गरिएको सुशक्त र सक्रिय वहिष्कार आन्दोलन ज्यादै प्रभावकारी ढंगले कार्यान्वयन हुनु आदिका कारणले नवसंशोधनवादी समुहको यस कथित निर्वाचनमा शर्मनाक पराजय हुन पुगेको हो । पराजय पश्चात नवसंशोधनवादी समुहले मतदानमा सेनाले धाँदली गरेर हराएको अरोप लगाउँदै छानविनका उच्च स्तरको आयोग गठन नगरे संविधान सभामा प्रवेश नगर्ने अडान राख्दै आएको थियो । तर पछि मृत अवस्थामा रहेको चार दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रलाई व्यूताउने र क्रियाशील बनाउने सहमत भएपछि निर्वाचनपर्ूवका साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाल स्थित दलालहरू पुनः एकतृत हुन पुगेका छन् । बीचमा नवसंशोधनवादले शर्मनाक पराजय भोग्न पुगेपछि अर्कमान्य अवस्थामा पुगेको अवस्थामा एकातिर पार्टीीे र्समनाक पराजयको नैतिकताका आधारमा प्रचण्डले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने आवाज उण्ठिरहेको अवस्थामा त्यस आवाजलाई निष्तेज पार्न र सत्तामा हिंसा लिने उद्देश्यले नवसंशोधनवादी समहुले काँग्रेस र एमालेसित वार्गेनिङ गरेको थियो । त्यो मामिला वैदेशिक महाप्रभुहरूले मिलाई दिएपछि अहिले उच्चस्तरीय सहमति हुन पुगेको छ । यस परिघटनाले अव साम्राज्यवादी तथा विस्तारवादीहरूका दलालहरूको शक्ति बलियो बन्न पुगेको छ ।
यसरी आज मुलुकको राष्ट्रिय राजनीति दुइ धु्रवमा विभाजित हुन पुगेको छ । एकारित काँग्रेस, एमाले, एमाओवादी, मधेशवादी दलहरू सहितको वैदेशिक प्रतिक्रियावादीहरूको दलाल एवं यथास्थितिवादी एवं प्रतिक्रियावादी धु्रव र अर्कोतिर क्रान्तिकारी मार्क्सवादी – लेनिनवादी – माओवादी विचार, सिद्धान्तले त्यस क्रान्तिकारी शक्ति नेकपा – माओवादी र अन्य क्रान्तिाकरी कम्युनिष्ट पार्टीी, देशभक्त, जनवादी, प्रगतिशील एवं राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरू अर्को धु्रवमा कन्चीत हुनु पर्ने अवस्थाको सिर्जना भएको छ । र पहिले देखि नेकपा – माओवादीको नेतृत्वमा संचालित ३३ दलीय राजनीतिक मोर्चा यसको ज्वलन्त उदाहरण हो ।
अहिले नेपालमा भारतीय विस्तारवादी तथा अमेरिकी साम्राज्यवाद एवं सबै खाले साम्राज्यवादी शक्तिकेन्द्रहरूको चलखेल हस्तक्षेप एवं नव औपनिवेशिक उत्पीडन तीव्र रुपमा बढ्दै गएको छ । उनीहरूले नेपाली क्रान्तिलाई ध्वस्त पार्नको लागि महान जनयुद्धको उत्कर्षकालदेखि अर्थात् २०६२ मंसीर ७ गते सम्पन्न गरिएको १२ बुँदे समझदारी तथा २०६३ मंसीर ५ गते सम्पन्न गरिएको वृहत शान्ति सम्झौता हुँदै अहिलेसम्म आउँदा अनेकौं षड्यन्त्रमुलक गुरुयोजना तथा डिजाइन तयार पार्दै आएका छन् । उनीहरूद्वारा नसंशोधनवादीहरू नेतृत्वको प्रलोभन देखाएर सरकार तथा सत्तामा पुर्याई दिने र टिकाई राखि दिने लोभ र आशा दिलाएर दश वर्षो जनयुद्धको प्रक्रिया अन्तरगत निर्माण गरिएको आधार इलाकाहरू, जनसत्ता, जनअदालत, जनकम्युन र जनसरकारहरू खारेज गर्न लगाइयो । क्यान्टोनमेन्ट भित्रको जनमुक्ति सेनालाई नेपाली सेनाद्वारा कब्जा गर्न लगाएर विघटन गर्न लगाइयो । क्यान्टोन्मेन्ट भित्र कण्टेनरमा राखिएका हातहतियारहरू प्रतिक्रियावादी सरकारलाई बुझाउन लगाइयो । उनीहरूद्वारा पहिलो संविधान सभालाई भङ्ग गर्न र खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार बनाइ दोश्रो संविधानसभाको कथित निर्वाचन गर्न लगाइयो । गत साल २०६९ फाल्गुन ३० गते मध्य रातमा र चैत १ गतेका दिन चार दलीय सिण्डिकेट र राष्ट्रपतिद्वारा गरिएको अन्तरिम संविधानको संशोधन, बदालवाला प्रधान न्यायधिशको नेतृत्वमा निर्दलीय सरकारको गठन, दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी लगायतका परिघटनाहरू यसै साम्राज्यवादी एवं विस्तारवादी शक्तिहरूको चलखेल, हस्तक्षेप र नवऔपनिवेशिक उत्पीडनमा आधारित रहेका छन् । यसैको परिणाम स्वरुप दोश्रो संविधान सभाबाट राष्ट्रिय स्वाधिनता, वर्गीयता, पहिचान सहितको संघीयता महिला तथा दलीय मुक्ति आदिका पक्षधरहरूलाई किनारामा पार्दै आएको दिनको घाम जत्तिकै र्छलङ्गै हुँदै आएको कुरा र्सवविदितै छ । यसरी आज वैदेशिक प्रतिक्रियावादी शक्ति र तिनका दलालहरूको षड्यन्त्र तथा गुरुयोजना सफल बनाउने धृ्रष्टता गरिएको छ । यो देश र जनताको निम्ति घातक विषय हो । यो समग्र अवधिमा देशको राजनीतिक भविष्यको निर्धारणमा देशका जिम्मेवार राजनीतिक पार्टीीको भूमिका अत्यन्तै न्यून रहेको छ । चार दलीय सिण्डीकेटद्वारा कतिपय अन्तर्रााट्रय शक्तिहरूको गाढीको भूमिका निर्वाह गर्ने काम विगतमा पनि भएको र मृत भइसकेको चार दलीय सिण्डिकेटलाई व्यूताएर क्रियाशील बनाइएको अवस्थामा आज र भविष्य सम्ममा यसले वैदेशिक शक्तिहरू केन्द्रहरूको गोटी बनिरहने कुर सुनिश्चित भएको छ । यो सबै परिघटनाहरूबाट के कुरा प्रष्ट भएको छ भने देशको राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्नमा थप खतरा पैदा हुन गएको छ ।
यसरी कथित दोश्रो संविधान सभा निर्वाचनको परिणाम पछि मुलुकको लामो समयदेखि कायम रहँदै आएको संक्रमणकाल समाप्त भएको छ । सबै खाले संशोधनवादी शक्ति र यथास्थितिवादी एवं प्रतिक्रियावादी शक्तिहरूको क्याम्प अरु सुदृढ हुन पुगेको छ । यसरी कथित निर्वाचनको परिणाम आइसकेको र निर्वाचनमा शर्मनाक पराजय भोग्न पुगेको नवसंशोधनवादी समुहलाई सत्ताको लोभ, प्रलोभन देखाउँदै मृत वस्थामा पुगेको चार दलीय सिण्डीकेटलाई व्यूताएर भएन पनि आफ्नै क्याम्पमा ल्याउन देशी विदेशी प्रतिक्रियावादी शक्तिकेन्द्र सफल भएपछि अब देशमा नयाँ प्रकारका राजनीतिक अन्तरविरोधहरू विकसीत हुँदै जाने र सरकारमा प्रभुत्वको लागि विभिन्न राजनीतिक दलहरू बीचमा अन्तरविरोधहरू चर्कदै जाने छन् । राष्ट्रिय स्वाधिनताको रक्षा, जनतन्त्रको स्थापना र जनजीविका समस्या झनै गम्भीर तथा जटिल बन्दै जाने कुरा निश्चित छ । यद्यपी पश्चगामी तथा यथास्थितिवादीहरू निश्चित नै संविधान सभा मार्फ संवैधानिक संकट समाधान भएको घोषणा गर्दै आत्मरती गर्न खोज्ने छन् । मुलुकको यस प्रकारको वस्थामा देश र जनताको निम्ति जिम्मेवार राजनीतिक शक्तिको रुपाम स्थापित हुन पुगेको हाम्रो पार्टीीयनै संकट र अन्तरविरोधहरूका बीचबाट क्रान्तिको तयारीको दिशामा दृढतापर्ूवक अगाडि बढ्न आवश्यक छ । अहिलवे नेपाली क्रान्तिका दुश्मन तथा अवसरवादीहरूद्वारा जुन आपसमा अपवित्र गठन बन्धन कायम गरेर अगाडि बढ्दै छन्, उनीहरूले लोकतन्त्रको आवरणमा प्रतित्रयावादी अधिनायकत्वलाई बलियो बनाउने र जनता तथा क्रान्तिकरी कम्युनिष्टहरूका विरुद्ध योजनाबद्ध रुपमा पेस भएर अगाडि बढ्ने जुन स्थिति पैदा हुन पुग्यो र उनीहरू त्यस प्रकारको तयारी गर्दै अगाडि बढ्दैछन् । यस प्रकारका खतरनाक स्थितिमा क्रान्तिकारी शक्तिहरू र्सतक रहेर अगाडि बढ्न आवश्यक छ ।
हामीलाई थाहा छ आज भारतीय विस्तारवाद नेपालमा आफ्नो नवउपनिवेशलाई मजबुद पार्नका लागि अत्यन्तै योजनाबद्ध र नयाँ आयाममा प्रस्तुत भइरहेको छ । नेपालमा प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरू साम्राज्यवाद र विस्तारवादको निकृष्ट दलाल र गोटीमा परिणत भइसकेका छन् । यस्तो बेला राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न निकै गम्भिर बन्न गएको छ । नेपाली नयाँ जनवादी क्रान्तिको प्रहारको लक्ष्य विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेप र तिनको गोटी बनेर प्रस्तुत भएका नेपाली दलाल राजनीतिक शक्तिहरूका विरुद्ध सङ्केन्द्रित बन्न गएको कुरा हामी क्रान्तिकारीहरूले, विशेष गरि माओवादी क्रान्तिकारीहरूले कदापी भुल्नु हुँदैन ।
यस प्रकारको विषम परिस्थितिको बेला नेपाली राष्ट्रिय मुक्ति र नयाँ जनवादी क्रान्तिलाई सफल तुल्याउनका लागि एकातिर सच्चा देशभक्त, जनवादी तथा वामपन्थीहरूलाई गोलबन्द गरि नयाँ राष्ट्रिय संयुक्त निर्माण गर्ने हाम्रा सामु अनिवार्य आवश्यकता खडा हुन पुगेको छ भने अर्कोतिर सच्चा क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध गरि नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्न हाम्रा सामु अर्को अनिवार्य दायित्व बन्न पुगेको छ । यी दुवै कामलाई गम्भीरतापर्ूवक लिएर नै नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ ।
हामीले नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीीनर्माण गरेाके १८ महिना पूरा भएको छ भने सातौं राष्ट्रिय महाधिवेशनबाट सम्पन्न गरेर जनयुद्धको जगमा जनव्रि्रोहीको कार्यदिशा पारित गरेका एक वर्षमात्र पूरा भएको छ । यस विचमा हामीले पार्टीीई मुलुकको वैकल्पिक क्रान्तिकारी राजनीतिक शक्तिको रुपमा स्थापित गर्न सफल भएका छौं । देश अहिलेसम्म पनि अर्घसामन्ति तथा, नवऔपनिवेशिक अवस्थामा रही आएको छ । अतः नयाँ जनवाद पार्टीीे अहिलेको आधारभूत कार्यक्रम हो । पार्टीीे अधिकतम कार्यक्रम समाजवाद हुँदे साम्यवादसम्म जानु हो । हामीले के कुरालाई आत्मसात गर्न जरुरी छ भने अहिलेको विशिष्ट परिस्थितिमा जनयुद्धको जगमा जनव्रि्रोहको जुन सात तयारी पूरा गर्ने पार्टीी ठोस गरेको, त्यो नै संर्घष्ाको मूल कार्यदिशा हो र यस कार्यदिशलाई समृद्ध तुल्याउँदै अगाडि बढ्नु हाम्रो मूल कर्तव्य बनेको छ ।
कथित दोश्रो संविधान सभा पच्चगामी तथा यथास्थितिवादी राजनीतिक शक्तिहरूको कब्जामा परिसकेको वर्तमान अवस्थामा यसको कुनै औचित्य छैन र यस संविधान सभाको विघटन गर्नुको विकल्प हामीसीत छैन । तर्सथ यस प्रकारको अवस्थामा नयाँ राष्ट्रिय सहमतिको निर्माण, संविधान सभाो विघटन, वैदेशिक हस्तक्षेप र षड्यन्त्रको भण्डाफोर, अधिकार सम्पन्न उच्चस्तरीय तथा र्सवपक्षीय राजनीतिक सभाको आयोजना, राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र राष्ट्रिय स्वाधिनता तथा र्सार्वभौमिकताको रक्षाको कामलाई नै तत्कालिन राजनीतिक कार्यनीतिका रुपमा लिएर जनआन्दोलनको आधिवेरी सृष्टि गर्नुपर्ने जुन निर्ण्र्ााकेही दिन पहिले राजधानीमा सम्पन्न पार्टीीे तेश्रो पूण् वैठकले लिएको छ, यसैलाई कार्यान्वयन गर्नु हाम्रो, हाम्रो मुख्य दायित्व बन्न पुगेको छ । आन्दोलन बाहेक अब हामीसित अर्को विकल्प छैन । कथित संविधान सभा विघटन गरेर नयाँ आधरा नयाँ राजनीतिक सहमति कायम गरेर जुन संविधानको निर्माणले मात्र राष्ट्रिय संकाको समाधान गर्नेछ ।
यी माथि उल्लेखित कार्यभारहरू पूरा गर्नका निम्ति क्रान्तिकारी सिद्धान्त र क्रान्तिकारी पार्टीीे आवश्यकता पर्दछ । हामीसीत मार्क्सवाद – लेनिनवाद – माओवाद जस्तो क्रान्तिकारी विचार पनि छ र नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा – माओवादी पार्टीीनि निर्माण गरेका छौं । यसलाई भेला, बैठक, प्रशिक्षण, स्कुलिङ, सम्मेलन, गठन, पुनर्गठनको माध्यमबाट वैचारिक सैद्धान्तिक रुपले अझै खदिलो, सुस्पट र सांगठनिक रुपले पनि झनै एकताबद्ध, अनुशासित एवं लडाकु पार्टीीे रुपमा निर्माण गर्दै अगाडि बढ्ने जुन प्रतिबद्धता जाहेर गरेका छौं यसमै देश र जनताको भविष्य छ हामी क्रान्तिकारीहरूको भविष्य पनि यसैसीत संककेन्द्रीत बन्न पुगेको तथ्यलाई हामीले कदापी भुल्नु हुँदैन ।
अन्त्यमा हामीले के कुराको हेक्का राख्न जरुरी छ भने क्रान्तिकारी पार्टीीना, लडाकु र एकतावद्ध युनिफाइड पार्टीीना हामीले निर्धारण गरेका कार्यभरि पूरा गर्न सक्तनौ । हामीले भने जस्तो र सोचे जस्तो सिद्धान्तनिष्ट, एकताबद्ध, लडाकु, अनुशासित एवं पूण्ा र्सवहारा वर्गीय पार्टीीनर्माण गर्न सकिरहेका छैनौ । हाम्रो पार्टीीत्र प्रचण्ड प्रवृत्ति जवरजस्त रुपमा जीवितै छ । प्रचण्ड प्रवृत्ति वर्तमान नेपाली कम्युनिष्ट आन्दोलन भित्रको गंभीर घातक प्रवत्ति हो । यस प्रवृत्तिले नेपाली क्रान्तिलाई गंभीर प्रकारको धोका दिइसके छ । प्रचण्ड प्रवत्तिलाई आम पार्टीपक्तिबाट निश्तेज पार्न पेरिसडाडा र बुद्धनगर बीचको नाभी चुडाल्न आवश्यक छ । साँचो अर्थमा हामीले पार्टीपक्तिलाई र्सवहाराकरण गर्न सकिरहेका छैनौं । आमपार्टीपक्तिलाई र्सवहाराकरण नगरिकन हामीले हाम्रा कार्यभारहरू पूरा गर्न सक्तैनौ र आम पार्र्टीपंक्तिलाई र्सवसाहाकरण गर्दै लैजाउ हाम्रो मुख्य कर्तव्य हो । यसले क्रियान्वयनको निम्ति पार्टीीत्र सुद्धिकरण र सुद्धिकरण अभियान संचालन गर्ने, स्कुलिङलाई व्यवस्थित रुपले संचालन गर्न आवश्यक छ । तब हामी हाम्रा कार्यभारहरु क्रियान्वयन गर्न सक्षम हुनेछौं ।
मनमैजु-८, जरङ्खु, काठमाण्डौ

प्रतिक्रियाहरु

[anycomment]