कम्युनिष्ट पार्टीको विचार, लाइन र नेतृत्वको सवाल – हुकुमबहादुर सिंह

२०७० माघ ११ गते, शनिबार


दोस्रो संविधानसभाको निवाचन परिणामपछि नेपाली कम्युनिष्ट आन्दोलनमा अनेकौ पक्षबाट बहस सुरू भएका छन । खासगरी निवाचनमा एमाओवादीको नराम्रो पराजय, एमालेको दोस्रो ठूलो दलका रूपमा संविधानसभामा प्रवेश र नेकपा-माओवादीको बहिष्कार आन्दोलनमा स्वयम यसका केही कार्यकर्ता र नेताबाट पार्टीोषणा विपरित व्यक्तिगत आर्थिक फाइदामा निवाचनलाई उपयोग गरिएका घटनाहरू र सशक्त बहिष्कारको आव्हान विपरित निवाचनमा मतदाताको सक्रिय सहभागिता आदि । उल्लेखित परिणामहरूलाई आधार मानेर नेपालका केही कम्युनिष्ट पार्टी र नेताहरू संकटमा र केही अन्य संकटमुक्त भए भन्न थालिएको छ । संसदीय निवाचनलाई आधार मानेर त्यसो भन्ने काम मार्क्सवादी दृष्टिकोण नभै पु“जीवादी र गैहृमार्क्सवादी दृष्टिकोण हो । किनभने प्रथम त यो परिणाम जो सांचो अर्थमा परम्परागत संसदीय व्यवस्थाको पराजयसंगै सम्पन्न भएको छ । त्यसैले यो दोस्रो संविधानसभाको नर्ीवाचनको औचित्यता र अर्थ नै समाप्त भएर यो एउटा संसदीय निवाचनको पनि गलत र भद्दा प्रक्रिया अपनाएर गरिएको छ । बहुदलीय संसदीय व्यवस्थाका आफनै सिद्धान्त,मूल्य, मान्यतालाई पनि च्यातचुत पारेर नीदलीय तानाशाही शैलीमा गरिएको यो निवाचनमा दलका उम्मेदवारले मतदाताकाबीचमा पैसा बा“डेर र विकासका कुरा मात्रै नगरी विकासका अनेकौ लोभलाग्दा योजनाहरू पस्केर मतदातालाई भ्रममा पार्न सफल देखिएका छन् । एमाले यसमा पहिलो देखिएको छ, जसका एक जना प्रभावशाली नेता वामदेव गौतमले प्पूठानी जनतालाई निवाचनमा बाडेका अस्वाभिक आश्वासनहरूको बेलुन यति घेरै हावा भरिएर आकाशमा छाडिएको छ, सायद उनको संसदीय अवधिमा नै त्यो भरिएको बेलुन उक्त भारलाई थाम्न नसकेर फुटेर प्पूठानी जनताका बीचमा छताछुल्ल हुनु अनिवार्य छ । हुनत त्यसलाई पनि उछिन्दै एमाओवादीका अध्यक्ष प्रचण्डले निवाचनमा साम, दाम, दण्ड, भेदको नीति अपनाउन उनका कार्यकर्तालाई आव्हान समेत गरेका थिए । यसले के स्पष्ट पार्न मद्त गर्दछ भने कि दोस्रो संविधानसभाको नर्ीवाचनले नेपाली जनताको कतिसम्म सही प्रतिनिधित्व गर्दछ र त्यसकै आधारमा कुनै पनि कम्युनिष्ट पार्टी सिद्धान्त, विचार र भविश्यमाथि भविश्यवाणी गर्नु मार्क्सवादी दृष्टिकोणमा आधारित विश्लेषण मान्न सकिदैन् ।
दोस्रो नेपाली कम्युनिष्ट आन्दोलनमा विगतमा र अहिले पनि एक वा अर्को तरिकाले नेपालमा नया“ जनवादी क्रान्तिको धार र त्यसको अस्तित्व अहिलेको परिवर्तित अवस्थामा खासगरी दोस्रो संविधानसभाको नर्ीवाचनपछि केबल नेकपा-माओवादी र त्यसले नेतृत्व गरेका ३३ दलीय मोर्चाभित्रका कम्युनिष्ट समूहहरूमा छ । प्रचण्ड र बाबुरामजीहरू जनयुद्धका सबै उपलव्धीहरूलाई ध्वस्त पारेर एमालेको दोस्रो संस्करणमा रूपान्तरित हु“दै हुनुहुन्छ । चौथो महाधिवेशनको पहिलो महामन्त्री भएका मोहन विक्रम सिंहमा अबको परिवर्तित अवस्थामा नत २०३१ साल र त्यस अघिको क्रान्तिकारी मार्क्सवाद जीवीत छ नत उहासंग भावी क्रान्तिको आशा छ । नेपाली कम्युनिष्ट आन्दोलनमा लामो समय काम गरेका उहाले अहिले संसदीय व्यवस्थाको आहालमा आफ्नी श्री मतिलाई डुबुल्की मार्न पठाएर त्यसको रसस्वादनमा रमाउने विचार गर्न पुग्नु भयो । प्रचण्ड र बाबुरामजी त अब कहा“ पुग्दै हुनुहुन्छ – अझै पुरै ठेगान छैन् । तै पनि उहा“हरूले लिएको राजनीति लाइन र विचारलाई हेदा एमाओवादी कतै एमालेको दोस्रो संस्करण त हुने होइन् शंका गर्ने अवस्था सृजना हु“दै छ । र्सवहारावर्गको अधिनायकत्व, साम्राज्यवादी उत्पीडनकारी सत्ताका विरूद्ध वल प्रयोगको सिद्धान्तआदि प्रतिको प्रतिवद्धतालाई त्यागेर नेपालका केही कम्युनिष्ट नेताहरू अझै कम्युनिष्ट बन्न खोजेका मात्रै छैनन्, आफूलाई नेपाली कम्युनिष्ट आन्दोलनको मूल धार भनेर दावी गर्दै हुनु हुन्छ । कम्युनिष्ट सिद्धान्त र लाइनको प्रश्नमा उहा“हरूको त्यो दावी आफैमा गलत छ । उहा“हरूले अपनाएको वैचारिक र राजनीतिक लाइन संसदीय व्यवस्थाका लागि सही हुन सक्ला तर र्सवहारवर्गीय मुक्ति आन्दोलनका लागि गलत छ भन्ने प्रमाणित भइ सकेको छ । किनभने षडयन्त्र, खुराफात, व्यक्तिगत पद, प्रतिष्ठामा लालच गर्ने भनेको त मार्क्सवादको अभ्यास गरेको हु“दै होइन । मार्क्सवादको अभ्यास गरेर मात्रै पार्टी वैचारिक र राजनीतिक लाइन सही हुन्छ । वैचारिक र राजनीतिक लाइन सही भएमा मात्रै पार्टीीत्र र बाहिरका सबै कुरा ठेगानमा आउ“छन् । तर जब पार्टीीलाइन गलत छ, त्यसले भएको कुरा पनि गुमाउ“छ । क.माओले भन्नुभएको छ “लाइन सुकाने गा“ठो भएको डोरीजस्तो हो । जब यसलाई खुस्काउनुहुन्छ त्यसको सारा जिलीगाठो फुस्किन्छ । ”
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास नै साछी छ कसरी २००६ साल बैशाख १० गते स्थापित नेपाल कम्युनिष्ट पार्टीत्यसपछिको नेपाली कम्युनिष्ट आन्दोलनले २०१२ सालमा मनमोहन अधिकारीको गलत राजनीतिक लाइन-पार्टीीई राजासग सम्झौता गरेर भए पनि एउटा वैधानिक पार्टर्ीीनाउने)ले गर्दा कसरी क्रमसः केशरजङ रायमाझिजस्ता राजावादीहरूको नेतृत्वमा सञ्चालित हुन पुग्यो र २०१७को राजाले गरेको पौष १ गतेको काण्डपछि कसरी रायमाझिको सारा राजावादी जिलीगा“ठो फुस्कियो – र कहिले नउठ्ने गरी नेपालको कम्युनिष्ट आन्दोलनबाट उहा बदनाम भएर अस्ताउनु भयो । त्यसैगरी बीसको दशकदेखि पच्चिसको दशकसम्म अविचलित रहेको पुष्पलालको नेतृत्वले पछि गएर उहा“का गलत नीतिको परिणाम क्रमसः माओले भनेझै भएका अनुयायीहरू पनि गुमाउ“दै गएर एक्लो बन्नु भयो । त्यसैगरी २०२८ सालको मंसीर २० गते न्यूक्लियसको गठन गरी २०३१ साल असारमा चौथौ महाधिवेशन सम्पन्न गरेर अग्रगतिमा बढेको क. मोहनबिक्रम सिंहको नेतृत्व २०३४ सालदेखि उहा“मा आएको र क्रमसः उहा“मा मौलाउदै गएको सामन्ती तथा जमिन्दारी चिन्तन, प्रवृतिका कारण २०४०-२०४१ सालमा पुग्दा नपुग्दै त्यसको विघटन हु“दै गएर अहिलेको नेकपा-मसाल)को अवस्थामा पुगेको छ । २०२८ साल बैशाखदेखि झापा आन्दोलन गरेर नेपालको कम्युनिष्ट आन्दोलनको एउटा बलियो क्याम्प बनाउन सफल भएको माले र अहिलेको एमालेको हालतले पनि माओको उल्लेखित भनाइको सान्दर्भिकता पुष्टि गर्दछ । किनभने एमालेले मार्क्सवादको अभ्यास गर्न नै छाडिसकेको छ र त्यसको परिणाम एमालेभित्र अहिले एकले अर्काको विरूद्ध षडयन्त्र र खुराफात गर्दै के कसरी सत्तामा जान सकिन्छ भन्ने काम सिवाय त्यस पार्टी नेताहरूमा र्सवहार्रवर्गको र मालेमा सिद्धान्तको त कुरै छाडौ देश, जनता र परिवर्तनबारे सोंच्ने फुसद नै छैन् ।
बीसको दशकदेखि पच्चीसको दशकसम्म पुष्पलाल, अठ्ठाइसको दशकदेखि पैतीसको दशकसम्म मोहनविक्रम सिंह । अठ्ठाइसको दशकको झापा आन्दोलनदेखि चालीसको दशकसम्मको माले र अहिलेको एमालेको अवस्था, यी सबैको पछाडि माओले भनेझै सही वा गलत जस्तोसुकै होस, वैचारिक र राजनीतिक लाइनले सबै कुराको छिनोफानो गर्छ भन्ने भनाइको पुनर्पुष्टि नै हो । जब पार्टी लाइन सही हुन्छ तब सबै कुरा ठेगानमा आउ“छ । ठीक छ, सही लाइनका अनुयायीहरू नहोउन तर पछि त्यसलाई सकार्नेहरू हुन्छन्† त्यससग हतियार नहोओस रे तर पछि त्यो पनि प्राप्त हुन्छ हुन्छ† त्यसस“ग राजनीतिक शक्ति पनि नहोस् तर पछि त्यसले राजनीतिक शक्ति पनि हासिल गर्ने छ । तर जब पार्टी लाइन नै गलत हुन्छ, त्यसले भएको कुरा पनि गुमाउ“छ । २०१२ देखि २०१७सम्म आइपुग्दा केशरजङग रायमाझि र मनमोहन अधिकारीले उहा“हरूस“ग भएका सबै गुमाउनु भयो । त्यसैगरी बीसको दशकदेखि पच्चीसको दशकसम्म पुष्पलाल, अठ्ठाइसको दशकदेखि पैतीसको दशकसम्म मोहनविक्रम सिंहले पनि गुमाउने सिवाय केही पाउनु भएन् । किनभने उहा“हरूको राजनीतिक र वैचारिक लाइनमा क्रमसः दक्षिणपन्थी संशोधनवाद हावी हु“दै गयो, गलत हु“दै गयो । २०५२ सालदेखि चलेको माओवादी जनयुद्धले पहिलो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा सबै कुरा ठेगानमा ल्यायो । त्यसको लाइनलाई सकार्नेहरूको संख्या बढयो, हतियार थिएन हतियार प्राप्त गर्यो, सेनाको निर्माण गर्यो । माओले भनेझै त्यसस“ग राजनीतिक शक्ति थिएन, त्यसले राजनीतिक शक्ति पनि हासिल गर्यो । के यो माओले भनेझै पार्टीे त्यसवेला सम्मको वैचारिक र राजनीतिक लाइन सही भएको प्रमाण होइन –
तर एमाओवादी शान्ति प्रक्रियामा आएपछि र खासगरी पहिलो संविधानसभाको निर्वाचनपछि भने जनयुद्धका उपलव्धिहरू क्रमसः गुम्दै गए । नेता तथा कार्यकर्ताले इमान्दारीस“ग मार्क्सवादको अभ्यास गर्न छाडे । जब इमान्दारीस“ग मार्क्सवादको अभ्यास गर्न छाडिन्छ अनि पार्टीीई एकतावद्ध गर्न ध्यान दिन पनि छाडिन्छ । पार्टर्ीीत्र एकले अर्काको विरूद्ध षडयन्त्र गर्ने र खुराफाती गर्ने काम गरिन्छ । पार्टी जब यसो हुन्छ अनि माओले भनेझै कहिकतै पार्टीे वैचारिक र राजनीतिक लाइनले गलत दिशा लिइरहेको त छैन् – भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । जब मार्क्सवादको अभ्यास सही तरिकाले गरिदैन अनि कसरी पार्टीवैचारिक र राजनीतिक लाइन सही हुन्छ – किनभने माओले भन्नु भएझै मार्क्सवादको अभ्यास गरेरमात्रै एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टे वैचारिक र राजनीतिक लाइन सही हुन्छ । वैचारिक र राजनीतिक लाइन सही भएमा मात्रै पार्टर्ीीत्र र बाहिरका सबै कुरा ठेगानमा आउ“छन् । तर जब पार्टे लाइन गलत छ, त्यसले भएको कुरा पनि गुमाउ“छ । माओले भन्नुभएको छ “लाइन सर्ुकाने गा“ठो भएको डोरीजस्तो हो । जब यसलाई खुस्काउनुहुन्छ त्यसको सारा जिलीगा“ठो फुस्किन्छ । अहिले खासगरी माओवादी पार्टीान्तिप्रक्रियामा आएपछि र संविधानसभाको निर्वाचनपछि एमाओवादीमा जे भइरहेको छ, त्यसले माओले भनेझै पार्टी सारा जिलीगा“ठो फुस्कि रहेको अनुभूति भएको छ । खासगरी पार्टीान्ति प्रक्रियामा आएपछि र संविधानसभा र सरकारमा गएपछि दशवर्षो जनयुद्धका सारा उपलव्धिहरू गुम्दै गएका छन् । त्याग र वलिदानका प्रतिमूर्तिहरू क्रमसःलोभिपापी र कोचल्गाडाहरूद्धारा विस्तापित गरिदै छन् । दशवर्षो जनयुद्ध, शान्तिवार्ता र संविधानसभाको निर्वाचनसम्म हेदा पार्टी सही लाइनका अनुयायीहरू बढदै गए । त्यसलाई सकार्नेहरूको संख्या बढयो । त्यससंग र्सवहार्रवर्गका लागि हतियार थिए । त्यो एउटा बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुन सफल पनि भयो । तर त्यसपछि एमाओवादीले क्रमसः भएका सबैचीजहरू गुमाउ“दै गयो । पार्टी सदस्य तथा र्समर्थकमा नैराष्यता बढन थाल्यो । उनीहरूमा क्रान्तिप्रति, नेतृत्वप्रति विचलन आउदै गयो । अयोग्य लडाकुको नाममा तीनीहरू मध्ये केही सडकमा गए । माओवादी नेतृत्वले त्यसको प्रभावकारी नेतृत्व दिन चाहेन वा सकेन । शान्तिको नाममा जनताको पक्षमा लडेका हतियार र जनसेना नेपाली सेनालाई बुझाइयो । स्थानिय सत्ता, कम्युनहरू विलाउ“दै गए । दोस्रो संविधानसभाको निवाचनले त उसलाई अब त कम्युनिष्ट राजनीतिक शक्तिको रूपमा टिक्न पनि कठिन बन्दै गएको छ । यसका पछाडि प्रथम एमाओवादीले वर्तमानमा मार्क्सवादको अभ्यास गर्न छाडेर संशोधनवादको अभ्यास तर्फआक्रषित भएको छ । क्रान्ति र प्रतिक्रान्तिबारे आफै रणभूल्लमा छ । द्धितीय पार्टी नेता तथा कार्यकर्ताका व्यवहारले पार्टीीई विभिन्न गुट उपगुट बनाउनेमा हौसला मिलेको छ । त्रितीय पार्टीेतृत्वले आफूलाई र्सवहारावर्गप्रति इमान्दार र खुल्ला राख्न असफल बन्यो । एमालेको जस्तै एमाओवादीभित्र पनि षडयन्त्र र खुराफातमा सबै समय वितेको छ । एमाओवादी पार्टी र यस्तै गैहृ मार्क्सवादी चिन्तन र प्रवृतिभित्र रमाउन थालेको छ । एमाओवादी नेतृत्वमा अब क्रान्तिकारी इच्छा शक्ति मरिसकेको छ ।
यसो हु“दैमा के नेपालमा अब क्रान्तिकारी कम्युनिष्ट पार्टी अस्तित्व छैन् त – तत्कालका लागि नेपाली क्रान्तिको भविश्य र जिम्मेवारी नेकपा-माओवादीको का“धमा आएको छ । यद्धपि उ संग अझै पनि विरासतका अनगिन्ति कमिकमजोरीहरू छन् । उसले ती सबैलाई ठिक पार्न पहिले उसको राजनीतक लाइन र विचारलाई ठिक पार्नु आवश्यक छ । यदि त्यसो भएमा माओले भनेझै पार्टी फेरी अहिले सम्म गुमाएका सबै थोकहरू प्राप्त गर्न सफल हुने छ र पार्टीेरी देश र जनताको मुक्तिको लागि निरन्तर क्रान्तिको बाटोमा अघि बढन सक्ने अवस्थामा हुनेछ । अनिमात्रै जनताले चाहेको र खोजे जस्तो शान्ति र संविधान टाडाको विषय हुने छैन् । माओले भनेझै नेपाल र नेपाली जनताको पक्षमा तब मात्रै सबै कुरा ठेगानमा आउ“नेछन् । माओवादीको हातबाट सबै चीज गुमि सकेको अवस्था अझै भएको छैन् । केबल अवश्यकता छ सही राजनीतक लाइन र विचारको रक्षा र विकास ।


प्रतिक्रियाहरु

[anycomment]