असंवैधानिक संविधानसभाको कोकोहोलो – राजेन्द्र चिमौरिया
दोस्रो संविधानसभाको बैठक सुरु भएको छ । संविधानतः संविधानसभाको बैठकका लागि प्रत्यक्ष, समानुपातिक र मन्त्रिपरिषद्बाट मनोनित सभासद्सहितको पूण् बैठक बस्नुपर्ने हो । तर, पनि लँगडो संविधानसभाको बैठक सुरु भएको छ । दिनको संकेत बिहानीले देखाउँछ भनेजस्तो यो संविधानसभाका र्सार्थक हुन नसक्ने छाँट यसको पहिलो बैठकले नै संकेत गरिसकेको छ । संविधानसभामा सुरुदेखि नै जुन भाँडभैलो देखिएको छ, यसले पनि उसको औचित्य पूरा नहुने संकेत गरिसकेको छ । हुन त यो संविधानसभा काँग्रेस, एमाले र एमाओवादीको चार बुँदे सहमतिको टेकोमा अडिएको छ । यो चार बुँदेको टेको भत्कनासाथ यो संविधानसभा धराशयी हुनेछ । यो संविधानसभाबाट जनताको संविधान बन्छ र देशमा शान्तिसुव्यवस्था कायम हुन्छ भन्नु आफैँमा हास्यास्पद विषय हो । किनकि परिवर्तनको प्रमुख बाहक शक्ति नेकपा-माओवादी र उसले नेतृत्व गरेको ३३ दलीय मोर्चाले यो संविधानसभा अस्वीकार गरिरहेको छ । उनीहरु यो संविधानसभाविरुद्ध सडकमा उत्रिसकेका छन् । यस्तो अवस्थामा यो संविधानसभा र्सार्थक हुने कुरै भएन । यो संविधानसभा जति दिन रहन्छ, त्यति नै अस्थिरता र अन्योलता बढ्दै जान्छ, देश द्वन्द्वतर्फधकेलिन्छ । काँग्रेस, एमाले र एमाओवादीको दलगत र केही सीमित नेताहरुको स्वार्थले देश द्वन्द्वतर्फजानु हुँदैन । देशको संविधान बनाउने विषयमा परिवर्तन पक्षधर शक्तिहरुलाई पाखामा राखेर र्सवमान्य निकास निस्कन सक्दैन । त्यसैले काँग्रेस, एमाले र एमाओवादीले चार बुँदे टेकोमा अड्याएको यो संविधानसभाको कुनै औचित्य छैन । यसले देश र जनतालाई दर्ीघकालसम्म असर पुर्याउन सक्छ । तर्सथ, काँग्रेस, एमाले र एमाओवादीले यो चार बुँदे टेकोमा अडेको संविधानसभालाई काँध थाप्न छोडेर देश र जनताको लागि नेकपा-माओवादीले भनेजस्तो राजनीतिक सभा गरी निकास खोज्न तत्पर हुनुपर्छ । यो नै अहिलेको आवश्यकता, समयको माग र जनचाहना पनि हो, चेतना भया ।