यात्रा – पूर्वलालवस्तीहरूको – महादीप पोखरेल

२०७० माघ १७ गते, शुक्रबार

२०५८ सालबाट पोखरामा रहँदा महान् जनयुद्धका प्रभाव क्षेत्रहरूमा जनसरकार गठनको प्रक्रिया तीव्र भएको थियो भने जनमुक्ति सेनाको स्थायी फर्मेसन पनि त्यति बेला नै घोषणा भयो । सञ्चारको दुनियाँमा अधिकतम रूपले नकारात्मक थोर बहुत सकारात्मक खबरहरू गुञ्जायमान हुँदा बुझ्ने आ–आफ्नै तरिकाहरू हुने गर्दथे । जनक्रान्तिलाई बुझ्ने सकारात्मक चिन्तनको शैलीबाट बुझ्दा त्यतिखेर रूकुम÷रोल्पा आधार इलाकाको रूपमा विकास भइसकेको अनि क्रान्तिका योद्धाहरूले वीरतापूर्ण बलिदान र लडाइँद्वारा पुरानो सत्ताका प्रतिनिधि संस्थाहरू विस्थापित भएको अवस्थामा नयाँ सत्ता स्थापना भएको रोमाञ्चक अनुभूति पोखरा बसेरै गरिएको थियो । विगतमा पार्टी र क्रान्तिका निम्ति के गरियो एउटा मुल्याङ्कन त होला तर आफैंले भन्दा आवश्यक पर्दा र सम्पर्क हुँदा क्षमताले भ्याएसम्म क्रान्तिको पक्षमा सहयोग गरियो भन्नै पर्छ ।
उति बेलैदेखि रूकुम÷रोल्पाका वस्तीहरूको भ्रमण गर्ने उत्कृष्ट इच्छा हुँदाहुँदै पनि हाफ्नो मेसो भने मिलेको थिएन । ०५५÷५६ तिर रोल्पाको लिवाङ, घोडागाउँ, जुगार र जिनावाङको भ्रमण गरेको थिएँ । यसपटक रुकुमको हुकाम, तकसेरा, महत, वर्फीकोट अनि रोल्पाको सहिद मार्ग हुँदै नुवागाउँ, घर्तीगाउँ, इरिवाङ, राङ्कोट हुँदै रुकुमको चुनवाङ र कुरेलीको लेकसम्मको यात्राको अनुभव सँगाल्ने मौका पाइयो । यो मौका मलाई वन मन्त्रालय अन्तर्गतको ‘फोरेस्ट रिसर्च एसेसमेन्ट’ परियोजनाले दिलाएको हो । अनुसन्धानको काममा हिँड्दा प्राप्त हुने ज्यालाबाट काठमाडौँको बसाइमा सहयोग पनि हुने सम्बन्धित क्षेत्रको जनजीवन, राजनीति, संस्कृति र प्राकृतिक श्रोत साधनको समेतको अनुभव सँगाल्न पाउने हुँदा मैले यस अवसरको भर मग्दुर उपयोग गर्दै आएको छु । वन अनुसन्धान विभागले पनि यस्तै क्षेत्रहरूमा मलाई पठाई मेरो भावनाको सम्मान गरेकोमा धन्यवाद दिन चाहन्छु । यो कार्यको कर्मचारी महासङ्घभित्रका केही स्वनाम धन्य लाल भ्रष्टाचारी, अवसरवादी र निषेधकारी दुर्नामीहरूबाट अस्वस्थ विरोध भए पनि मैले खासै पर्वाह गरेको छैन किनकि काम गरेको ज्याला लिनु मेरो नैसर्गिक अधिकार हो ।
काठमाडौँबाट मंसिर २० गते यात्रा सुरु गरी हामी दाङ हुँदै सल्यान अनि रुकुम खलङ्गामा देवीलाल बिष्ट÷शेर बहादुर खड्कासँग कर्मचारी सङ्गठनभित्र पैदा भएका समस्या र समाधानका उपायहरूबारे खुलेरै छलफल भएका छन् र आगामी दिनमा उक्त छलफलहरूद्वारा राम्रो परिणाम निकाल्न सहयोग पुग्ने नै छ । विशेष गरि फ््रयाक्सन इन्चार्जले समस्या समाधानको उपयुक्त तरिका सुल्झाउन नसक्ने तथा अनावश्यक हस्तक्षेप पनि गरिरहने कार्यशैली प्रति दुःखेसो रहेको पाएको छु । रुकुमका गाउँबस्तीमा डुल्दा विकासको दृष्टिले कम्तिमा बल्ल–तल्ल जीप र ट्याक्टर चल्ने बाटो खतरनाक भए पनि धेरै ठाउँमा बनेको रहेछ । खलङ्गाबाट दिनभरिको यात्रामा रुुकुमकोट हुँदै तकसेरा पुग्न सकिन्छ । सबै गाउँबस्तीमा ब्रोइलर कुखुरा, चाउचाउ र सिलबन्दी रक्सी पुगेका छन् । स्कुल, कलेज र स्वास्थ्य केन्द्रको विकास भने झुसिल किराको तालमा रहेको छ । तकसेराको एक गाउँ हुँदै हुकामको खुरेल लेकसम्मको १ हप्ताको यात्रामा तत्कालीन जनयुद्धताका गाउँ जनसरकार प्रमुख बलमान विकसँग राम्रो मित्रता भयो । पहिला नेपाली कांग्रेसलाई समर्थन गर्ने बलमान, माओवादी सेनाले तकसेरा प्रहरी बेस क्याम्प कब्जापछि सक्रिय माओवादी बनी बेनी आक्रमणसम्म आउनु भएको रहेछ । मैले उहाँको मुखबाट युद्धकालीन रोमाञ्चक, कष्टपूर्ण तर गौरवमय थुपै्र जीवन्त कथाहरू सुन्ने अवसर प्राप्त भयो । अहिले कथित दोस्रो संविधान सभाको चुनावमा एमाओवादीका गणेशमान पुनलाई भोट हालेका उनले पटक पटक पार्टी र तिनका नेता बिगे्रको गुनासो गरे, एमाओवादी पार्टी फुटेको चित्त बुझेको रहेनछ ः वैद्यले बिगा¥यो पनि भन्थे भने कतिखेर कतिखेर प्रचण्डले धेरै पैसा खायो, सबैतिर बर्बाद पनि भन्न भ्याउँथे । एक चोटि त जंगिएर जनयुद्धलाई नेताहरूले धनयुद्ध बनाए पनि भने । जनयुद्धकालमा कैयौँ रक्सी बनाउने भाँडाहरू फुटाएको अनुभव सुनाउने उनी अहिले बिहानैदेखि रक्सी पिउने भएछन् । एक बिहान मैले चना र अण्डा खाऊँ भन्दा मान्दै मानेनन्, रक्सी दिने भए खान्छु नत्र खान्न भनिदिए । माफ गर्नु होला मैले उनको निम्ति एक गिलास जोगाड गरिदिएँ । यस्तो अलमल र दयनीय स्थिति छ भूतपूर्व जनसरकार प्रमुखको ।
तकसेराको तकगाउँमा विद्यालय नजिकै इलाका प्रहरीको भवन पनि बन्दैछ । अधवैंसे र युवागरी २५–३० जना कामदार मिलेर मिहिनेत गरिरहेछन् । ठेकेदार रहेछन् रुकुमकोटका ठकुरी उनी भन्दै थिए– युवालाई माओवादीले पढ्न दिएन, छापामार बनायो । यही तकसेरामा इलाका प्रहरी कार्यालय ध्वस्त गर्ने छापामारहरू अहिले उही ठाउँमा प्रहरी कार्यालय बनाउन कामदार भएका छन् । पेट पाल्नको लागि उनको निम्ति माओवादी राम्रो कि म राम्रो भनेर मलाई सिधै सोधँे । मेरो त दिमागै रन्थनियो । उनको उत्तर दिन मलाई अलिकति व्याख्या गर्नु पर्ने भयो तर उनी लामो जवाफ सुन्ने मुडमा थिएनन् । म मुसुक्क हाँसेँ मात्र, उनीसँग सहमत भए वा असहमत मलाई नै थाहा भएन । हैन के रहेछ त भनि म पनि गए निर्माण स्थलतिर कुरा साँच्चै रहेछ । रुकुमकोट घर हुने एक शिक्षक हुनु हुँदो रहेछ । जनयुद्धको प्रभावसँगै जागिर छाडेर फौजी फर्मेसनमा भाग लिएर थुपै्र युद्ध लड्नु भएको रहेछ । ०६३ सालपछि पार्टीले अब राजनैतिक काम गर्ने भनी फेरि गाउँमा नै फर्काएछन् । नमुना विद्यालयमा पार्टीको निर्देशन बमोजिम पढाउन थाल्नु भयो तर अचम्म, पछि विद्यालयमा तीन वटा शिक्षक कोटा आउँदा उहाँलाई नराखी नेताका नातेदारलाई राखेपछि विरक्तिएर हिँड्नु नै अहिले नियतिले तकसेराको प्रहरी कार्यालयको निर्माणमा ढुङ्गा बोकिरहनु भएको छ ।
यस्तै–यस्तै अनुभूति सँगाल्दै अब हामी लाग्यो रुकुमको अर्को चर्चित गाउँ महततिर काक्री÷खरवाङको प्रहरी चौकीले सामान्य सोध पुछ ग¥यो । यो उनीहरूको कर्तव्य नै भएको हुँदा नराम्रो लागेन । मैले वन मन्त्रालयबाट सर्भेक्षणको निम्ति आएको भनेर जवाफ दिएँ । यसो गाडी अगाडि बढाउन खोज्दा असईले फेरि रोकेर ‘सर मलाई तपार्इंको गाडीमा ल्याएको पत्रिका दिनोस् न’ भने । मलाई त थाहै थिएन । काठमाडौँबाट लगेको ‘फरकपत्र’ देखिने गरी राखेको रहेछु, त्यसपछि दुई प्रति मैले ती असईलाई दिएँ । जवाफमा उनले ‘धन्यवाद’ भने ।
अब अनुभूति महत गाउँको– दुई–तीन सय घरधुरी भएको यो गाउँमा प्रवेश गर्ने बित्तिकै एक युवा आई सोध पुछ गर्नु भयो र काठमाडौँबाट आउनु भएको रहेछ । सर्वप्रथम हाम्रो पार्टी कार्यालयमा जाऊँ भन्नु भयो । मैले सजिलै ‘जाऊँ’ भनेँ । एमाओवादी पार्टी कार्यालय पो रहेछ । गाउँ कमिटी इन्चार्ज भेट हुनु भयो । महतमा अरू पार्टीको चाहिँ कार्यालय छैनन् । मैले यहाँ आउनुको उद्देश्य बताएँ । उहाँहरू सहयोग गर्न तयार हुनु भयो । वास–खानाको लागि राम्रो सहयोग भयो । अर्को एक जना राज्य समिति सदस्य स्तरको कमरेडसँग पनि चिनजान भयो । संविधान सभाको चुनाव अगाडिसम्म एमाओवादी पार्टीलाई सर्वस्व मान्ने उनीहरू अहिले आएर पार्टी किन चुनावमा हा¥यो के प्रचण्डले भने जस्तै धाँधली भएर मात्रै हो कि कहीँ गलत कार्यदिशाकै कारणले हो भन्ने बहस सुरु भएको पाएँ । उक्त बहस त्यहाँ कोही नेता गएर बुझाएर सुरु भएको होइन, महतवासी आफैंले सुरु गरेका हुन । चार दिन उक्त गाउँमा बस्दा मैले उनीहरू देश, क्रान्ति र कम्युनिस्ट पार्टीको भविष्य प्रति चिन्तित भएको पाएँ । त्यहाँका दाजु–भाइहरूले पटक–पटक उक्त गाउँमा स्पष्ट देखिने अर्को सुन्दर वस्ती लाभाङ देखाउँदै विगतमा माओवादी पार्टीको उक्त ठाउँमा बसेको केन्द्रीय समितिको बैठकका स्मरणहरू सुनाए हामीलाई । हाम्रो अनौपचारिक अन्तत्र्रिmयामा महत गाउँका इन्चार्ज र राज्य समितिका सदस्य कमरेड बिच कम्तिमा एउटा साझा धारणा बन्यो कि– एमाओवादी पार्टीले लिएको कार्यदिशा गलत छ र नेताहरू बिग्रिएका छन् । उहाँहरूसँग कुरा गर्दा मैले आफ्नो वास्तविक परिचय नदिई विभिन्न नाटकीय शैली प्रयोग गरेकोमा क्षमा चाहन्छु । मेरो टोली चार दिन महत बसेपछि फर्कने दिन बिहान महतवासीसँग १.३० घन्टा लामो औपचारिक अन्तत्र्रिmयामा मैले मन्तव्य राख्दै “तपाईंहरूले दुःख गरी रगत बगाएर ल्याएको गणतन्त्र अर्कैले अपहरण गरेको र हाम्रा अभिभावक पनि बिगे्रको अब नयाँ ढङ्गले सोच्नु पर्ने” विचार राख्दा उपस्थित समुदायले तालीद्वारा स्वीकार एवम् धन्यवाद प्राप्त हुँदा आफु महतवासी प्रति आभारी भएको महसुस भएको छ । एउटा अलि फरक प्रसङ्ग, तक गाउँमा मैकोट, हुकामतिरका भाइहरू भेट भएका थिए । “दाजु हाम्रो गाउँ जाऊँ, खान–बस्न चिन्ता छैन । जंगली जनावरको मासु खुवाउँछौँ” भन्दै थिए । जान मन नलागेको त होइन तर परिस्थिति मिलेन । उनीहरूले आफ्नो परिचय विविध दाइको टिमको मान्छे भनेर दिए । उनै विविध काली बहादुर खाम जसलाई राजधानीका मिडियाले खलनायकको परिचय दिए पनि रुकुमको उत्तरी क्षेत्र मैकोट, हुकाम र तकसेरासम्म उनको नायकत्व छबि स्थापित रहेछ । माओवादीको स्थानीय सत्ता विघटन भए पनि विविधको सत्ता सम्मान कायमै छ त्यहाँ । भाइहरू पनि पार्टीको नाम भन्दा विविध दाइकै नामबाट परिचय गराउँदा रहेछन् । फेरि महतगाउँकै प्रसङ्ग– न्यानो मायाको अनुभूति सँगाल्दै मेरो टिम रुकुमको मिठो भात खाएर कमल दह र वाफिकोटको स्यार्पु दहको मोहकताको रस्वादन गर्दै सदरमुकाम खलंगा फर्कियो तर बाटोभरि कवि निभा शाहको यो कविताले मन उद्वेलित भइरह्यो ः
आफुले चिरेका दाउरा
अरूले बालेपछि
आगो आफ्नो हुँदैन मनसरा
आगो आफ्नो नहुनेको
उज्यालो आफ्नो हुँदैन मनसरा
उज्यालो आफ्नो नहुनेका
दुनियाँ बदलिदैन मनसरा
कहिल्यै
आगो भर्भराएको
सुन्यौ मनसरा
आगो बलिरहेछ मनसरा ।
जनमुक्ति सेनाको विघटनपछि सायद माओवादी पार्टीको अवस्था यस्तै छ । मैले भ्रमण गरेका वस्तीहरूमा हिजोका जनयुद्धका उपलब्धि जनसेना, जनअदालत, जनसरकार, जनकम्युन कुनैको केही अस्तित्व छैन, बाँकी केवल स्मरणहरू मात्र छन् । त्यसैले लेखको शीर्षक भूतपूर्व लालवस्तीहरू राखेको हुँ । जनसमुदायलाई होच्याउन खोजेको होइन तापनि उनिहरूमा क्रान्तिकारी आशा र विश्वास टुटिसकेको छैन । भूत वर्तमानमा बदलिएर भविष्यको दष्ट्रा बन्न सक्छ, सबैलाई चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]