चाभेजको राष्ट्रवादी छवि र राजनीतिक चतुर्याइ – छत्रबहादुर मैनाली
लारा राज्यस्थित बार्किसिमेतो सहरको भ्रमणको क्रममा विश्वमा हुने ठूला धार्मिक चाडमध्ये भर्जिन मेरी नामले प्रख्यात दिभीना पास्तोराको शोभायात्रा पर्दोरहेछ । हरेक बर्षजनवरी महिनाको १४ तारिखमा शोभायात्रा सम्पन्न गरेर भक्तहरूले आफूले गरेको भाकल पूरा गर्दा रहेछन् । शोभायात्रामा दक्षिण अमेरिकी मुलुकलगायत विश्वका अन्य मुलुकबाट समेत भक्तजनहरूको सहभागिता हुने गरेको स्थानीयबासी बताउँछन् । शोभायात्रा सुरु हुन अगावै भक्तजनको आगमन तीव्र रूपमा हुने हुँदा होटल, लज सबै भरिभराउ भएर भाडामा कोठा पाउन साह्रै मुस्किल पर्दोरहेछ । शोभायात्राको निम्ति निजी, भाडाका सवारी साधनमार्फ् मुलुकको विभिन्न भागबाट आउने भक्तजनको कारण सहरमा सवारी चाप बढेर ट्राफिक व्यवस्थापनमा कठिनाइ पर्दोरहेछ । शोभायात्राका दिन सहर भरिभराउ हुने हुँदा सवारीसाधनले सहरको मुख्य भागमा प्रवेश पाउँदैनन् । जेसुस क्रिस्टको आमा मारिया -भर्जिन मेरी) को अनेकौँ स्वरूप र उपनामले विश्वभर प्रकट हुने गर्दछिन् । क्याथोलिक धर्मअनुसार भर्जिन मेरीलाई हरेक क्षेत्रको रक्षकको रूपमा मानिँदै आएका छन् । यसै क्रममा बार्किसिमेतो सहरमा दिभीना पास्तोराका नामले प्रकट भएकी रहिछिन् । दिभिना पास्तोराप्रति अगाध भक्ति र श्रद्धा रहनुको मूल कारण भक्तको मनोकांक्षा पूरा हुनु नै मुख्य हो भन्छन् मेलामा सहभागीहरू । किंबदन्तीअनुसार दिभिना पास्तोरालाई सन् १७३६ देखि भेनेजुएलाको राष्ट्रिय रक्षकको रूपमा मान्दै आएका रहेछन् । सान्तारोसा सहरका पुरोहितले -हाल दिभीना पास्तोरा रहेको मन्दिर ) एक मर्ूर्तिकारलाई बोलाएर बेदाग गर्भाधानयुक्त महिलाको प्रतिमा बनाउन आग्रह गरेअनुसार पुरोहितले परिकल्पना गरेअनुसारको मर्ूर्ति तयार गरेर मूर्तिकारले पुरोहितसामु प्रस्तुत गर्दा जसको स्वरूप ठ्याक्कै दिभिना पास्तोरासँग मेल खाएको, पुरोहितले उक्त प्रतिमालाई फिर्ता गर्न चाहन्थे तर उक्त प्रतिमा राखिएको स्थानबाट कसैले पनि उठाउन, हर्लाउन डेग चलाउन नसकेपछि पुरै बार्किसिमेतो सहरबाशीले शुभसंकेतको रूपमा लिँदै लारा राज्यको रक्षकको प्रतिक स्वरूप उक्त प्रतिमालाई सान्तारोसास्थित प्राण प्रतिष्ठा गर्ने निर्ण्र्ााश्चात उक्त मुर्तिलाई उचाल्न सकेको किंवदन्ती रहेछ । सान्तारोसामा मूर्ति स्थापना गरेपश्चात बार्किसिमेतो सहरमा हैजाको महामारी फैलिएर हजारौँले अकालमा ज्यान गुमाउन पुगेछन् । सहरबाशी हैजाबाट त्राहिमाम बनेर दिभीना पास्तोरासामु पुकारा गर्न थालेछन् । यसै सिलसिलामा बार्किसिमेतो क्याथोलिक चर्चा पादरीले समेत दिभिना पास्तोरा सामु पर््रार्थना गर्दै यो हैजाले अब अरुलाई नलगोस मलाई लगोस् म नै अन्तिम शिकार हुन पाउँ जनताको रक्षा गरिदिनुस् भनेर पुकारा गरे पश्चात ६ महिनाको अबधिमा उक्त पादरीले प्राण त्याग गरेको र हैजा त्यसै दिनदेखि बन्द भएको किम्बदन्ती रहेछ । त्यसैको सम्मान स्वरूप हरेक वर्षजनवरी महिनाको १४ तारिख दिभिना पास्तोराको प्रतिमर्ूर्तिलाई सहरको विभिन्न भागमा शोभायात्रा गर्राई सामुहिक दर्शन गराउने चलन चलेको रहेछ । ल्याटिन अमेरिकाको यो महत्वपर्ूण्ा एक दिने फेस्टिवलमा करिब ४५ लाखको हाराहारीमा भक्तजनको एकतृत उपस्थिति रहने गरेको तथ्यांकले देखाउँछ । चमत्कार विश्वासमा परिणत -सन् १८१२ को मार्च २६ तारिखका दिन भेनेजुएलामा शक्तिशाली भूकम्प गयो । भूकम्पले बार्किसिमेतो सहरलगायत राजधानी काराकस, मेरिदा, तोकुयो, सान फिलिपे सहरमा ठूलो क्षति पुगेको रहेछ, बार्किसिमेतो सहरमा रहेको दिभिना पासतोराको मन्दिर समेत ढलेछ तर दिभिना पास्तोराको प्रतिमालाई भने कुनै चोट नलागी जस्ताको तस्तै रहेपछि जनमानसमा झन् बढी अगाध विश्वास र श्रद्धा बढेर गएको देखिन्छ । दिभिना पास्तोरालाई साक्षात देवीको रूपमा मान्दै हाम्रो रक्षाको निम्ति अक्षुण रहन पुगेको जनविश्वास गरिँदोरहेछ । यो वर्ष२०१४ जनवरी १४ तारिख) को दिभिना पास्तोरा शोभायात्रा प्रत्यक्ष नजर गर्ने अवसर मिलेको थियो । उक्त शोभायात्राको क्रममा लगभग हाम्रो देशमा जस्तै विभिन्न धार्मिक पर्वमा हुने जात्राको याद दिलायो । विविध धार्मिक झाँकी, बाजागाजा, विशाल मानव सागरका बीच सम्पन्न शोभायात्राको दृश्य साँच्चिकै अद्भूत लाग्दथ्यो । मेरो जीवनमा त्यति ठूलो जनसागर एकै पटक सहभागी बनेको पहिलो पटक देख्दै थिएँ । मलाई के लाग्दथ्यो भने क्रिश्चियन धर्मावलम्बीहरू दैविक चमत्कार, दैविक शक्ति, अन्धविश्वास, पर्ुनर्जन्मप्रति विश्वास गर्दैन भन्ने । तर, उक्त शोभायात्राको दृश्य, त्यहाँ सहभागी भएका करिब ४५ लाख जनसागरको आस्था र भरोसालाई हेदा भने लाग्दथ्यो, हामीले सुन्दै आएको गलत रहेछ या गलत अफवाह फैलाइएको रहेछ । किनकि नेपालमा क्रिश्चियन धर्म प्रचारकहरू हिन्दु धर्मको रीतिरिवाज, धर्म, संस्कृत्रि्रति अनुदार रहेको पाउँछौँ त्यति मान्यता दिएको पाइन्न, मन्दिर जाने, मर्ूर्ति पुज्ने, मृत्यु संस्कार आदि रीतिरिवाजलाई लिएर बिमति रहेको पाउँछौँ । तर क्रिश्चियन धर्मावलम्बीहरूले अबलम्बन गरेको धार्मिक अनुशरण मैले प्रत्यक्ष देखेको र सुनेकोमा भने खासै भिन्नता देखिन । धेरैजसो रीतिरिवाज हिन्दु धर्मसँग मेल खाने देखिन्छ जस्तै हिन्दुहरूको महान् चाड बडादशैँ सुरु हुन १५ दिन अगावै तिथिअनुसार आफ्ना परिवारमा दिवंगत भएकाहरूको सम्मानमा श्राद्ध गर्ने चलन छ । क्याथोलिक क्रिश्चियनहरूको क्रिसमस सुरु हुनु ९ दिन अगावै हरेक दिन साँझ चर्चा गएर जेसुसको जन्महुनुभन्दा अगाडिको समयबारे चिन्तन गर्ने चलन छ ।
यसैगरी परिवारमा कुनै सदस्य गम्भीर बिमारी भएर बाच्ने अवस्था कम भएमा धार्मिक पुरोहित बोलाएर बिरामीको स्वास्थ्य लाभको पर््रार्थना गर्दै कारणवश बिमारी व्यक्तिको मृत्यु भएमा उसको आत्माले शान्तिसँग र्स्वर्गको बाटो पार गरोस् भनेर मृत्युपर्ूव गर्ने संस्कार चलनमा छ । यसको अर्थ क्रिश्चियन धर्ममा मृत व्यक्तिको आत्मा जीवित हुन्छ भन्ने प्रमाण हो, -पर्ुनर्जन्ममा विश्वास नगरे पनि), यो चलन हाम्रो हिन्दु धर्मको मृत्युपूव गरिने संस्कारसँग मेल खानेछ । क्रिश्चियन धर्ममा मृत्युपश्चात शवलाई जमिनमा गाड्ने प्रचलन छ तर अधिकांश क्रिश्चियन समुदायमा शव जलाउने पनि गरिन्छ । शव जलाई सकेपश्चात आफन्तले अस्तु लैजाने उक्त अस्तुलाई पवित्र स्थानमा लगेर सेलाउने प्रचलन रहेको छ । हिन्दु धर्ममा पनि अस्तुको ठुलो महत्व रहेको छ, अस्तुलै पवित्र गंगा, समुद्र आदि स्थानमा सेलाउने गरिन्छ ता कि मृतकले सहजै वैकुण्ठको बास गरोस् । यसैगरी क्रिश्चियन धर्म संस्कारमा चर्चमा गएर मृतकको आत्माको चिरशान्तिको निम्ति पर््रार्थना, बत्ती बाल्ने चलन छ । मलामी जानेहरूले बिशेषगरी कालो रङ्गको पहिरन लगाउने चलन छ । झिलिमिली, बुट्टा भएको, रङ्गीबिरङ्गी भड्किलो पहिरन लाउन बन्देज छ । खानपिनमा भने खासै बन्देज छैन, जसलाई जे इच्छा लाग्छ ग्रहण गर्न अनुमति छ । हरेक पुण्यतिथिमा मृतकको सम्झना स्वरूप धार्मिक संस्कार पूरा गर्ने चलन छ । भूत, प्रेत, बोक्सी प्रथालाई अझै पनि ठूलो संख्यामा क्रिश्चियन समुदायले विश्वास गर्दै आएका छन् । धामी, झाँक्री, झारफूक चलन अझै विद्यमान छ । क्रिश्चियन धर्ममा काटमार नगर्ने दिन, चौपायाको मासु नखाने विशेष दिन छन् । जसरी प्रचार गरेअनुसार क्रिश्चियन धर्म जत्तिको सजिलो धर्म अरु छैन जसो गरी भ्रम सिर्जना गरिन्छ । तर, वास्तवमा त्यस्तो छैन । रीतिरिवाजमा केही फरक भने अवश्य छ गर्ने विधि मात्र फरक छ, समयको दृष्टिकोणले हिन्दु धर्ममा केही धार्मिक रीतिरिवाज भद्दा होलान् तर हिन्दु धर्मलाई गलत अर्थ्याएर सावित कदापि हुन सक्दैन । कुनै पनि धर्मशास्त्रले भेदभावयुक्त समाजको परिकल्पना गरेको छैन । धर्म मान्नु नमान्नु नागरिकको स्वविवेकको कुरा हो । तर, धर्मको नाममा बहस सिर्जना गर्नेहरू पाखण्डी हुन्, तिनलाई कुनै पनि धर्मले स्वीकार गर्ने छैन ।
– बोगोटा डिसी, कोलोम्बिया