नेपाली कम्युनिस्टहरुको कमजोर सैद्धान्तिक धरातल – हस्तबहादुर केसी
जसले कम्युनिस्ट आदर्शलाई हृ्रदयदेखि नै स्वीकार गर्छ र त्यो प्राप्तिको लागि आफूलाई सम्पर्ूण्ा रुपले न्यौछावर गर्दछ, त्यो सच्चा कम्युनिस्ट हो । कम्युनिस्ट त्यो हो जसले द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद अर्थात् मार्क्सवाद लेनिनवाद माओवादले आफूलाई लैस बनाउँछ । कम्युनिस्ट त्यो हो, जसले आफुलाई मालेमावादी सिद्धान्तले लैस बनाउदै अनुशासित, लडाकु र मिलिटेन्ट राख्दछ । कम्युनिस्टहरुको ह्रृदय विशाल हुन्छ । ऊसित व्यक्तिगत भन्ने केही पनि हुँदैन । त्यसो भएर मार्क्सवादका प्रवर्तक कार्लमार्क्सले भनेका छन्, ‘कम्युनिस्टहरुको आफ्नो भन्ने केही पनि हुँदैन । हारे हत्कडी, जिते संसार ।’
कम्युनिस्टहरु सिद्धान्तनिष्ठ हुन्छन् । उनीहरुको आफ्नै सिद्धान्त हुन्छ । यस विषयमा एंगेल्सले भनेका छन्, “कम्युनिस्टहरुको सिद्धान्तलाई एउटै वाक्यमा भन्न सकिन्छ, त्यो हो व्यक्तिगत सम्पतिको उन्मूलन गरेर वर्गविहीन, राज्यविहीन र समानतामूलक साम्यवादी समाजको निर्माण गर्ने एक मात्र उद्देश्य हुन्छ कम्युनिस्टहरुको । अर्थात् कम्युन व्यवस्थामा रहने, त्यसैको सामुहिक अनुशासनमा देश र जनताको विकास गर्दै मानवजातिलाई सबैखाले शोषण र उत्पीडनबाट मुक्त पारेर साम्यवादमा पुर्याउने ध्येय कम्युनिस्टहरुको मात्र हुन्छ ।”
यसबारे माओले सेप्टेम्बर १९३७ मा ‘उदारतावदको विरोध गर’ भन्ने आफ्नो चर्चित लेखमा भनेका छन्, “कम्युनिस्टहरुको विशाल हृ्रदय हुनर्ुपर्छ । ऊ इमान्दार र सक्रिय हुनुपर्छ । क्रान्तिका हितहरुलाई उसले आफ्नो ज्यानभन्दा प्यारो सम्झनर्ुपर्छ । आफ्नो व्यक्तिगत हितलाई क्रान्तिको हितको अधिनमा राख्नर्ुपर्छ । पार्टर्ीीे सामुहिक जीवनलाई मजबुत तुल्याउन पार्टीी जनताका सम्बन्धहरुलाई अझ बलियो पार्न उसलले सधै र जहाँ पनि सही सिद्धान्तमा अडिरहनु पर्छ । र सबै गलत विचार र कामहरुको विरोधमा अथक संर्घष्ा चलाउनु पर्छ । कुनै व्यक्ति भन्दा बर्ता उसले पार्टीीर जनताको चिन्ता लिनुपर्दछ र आफ्नो भन्दा बढ्ता किसानहरुको बास्ता गर्नुपर्छ । यसो भए मात्र उसलाई कम्युनिस्ट मान्न सकिन्छ ।”
अतः कम्युनिस्ट बन्न ज्यादै गाह्रो विषय हो । सबै मानिसहरु कम्युनिस्ट बन्न सक्दैनन् । कम्युनिस्ट बन्नका लागि ठूलो अध्ययन, ज्ञान, त्याग, तपस्या र बलिदान गर्नै पर्ने हुन्छ । कम्युनिस्ट बन्नु भनेको वर्गसचेत समुदायको सबैभन्दा सर्वोत्तम जिम्मेबारी कम्युनिस्टहरुको काँधमा आएको र त्यो गहन दायित्व उसले पूरा गर्नै पर्ने भएकोले उसले संसारलाई पनि बुझेको हुनुपर्छ । ऊ चाहिँ ज्ञानको खानी बन्नै पर्छ । यस सर्न्दर्भमा लेनिनले भनेका छन्, “मानवजाजितले सिर्जना गरेका सम्पूण् ज्ञान-भण्डारबाट आफ्नो दिमागलाई समृद्ध पारेर मात्र तपाई कम्युनिस्ट बन्न सक्नु हुनेछ ।”
एउटा व्यक्ति कम्युनिस्ट बन्नका लागि लेनिन र माओले भनेका यी भनाईहरु ज्यादै मननयोग्य हुन् । कम्युनिस्ट बन्ने भनेको चानचुने विषय होइन । त्यसो भएर नै स्टालिनले भनेका छन्, “कम्युनिस्टहरु विशेष धातुले बनेका स्पात हुन् ।” हो यी सबै भनाइहरुबाट कम्युनिस्ट बन्न र बनिरहन ज्यादै कठिन कुरा हो । उसले संसारलाई बुझेर मात्र हुँदैन । ज्ञान आर्जन गरेर मात्र पुग्दैन । उसले संसारलाई बदल्ने आँट गर्नै पर्ने हुन्छ । यस विषयमा मार्क्सले भनेका छन्, “संसारको व्याख्या त सबैले गरेका छन्, तर गुदी कुरो त त्यसलाई बदल्नु पो हो त ।” अतः संसार बदल्ने यति ठूलो आँट र क्षमता भएका मान्छेहरुसित सैद्धान्तिक ज्ञानको धरातल ज्यादै बलियो हुनु अनिवार्य आवश्यक कुरा हो । सैद्धान्तिक ज्ञानको भण्डार भनेको कुनै बेग्लै विषय होइन । त्यो मालेमावादी सिद्धान्तको ज्ञान भण्डार हो । यो ज्ञानले नै संसार बदल्ने आँट र जिम्मेबारी बहन गर्ने ऐतिहासिक जिम्मेबारी प्राप्त गरेका कम्युनिस्टहरुको मुख्य आधार हो । एउटा असल कम्युनिस्टका लागि यो पहिलो आवश्यकीय र्सत हो ।
मालेमावादी सिद्धान्तले लैस नभइकन कुनै पनि व्यक्ति कम्युनिस्ट बन्न सक्दैन । यो ज्ञान प्राप्त गर्नका लागि किताबी अध्ययन र ज्ञानले मात्र प्राप्त हुँदैन । उसले भीषण वर्गसंर्घष् र दुइलाइन संर्घष् वा विचारधारात्मक अन्तरसंर्घष्ाको भट्टीमा खारिनै पर्ने हुन्छ । त्यहाँबाट मात्रै उसले सही मालेमावादी सिद्धान्तको ज्ञान प्राप्त सक्दछ । फेरि पनि यहाँ दोहोर्याई तेहर्याइ भन्नैपर्छ, मालेमावादी सिद्धान्तले ज्ञान प्राप्त नगरिकन, त्यसलाई जीवन व्यवहारमा नउतारिकन कोही पनि कम्युनिस्ट बन्न सक्दैन । तर्सथ कम्युनिस्ट क्रान्तिकारीहरुका लागि सैद्धान्तिक धरातल भनेकै मालेमावादी सिद्धान्त हो । मार्क्सवाद र्सवहारा क्रान्तिको विज्ञान हो । यो पुँजीवादको प्रारिम्भक अवस्थामा विकसित भएको हो । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, वर्गसंर्घष् तथा इतिहासमा बल प्रयोगको भूमिका र वैज्ञानिक समाजवाद तथा साम्यवाद यसका आधारभूत मान्यता हुन् । मार्क्सको दर्शन द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन हो । दर्शनको सिद्धान्त भौतिकवाद हो । यसले पदार्थ, प्रकृति वा सामाजिक सत्तालाई पहिलो र चेतना, विचार वा सामाजिक चेतनालाई दोस्रो स्थानमा राख्दछ ।
अहिले मार्क्सवाद लेनिनवादबाट माओवादमा विकसित हुन पुगेको छ । जस्तो कि मार्क्सवादको गुणात्मक विकासको दोस्रो चरण लेनिनवाद हो भने मार्क्सवाद लेनिनवादको गुणात्मक विकासको तेस्रो र नयाँ चरण माओवाद हो । यसरी आज अन्तर्रराट्रय र्सवहारावर्गको हातमा एउटा र्सार्वभौम सिद्धान्तको सिंगो अभेद्य इकाइका रुपमा मालेमावाद रहेको छ । माओवादलाई आजको विश्वको मार्क्सवाद लेनिनवादको रुपमा ग्रहण नगरिकन कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन । तर नेपालमा लामो समय पहिलेदेखि नेपाली कम्युनिस्ट आन्दोलन विभाजित रहदै आयो र यति लामो ऐतिहासिक अवधिमा निश्चतै रुपमा वर्गसंर्घष् र अन्तरसंर्घाका अनेकौं जटिल बांगाटिंगा घुम्तीहरु अवश्य पनि रहेका छन् । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुइ परस्परविरोधी धाराकै बीचको द्धन्द्ध प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनले दक्षिणपन्थी संशोधनवादी धारा जसको प्रतिनिधित्व एमाले र एमाओवादीले गरिरहेको छ । त्यस धाराले आज आफुलाई दक्षिणपन्थी विजातिय कित्तामा सामेल गर्दै संशोधनवाद, आधुनिक संशोधनवादहुँदै नव संशोधनवादी धारमा गुणात्मक फड्को हान्न पुगेको छ भने यसको ठीक विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा जसको नेतृत्व नेकपा-माओवादीले गरिरहेकेा छ ।
यस धाराले आज मार्क्सवादी-लेनिनवादी-माओवादी धाराका रुपमा गुणात्मक ढंगले विकसित हुन पुगेको छ । र विभाजीत अवस्थामा भए पनि आज नेपाली जनसंख्याको करीब ७५ प्रतिशत भूभाग नेपाली कम्युनिस्टहरुले ओगटिरहेका छन् । यति हुँदाहुदै पनि नेपाली कम्युनिस्टहरुको सैद्घान्तिक धरातल ज्यादै कमजोर अवस्थामा छ । मार्क्सवादी-लेनिनवादी-माओवादी सिद्घान्तको गहिरोसित अध्ययन गर्ने, त्यसलाई ग्रहण गर्ने र जीवन व्यवहारमा लागु गर्ने मामिलामा नेपाली क्रान्तिकारी कम्युनिस्टहरुको सैद्घान्तिक धरातल ज्यादै कमजोर मात्र नभई दिन प्रतिदिन खिइँदै गइरहेको छ । एमाले, एमाओवादी लगायतका संशोधनवादी समुहहरुमा त सैद्घान्तिक ज्ञानको धरातल हुने कुरै भएन किनकि उनीहरु सैद्घान्तिक रुपमा बन्ध्याकरण भइसकेका छन् । जहाँसम्म माओवादी क्रान्तिकारीहरुको कुरा गर्दा पनि सैद्घान्तिक धरातल ज्यादै कमजोर भएर खिइँदै गईरहेको छ । यो ज्यादै चिन्ताको विषय पनि हो । किन कि हामीले नेपाली नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यले करिब २० महिना पहिले नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टी माओवादीको पूनर्गठन गर्न बाध्य भयौ । तर, यसभित्रको सैद्घान्तिक धरातल माथि नउठ्नु, झनै खिइँदै जानु भनेको त बडो विडम्बना र चिन्ताको विषय हो ।
नेपाली कम्युनिस्टहरुको सैद्घान्तिक धरातल कमजोर हुनुका पछाडि धेरै कारणहरु छन् । पहिलो हो पेटि बुर्जुवा चिन्तन वा निम्न पुँजीवादी चिन्तन । निम्न पुँजीवादी चिन्तन क्रान्तिकारी कम्युनिस्ट बन्न र सैद्घान्तिक धरातल उँचो उठाउन ज्यादै बाधक हुन्छ । दोस्रो हो अध्ययनको कमी । कम्युनिस्ट क्रान्तिकारीहरुले मालेमावादको गहिरो अध्ययन गर्ने र त्यसलाई ग्रहण गरेर जीवन व्यवहारमा लागु गर्ने ज्यादै महत्वपुण् र अन्तिम लक्ष्य नै हुन्छ । तर, यहाँ अध्ययनको ज्यादै कमी छ । स्कुलिङको ज्यादै कमी छ । टपरटुँइयाँ जानेकाहरुको भरमा आफूलाई धेरै जानेको र बुझेको ठान्ने प्रवृति । थोरै बुझेपछि धेरै जानेको कहलाउने जुन प्रवृत्ति हामीसित छ, यो नै हाम्रो सैद्घान्तिक धरातललाई माथि उठाउने बाटोमा तगारो बन्दै आएको छ ।
तेस्रो कारण हो अवसरवादी चिन्तन प्रवृत्ति । यो प्रवृत्ति नेपाली कम्युनिस्ट आन्दोलनमा इतिहासदेखि नै हावी हुदै आएको छ । यसलाई निराकरण गर्न नसक्दा नै अहिले सबैखाले संशोधनवादीहरुको बाहुल्यता नेपालमा बढ्न पुगेको छ । अहिले हाम्रो खेमामा पनि यसले ठुलो मलजल पाएर मौलाउने मौका पाइरहेको छ । चौथो कारण हो, सिद्घान्तिविहिन भुइँफट्टा व्यक्तिहरुलाई विविध प्रकारका बहाना बनाएर नेतृत्वमा पुर्याइने र पुग्ने जुन प्रवृत्ति छ, यसले अध्ययन गर्नु पर्ने, सिद्घान्तनिष्ठ बन्नर्ुपर्ने कुरा होइन कि, सित्तैमा नेता बन्न पाएपछि के खाएर कठोर परिश्रम गर्नु पर्यो र ! किन गहन अध्ययन गर्नु नै पर्यो र ! पाँचौ कारण हो, नातावाद, कृपावाद प्रवृति, यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र नातावाद, कृपावाद, फरियावाद र परिवारवादले जुन मौका पाएर मौलाउने वातावरण कायम छ त्यसले पनि नेता-कार्यकर्ताहरुको सैद्घान्तिक धरातललाई माथि उठ्न बाँधा अवरोध खडा गरिराखेको छ । छंैठौ कारण हो, दलाली तथा च्याप्लुसी प्रवृत्ति । नातावाद, कृपावाद, परिवारवाद, दलाली एवं चाप्लुसी प्रवृत्ति र प्रथा सामन्तवादी संस्कृति र प्रथाका उपज र अवषेश हुन् । यी प्रवृत्तिहरु नेपाली कम्युनिस्ट आन्दोलनभित्र जरो गाडेर बसिरहेको छ । नाता, कुटुम्ब, दलाली र चाप्लुसी गरेर नेता बन्ने, नेता बनाइने र पार्टीीे नेतृत्व पंक्तिमा पुग्न पाइन्छ भने के का लागि गहन रुपमा कठोर परिश्रम गर्नु पर्यो र ! सातौं कारण हो, व्यक्तिगत सम्पत्ररतिको मोह । माथि नै काफी चर्चा गरिएको छ कि कम्युनिस्टहरुसित कुनै प्रकारको व्यक्तिगत सम्पति हुँदैन । तर यहाँ त के छ भने जो बढी धनी र सम्पन्न छ, जसका आलिसान महल छन्, आधुनिक गाडीहरु छन्, ठुलो संख्यामा नोकरचाकर र स्टाफहरु राखेको हुन्छ र आफ्नो परिवारलाई धनपैसाका आडमा मोजमस्तीका साथ पालनपोषण गरिरहेको हुन्छ । ऐस/आरामको जीन्दगी चलाएको हुन्छ उही नेता बन्ने र बनाइने भएकाले नेपाली क्रान्तिकारी कम्युनिस्टहरुको सैद्घान्तिक धरातल कमजोर बन्दै र खिइँदै गएको हो । यी लगायत तमाम प्रकारका प्रवृत्ति र कारणहरु नेपाली कम्युनिस्टहरुको सैद्घान्तिक धरातल माथि उठ्न मुख्य बाधकका रुपमा खडा हुन पुगेका छन् । यिनीहरुको सैद्घान्तिक, वैचारिक र व्यवहारिक रुपमा निरुपण नगरिकन सैद्घान्तिक धरातललाई माथि उठाउने कल्पना सम्म पनि गर्न सकिदैन । क्रान्तिको विजय त धेरै टाढाको वस्तु हो ।
सैद्धान्तिक धरातल कमजोर भएकै कारण व्यक्तिगत लाभ, प्रतिष्ठा र पदलोपुताको कारण पार्टीी विभाजन हुने र एकता पनि हुने जुन प्रक्रिया छ यो मार्क्सवाद-लेनिनवाद-माओवाद को सैद्धान्तिक धरातल अर्न्तर्गत पर्दैन । २०५४ सालमा एमाले विभाजीत भायो र माले बन्यो र फेरि २०५८ सालमा माले एमालेमा विलय भयो त्यहाँ कुनै सैद्धान्तिक धरातल थिएन । खाली पद, प्रतिष्ठा र पदलोपुताको कारण विभाजन भएको पूष्टि हुन पुग्यो । २०५९ असारमा एकीकृत नेकपा -माओवादी) मा विभाजन आयो र नेकपा-माओवादी बन्यो यहाँ पनि पद, प्रतिष्ठा र पदलोपुताको कुरा नआएका होइनन । अहिले नवसंशोधनवादी समूह एमाओवादीले कथित दोस्रो संविधानसभामा दर्ुइ तिहाइक्ष् बहुमत ल्याउँछु भन्दै गुड्डी हाँक्दै हिँडेको थियो तर उक्त चुनावमा शर्मनाक पराजीत हुन पुगेपछि नेकपा-माओवादीसित बारम्बार एकताको प्रश्ताव फुयाँकीरहेको छ । उसले फिजाएको हल्लाले नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीीनिएको नेकपा-माओवादीभि त्र पनि बेलाबखतमा हलचल पैदा हुने गर्छ । अमुख-अमुख माओवादी नेताहरु प्रचण्ड-बाबुराम सच्चिएमा पार्टीीकता सम्भव छ भन्दै हिँडेको सुनिन्छ । प्रचण्ड-बाबुराम सच्चिनु भन्ने गरेको प्रति कुनै तर्क छैन । किनभने उनीहरु सच्चिनु भनेको त प्रतिक्रियावादी राज्यसत्तालाई बुझाएको नेपाली क्रान्तिका आधार इलाकाहरु, जनसत्ता, जनअदालत, जनकम्युन र जनसरकारहरुको फिर्ता गर्नुपर्यो । त्यस्तै प्रतिक्रियावादी सत्तालाई बुझाएको जुन जनमुक्ति सेना चीनमा माओको निदनपछि विश्व कम्युनिस्ट आन्दोलनमा सबैभन्दा ठूलो शक्तिसाली एवं वैज्ञानिक दिमाग र हातहरु भएको जनमुक्ति सेना नेपाललाई फिर्ता गर्नु, उनीहरुले प्रतिक्रियावादी सत्तालाई बुझाएका रगत साटिएका हतियारहरु फिर्ता गराउनु । विप्पा सम्झौता खारेज गराउनु, सुपुदर्गी सन्धी र संगठीत अपराध निवारण विद्येक खारेज गराउनु, आदि विषयहरुलाई एनेकपा माओवादीले गर्न सम्भव छ त – विचार र सिद्धान्तका कुराहरुलाई छाडेर उल्लेखित विषयहरु नमिलिकन एमाओवादी र माओवादी बिच पार्टीीकताको हल्ला गर्नु के सैद्धान्तिक कुरा हो र – यो त नितान्त कमजोर सैद्धान्तिक धरातलको उपज हो । रुसमा लेनिनले पेलेखानोभ, मार्तोभ पन्थीहरु जस्ता संशोधनवादी र मेन्सेविकीवादीहरुसँग कहिल्यै पार्टीीकताको पश्ताव गरेको सुन्न पाइएको छैन । साथै लेनिनले दोस्रो अन्तर्रााट्रयका संशोधनवादी गद्धारहरु बर्नस्टिन तथा कार्लकाउत्स्की जस्ता संशोधनवादीसित पार्टीीकताको कुरा त उहाँले गर्नुभएन बरु सम्झौताहिन विचारधारात्मक सङ्र्घष् गरेर मात्र उनीहरुलाई परास्त गर्नुभो र बोल्सेविक पार्टर्ीीनर्माण गर्नुभो । यता चीनमा पनि माओत्सेतुङले छन्त्यूसि जस्ता दक्षिणपन्थी संशोधनवादी, लीलीशान जस्ता उग्रवामपन्थी वाङ्मिङ जस्ता “वामपन्थि” भड्काव वाला सित कहिल्यै पनि एकताको कुरा त गर्नुभएको थिएन । तब मात्र उहाँहरुले महान् क्रान्तिहरु आफ्नो नेतृत्वमा सम्पन्न गर्नुभो । नेपालमा त यही सैद्धान्तिक धरातल कमजोर भएकै कारणले नेपाली जनताको अत्यधिक बहुमतको साथ सहयोग पाउँदा पाउँदै पनि पार्टीसी’द्धाउने, पार्टीुटाउने खेल खेलिरहने भएका कारणले गर्दा नेपाली क्रान्तिले ठूलो धोका खाँदै आइरहेको छ यी सबै चीजहरु नेपाली कम्युनिस्टहरुको कमजोर सैद्धान्तिक धरातलका कमजोर हुन् ।
यही सैद्घान्तिक धरातललाई माथि उठाउन नसक्नु, उकास्ने मामिलामा नेतृत्वले भरमग्दुर प्रयत्न गर्नुको साटो बरु उल्टो अहंवाद, व्यवहारवाद र अनुभववादलाई प्रशय दिनु जस्ता गलत तथा गैर मार्क्सवादी तौरतरिका अपनाउदै आएका कारण सैद्घान्तिक रुपले खारिएको नेतृत्व स्थापीत हुन नसक्नु र विचलन पैदा भएर प्रचण्ड र बाबुराम समेतले नेतृत्व गरेको एमाओवादीको हविगत हुन पुग्नु स्वाभावीक बन्न पुगेको हो । हामीले देखेका छौ कि लेनिन, माओ, हाचिमिन्ह फिडेल क्यास्त्रो, चे ग्वेभाराले नेतृत्व गरेका कम्युनिस्ट पार्टीमा सैद्घान्तिक धरातल माथि उठाउन ठुलो जोड दिएका कारण त्यहाँ छिटै क्रान्ति सम्पन्न भएको थियो । हामीले त्यहाँबाट सिक्न जरुरी छ । क्रान्तिको यो द्घन्दवादलाई हामी माओवादी क्रान्तिकारीहरुले गहिरो गरी ह्रदयगंमन गर्न जरुरी छ ।