भावी पिँढीलाई इतिहासबाट किन बन्चित गराउने ? – छत्र मैनाली

२०७० माघ २५ गते, शनिबार


आजभन्दा २९१ बर्षपहिले विक्रम सम्बत् १७७९ साल पौष २७ गते राजा नरभूपाल शाह र महारानी कौशल्यावतीको कोखबाट नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्म भएको थियो । तत्कालिन गोरखा राज्यमा जन्मनु भएका शाहले सानै उमेरदेखि राजकाजसम्बन्धी ज्ञान हासिल गर्दै छिमेकी राज्य नुवाकोटलगायत समग्र छरिएर रहेका बाइसे-चौबिसे राज्यलाई कसरी एकीकरण गरेर सिङ्गो नेपाल निर्माण गर्न सकिन्छ भन्ने हरदिन चिन्तामा रहेर योजनाबद्ध ढङ्गले आफ्नो अभियानलाई सफल बनाइ छाडे । फलस्वरुप आज हामीसामु सिङ्गो नेपाल विराजमान छ । पृथ्वीनारायण शाहको समयमै देशको सिमाना पूवमा टिस्टा नदी र पश्चिममा काँगडासम्म कायम थियो । विशाल नेपालको नामले विश्व मानचित्रमा विराजमान मुलुक इ. सन् १८१५-१६ को सुगौली सन्धिपश्चात नेपालको सिमाना पूवमा मेची र पश्चिममा महाकालीमा सीमित बन्न पुगेको छ । इतिहासमा देशी, बिदेशी कु-तत्वहरुको अनुचित प्रभाब, तिनका स्वार्थले इतिहासलाई गुमराहमा राख्नेदेखि इतिहासप्रति बेइमानी हुँदै आएको छ । भावी पिँढीलाई इतिहासबाट बन्चित गराउने, इतिहासलाई गलत व्याख्या गरेर मानमर्दन गर्ने काम रोकिएको छैन । विशेष गरेर हाम्रो देशको दक्षिणी सिमाना भारतसँग जोडिएको तथा खुला छ । पटक-पटक सीमासम्बन्धी विवाद सतहमा आउँदासमेत सरोकारवाला निकाय रमिते बनेर बसेको देख्दा धिक्कार छ तिनलाई ! र्सार्वभौम राष्ट्रको स्वाभिमानमाथि आँच आउँदासमेत वास्तविक विषयलाई उठान गर्ने कुन तत्वले हतोत्साही बनाइराखेको छ ,इ.सन् १८१६ को सुगौली सन्धिमा गुमेको विशाल नेपालको भूभागको बारेमा किन सत्यतथ्य द्विपक्षीय बार्ता हुँदैन र्-र्
इ. सन् १९५० जुलाई ३१ तारिखका दिन काठमाडौँमा सम्पन्न मैत्री सन्धिमा नेपालका तर्फाट प्रधानमन्त्री श्री ३ मोहनशमशेर जबरा र भारतका तर्फाट नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद सिंहले हस्ताक्षर गरेका थिए । उक्त सन्धि कति मैत्रीपूण् छ भन्नेबारे सबैले जानकारी राख्न जरुरी छ । सन् १९५० को मैत्री सन्धिलाई असमान सन्धिको नारा दिएर उक्त सन्धि खारेजीको माग गर्नेहरुले उक्त सन्धिको धारा १ र धारा ८ विस्तृतमा अध्ययन गर्ने सुझाव दिन्छु । उक्त सन्धिको धारा १ मा दुवै सरकारले एकले अर्काको पूण् राज्यसत्ता, राज्य क्षेत्रको अक्ष्क्षुणता र स्वाधीनतालाई स्वीकार र आदर गर्न मन्जुर गर्छ भनिएको छ । यो सर्न्दर्भमा नेपालको पर्ूण्ा राज्यसत्ता, र नेपालको आफ्नो राज्य क्षेत्रको अक्ष्क्षुणता भनेको के हो – बुझन जरुरी छ साथै भारतको पनि । नेपालको राज्य क्षेत्रको कुरा गर्दा सुगौली सन्धि सन् १८१५-१६ लाई आधार मान्नु पर्दछ । सुगौली सन्धि पर्ूवनेपालको सीमा पर्ूवमा टिस्टा, पश्चिममा काँगडासम्म थियो । सुगौली सन्धिअनुसार टिस्टा र मेचीबीचको भूभाग तथा महाकाली र सतलजबीचको भूभाग तत्कालिन ब्रिटिश इण्डियामा गाभिएको थियो । सन् १९४७ मा भारत स्वतन्त्र भएपछि सुगौली सन्धिमा गाभिएका ती भूभाग नेपालको राज्य क्षेत्रभित्र समाहित भए । किनकि सन् १९५० को सन्धिको पहिलो धाराले एकअर्काको राज्य क्षेत्रलाई मान्यता दिने भनेअनुसार ती क्षेत्र नेपालका हुन् भनी भारतले स्वीकार गरिसकेको स्पष्ट छ । सन् १९५० को नेपाल भारत सन्धिको आठौँ धारामा १९५० को सन्धिको १० धाराहरुमा जुन-जुन कुरा उल्लेख छ । त्यस्ता सबै कुरामा भारतको तर्फाट ब्रिटिश सरकार र नेपाल सरकारका बीचमा अघि भएका सबै सन्धिपत्र, स्वीकार पत्र, र कबुलियतिनामाहरुलाई यो सन्धिले खारेज गर्छ भनिएको छ । तर्सथ सन् १८१५-१६ को सुगौली सन्धि स्वतः खारेज भइसकेको उक्त सन्धिमा गुमेको नेपालको भूभाग स्वतः नेपालको राज्य क्षेत्रभित्र समाहित हुने हुँदा सन् १९५० को सन्धि नै एक मात्र आधार हो, सीमा समस्या व्यवस्थापनको निम्ति। यहाँ के स्मरण हुन जरुरी छ भने सन् १९५० को मैत्री सन्धि हुनु अगावै सन् १९५० जनवरी २६ का दिन भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्रप्रसादले हस्ताक्षर गरेर भारतको संविधान जारी भइसकेको थियो । यसै सिलसिलामा राष्ट्र कवि माधवप्रसाद घिमिरेको स्मरण त्यतिकै सान्दर्भिक छ राष्ट्रकवि घिमिरेद्वारा रचित विशाल नेपालसम्बन्धी राष्ट्रिय गीतको केही अंश यहाँ प्रस्तुत गर्दछु – गाउँछ गीत नेपाली ज्योतिको पंख उचाली, जय जय जय हे नेपाल सुन्दर शान्त बिशाल… गीतमा पश्चिम किल्ला काँगडा पर्ूवता टिस्टा पुगेथ्यौँ, कुन शक्तिको सामुमा कहिले हामी झुकेथ्यौँ, बुद्धले यहीँ पाएथे ज्ञानको पहिलो मुहान, शिवले यहीँ ल्याएथे सृष्टिको पहिलो बिहान) भन्ने हरफहरु झिकिएको छ । अहिलेको पुस्ताले उक्त राष्ट्रिय गीत अपर्ूण्ा रुपमा गाउँदै आएका छन् । राजधानीको प्रतिष्ठित स्कुलमा भारतीय पाठ्यसामग्री समाबेश गरी कलिला बालमष्तिष्कमा छिमेकी मुलुकको भक्तिगान गाउन लगाएको खबर केही समय अघि संचार मध्यममार्फ् र्सार्वजनिक भएको थियो । भगवान् गौतम बुद्धलाई भारतमा जन्मेको भनेर अफवाह फैलाएको सामान्य जस्तै बनेको छ । हुँदाहुँदा शदियौँदेखि विश्व जगत्मा स्वतन्त्र रुपमा फहराएर अटल रुपमा रही आएको राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्दछ भन्नेहरु आफू जत्तिको राष्ट्रवादी कोही छैन, जसरी नक्कली रुप धारण गरेर बसेका छन् । इतिहास बनेर बसेको राष्ट्रिय धरोहरलाई तोडफोड गरेर नामेट पार्ने तिनका असली योजना हुन् । नेपाललाई विदेशीभन्दा पनि स्वदेशी कुलाङ्घरहरुबाट बढी खतरा बन्दै गएको छ । पोशाकले हरेक मुलुकको राष्ट्रियता झल्कने हुँदा राष्ट्रिय पोसाकको रुपमा रही आएको दौरा-सुरुवाल टोपीमा विभेद देख्ने नवयुगान्तकारीहरु विदेशी डिजाइनका सुट-र्टाई लाएर प्रभुको पाउमा लम्पसार पर्नेलाई आफ्नो राष्ट्रियता एवं गौरव महसुस गरिसके । छाती पिटेर प्रभुको आज्ञा मुताविक पोशाकको समेत दोहोलो काढ्न अनेक उपाय अपनाइरहेका छन् । यी माथिका केही उदाहरण मात्र हुन् समाजमा अनेकन विभाजनको योजनासहित सग्लो समाजलाई टुक्राटुक्रा पारेर मौलिकतालाई निमिट्यान्न पारेर प्रभुको योजना सफल बनाइदिएर तिनका सामु असली भक्त भएको प्रमाणित गर्नेछ तिनलाई । अनेक आवरणमा समाजमा पदार्पण भएर योजना सम्पन्न गर्ने ठेक्का लिएका ठेकेदारहरुको बर्चश्वलाई प्रतिकार गरेर नामेट पार्न सक्नु नै असली राष्ट्रबाद हो । क्रमशः यस्ता हरेक घटनाक्रमलाई विस्तार गर्दै अन्ततः मुलुकको र्सार्वभौम, स्वाभिमान, स्वतन्त्रता, माथि कुठाराघात गर्ने गम्भीर षड्यन्त्र हो । मतीभ्रष्ट, देशद्रोही, राष्ट्रघातीहरुको जत्थालाई समयमै नचिन्ने हो भने भविष्यमा पछुताएर कसैले पनि कठैबरी भनेर भन्ने छैनन् । २१ औँ शताब्दीको युगमा हामी लम्किरहेछौँ तर हाम्रो चेतना, विवेकलाई कामै नलाग्ने पङ्गु बनाउदै गएको तर्फाम्रो होस् खुल्न सकेन । अर्काको नक्कल गर्नेलाई आफैँले आविस्कार गरेजस्तो गरी प्रस्तुत हुनु हाम्रो शान बनिसकेको छ । छिमेकी मुलुकमा फलानाले यो गर्यो, अर्काले त्यो गर्यो, अन्ना हजारे कहिले जन्मेला? केजरिवाल के नेपालमा जन्मेला ?आदिआदि पछिल्लो समयमा नेपालका प्रायः सबै मिडियामा केजरिवालको चर्चा छायो, लेख्नेहरुमा होडबाजी चलेझैँ लाग्दथ्यो, कतै ब्रहृमाण्डबाट सिधै पृथ्बी लोकमा उदय भए झैँ । खुलमखुला नेपालको राष्ट्रिय अस्मितालाई चुनौती दिएर सीमा मिच्ने, धरकपड गर्ने, सीमा क्षेत्रमा बस्नेहरु त्राहीत्राही भएर हारगुहार मागिरहेका छन् । सरोकार निकायले त्यतातिर मूल रुपमा ध्यान नदिएको र्छलङ्ग भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]