संसदीय भासमा डुब्नका लागि थिएन जनयुद्ध – बिष्णु पन्त
हामी यतिबेला १९ औं जनयुद्ध दिवस वा वर्षाँठको पर्ूवसन्ध्यामा छौ । हामीले जनयुद्धको राप र तापलाई सम्झीरहेका छौं । हामीले देख्यौ संसार हल्लाउने तागत बोकेको शक्ति नेकपा -माओबादी) । हामीले हेर्यौ जनयुद्ध हाक्ने नेताहरु, जनमुक्ति सेनाहरु, विशाल क्रान्तिकारी समूह । कति मिठो र कति सुन्दर थियो हाम्रो इतिहास ! कति महान र स्वणिर्म थियो हाम्रो सपना! कति धेरै मान्छेहरुले विश्वास गरेका थिए हामीलाई! कति उच्च सम्मान थियो हाम्रो ! कति प्रिय थिए हाम्रा नेताहरु ! नयाँ मार्क्स, लेनिन र माओ जन्मीए जस्तै कति अन्धश्रद्धा थियो हाम्रो नेतृत्व प्रति ! प्रचण्डलाई आफ्नो आँखाले प्रत्यक्ष हर्ेन मात्र कति पसिना बगाए मान्छेहरुले ! नेताहरुको हुँकार सुन्दा कति गर्व गरे श्रमजीविहरुले! पर्ूण्ा विश्वासका साथ सोच्दै थिए सारा जनले, अव भने हाम्रो मुक्तिको दिन नजिकियो क्यारे । प्रचण्डलाई जनबादी गणतन्त्र नेपालको प्रथम राष्ट्रपति र महान नेता बनाउने सपना भित्तभित्तामा अभिव्यक्त गरे । दुश्मनहरु कति भयभित्त र थर्कमान थिए! सबै खाले प्रतिक्रियाबादीहरु कति त्रसित र भयभित थिए । संसार भरी हल्ली खल्ली थियो, जव जनतानै हतियार बोकेर उठेपछि कसको के लाग्ने भयो । उनीहरु वाक्क दिक्क थिए को कसको मात्र टाउकोको मुल्य तोकेर सक्ने- कति मान्छेहरुलाई आतंककारी भन्ने – कथित रेर्डकर्नर नोटिस अफाफ सिद्ध भएको थियो । राज्यका प्रहरी र सेनाहरु निरीह र असहाय जस्ता बनेका थिए । जनयुद्धको तेजले प्रचण्ड, बाबुरामलाई प्रधानमन्त्री बनायो । नेपाललाई हेरेर दिल्ली वासिङ्गटन र लण्डन हल्लियो । संविधानसभाको पहिलो निर्वाचनले नेकपा -माओबादी)लाई सबैभन्दा ठूलो जनअनुमोदित पार्टर्ीीनायो । संसारमै एउटा विचित्रको चमत्कार भए जस्तो! हाम्रो लोकप्रियतालाई हेरेर संसारले नै ज्रि्रो टोके जस्तो! संसारकै पहिलो आर्श्चर्य नेपाल होला जस्ताो ! देशभरी र्सवत्र एउटै आवाज थियो, माओबादीहरु देश र जनताका लागि लडेका हुन, एकपटक उनीहरु सत्तामा आइदिए हुन्थ्यो ।
आज हामी २०७० फाल्गुन १ अर्थात १९ औं जनयुद्धको वर्षाँठको पर्ूवसन्ध्यामा छौं । क्रान्ति सम्पन्न गर्छर्ुुनी घर छाडेका यात्रीहरु आज विचैमा अलपत्र परी विचल्ली परे जस्तो ! आज दुश्मनहरुले हामीलाई गिज्याइरहे जस्तो, जसरी बिरालोले मुसा खेलाए जस्तो! मान्छेहरुले भन्थे खास खास अवसरहरु साथै आउदैनन । भन्छन् अवसरलाई चिन्न नसके त्यही अभिषाप बन्छ अर्थात पुरानो भाषामा कर्म खोटो हुन्छ । पहिलो संविधान सभाको विघटन, जनमुक्ति सेनाको विघटन र आत्मर्सर्म्पण, नेतृत्वमा आएको पलायन र बैचारिक विचलन, वर्गप्रतिको गद्धारी जस्ता विषयहरुको परिमाण स्वरुप गरिएको कथित दास्रो संविधानसभा निर्वाचनको नौटंकी सम्मको हाम्रो यात्रा ज्यादै अकल्पनीय र अनपेक्षित थियो नै । पार्टीीवभाजन पछिको क्रान्तिकारी यात्रा झनै पेचिलो बनेको छ । इतिहासको नियम कति क्रुर र निर्मम हुन्छ भन्ने कुरा हर्ेन कथित दोस्रो संविधानसभा निर्वाचनको परिदृष्य काफी छ । मलाई थाहाँ छैन, इतिहासले न्याय गर्यो वा अन्याय गर्यो । एउटा माओबादी जो आफूलाई एमाओबादी भन्छ, उ आज संसदको तेस्रो शक्तिमा झर्यो र उसको प्रतिस्प्रधा राप्रपा नेपालसँग हुनेवाला छ । अर्को माओबादी जो आफूलाई क्रान्तिकारी ड्याश माओबादी भन्छ बैधानिक रुपमा उ सडकमा सिमित भयो र शक्ति संर्घष्ामा कमजोर र फिका सावित भयो । सायद यतिबेला सम्मको हाम्रो कटु सत्य न सदन न सडक हाम्रो बन्यो । सरकारको कुरा त टाढै भयो । एमाओबादीको अवको विकल्प कसैको भर्याङ्ग बनेर सरकारमा जानु र बाँडी चुँडी खानु हुन्छ भने नेकपा-माओबादीको अवको विकल्प आफ्नो बचेखुचेको साख जोगाउँदै थप संर्घष्ामा जानु हुन्छ । या त बुद्धिमतापर्ूण्ा ढंगले दुवै माओबादीहरु फेरी हिंजको क्रन्तिकारी स्प्रीटलाई पक्डेर एकताबद्ध भई पुन शशक्त संर्घष्ामा जानु अर्को उत्तम विकल्प जुन अत्यन्तै झिनो संभावनाको रुपमा रहेको छ । सत्ता कब्जा गर्छुनेर हिँडेका शक्तिहरु आज हताश भए जस्तो । हिंजो संसदमा जादैनन् भनेर चिनिएकाहरु आज हतियार बोक्न सत्तैनन भन्ने आरोप खेप्न बाध्य बनिरहेका छन् । आज दुवै माओबादीलाई लाग्ने एउटै आरोप छ – उनीहरु अव कदापि युद्धमा जान, हतियार बोक्न वा जंगल पस्न, अर्थात भूमिगत हुन सक्तैनन् । हुन पनि हो, त्यो हिम्मत गर्ने नेतृत्व भएको भए उसले किमार्थ जनमुक्ति सेनाको विघटन गर्न दिने थिएन शायद । रगत र पसिनाको मुल्यमा जम्मा गरिएका हतियारहरु बुझाइदैन्थ्यो होला सायद!
जनयुद्धको जगमा टेकेर विकसित भएको पार्टीीानी नजानी संसदीय भासमा फस्नु एउटा ठूलो वियोगान्त त थियो नै । हुनुपर्ने के थियो भने संविधान सभा निर्वाचनको कभरमा जनव्रि्रोहको तयारी र सत्ताकव्जा तर त्यसो भएन । खेलको नियममा स्वभाविक रुपमा या त हामीले फड्को मार्नु पर्दथ्यो या त संसदबादीहरुले । हामीले फड्को मार्नु मात्र हाम्रो जीवन हो भन्ने कुरा विर्सियौ । हामीलाई संसदबादीहरुले संविधान सभा भित्रै रनभुल्लमा पारिदिए । संसदभित्रको अंकगणितिय खेल, कथित उच्च स्तरीय राजनीतिक संयन्त्र, संविधान सभाभित्रका विषयगत समितिहरु, आदिको नाममा हामी सुँगुर भन्दा पनि बढी फोहरमा चुर्लुम्मै डुब्यौं । यो घटना प्रतिक्रियाबादीहरुका लागि भोकालाई खीर वा ढुङ्गो खोज्दा देउता मिल्नु जस्तै उत्सव भएको थियो । भनिन्थ्यो प्रचण्ड धेरै गतिशिल वा चलायनमान छन्, अर्थात एउटा बाटो असफल भएपछि उनले फड्को मारी हाल्छन् । त्यही बाटोमा टाँस्यीइ राख्दैनन् । दोस्रो कथित निर्वाचन परिणाम पछि प्रचण्डको संविधानसभा बहिस्कार गर्ने घोषणालाई सिराहाको उनको जीतसँग साटियो । यसबाट प्रष्ट हुन्छ हामीलाई दुश्मनहरुले कति सम्म नापी नापी, तौली तौली, इन्च र ग्राम पनि फरक नपर्ने गरी घेराबन्दीमा पारेका रहेछन् भनेर । हामी कसरी प्रतिक्रियाबादीहरुको एम्बुसमा पारिएका रहेछौ भन्ने कुरा । यसबाट प्रष्ट हुन्छ कि कसरी उनीहरु रातारात निर्वाचनमा हारलाई जीत र जीतलाई हारमा बदल्दीन सक्दा रहेछन् । उनिहरुको कथित लोकतन्त्र, विधिको शासन र निष्पक्ष निर्वाचन कति सम्म उदाङ्ग रहेछ भन्ने कुरा खिलराज नेतृत्वको सरकार गठन र निर्वाचनमा दखिएका यस्ता हत्यकण्डाले प्रष्ट पारेका छन् ।
यहाँ सम्म आउँदा हामीले भुल्नै नहुने तथ्य के छ भने माओबादीको सातौं महाधिवेशन दर्ुइवटा भिन्न ठाउँ र समयमा भए । एमोओबादीको हेटौडा महाधिवेशनले कथित उत्पादन व्रि्रेडको नारा ल्याई आफूलाई थप बर्ुर्जुजाकरण गर्यो र यो कार्यदिशाको फल उसले चाखीसक्यो । नेकपा – माओबादीको काठमाण्डौ महाधिवेशनले विचारको रक्षाको मुद्दालाई दह्रोसँग पक्ड््यो र जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशालाई पारित गर्यो । यसैगरी कथित दोस्रो संविधानसभा निर्वाचनको बिहिस्कारको नीतिलाई पनि अंगिकार गर्यो । निर्वाचनको दिन विहानै सम्म पनि चुनाव हुने वा नहुने अन्योल कायम थियो, जुन उसको जीत थियो भने चुनाव एउटा उत्साहकै रुपमा निर्विग्न सम्पन्न भयो, त्यो उसको पराजय थियो । फेरी चुनावी परिणाममा एमाओबादी तल झर्यो जुन उसका लागि थप सुविधाजनक घटना थियो । बहिस्कारको क्रममा उसले राखेको अनिश्चितकालिन लामो चक्काजाम तथा बन्दका सर्न्दर्भमा ठाउँठाउँमा अवरोधहरु भए देशैभरी बमहरु पड्किए त्यो उसको सफताको पाटो थियो भने चुनावमा सामान्य अवरोधका बाबजुद पनि गाडीहरु चले, मान्छेहरु यात्रा गर्न सफल भए, तर ठूलाठूला अवरोधहरु हुन सकेनन्, त्यो उसका असफलताका पाटो थियो ।
जे भएपनि अव कता जाने र कसरी जाने भन्ने विषयमा दुवै माओबादीको बाटो चुनौतिपूण् छ । एमाओबादीले लिएको संसदीय लाइनबाट हेर्ने हो भने संसदको तेस्रो र सानो आकारको शक्ति भएपनि काँग्रेस र एमाले बीच फाटो पारी कुनै एकको भर्याङ्ग बनी सरकारमा जाने र ओर्लिने खेलको संभावना उसका लागि प्रवल छ । संसदीय बाटोबाट जाँदा डा.बाबुराम भट्टर्राईले भने जस्त्ौ एमालेसँगको एकता गर्ने अर्को बाटो छ । त्यो भन्दा पृथक खरीपाटी र पालुङ्गाटारकै कार्यदिशामा फर्किइ नेकपा-माओबादीसँग एकता गरी पुनः शशक्त शक्तिकारुपमा विकसित गर्ने अर्को बैकल्पिक संभावना पनि कायमै छ । नेकपा माओबादीको अहिलेको लाइन भनेको जनयुद्धको जगमा जनव्रि्रोह भन्नेछ । यो कार्यदिशाले पनि बढी बैधानिक संर्घष्ा र ठूलै ध्रुवीकरणको माग गर्दछ । एउटा अप्रत्याशित ध्रविकरण विना जनव्रि्रोह सम्पन्न हुन सक्तैन । चुनावी परिणामले एमाओबादीलाई त्यो बाटोमा ल्यान सहज परिस्थिति बन्छ कि भन्ने आँकलन थियो तर त्यो पनि कमजोर संभावनामा परिणत भएको छ । नेपालको इतिहासमा खासखास परिस्थितिमा ठूला ठूला धु्रवीकरण भएका छन् । जस्तै २०४६ मा निरकुश पञ्चायतको अन्त्य गरी बहुदलीय प्रजातन्त्रको मुद्धामा बाममोर्चा र काँग्रेसको धु्रवीकरण भयो भने २०६२/०६३ मा गणतन्त्र स्थापना गर्ने शर्तमा माओबादी र संसदबादी दलबीच ध्रबीकरण भयो । अवको धु्रवीकरण राष्ट्रबादी र क्रान्तिकारी शक्तिहरुका बीच हुन जरुरी छ । खास गरी सम्पूण् कम्युनिष्ट शक्तिहरु र देशभक्तहरुको एउटा केन्द्र बन्नु जरुरी छ ।
नेपालको बर्तमान परिस्थितिमा बामपन्थीहरुका बीचमा जम्मा दुइवटा बाटाहरु छन् – पहिलो हो – लोकतान्त्रिक बाटो वा संसदीय र सुधारबादी बाटो-यो बाटोबाट सोँचे जस्तो सफलता मिलेमा वा विकृतिहरु नआएमा सामान्य प्रगतिशिल सुधार मात्र संभाव छ । दोस्रो बाटो हो क्रान्तिकारी बाटो- यो बाटो बल प्रयोग र सत्ताकब्जाको बाटो हो जुन ज्यादै कठिन र जटिल छ । ठीक यतिबेला बीचको बाटो लोकप्रिय बनेको छ जहाँ सत्ताकब्जा वा व्रि्रोह पनि भनी राख्ने र सारमा संसदबादमा पस्ने, यो बाटोबाट पनि अन्तत्वगत्वा पहिलो बाटोमै पुगिन्छ । नेपालका बाम पार्टर्ीी रुप पक्षका हिसावले मुख्यतः तीन धारमा विभाजित छन् ः -क) मार्क्सबादी लेनिनबादीको टे्रडमार्कमा संसदबादी लोकतन्त्रबादी धार -ख) मालेमावादी वा माओबादी धार- माओबादीको टे्रडमार्क प्रयोग गरी दशवर्षो जनयुद्धको नेतृत्व गर्दै शान्ति प्रक्रियामा आइसकेपछि सैद्धान्तिक रुपमा असहमत भएपनि व्यवहारिक रुपमा संसदबादमा पतनोन्मुख दिशामा -ग) माओविचारको नामा संसदीय भासामा भासिएको शक्ति । नेपालमा कप्युनिष्ट पार्टर्ीीामै परिवर्तन गरी समाजबादी पार्टीीनाउने होड चलेको छैन । समग्रमा हर्ेदा संसद वा चुनाव भन्दा बाहिर आफ्नो अस्तित्वको कल्पनै गर्न नसक्ने मनोविज्ञान बनेको छ, कम्प्युनिष्ट नेताहरुमा । खासगरी माओबादीको संसदीय यात्रापछि नेपाली वाम वा माओबादी आन्दोलनमा ठूलो धक्का लागि निराशा र अविस्वासको स्थिति प्रवल बनेको छ । यस्तो विषम र कठिन परिस्थितिमा नेकपा-माओबादीले विचारको रक्षाको मुद्धालाई मूलमुद्धा बनाएको छ। उसले मालेमावादलाई थप उचाईमा विकास गर्ने एउटा अभियान चलाएको छ । खासगरी नवसंशोधनबादसँग सम्बन्ध विच्छेद र व्रि्रोह गरी नयाँ क्रन्तिकारी कार्यदिशाको अभ्यास गर्दैछ । वास्तवमा हाम्रो जस्तो देशमा पार्टे संस्थापन पक्ष वा मुल नेतृत्व नै प्रतिक्रान्तिको नायक बनेको पर्रि्रेक्षमा त्यसका विरुद्ध क्रान्ति वा व्रि्रोहको झण्डा उठाउँदै विचारको रक्षा गर्ने नयाँ अनुभवको विकास नेकपा-माओबादीले गरेको छ । वास्तवमा हाम्रो जस्ताो देशमा जनताको विश्वास प्राप्त गर्नका लागि पनि अलि ठुलै धक्का, हस्तक्षेप र बल प्रयोगको आवश्यकता पर्दछ । दक्षिण एसिया आफैमा भ्रष्टचार र वर्गिय उत्पीड्नबाट आक्रान्त छ । त्यसकारण पनि भ्रष्टचार विरोधी र उत्पीडन विरोधी शक्तिहरु तुरुन्तै लोकप्रिय हुन्छन् । जनताको यो आम मनोविज्ञानलाई क्रान्तिकारी पार्टी पक्डीन सक्नु पर्दछ ।
२०७० फाल्गुन १ को पूवसन्ध्यामा फेरी एकपटक हामीले जनयुद्धले ल्याएका परिवर्नतन, मान्छेहरुका दृष्टिकोण, विचार र चिन्तनमा आएका परिवर्तनलाई सम्झनु पर्दछ । हाम्रो सामाजिक परिवर्तनमा जनयुद्धको भूमिकालाई नजरअन्दाज गर्नु हुँदैन । अतः जनयुद्धका उपलब्धीहरुलाई रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि अगाडी बढ्नु पर्दछ। जनयुद्धको क्रममा शहिद तथा बेपत्ताहरुप्रति सम्मान व्यक्त गर्दै उनीहरुले देखाएको सपना पुरा गर्ने तर्फनै सम्पूण क्रान्तिकारीहरु अगाडी बढ्नु पर्छ । महान दश वर्षो जनयुद्ध, जिन्दाबाद!