भावी पिँढीलाई इतिहासबाट किन बन्चित गराउने – छत्र मैनाली
केजरिवालको चर्चा सामान्य रुपमा चल्नु स्वभाविक हो । यस्ता नयाँ पात्रको उदय बारे आम नागरिकलाई सुसुचित बनाउने काम गर्नै पर्दछ । मेरो बिचारमा आँधिबेरी आए पश्चात अत्तालिए जसरी गरे जस्तो भो केजरिवाल बारेमा गरिएको टिप्पणी । हामीले के बुझन जरुरी छ भने क्षेत्रीय राजनीतिबाट भर्खरै उदाएको आम आदमी पार्टर्ीी त्यसका नेताहरुको बारे टिप्पणी गर्दा कमसे कम उसको घोषित कार्यक्रम पुरा भएको हर्ेनु पर्दथ्यो । के यति ठुलो हतारो थियो नेपाली मिडियामा रंगीनलाई – त्यो त एक सामान्य प्रक्रिया मात्र थियो । कुनै ब्रहृमाण्डबाट टुप्लुक्क पृथ्बी लोकमा झरेको पक्कै थिएन । हामी आफँै २१ आँै सताब्दीको युग भनेर बेलुन फुलेसरि फुलेर डुगरिन्छौं । केहो २१ आंै सताब्दीको युग भनेको – २१ औं सताब्दीको युगमा आम नागरिक परिवर्तनशील, तिनले समयको उभारसँग संगै पूण्स्वतन्त्रता, र्सार्वभौमिकता, परम्परागत नीति नियम माथि परिवर्तन, चाहन्छन भन्ने मनोभावना बुझन जरुरी थियो । केजरिवालको उदय पनि त्यसैको एक सिलसिला हो । यसमा अचम्म मान्नु पर्ने केहि छैन । राज्यको पहुँचमा आवाजबिहिनहरुको निम्ति केजरिवाल सेतुको रुपमा पदार्पण भएका हुन् । सत्ताको बागडोर सम्हालेर बस्नेले जनभावनालाई बुझन नसकेको अथवा बुझेर बुझ पचाएको परिणाम हो । समयको हरेक काल खण्डमा यस्ता केजरिवालहरुको उदय भइ नै रहन्छ र हुनु पर्दछ । यसको मतलब हो परिवर्तनशील समयको खेल । हामी भने अर्काको चाहिने भन्दा बढी चर्चा गरेर पछि पर्दै आएका छौं । भविष्यमा केजरिवालले भने जसो स्थायित्व, भावी कार्ययोजना, यसले प्रतिबद्धता गरे अनुरुपको स्वराज स्थापना हुने हो होइन – हिन्दी भाषामा यौटा भनाइ छ तसल्लि करो भाइ । ताकी भविष्यमा उदय हुने नयाँ पात्रको बारेमा हावामै उडेर लेख्न नपरोस । हामीले अरुबाट पाठ सिक्नु पर्दछ त्यसमा २ मत भएन तर आफ्नो सह अस्तित्व, आत्मा स्वाभिमानमा ठेश नपुग्ने गरी । भर्खरै पुवप्रधानमन्त्री माधव कुमार नेपालले दिल्लीका मुख्य मन्त्री अरविन्द केजरिवाललाई उहाँकै कार्यालयमा गएर भेट गर्नुभएको थियो । भेटका क्रममा केजरिवाललाई नेपाल प्रेमी भएको पाउनु भएछ त्यो सुखद खबर हो तर केजरि वालको गुन गान गर्नुको र्सार्थकता त्यतिबेला हुन्छ जुनबेला भारतको छिमेकी मुलुकप्रति हेर्ने बिबादस्पद दृष्टिकोण , नेहरुकालिन भारतीय विदेश नीतिलाई परिमार्जन गरेर २१ औं सताब्दीको समय सुहाउँदो विदेश नीति निर्माण, अहिंसाबादी महात्मा गान्धीले प्रतिपादन गरेको सिद्धान्त र पंचशीलको सिद्धान्तलाई भारतले आत्मासात गरेर इतिहास रचेको दिन मात्र केजरिवालको भजन गाउनुको र्सार्थकता हुन्छ । आधुनिक भारतलाई अब त्यस्तो पात्रको खाँचो छ जसले परम्परागत शैलीलाई बदलेर आधुनिक युगको आभास मिल्नेगरि विवाद रहित नयाँ ढाँचाको शासन व्यवस्था निर्माण गर्नसकोस ।
सर्न्धर्व भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस -अंग्रेजी महिनाको फेब्रुवरी १४ तारिखका दिन विश्वका बिशेष गरेर क्रिश्चियन मुलुकमा भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाउने चलन चल्दै आएको छ इतिहास अनुसार १५ औं सताब्दी तिर रोमबाट शुरु भएको उक्त प्रेम दिवस शुरु हुन केहि दिन अगावै हाम्रो समाजमा भने प्रेम दिवसको शुभकामना आदान प्रदान हुन थाल्दछ । जुन मुलुक र समाजबाट उत्पन्न भयो त्यहाँ कुनै रमझम हुन्न केवल तिनलाई त्यहि एक दिन मात्र याद हुन्छ । फेब्रुवरी महिनाको १४ तारिख । उक्त दिनलाई बिशेष दिनको रुपमा लिंदै प्रेम सम्बन्धलाई लिएर सहिद बन्न पुगेका सेन्ट भ्यालेन्टाइनप्रति सम्मान गर्दै प्रेम सम्बन्ध दिगो र स्थायी होस् भन्ने कामना गरेर प्रेम दिवस मनाउने गर्छ । समय अगावै हुने शुभकामना आदानप्रदानलाई उचित मान्दैनन । जे पनि समय आएपछि मात्र गर्नु पर्दछ भन्ने तिनमा राम्रो ज्ञान हुन्छ । चलि आएको रितिरिवाज, धार्मिक नियमलाई आदरपर्ूवक मान्नु नै तिनका बिशेषता हुन् । समय आउनु अगावै कुनै पनि समारोह आयोजना गर्नलाई दुरुपयोग भएको मान्छन । तर हाम्रो समाजमा यस्ता कुराले कुनै महत्व राख्ला भन्ने मलाई बिश्वास छैन । नेपाली चाडबाड मध्ये हरितालिका तिजलाई उदाहरण स्वरुप लिन सकिन्छ बिशेष गरेर हिन्दु महिलाहरुले मान्दै आएको पर्व हो तिज । हरेक साल भदौ महिना तिर पर्ने तिजको अबधिभर धार्मिक परम्परा अनुसार बिबिध कार्यक्रम आयोजना गरेर मनाउने गरिन्छ । तीजकै अबधिमा बिबाह भएर गएका आफ्ना चेलीबेटी, परिवारका अन्य सदस्य बीच खानपिनको लागि प्रख्यात दर खाने दिनलाई बिशेष महत्वका साथ लिने गरिन्छ । तीजमा दर खाने चलन प्रख्यात नै छ । उक्त दिन फलफुल, मिर्ठाई, मिठा-मिठा अन्य परिकार बनाएर खाने र खुवाउने चलन छ । तर अहिले हाम्रो समाजमा केहि महिला दिदी बहिनिहरुले दर खाने मुख्य दिन आउन करिब १५-२० दिन अगावै देखि दर खाने बिशेष दिनलाई आधार देखाएर दर खानुलाई पर्वको दुरुपयोग भएको मान्ने कि नमान्ने – अझ अहिलेको आधुनिक दरमा सोमरस, धुम्रपान, र संगीतमा पोइल जान पाम शिव, पोइल जान पाम देखि नाचौं हामी डिस्कोमा तिज भन्ने गीत गुञ्जिएन भने आधुनिक तिज नै होइन जसरी संदेश दिइरहँदा तिजको वास्तविक मौलिक पहिचान मेटिन्छ भन्ने किन नलागेको होला – के डिस्कोमा गएर नाच्दैमा, वाइनका गिलास हातमा हुने बित्तिकै आधुनिक तिज हुने हो – तिज पर्व किन मनाइन्छ – यदि मनाउने हो भने परम्परागत शैलीमा मनाउनु पर्यो । अनुशाशित, सभ्य, मौलिकपन झल्कने तिजको रीतिरिवाजलाई जो जसलाई जे सनक चल्यो त्यो गर्न छुट छ – हामीले मान्दै आएका धार्मिक चाडबाडका कुनै नीति नियम, आचारसंहिता छ कि छैन – आफूलाई चित्त बुझदैन भने नमान्नु बेस तर आफुले गरेको विरोधले अरुको आस्था माथि चोट पुग्छ भन्ने हेक्का किन नराखेको होला – कुन धर्मले अरुको आस्था र भावना माथि चोट पुर्याउनु हुन्छ भनेर लेखेको छ – यदि छ भने त्यो कसको निगाहमा छ – तुरुन्त आफ्नो तदारुकता देखाओस हैन भने परम्परा देखि चलि आएको सबै धर्मसंस्कारमा बिश्वास गर्नेहरुको आस्था माथि आधुनिकताको नाममा जसलाई जे गर्न छुटछ भने यस्ता बिकृतिको पोकोलाई खारेज गरिदिँदा बेस होला । बिश्व ब्रहृमाण्ड पनि प्राकृतिक नीति नियमले चल्ने गर्दछ क्षणिक मात्र अदलबदल भयो भने आपद विपद आइलाग्छ । अहिले बिश्वभरि मौसम परिवर्तनको असर किन देखा पर्दैछ – किनकि प्राकृतिक नीति नियमलाई अदलबदल गर्दाको मूल कारण हो । जस्तै -जङ्गल फडानी, बातावरण प्रदुषण, फोहोर मैला, आदि यसका कारण हुन । हामी प्राकृतिक नियमलाई भत्काउने कोसिसमा छौं जसको सहारामा हामी बाची रहेका छौं त्यसैको घाँटी निमोठन उद्धत छौं । अन्तमा र्-भर्खरै मुलुकले ३७ औं जननिर्वाचित प्रधानमन्त्री पाएको छ । इतिहासमा महामानव भएर अमर भएका बिपी कोइरालाका अनुयायी शुशील कोइराला उक्त बिरासत थाम्न विराजमान हुनु भएको छ । तर सत्ता गठबन्धनको मूल पार्टीेकपा एमालेको वर्तमान रबैया हर्ेर्ने हो भने घिन लागेर आउँछ । किनकि सत्ता निर्माणमा के कस्ता सहमति भएको थियो – उक्त सहमति लिखित थियो कि – मौखिक – यदि मौखिक मात्र सहमति थियो भने अझै एमाले पार्टीाँचो र्ठहर्छ राजनीतिमा कहिले पनि धर्मनीतिले स्थान नपाउने कुरा यिनलाई हेक्का भएनछ । जे होस् वर्तमान प्रधानमन्त्री सुशील कोइराला समक्ष बिपी कोइरालाका केहि महत्वपूण् भनाइ स्मरण गराउन चाहन्छु । बिपी कोइरालाले भन्नु भएको थियो – हाम्रो देश १०० मा ९० जत्ति गरिब छन, कुटी कोदालो गरेर गाउँमा बस्छन, जसलाई खान लाउन पुगेको छैन, नेपाल भनेकै तिनै १०० मा नब्बे मानिस हुन्, जब म नेपालको कल्पना गर्दछ त्यसबेला तिनै गरिब दाजुभाईहरुको तस्बिर मेरो अगाडी आउछ, मैला लुगा लगाएको खान नपाएको र रोगी अनुहारको तस्बिर, अनि मलाई लाग्दछ । यी रोगी खान नपाएको अनुहारपो हाम्रो देश हो, त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस, हास्न नपाएको ओठमा हासो आओस, रोगीले औषधि मुलो पाओस, केटाकेटीले पढ्न पाउन भनेर नै हामी राजनीतिमा लागेका हौँ, मन्त्री हौंला, ठुलाठुला कुर्सी जाउँला भनेर राजनीतिमा लागेका होइनौं के नेपाल भनेको याहाँका ५ वटा सहर हो – कि नेपाल भनेको गाउँ हो – हामीले बिकाशका कुरा गर्दा बिकाशले ग्रामीण परिवारलाई के गर्यो – भन्ने प्रश्नको जबाफ दिन सक्नुपर्छ यदि ठुला सडक बन्छ भने मोटर गाडी जोसित छ, उसले उपयोग गर्छ, जेट प्लेन गाउँलेले चढ्दैन, बिजुली प्रयोग गर्दैन, त्यसकारण मैले प्रधानमन्त्री हुँदा योजना आयोगको मिटिंगमा भनेको थिएँ- तपाईंहरु भित्तामा राजाको तस्बिर राख्नुहोस र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झुपडी अगाडी उभिरहेको चित्र पनि राख्नोस र त्यसको अनुहार हेरेर योजना बनाउनोस र सोध्नोस् -यस योजनाले त्यस झोपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ – म आज पनि त्यही प्रश्न सोध्छु, ….