यस कारण नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्र निर्माण आवश्यक – हस्तबहादुर के.सी.

२०७० फाल्गुन ३ गते, शनिबार


नेपाली र्सवहारावर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता तथा नेपाली क्रान्तिको वर्तमान निर्णायक नेतृत्वदायी शक्ति नेकपा – माओवादीको गत मंसिर २३ – २८ मा सम्पन्न तेस्रोपूण् बैठकले पार्टीीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्धता तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने निर्ण्र्ाागरेको छ । यो ज्यादै महत्वपूण् र ऐतिहासिक निर्ण्र्ाहो । लामो समय पहिलेदेखि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित रहँदै आएको छ । विभिन्न कम्युनिष्ट एवं वामपन्थि समुहभित्र ठूलो संख्यामा कम्युनिष्ट क्रान्तिकारीहरू विविध कारणले छिरल्लीएर बसेका छन् । यिनीहरूले बीचमा एकता नहुनु नेपाली नयाँ जनवादी क्रान्तिका निम्ति ज्यादै नोक्सानीको विषय हो ।
नेपालमा करीव ८० प्रतिशत जनसंख्याको भू भाग कम्युनिष्टहरूले ओगटेका छन् र आम नेपाली जनताका विश्वास कम्युनिष्ट पार्टी प्रति रहादै आएको छ । तर जनताको यति ठूलो जनसंख्याको र्समर्थन कम्युनिष्टहरूप्रति रहँदा रहँदै पनि नेपालका कम्युनिष्टहरूले न त क्रान्ति नै सम्पन्न गर्न सकेका छन् न त संसदीय बाटो अंगालिरहेको बेलामा पनि बहुमतको सरकार नै निर्माण गर्न सकिरहेका छन् । अहिले त झन नवसंशोधनवादमा पतन भइसकेको भए पनि मार्क्सवाद- लेनिनवाद – माओवादको जामा पहिरिएर प्रतिक्रान्तिको नाँच नाची रहेको र गत मंसिर ४ गते सम्पन्न कथित दोश्रो संविधान सभा निर्वाचनमा दुइ तिहाई बहुमतको गुड्डी हाक्दै कथित चुनावको नौटंकीमा होमिएको एकीकृत नेकपा -माओवादी) ले शर्मनाक पराजय बेहोर्न पुगेपछि नेपालमा कम्युनिष्टहरूको झनै बेइज्जत हुन गएको छ । नेपालमा जनताका बीचमा ठूलो प्रभाव रहँदा रहँदै पनि पराजित हुनु, सधै बुर्जुवा सुधारवादी एवं यथास्थितिवादी तथा प्रतिक्रियावादीहरूले विजय प्राप्त गरि रहनुको पछाडिको मुख्य कारण नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रही रहनु, क्रान्तिकारी कम्युनिष्टहरूका बीचमा कुनै पनि एकता कायम हुन नसक्नु, कम्तिमा पनि दुश्मनका विरुद्ध साझा सवालमा कार्यगत एकतासम्म हुन नसक्नु यसका प्रमुख कारण बन्दै आएका छन् ।
जनवाद, जनजीविका, राष्ट्रियता तथा गास, वास र कपासको मुद्दा कम्युनिष्ट पार्टर्ीीे स्थापनासँग उठाउँदै आएका नेपाली नयाँ जनवादी क्रान्तिका आधारभूत प्रश्न हुन् । नेपाली नयाँ जनवादी क्रान्तिले मात्रै यी सबै प्रश्नहरूले हल गर्ने छ । नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशीक अवस्थामा छ । नेपाललाई यस खालको अवस्थाबाट मुक्त गर्ने एक मात्र साधन नेपाली नयाँ जनवादी क्रान्ति नै हो । नेकपा – माओवादी वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको निर्ण्ाायक नेतृत्वदायी राजनीतिक शक्ति हो । मार्क्सवाद लेनिनवाद माओवादको पथप्रदर्शक र मार्गदर्शक सिद्धान्तमा संचालित नेकपा – माओवादीको विकल्पमा अहिले नेपालमा अर्को कुनै क्रान्तिकारि कम्युनिष्ट पार्टीीैन । माओवादलाई आजको विश्वको मार्क्सवाद लेनिनवादको रुपमा ग्रहा नगरि कोही पनि सच्चा कम्युनिष्ट बन्न सक्तैन । आज नेपालमा माओवादलाई आजको विश्वको मार्क्सवाद लेनिनवादको ग्रहण गर्दै आएको एक मात्र क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा माओवादी मात्रै हो । त्यसो भएकाले नै संसारभरिका प्रतिक्रियावादी एवं संशोधनवादीहरूले नेकपा – माओवादीलाई चारैतिरबाट घेराबन्दि गरेर भीषण हमला गरिरहेका छन् । नेकपा – माओवादीले मात्र माओवादलाई आजकेा विश्वको मार्क्सवाद लेनिनवादको रुपमा ग्रहण गर्दै आएको र संविधान सभालाई नेपाली क्रान्तिको कार्यदिशाको रुपमा निश्चित र ठोस कार्यक्रम बनाएर अगाडि बढेकै कारण सबैखाले प्रतिक्रियवादीहरू र सबैखाले संशोधनवादीहरूले नेपाल – माओवादीलाई गत मंसीर ४ गते सम्पन्न कथित दोश्रो संविधान सभा निर्वाचनमा कुनै पनि तरिकाले सामेल हुन दिएनन् । र उसले कथित निर्वाचनलाई वैचारिक रुपले मात्र शसक्त र सक्रिय बहिष्कार गर्ने निर्ण्र्ाागर्ने वित्तिकै साम्राज्यवादी तथा विस्तारवादीहरूका दलाल प्रतिक्रियावादीह एवं संशोधनवादीहरूले ६२ हजार नेपाली सेना, २९ हजार सशस्त्र प्रहरी, ३८ हजार जनयुद्ध प्रहरी र ४५ हजार म्यादे प्रहरी गरि करीव २ लाख ५० हजार सुरक्षा फौज परिचालन गरि, सिंगो नेपाललाई नेपाली सेनाले घेरेर मुलुकलाई पुरै सैनिकिकरण गरेर कथित निर्वाचन सम्पन्न गरेको ढ्वाङ फुक्न पुगे ।
प्रतिक्रियवादी तथा संशोधनवादीहरूको उक्त नीति र कदमले पनि नेकपा – माओवादी मात्रै नेपालको क्रान्तिकारी कम्युनिष्ट पार्टीीो भन्ने पुष्टि हुन पुगेको छ । यसको पछाडि मुख्य कारण नेकपा – माओवादीले माओवादलाई आजको विश्वको मार्क्सवाद लेनिनवादको रुपमा ग्रहण गर्नु र यसलाई व्यवहारमै पुष्टि गर्नसक्नु नै हो । अतः यही परिपेक्षमा नेकपा – माओवादीले नेपाली कम्युनिष्ट आन्दोलन करीव एक दर्जन भन्दा बढी समूह र उपसमूहरूमा चिरा चिरा पारेर रहँदै आउनु र ती चिराहरू भित्र पनि विविध वैचारिक, सैद्धान्तिक, राजनीतिक एवं व्यवहारिक कारणले छितारिएर रहनुका कारणले एकीकृत एवं युनिफाइड कम्युनिष्ट पार्टीीनर्माण गर्न र नयाँ जनवादी क्रान्तिलाई पनि यसले गम्भीर प्रकारको क्षेति पुर्याई रहेको महसुस गरि पार्टीीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने भन्ने निर्ण्र्ागरे पश्चात यतिबेला, नेपाली कम्युनिष्ट आन्दोलन भित्र एक प्रकारको नयाँ तरंग पैदा भएको छ र यसले नै पालमा क्रान्तिकारी कम्युनिष्टहरूको बीचमा भीषण बहस र छलफल एवं अन्तरक्रियाको माग गरिरहेको छ । यही सेरोफेरोमा रहेर यो लेख लेख्ने कोसिस गरिएको छ ।
क्रान्तिका लागि क्रान्तिकारी सिद्धान्त मार्क्सवादको र्सार्वभौम नियम हो । विज्ञानसंगत विषय पनि हो । क्रान्तिकारी कम्युनिष्टहरूले क्रान्ति सम्पन्न गर्नको निम्ति मार्क्सवाद लेनिनवाद माओवाद नै क्रान्तिकारी सिद्धान्त हो । क्रान्तिकारीहरूका लागि यो भन्दा अर्को छुट्टै कुनै क्रान्तिकारी सिद्धान्त छैन ।
रुपमा क्रान्तिकारी पार्टीीनर्माणमा लेनिन -सन् १८७० – १९२४) ले निकै जोड दिनु भएको थियो । विचार तथा राजनीतिक र त्यसको संगठनसँग कस्तो सम्बन्ध हुन्छ भन्ने विषयलाई लेनिनले कसरी लिनुहुन्थ्यो भन्ने कुरा बुझ्न उहाँको यस भनाइले प्रष्ट पार्दछ । लेनिन संकलित रचना भाग ७ पृष्ठ ४१५ मा लेख्नु हुन्छ, “सत्ता प्राप्तीका निम्ति गरिने संर्घष्ामा र्सवहारा वर्गसँग संगठन भन्दा अर्को कुनै हतियार हुँदैन । पूँजीवादी संसारभित्रको अराजक प्रतिष्पर्धाबाट जतिबेला मार्क्सवादी सिद्धान्तको वैचारिक एकताले लाखौं मजदुरहरूलाई श्रमजीवी वर्गको सेनाको रुपमा भौतिक संगठनमा बाध्ने छ, त्यो अपरिहार्य रुपमा अपराजय तागत बन्ने छ । विभिन्न भुम्ति पार गर्न र पछि हट्न परेपनि हरेक दिन त्यो सेनाले आफ्नो पहुँचको विस्तार गरिरहने छ । यहाँनेर प्रष्ट हुनुपर्ने कुरा के छ भने यस उदाहरणमा लेनिनले तीनवटा कुराहरूमा जोड दिनुभएको पाइन्छ । पहिले सत्ताका लागि गरिने संर्घष्ाका निम्ति संगठन आवश्यक हुन्छ । दोश्रो शोषण तथा उत्पीडनका थुप्रै समस्याहरू भएपनि यदि र्सवहारावर्गले मार्क्सवादलाई निर्देशक सिद्धान्तको रुपमा ग्रहण गर्न सक्यो भने त्यसले अपराजय तागत आर्जन गर्दछ र त्यो तागतले साम्राज्यवादलाई पराजित गरि रहने छ । तेश्रो मजदुरहरूको संगठित तागतले समकालिन संशोधनवादका हरेक रुप र अराजक बुद्धिजीवीका अर्थहीन बकवासलाई पनि पराजीत गर्नेछ ।
अर्को अत्यन्तै महत्वपूण् कुरा विचार तथा राजनीतिक साथै लेनिनले संगठन निर्माणको प्रश्नलाई पनि निकै गम्भिरताका लिने गर्नु हुन्थ्यो । इतिहासले बताउँछ कि रुसमा सन् १८८३ मा पहिलो मार्क्सवादी समूहको विकास भयो त्यो प्लेखानोभको नेतृत्वमा गठन गरिएको मजदूर मुक्रि दल थियो । यही नै रुसमा स्थापित कम्युनिष्ट पार्टीीथयो र यसलाई लेनिनले नयाँ ढंगले विकास गर्नुभयो । रुसमा रसियाली कम्युनिष्ट पार्टीीे सन् १९०३ को महाधिवेशनमा कुनै पनि व्यक्तिले पार्टीीहायता प्राप्त गर्नका लागि तीनवटा र्सतहरू पूरा गर्नुपर्ने कुरा लेनिनले उठाउनु भइको थियो । ती र्सतहरू थिएः पहिलो पार्टीीार्यक्रमको र्समर्थन गर्नुपर्ने दोश्रो पार्टीीई आर्थिक सहयोग दिनुपर्ने र तेश्रो पार्टर्ीीे कुनै न कुनै तहको कमिटीमा रहेर काम गर्नुपर्ने तर अर्का नेता मार्तोवले लेनिनले अगाडि सार्नुभएको र्सत मध्य तेश्रो र्सत आवश्यक छैन भनेर त्यसको घोर विरोध गरेका थिए । लेनिनले संगठनमा आवद्ध रहेर कुनै प्रकारको जिम्मेवारी पूरा गर्नुपर्ने विषय सामान्य नभएर एउटा सैद्धान्तिक विषय हो, यसमा सम्झौता गर्न सकिन्न भन्नु भएको थियो । यिनै विषयलाई लिएर रसियाली कम्युनिष्ट पार्टीीभत्र व्यापक वैचारिक विवाद पैदा र तयसै महाधिवेशनबाट पार्टीीवभाजित भयो र बहुमतमा रहेकालाई बोल्सेविक र अल्पमतमा रहेकालाई मेनसेविक भनियो । लेनिनले बोल्सेविक पार्टी नेतृत्व गर्नुभयो र बोल्सेविक पार्टी नेतृत्वमा सन् १९१७ अक्टुबर २५ का दिन महान रुसी अक्टुबर समाजवादी क्रान्ति पनि सम्पन्न गर्नुभयो । माथि उल्लेखित यी प्रस्तावहरूले पार्टीीई हुने खाने र टाँठाबाँठाहरूलका भीड जम्मा गर्ने थलोको रुपमा होइन, बरु सांगठनिक अनुशासनमा रहेर पार्टी गर्न तयार हुने अनुशासीत व्यक्तिहरूको जुझारु संगठनको पक्षमा थियो भन्ने कुरा स्वतः स्पष्ट हुन्छ ।
माथि उल्लेखित तथ्यहरूबाट के कुरा स्पष्ट हुन्छ भने लेनिनले संगठन निर्माणको प्रश्नलाई सधैं विचारसँग जोडेर हर्ेर्नुहुन्थ्यो । लेनिनले आफ्नै पार्टीी होस् वा दोश्रो अन्तर्रााट्रयमा होस् संशोधनवादका विरुद्धको संर्घष्ालाई कहिल्यै कमि हुन दिनुभएन । पार्टीीभत्रका मेन्सेविकहरू र कार्ल काउत्सकी जस्ता दोश्रा अन्तर्रााट्रय भित्रका संशोधनवादी गद्धारहरूसँग लेनिनले गम्भिर वैचारिक संर्घष्ा चलाउनु भयो । वैचारिक स्पष्टताकै कारण सांगठनिक हिसाबले कमजोर देखिने रुसी कम्युनिष्ट पार्टीीोल्सेविक रुसमा क्रान्ति सम्पन्न गर्न सक्ने शक्तिशाली पार्टीीावित हुन पुग्यो । तर सांगठनिक हिसाबले सबभन्दा ठूलो र बलियो देखिने त्यतिबेलाको जर्मनीको कम्युनिष्ट पार्टीी दोश्रो अन्तर्रर्ााट्रयमा समेत चर्चीत जर्मनीका प्रख्यात नेता कार्ल काउत्स्कीले वस्तुगत परिस्थिति अनुकूल भएर पनि आफ्नो देश जर्मनीमा क्रान्तिकालाई सफलतासम्म पुर्याउन सकेनन् र परिणाम तः रुसी कम्युनिष्ट पार्टीी लेनिनका सामु ती फुच्च र असक्षम सावित भए । यसले कम्युनिष्ट पार्टीी निर्माण र क्रान्ति सम्पन्न गर्ने प्रश्न मुख्यतः वैचारिक प्रश्न नै हो भन्ने तथ्यलाई पुनः एक पटक पुष्टि गरिदिएको छ ।
त्यस्तै गरी पार्टीीनर्माण र क्रान्ति सम्पन्न गर्ने तथा जनसमुदायलाई नेतृत्व प्रदान गर्ने प्रश्नलाई विश्व र्सवहारा वर्गका महान नेता तथा चीनिया कम्युनिष्ट पार्टीी शिक्षाध्यष कमरेड माओत्सेतुङले पनि अत्यन्तै गम्भीरताका साथ लिनुभएको थियो । कार्लमार्क्स र फेडरिक एंगेल्सद्वारा र्सवहारा वर्गको मुक्तिको सिद्धान्त तथा विश्वविख्यात कम्युनिष्ट घोषणा पत्र प्रकाशित भएको करीव १०० वर्षछि सन् १९४८ मा माओले लेख्नुभएको थियो, “क्रान्ति सम्पन्न गर्नका निम्ति क्रान्तिकारी पार्टीीुनु अनिवार्य छ । क्रान्तिकारी पार्टीीना, मार्क्सवादी लेनिनवादी सिद्धान्त र विधि एवं पद्धतिमा आधारित पार्टी साम्राज्यवाद र त्यसका पाल्तु कुकुरलाई पराजित गर्नका निम्ति श्रमजीवी वगं र व्यापक जनसमुदायलाई नेतृत्व प्रदान गर्न असम्भव छ ।” त्यस्तै मार्क्सवादको जन्म भएको करीव ७० वर्षभन्दा धेरै पछि रुसी वोल्सेविकहरूले अक्टुबर क्रान्तिको नेतृत्व गरेको र फाँसीवादी आक्रणलाई परास्त गरेको उदाहरणले विश्वमा नयाँ प्रकारको पार्टीे निर्माण र विकास भएको तथा क्रान्ति सम्पन्न गर्न सकिएको कुरा विचारसँग सम्बन्धित रहेको कुरा प्रष्ट छ । यहाँनेर माओकै शब्दमा सही विचारले नै सबै कुराको निर्धारण गर्दछ भन्ने कुरालाई पुष्टि गरिदिएको छ ।
हामीसीत मार्क्सवाद लेनिनवाद माओवाद जस्तो क्रान्तिकारी विचार र सिद्धान्त छ । नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा – माओवादीको गठन पनि गरिसकेका छौं र जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका निम्ति सात तयारी पूरा गर्ने तयारीमा पनि डटीरहेका छौं तर एमाओवादी जस्तो नवसंशोधनवादी र एमाले जस्तो दक्षिणपन्थी संशोधनवादी -……………..) समूहहरूले नेपाली क्रान्ति र क्रान्तिकारीहरूका बीचमा भ्रमको खेती गरेका छन् । व्यापक जनसमुदायलाई भ्रम सिर्जना गरिरहेका छन् । सबै खाले संशोधनवादी शक्तिहरूले नेपाली क्रान्तिलाई गम्भीर प्रकारको क्षति पुर्याइ रहेका छन् । अर्थात नवसंशोधनवादी र सबै खाले संशोधनवादीहरू नेपाली क्रान्तिका बाधक शक्तिका रुपमा खडा भइरहेका छन् । यी शक्तिहरूलाई वैचारिक रुपमा परास्त नगरिकन पार्टर्ीीाहिरका सबै क्रान्तिकारीहरूलाई गोलवद गर्ने, क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने र नेपाली क्रान्ति सम्पन्न गर्न सम्भव छैन । त्यसो भएर हामी माओवादी क्रान्तिकारीहरूको पहिलो कर्तव्य वर्तमन अवस्थाम नेपालमा क्रियाशील साम्राज्यवाद र विस्तारवादका दलाल समेत बनिरहेका र प्रतिक्रियवादीहरूका कित्तामा सामेल भइरहेका सबै खाले संशोधनवादीहरूलाई वैचारिक सैद्धान्तिक रुपमा परास्त गर्ने बन्न पुगेको छ ।
यस प्रकारको अवस्थामा हामी नेपाली नयाँ जनवादी क्रान्तिको निर्ण्ायक नेतृत्व गरिरहेका क्रान्तिकारी माओवादीहरूले कमरेड माओले निर्वाह गर्नुभएको वैचारिक संर्घष्ा र नेतृत्वबाट शिक्षा ग्रहण जरुरी छ । किनकि क्रान्तिकारी पार्टीीनर्माण विना सबैखाले संशोधनवादीहरूलाई परास्त गर्न र क्रान्ति सम्पन्न गर्न असम्भव हुन्छ । हामीले नवसंशोधनवादसीत १८ महिना पहिले सम्बन्धविच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा – माओवादी पनि गठन गर्यौं । ठिक एक वर्षपहिलो सातौं ऐतिहासिक राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोह जस्तो नेपाली नयाँ जनवादी क्रान्तिको निम्ति क्रान्तिकारी कार्य दिशा पनि पारित गरेर अगाडि बढिरहेका छौं । तर देशभरमा विभिन्न कम्युनिष्ट तथा वामपन्थी समूह उपसमूहहरू भित्र छितारिएर रहेका क्रान्तिकारी कम्युनिष्टहरूलाई गोलवद्ध गर्ने, त्यसको नेतृत्व गर्ने आफ्नो सारतत्वमा नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नेतृत्व प्रदान गर्न सक्ने खालको वैचारिक सैद्धान्तिक रुपले प्रष्ट र सुस्पष्ट र सिद्धान्तनिष्ट एकतामा आधारित फलामे अनुशासनले लैस भएको लडाकू पार्टर्ीीनर्माण गर्न सकिरहेका छैनौं । यस कमजोरीका पछाडि हाम्रा आफ्ना सिमाहरू रहेका छन् । तर पनि हामी त्यस प्रकारको पार्टर्ीीनर्माण गर्ने तहमा विकास गरेर अगाडि बढिरहेका छौं । यी सबै कार्य पूरा गर्नका लागि हामीले पुनः करमेड माओबाट यी शिक्षाहरू ग्रहण गर्न जरुरी छ। जस्तो कि कमरेड माओले क्रान्तिकारी पार्टर्ीीनर्माणको निम्ति थुप्रै वैचारिक संर्घष्ाहरूको नेतृत्व गर्नु भएको छ । सन् १९२७ को छन् तु …………. दक्षिणपन्थि विर्सजनवादका विरुद्धको संर्घष्ा, त्यसपछि लगत्तै लिलि शानमा देखापरेको वामपन्थि दुस्साहसवादका विरुद्धको संर्घष्ा, सन् १९३० देखि १९३५ सम्म बाङ्गमिङ्गको उग्रवामपन्थि लाइनका विरुद्धको संर्घष्ा चीनमा नयाँ जनवादी क्रानित पूवका कमरेड माओले संचालन गरेका महत्वपर्ूण्ा वैचारिक संर्घष्ाहरू थिए ।
सन् १९४९ मा चीनमा महान नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । सन् १९५६ मा चीनले समाजवादमा प्रवेश गर्यो । त्यही वर्षअर्थात् सन् १९५६ मा चीनीया कम्युनिष्ट पार्टीीाठौं महाधिवेशनमा ल्यू माओचीले प्रस्ताव गरेको संशोधनवादी कार्यदिशा बहुमतद्वारा पारित भयो । उसको लाइनले मन्द थियोकी चीनको तात्कालिक अन्तरविरोध जनताको बढ्दो भौतिक आवश्यकता र पीछडिएको उत्पादक शक्ति बीचमा थियो । यो तर्क संर्घष्ालाई परित्याग गर्ने र पूँजीवादी बाटो अंगाल्ने बर्नस्टिन, काउत्सकी, बुखारिन जस्ता संशोधनवादीहरूले अगाडि सारेको बाटो भन्दा कुनै पनि अर्थमा भिन्न थिएन । त्यसको लगत्तै माओले तेङ्ग सियाओ पेङ्गले ल्याएको “बिरालो सेतो वा कालो भएर फरक पर्दैन, मुसा मारे हुन्छ” भन्ने तर्फा आडमा ल्याएको पुँजीवादी वर्ग वा र्सवहारावर्ग कसले जित्ने भन्ने टुंगो लागि सकेको छैन, त्यसकारण वर्गसंर्घष्ालाई कहिल्यै नबिर्सने भनेर गर्नु भएको आहृवान पार्टीीई कसरी क्रान्तिकारी बनाई राख्ने भन्ने विषयसँग जोडिएको छ । “वैचारिक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबै कुराको निर्धारण गर्दछ” भन्ने कमरेड माओको भनाइले पार्टर्ीीे निर्माणको विषय विचारसँग जोडिएको छ, तर भिन्न होइन भन्ने कुरालाई नै पुष्टि गर्दछ ।
यसका अतिरिक्त पार्टीीनर्माणका निम्ति कमरेड माओले “पुँजीवादी अड्डामाथि वषाऊ”, व्रि्रोह गर्नु जनताको अधिकार हो” भन्ने नाराका साथ पार्टीे उच्च ओहोदामा पुग्न सफल भएका संशोधनवादी गद्धारहरूका विरुद्ध सन् १९६६ मा महान् र्सवहारा साँस्कृतिक क्रान्तिको शुरुवात गर्नुभयो । माओले “र्सवहारा अधिनायकत्व अन्तरगत क्रान्तिलाई जारी राख”, “समाजवादको अवधिभर वर्गसंर्घष्ा विद्यमान रहन्छ” भन्ने कुरालाई अति जोड दिएर उठाउनु भएको थियो । यी सबै कुराहरू क्रान्तिकारी पार्टीीनर्माणका निम्ति वैचारिक आधारहरू थिए । माओले आफ्नो जीवनभर संशोधनवादका विरुद्धको संर्घष्ालाई कहिल्यै कमी हुन दिनुभएन । महान र्सवहारा साँस्कृतिक क्रान्तिको बेला माओले “मार्क्सवाद लागु गर, संशोधनवाद होइन, खुला र स्पष्ट होऊ, छलछाम र षड्यन्त्र नगर, एकताबद्ध होऊ, नफूट अर्थात् तीन गर र तीन नगर भन्ने सांगठनिक क्षेत्रमा एउटा महत्वपूण् प्रस्थापना अगाडि सार्नु भयो । यो पार्टर्ीीनर्माणका सर्न्दर्भमा अहम् सैद्धान्तिक महत्वको विषय हो । यसरी नयाँ जनवादी क्रान्ति महान् बहस हुँदै महान र्सवहारा साँस्कृतिक क्रान्तिसम्म आई पुग्दा कमरेड माओले केबल मार्क्सवाद लेनिनवादको रक्षा मात्र गर्नुभएन, बरु त्यसलाई चिनीया विशिष्टतामा सिर्जनशील ढंगले लागु गरेर तयतिबेलाको मार्क्सवाद लेनिनवाद माओविचारलाई मार्क्सवाद – लेनिनवाद – माओवादमा नयाँ चरणमा विकास गर्नुभयो र नयाँ ढंगको कम्युनिष्ट पार्टीे निर्माणको लागि बलियो वैचारिक आधार निर्माण गर्नुभयो ।
समाजमा वर्गहरू रहुन्जेल राजनीतिक पार्टी अस्तित्वमा रहन्छन् र कम्युनिष्ट पार्टी लागि यही कुरा सत्य हो । वर्गीय समाजमा चल्ने वर्गसंर्घष्ाको प्रतिबिम्ब कम्युनिष्ट पार्टी पर्दछ र त्यो पार्टीीत्र दर्ुइ लाइन संर्घष्ाको रुपमा अभिव्यक्त हुन्छ । हामी क्रान्तिकारीहरूले के कुरा बुझ्न जरुरी छ भने कम्युनिष्ट पार्टर्ीीभत्र चल्ने क्रान्तिकारी र सुधारवादी प्रवृत्तिहरूबीचको संर्घष्ा निरपेक्ष हुन्छ तर ती प्रवृत्तिहरूका बीचको एकता भने सापेक्ष हुन्छ । आज जुन विषयमा एकता छ भोली पनि त्यसैमा एकता भैरहन्छ भन्ने कुरा सही होइन । त्यस्तै आज संर्घष्ा भएको विषयमा भोली पनि संर्घष्ा नहुन पनि सक्छ । संर्घष्ाले रुपान्तरण ल्याउँछ र रुपान्तरण पछि उच्च स्तरको एकता हुन्छ । यसै भएर नै कमरेड माओले उकता संर्घष्ा रुपान्तरण र नयाँ आधारमा नयाँ एकता हुने कुरामा जोड दिनुभएको थियो । । हामीले बुझ्ने कुरा के हो भने यो नै नयाँ प्रकारको पार्टीीनर्माणको सैद्धान्तिक आधार हो ।
यसरी कम्युनिष्ट पार्टी निर्माणको कुरा गरिरहँदा हामीले समाजमा चल्ने वर्गसंर्घष् र त्यसको प्रतिविम्बका रुपमा पार्टीीत्र चल्ने दुइ लाइन संर्घष्ालाई ठिक ढंगले बुझ्ने र एकता, संर्घष् तथा रुपान्तरणको द्वन्द्ववादी विधिबाट पार्टीीई एकताबद्ध बनाई राख्ने कुरामा जोड लगाउनु पर्दछ । यदाकदा पार्टीीत्र एकताको हल्लाह पनि चल्ने गर्दछ । अहिले एमाओवादी र अन्य वाम तथा कम्युनिष्ट पार्टीीबीच पार्टीीकताको हल्लाह पनि चल्ने गरेको छ । पार्टर्ीीकताका नाममा सधै सम्झौता र ……….. शुद्धताका नाममा सधैं फुट द्वन्द्वबाट होइन । यो त अधिभूतवाद हो । सही वैचारिक तथा राजनीतिक कार्यदिशाको आधारमा पार्टी द्वन्द्वात्मक एकता स्थापना गर्ने कुरा नै नयाँ प्रकारको कम्युनिष्ट पार्टीनर्माणको आधार भनिन्छ । एकमनावादी एकता होइन । यसलाई दह्रोसीत पकड्ने दर्ुइलाइन संर्घष्ामालाई ठिक ढंगले प्रयोग गरेर मात्र नयाँ आधारमा नयाँ ढंगको पार्टीनर्माण गर्न सकिन्छ र सबै क्रान्तिकारीहरूलाई गोलबन्द र एकताबद्ध गरेर नेतृत्व गर्न सकिन्छ । यो क्रान्तिका लागि अनिवार्य र्सत हो ।
नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा छ । नेपालमा अमेरिकी साम्राज्यवाद तथा भारतीय विस्तारवादी शक्तिकेन्द्रहरूको चलखेल हस्तक्षेप एवं नव औपनिवेशिक उत्पीडन तीव्र रुपमा बढ्दै गएको छ । उनीहरूले नेपाली क्रान्तिलाई ध्वस्त पार्नको लागि जनयुद्धको उत्कर्षकालदेखि १२ बुँदे समझदारी तथा विस्तृत शान्ति सम्झौता हुँदै अहिलेसम्म आइपुग्दा अनेकौं षड्यन्त्रमूलक गुरुयोजना तथा डिजाइन तयार पार्दै आएका छन् । स्मरणीय कुरा के छ भने उनीहरूद्वारा नवसंशोधनवादीहरूलाई नेतृत्वको प्रलोभन दिएर क्यान्टोन्मेन्ट भित्रको जनमुक्ति सेनालाई नेपाली सेनाद्वारा कब्जा र विघटन गर्ने, संविधानसभा भंग गर्ने र खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार बनाई दोश्रो संविधान सभाको कथित निर्वाचन गर्न लगाइयो । २०६९ फाल्गुन ३० गते राती र चैत्र १ गते चारदलीय सिण्डीकेट र राष्ट्रपतिद्वारा गरिएको अन्तरिम संविधानको संशोधन, बहालवाला प्रधानन्यायधिशको नेतृत्वमा निर्दलीय सरकारको गठन, दोश्रो संविधान सभाको निर्वाचनको नौटंकी लगायतका परिघटनाहरू यसै चलखेल, हस्तक्षेप र नवऔपनिवेशिक उत्पीडनमा आधारित रहेका छन् । यसैको परिणामस्वरुप दोश्रो संविधान सभाबाट राष्ट्रिय स्वाधिनता, वर्गीयता, पहिचान सहितको संघीयता, महिला तथा दलित मुक्ति आदिका पक्षधरहरूलाई किनारामा पारिएको थियो । यसरी आज वैदेशिक प्रतिक्रियावादी शक्ति र तिनका दलालहरूको षड्यन्त्त तथा गुरुयोजना सफल बनाउने दृढता गरिएको छ । यो समग्र अवधिमा देशका जिम्मेवार राजनीतिक पार्टीीको भूमिका अत्यन्तै न्यून रहेको छ । चारदलीय सिण्डीकेटद्वारा खुलेआम अन्तर्रााट्रय शक्तिकेन्द्रहरूको गोटीको भूमिका निर्वाह गर्ने कमि भइरहेको छ । यी सबै परिघटनाबाट देशको राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्नमा थप खतरा पैदा हुन गएको छ ।
संविधान सभाको कतिथ दोश्रो निर्वाचनको नौटंकी पश्चात देशका राजनीतिक शक्तिहरूको भूमिकामा केही फेरबदल भएको छ । सत्ता र सर।कारमा वैदेशिक प्रतिक्रियवाद पक्षधर शक्तिहरूकै पकड अझै बजबुद बन्न पुगेको छ । विशेष गरि सत्तामा महान दश वर्षो प्रक्रिया बेला माओवादीका नेताहरूको टाउको मूल्य तोक्ने, सेना परिचालन गरेर दशौं हजार नेपाली आमाका असल तथा आँटी छोराछोरीहरूको हत्या गराउने हजारौं नागरिकहरूलाई विपत्ता र घायते तथा अपाङ्ग वनाउने राजनीतिक शक्तिहरू सत्ता संचालन गर्न पुगेका छन् ।
कथित संविधान सभामा पश्चगामी तथा यथास्थितिवादी शक्तिको उपस्थिति दुइ तिहाई भन्दा बढि भइसकेको छ । यस स्थितिमा अब संविधान सभामा स्पष्टै देखिने गरि नेकपा – माओवादी सहीत आन्दोलनकारी शक्तिहरूको हातबाट खोसिन पुगेको छ र यसलाई प्रतिक्रान्तिको रुपमा लिनुपर्छ किनकि माओवादीले जनयुद्धकै प्रक्रियादेखि नै संविधान सभालाई नेपाली क्रान्तिको कार्यदिशाको रुपमा प्रयोग गर्दै आएको थियो । अब त्यो स्थिति रहेन । अब संविधान सभाबाट जनताको संविधान बन्नै नसक्ने कुरा सुस्पष्ट छ र संविधान सभाको स्वरुप प्रतिगामी बन्न गएको छ । त्यसकारण अब संविधान सभाको औचित्य समान्त भइसकेको छ र मुलुक पुनः २०४७ को अवस्थामा फर्किन पुगेको छ ।
संविधान सभाको दोश्रो निर्वाचनमा दर्ुइ तिहाई बहुमतको गुड्डी हाँक्दै आएको नवसंशोधनवादी समुहले शर्मनाक पराजय भोग्न पुग्यो र यस पराजयबाट रन्थनिएको उक्त नवसंशोधनवादी समूह पुनः नेपाली काँग्रेस र एमालेको शरणमा परेर आफ्नो अस्तित्व जोगाउने कसरतमा छ र भृत अवस्थामा पुगेको चारदलीय सिण्डीकेटलाई व्यूताएर त्यसकै नेतृत्व गरेर दिन काट्ने भएको छ । कथित दोश्रो संविधान सभा निर्वाचनमा शसक्त र सक्रिय बहिष्कार आन्दोलनका बीचबाट हाम्रो पार्टीीेकपा – माओवादी मुलुकको एक बैकल्पिक समानान्तर राजनीतिक शक्तिका रुपमा स्थापित हुन पुगेको छ ।
लामो समयदेखि कायम रहँदै आएको संक्रमणकाल अब करीव समाप्त भइसकेको छ । नेपाली क्रान्तिका दुश्मन तथा अवसरवादीहरूद्वारा आपसमा अपवित्र गठबन्धन कायम गरि लोकतन्त्रको आवरणमा प्रतिक्रियावादी अधिनायकत्वलाई बलियो बनाउने र जनता तथा क्रान्तिकारी कम्युनिष्टहरूका विरुद्ध योजनाबद्ध रुपमा पेस हुने स्थिति पैदा हुँदै गइरहेको छ । आज भारतीय विस्तारवाद नेपालमा आफ्ो नवउपनिवेशलाई मजबुद पार्नका लागि अत्यन्तै योजनावद्ध र नयाँ आयाममा प्रस्तुत भइरहेको छ । नेपालमा प्रतिगामी तथा यथास्थितिवादी शक्तिहरू साम्राज्यवाद र विस्तारवादके निकृष्ट दलाल र गोटीमा परिणत भइसकेका छन् । यो बेला राष्ट्रिय स्वाधिनताको रक्षाको प्रश्न निकै गम्भीर बन्न पुगेको छ । नेपाली नयाँ जनवादी क्रान्तिको प्रहारको लक्ष्य विस्तारवादी तथा साम्राज्यवादी हस्तक्षेप र तिनको गोटी बनेर प्रस्तुत भएका नेपाली दलाल राजनीतिक शक्तिहरूको विरुद्ध संकेन्द्रित बन्न गएको छ ।
यस प्रकारको जटिल परिस्थितिमा नेपाली राष्ट्रिय मुक्ति आन्दोलन र नयाँ जनवादी क्रान्तिलाई सफल तुल्याउनका लागि एकातिर सच्चा देशभक्त, जनवादी तथा वामपन्थि र प्रगतिशील शक्तिहरूलाई गोलवन्द गरि नयाँ राष्ट्रिय संयुक्त मोर्चाको निर्माण गर्न अपरिहार्य रुपमा आवश्यक छ भने अर्कोतिर सच्चा क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध गरि नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्न अनिवार्य बन्न गएको छ । यी दुवै कुरालाई गम्भीरतापर्ूवक लिएर नै नेपालमा क्रान्ति सम्पन्न गर्न सकिन्छ । यही कुरालाई मध्यनजरमा राखेर नै नेकपा – माओवादीले आफ्नो पार्टर्ीीे तेश्रो पर्ूव बैठकबाट पार्टीीाहिर रहेका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने निर्ण्र्ागरेको हो । यो निर्ण्र्ावस्तुगत परिस्थितिको उपज हो ।
आज नेपाली कम्युनिष्ट आन्दोलनले करीव ६५ वर्षपार गर्दैछ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलनभित्र वर्गसंर्घषा, अन्तसंर्घषा र दुइलाइन संर्घाका अनेकौं जटिल, बांगाटिंगा र कहाली लाग्दा घुम्तिहरू रहेका छन् । र्सवविदितै छ, यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौं समूह उपसमूहमा विभाजित रहँदै आएको छ । र अहिले पनि एक दर्जनभन्दा विभिन्न कम्युनिष्ट समूह उपसमूहहरू क्रियाशील छन् । अतः सारमा यस आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुइ परस्पर विरोधी धारा बीचकै द्वन्द्व प्रमुख बन्दै आएको छ । आज नेपाली कम्युनिष्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धरा जसको प्रतिनिधित्व एमाले र एमाओवादी गर्दै आएका छन्, यो धाराले आफूलाई विजातीय कित्तामा सामेल गर्दै दक्षिणपन्थि एवं आधुनिक संशोधनवादी र नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ र यसको ठिक विपरीत नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारा जसको प्रतिनिधित्व नेकपा – माओवादीले गर्दै आएको छ । यस धाराले आज मार्क्सवादी लेनिनवादी – माओवादीका रुपमा गुणात्मक ढंगले विकसित हुँदै जनयुद्धको जगमा जनव्रि्रोह मार्फ नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने एक ऐतिहासिक मोडमा आइपुगेको छ ।
यसरी नेपाली कम्युनिष्ट आन्दोलन आज क्रान्तिकारी धु्रव र संशोधनवादी धु्रव गरि दुइ धु्रवमा विभाजित हुन पुगेको छ र क्रान्तिकारी धु्रवले सबै क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने र विशाल कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूलाई एउटै कित्तामा गोलबद्ध गर्दै नयाँ जनवादी क्रान्तिलाई विजयको दिशातिर पुर्याउने लक्ष्यका अगाडि बढ्ने अवस्थामा विकसीत हुन पुगेको छ र तत्कालिक रुपमा नेपाली राष्ट्रिय मुक्ति आन्दोलन र नयाँ जनवादी क्रान्तिलाई सफल तुल्याउनका लागि एकातिर सच्चा देशभक्त, जनवादी तथा वामपन्थिहरूलाई गोलवद गरि नयाँ राष्ट्रिय संयुक्त मोर्चाको निर्माण गर्ने र अर्कोतिर सच्चा क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध गरि नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्दै नेपाली क्रान्ति सम्पन्न गर्नका लागि जिम्मेवारपर्ूण्ा ढंगले अगाडि बढ्ने अवस्थामा पुगेको छ ।
यसको ठिक विपरित नेपाली कम्युनिष्ट आन्दोलनके दक्षिणपन्थि संशोधनवादी तथा नवसंशोधनवादी धु्रवले साम्राज्यवाद र विस्तारवादका सामु लमपसार परेर आत्मर्समर्पण गर्दै प्रतिक्रियवादी कित्तामा सामेल हुन पुगेर प्रतिक्रान्तिलाई मलजल गर्ने र नेपालका क्रान्तिकारी कम्युनिष्टहरूलाई सखाप पार्दै सिंगो नेपाली क्रान्तिलाई ध्वस्त पार्ने गुरुयोजनाका साथ अगाडि बढिरहेको छ । सारमा यति बेला नेपाली कम्युनिष्ट आन्दोलन क्रान्ति प्रतिक्रान्तिको बीचबाट गम्भीरतापर्ूवक रुपले अगाडि बढिरहेको छ ।
नेपाली नयाँ जनवादी क्रान्ति जटिल मोडबाट अगाडि बढिरहेको छ । नेपाली कम्युनिष्ट आन्दोलन पनि विविध प्रकारका सारोह अवरोहहरू पार गर्दै क्रान्ति तथा प्रतिक्रान्तिको जटिल मोडहरू पार गर्दै अगाडि बढि रहेको छ । क्रान्ति आफैमा जटिल प्रक्रिया हो । यसले बलिदान र योगदान माग गर्दछ । मुलुक अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामा गुज्रिरहेको छ । मुलुकलाई यस पटकको अवस्थाबाट मुक्त गर्ने एकमात्र साधन नेपाली नयाँ जनवादी क्रान्ति नै हो जो र्सवहारा वर्गको राजनीतिक अग्रदस्ता कम्युनिष्ट पार्टीीे नेतृत्व र मजदुर तथा किसान एकताका आधारमा गरिने नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पूँजीवादी क्रान्ति हो । हामी यतिबेला यही नेपाली नयाँ जनवादी क्रान्ति अर्थात् नयाँ खाले पूँजीवादी क्रान्तिको निर्ण्ायक चरणमा प्रवेश गरि सकेका छौं । महान नेपाली नयाँ जनवादी क्रान्तिले सुम्पेको यही ऐतिहासिक कार्यभार पूरा गर्ने उद्देश्यले हामीले आजभन्दा १८ महिना पहिले नवसंशोधनवादसीत सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीेकपा – माओवादीको गठन गरेका थियौं भने १५ ठिक १ वर्षपहिले सातौं राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोहको नेपाली नयाँ जनवादी क्रान्तिको क्रान्तिकारी कार्यदिशा पारित गरेका थियौं र कथित दोश्रो संविधानसभा निर्वाचनको बहिष्कार आन्दोलनका बीचबाट हाम्रो पार्टीीेकपा – माओवादीलाई वैकल्पिक समानान्तर शक्तिका रुपमा स्थापित गराउन सफल भएका छौं । सबैलाई थाह भएकै कुरा हो नेकपा – माओवादी नेपाली र्सवहारा वर्गको सबैभन्दा उच्चस्तरको संगठित राजनीतिक अग्रदस्ता हो र नेपाली क्रान्तिको वर्तमान निर्ण्ायक नेतृत्वदायी शक्ति पनि हो । यही पार्टीे काँधमा नेपाली क्रान्तिको ऐतिहासिक कार्यभार सुम्पिन आइपुगेको छ ।
नेपाली कम्युनिष्ट आन्दोलन मुख्य रुपमा कार्यदिशाका विवादकै कारणले विभाजित हुन पुगेको हो र अहिलेसम्म पनि त्यही कार्यदिशा बीचको विवादकै कारणक एकताबद्ध हुन सकिरहेको छन् । नेपाली जनताको जनसंख्याको करीव ८० प्रति भू भाग ओगटेको भएतापपिन त्यही विभाजनकै कारणले नेपाली कम्युनिष्टहरू मुलुकको प्रमुख राजनीतिक शक्ति बन्न सकिरहेका छैनन् । क्रान्तिका निम्ति पार्टीीकता हुनु अनिवार्य हुन्छ । नेपाली क्रान्तिका लागि यो विषय पनि अनिवार्य आवश्यकताको विषय चाहि हो । तर पार्टीीकता सिद्धान्तनिष्ठ एकताका आधारमा मात्र सम्भव हुन्छ । क्रान्तिका लागि पार्टीीकता बारे माओ अगाडि भन्नुहुन्छ ” कम्युनिष्ट पार्टी एकताद्वारा मात्र सम्पर्ूण्ा वर्गको एकता र सम्पूण् राष्ट्रको एकता प्राप्त गर्न सकिन्छ । सम्पूण्ा वर्ग सम्पूण् राष्ट्रको एकताद्वारा मात्र शत्रुलाई पराजित गर्न सकिन्छ र राष्ट्रिय र जनवादी क्रान्ति पूरा गर्न सकिन्छ ।” माओका यी भनाइहरू नेपाली नयाँ जनवादी क्रान्तिका लागि अत्यन्तै मननयोग्य छन् । त्यसो भएर नै हामीले पार्टीीकता, सम्पूण् नेपाली कम्युनिष्ट आन्दोलनको एकता निर्माण गर्ने तहसम्म त कुरा गरिरहेका छैनौं । किनकि दक्षिणपन्थि संशोधनवादमा पतन भएको एमाले समूह र नवसंशोधनवादमा पतन भइसकेको एमाले समूह सिंगो नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध पार्ने सिंगो राष्ट्रलाई क. माओले भने झैं एकताबद्ध पार्ने र नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने महान यात्रामा प्रमुख बाधक शक्तिका रुपमा खडा हुन पुगका छन् । यी समूहहरूलाई वैचारिक रुपमा पराजित गरेर विराट कम्युनिष्ट एकता कायम गर्न हामी माओवादी क्रान्तिकारीहरूले धेरै ठूलो र कठिन परिश्रम अवश्यै पनि गर्नुपर्ने छ । तर हामीले पार्टीीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने जुन प्रस्ताव अगाडि सारेका छौं यो के हो भने यहाँ केही क्रान्तिकारी कम्युनिष्ट पार्टी पनि क्रियाशील छन् तिनीहरू सीत सिद्धान्तनिष्ठ पार्टीीकता गर्दै जाने र अनय छितारिएर रहेका वामपन्थि एवं कम्युनिष्ट घटकहरू भित्र पनि थुप्रै क्रान्तिकारी नेता कार्यकर्ताहरू क्रियाशील छन् । एमाले, एमाओवादी, जस्ता संशोधनवादी समूहभित्र पनि ठूलो संख्यामा क्रान्तिकारी नेता, कार्यकर्ताहरू विविध कारणले अलमलिएर बसिरहेका छन्, तिनीहरूलाई समेतलाई क्रियाशील र जागरुक तुल्याउँदै र वैचारिक रुपान्तरण समेत गर्दै एउटा क्रान्तिकारी धारमा गोलबन्द गर्ने, एकताबद्ध तुल्ायउने, तिनीहरूलाई समेत समेटेर नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने र हाम्रो जस्तो नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीीेकपा – माओवादीको नेतृत्वमा सम्पूण् क्रान्तिकारीहरूलाई समेत एकताबद्ध तुल्याउँदै नेपाली क्रान्तिकारीहरूको विशाल पंक्ति खडा गर्ने र नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य, उद्देश्य र योजनाका साथ यो नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने प्रस्ताव हाम्रो पार्टी अगाडि सारेको हो । यस विषयमा अब महान् बहस र अन्तरक्रिर्या तथा छलफल चलाउन आवश्यक छ । हाम्रो पार्टी यस बहसलाई खुला गरिदिएको छ । यो ज्यादै खुसीको अबर पनि हो । किनकि यो अभियानले नेपालमा को क्रान्तिकारी हो, को गैर क्रान्तिकारी वा संशोधनवादी भनी कित्ता छुट्याई दिने छ । यो सैद्धान्तिक विषय भएकोले अलि जटिल पनि देखिन्छ नै तर नेपाली नयाँ जनवादी क्रान्तिका लागि यस प्रकारको नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने कुरा अत्यन्त महत्वपूण् प्रश्न हो । यो प्रश्नको हल यस केन्द्रको निर्माण गरेर मात्र पूरा गर्न सकिन्छ । यो नेपाली नयाँ जनवादी क्रान्तिको आवश्यकताले उठाएको प्रश्न हो । यसको सही हल पनि नयाँ जनवादी क्रान्तिले मात्र गर्न सक्नेछ । अब सम्पर्ूण्ा क्रान्तिकारी कम्युनिष्टहरू यस केन्द्रमा आवद्ध हुनु, संगठित हुनु, क्रान्तिप्रति प्रतिबद्ध र कठिबद्ध हुनु आजको प्रमुख कर्तव्य बन्न पुगेको छ । सम्पर्ूण्ा क्रान्तिकारीहरूले यो दायित्व र कर्तव्य निर्वाह गर्नुपर्ने हुन्छ । यो नेपाली क्रान्तिको इतिहासले सुम्पेको दायित्व हो । हामी क्रान्तिकारी कम्युनिष्टले क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माणको प्रश्नलाई यसरी नै बुझ्न जरुरी छ ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई विभाजन गराउने र एकताबद्ध हुन नदिनेमा यस आन्दोलनमा नेतृत्व तहमा पुगेका अवसरवादीहरूलाई सत्तामा पुर्याई दिन लोभ र प्रलोभन देखाई दिने र त्यस षड्यन्त्रमा नेतृत्व फस्तै जाने जुन परिघटनाहरू घट्दै आएका छन् त्यसैले नेपाली कम्युनिष्ट आन्दोलन विभाजन हुने र एकताबद्ध हुन नदिने सावलमा मलजल गर्दै आएको छ । जस्तो कि सत्तामा पुग्नका निम्ति २०१० सालमा सम्पन्न महाधिवेशनबाट महामन्त्रिमा चुनिएका मनमोहन अधिकारी पहिलो राजा वादी नेता बनेका थिए भने २०१४ सालमा सम्पन्न दोश्रो महाधिवेशनमा महामन्त्रिमा चुनिएका डा. केशरजंग रायमाझी दोश्रो राजावादी एवं दरबारीया नेताका रुपमा पतन हुन पुगेका थिए । उनलाई २०१९ सालमा सम्पन्न तेश्रो राष्ट्रिय महाधिवेशनले गद्धार घोषणा गरेर पार्टीीट निस्काशन गरेको थियो । पछि डा. रायमाझी आजीवन नेपालको राजा दरबारको ढोके र पहरेदार बनेर मरेका थिए । तयस्तै एमालेले आधा प्रतिगमन सच्चियो भन्दै २०६१ सालमा निरंकुश राजा ज्ञानेन्द्रको सरकारमा सामेल भएको थियो । यी परिघटनाक्रमहरूले पनि नेपालमा कम्युनिष्टहरूले सत्तामा पुग्न टिकिहरनका दरबारीया शक्तिहरूको भरिया बन्दै आएको इतिहास छ । यस प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नु परेको र क्रान्तिले समेत ठूलो क्षछित व्यहोर्नु परेको तथ्यहरू दिनको उज्यालो जत्तिकै र्छलङ्ग छ ।
अर्कोतिर सत्तामा पुग्नका लागि विभाजित नेपाली कम्युनिष्ट आन्दोलन भित्रका कैपन छरकहरू भारतीय विस्तारवादको दलाल र चाकर बन्ने प्रवृत्ति पनि निकै हावी रहँदै आएको छ । जस्तो कि सत्तामा पुग्न र टिकनका निम्ति २०५२ साल पछि भारतीय विस्तारवादको नजिक पुग्यो । भारतीय विस्तारवादले सत्तामा पुर्याई दिने र टिकाई राखि दिने प्रलोभन र लोभ देखाएर नजिक राख्ने नीति लियो । त्यसै प्रक्रिया अन्तरगत सत्तामा पुग्न र टिकीरहने लाभका आधारमा २०५२ साल असोज ४ गते एमालेले भारतीय विस्तारवादी शासकहरूसति महाकाली सन्धिमा हस्ताक्षर गरे राष्ट्रघातको कलंकको टिका लगाउन पुग्यो । र भारतीय विस्तारवादको वफादार दलाल र चाकर बन्न पुग्यो एमाले ।
त्यस्तै सत्तामा पुग्न र टिकीरहने उद्देश्यले १० वर्षो जनयुद्धको मुख्य नेतृत्व समेत आएको एमाओवादीको मुख्य नेतृत्व खास गरि प्रचण्ड बाबुरामले भारतीय विस्तारवादका सामु लमपसार परेर आत्मर्समर्पण गर्न पुगे र एमालेकै शैलीमा उनीहरूले सत्तामा रहेकै अवस्थामा २०६८ साल ४ गते तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले भारतीय विस्तारवादीा शासकहरूसीत राष्ट्रघाती विप्पा सम्झौतामा हस्ताक्षर गरेर भारतीय विस्तारवादका वफादार दलालको दर्जामा आफ्नो नाम दर्ता गर्न सफल भए । त्यति मात्र होइन एमाओवादीले सत्तामा पुग्न र टिकीरहनका निम्ति नेपालका सम्पूण् विमानस्थलहरू भारतीय शासकहरूलाई विक्री गर्ने प्रयत्न गरेको थियो । सुपुदगी सन्धी समेत गरेको थियो । भारतीय विस्तारवादकै निर्देशनमा जनमुक्ति सेना नेपालको विघटन गराएको थियो । क्यान्टोनमेन्टमा कण्टेनरमा राखिएका हतियारहरू प्रतिक्रियावादी सत्तालाई बुझाएको थियो । यी कार्य पूरा गरेमात्र सत्तामा पुर्याई दिने आश्वासन दिएकै कारणले यी कार्यहरू उसले पूरा गर्दै अगाडि बढेको थियो । त्यति मात्रै होइन एमाओवादीको मुख्य नेतृत्वले त सत्तामा पुग्ने र टिकीरहने उद्देश्यले विशेष भारतीय विस्तारवादीहरूकै निर्देशन र ग्राण्ड डिजाइनमा २०६९ जेठ १४ गते मध्यरातमा संविधान सभाको अवसान गराएको थियो । त्यसै सिलसिलामा भारतीय विस्तारवादै निर्देशन र ग्राण्ड डिजाइनमा गत मंसीर ४ गते कथित दोश्रो संविधान सभाको निर्वाचन सम्पन्न गराउने प्रमुख ठेक्का लिएको थियो चुनाव गरायो पनि ।
यो माथि सत्तामा पुग्नका निमित्त र टिकीरहनका निमित्त जुन कहिले दरवारीया बन्ने र कहिले भारतीय विस्तारवादीहरूको दलाल बन्ने नेपाली कम्युनिष्ट आन्दोलनको एउटा खतरनाक अवसरवादी प्रवृत्तिले नेपाली कम्युनिष्ट आन्दोलनको उकता र नेपाली क्रान्तिलाई ठूलो क्षति पुर्याउँदै आएको छ । यस प्रवृत्तिलाई वैचारिक रुपमा परास्त पार्नुपर्ने नेपालका क्रान्तिकारी कम्युनिष्टहरूको मुख्य दायितव बन्न पुगेको छ क्रान्तिकारी कम्युनिष्टकेँन्द्र निर्माणका लागि ।
हाम्रो पार्टीीेकपा – माओवादीको गत मंसिर २३- २८ मा बसेको केन्द्रीय समितिको तेश्रो पूण् बैठकले पार्टीीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माण गर्ने भन्ने जन ऐतिहासिक निर्ण्र्ागर्यो, नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान अभियान कोसेढुंगा सावित हुनेछ । र्सवविदितै कुरा हो लामेा समय पहिले देखि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामा रहीरहँदा नेपाली क्रान्तिलाई ठूलो क्षति पुग्न गएको छ । यस आन्दोलन भित्रको एउटा ठूलो हिस्सा दक्षिणपन्थि संशोधनवाद एवं नवसंशोधनवादा पतन भइसकेको भएता पनि त्यस हिस्साले आफूलाई कम्युनिष्ट भनिरहेको र मार्क्सवाद लेनिनवाद र माओवादको समेत जामा पहिरि राखेको र अन्तर्रर्ााट्रय कम्युनिष्ट आन्दोलनको समेत हसिया हतौडा झण्डा बोकी राखेकोले त्यस भित्र र बाहिरका कम्युनिष्ट क्रान्तिकारीहरूका बीचमा व्यापक भ्रम सिर्जना गरिरहेको छ । यस हिस्साले नेपाली जनताका बीचमा पनि व्यापक भ्रमको खेती गरिरहेको छ र हजारौं क्रान्तिकारीहरूलाई पनि विविध कारण देखाउँदै अलमल्पाउँदै ल्याएको छ र कुन कम्युनिष्ट क्रान्तिकारी हो – कुन संशोधनवादी तथा नवसंशोधनवादी हो भनेर छुट्याउन अप्ठ्यरो पर्ने गरि नेपाली समजमा व्यापक भ्रम फैलाइरहेको छ । यस संशोधनवादी हिस्साले साम्राज्यवादी तथा विस्तारवादीहरूका सामु लमपसार परेर आत्मर्समर्पण गर्दै विजातीय कित्तामा परिणत भएर प्रतिक्रियावादी क्याम्पमा दर्ज भइसक्दा सम्म पनि नेपाली जनताले छुट्याउँनै नसक्ने गरि भ्रम फैलाई रहेको वर्तमान अवस्थामा अब हामीले निर्माण गरिने क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माणले कुन कम्युनिष्ट हो – कुन संशोधनवादी हो – भनेर कित्ता छुट्याई दिने कार्यमा यो केन्द्र कोसेढुंगा सावित हुने निश्चित यस केन्द्रम गोलबन्द हुने, आबद्ध भएर अगाडि बढ्न चाहनेहरू क्रान्तिकारी नेपाली कम्युनिष्ट हुनेछन् र नेपाली क्रान्तिको गौरवशाली झण्डा बोकेर अगाडि बढ्ने आँट गर्नेछन् । जुन आफूलाई कम्युनिष्ट हुँ भन्दै हिड्नेहरू यस क्रान्तिकारी कम्युनिष्ट केन्द्रमा आबद्ध हुन चाहँदैनन् गोलबन्द हुन चाहदैनन्, नेपाली क्रान्तिको गौरवशाली झण्डा बोकेर नेपाली क्रान्तिका लागि समर्पित हुन चाहँदैनन्, देश र जनताको मुक्तिको खातिर बलिदान हुन परेपनि तयार हुन चाहँदैनन्, ती नामधारी कम्युनिष्टहरू संशोधनवादी तथा नवसंशोधनवादी भएको प्रमाणित हुनेछन् । नेपाली क्रान्तिका गद्धार समेत अंकित हुन पुग्नेछन् ।
निश्चितै कुरा हो कि अब यस क्रान्तिकारी कम्युनिष्ट केन्द्रको निर्माणको आरम्भदेखि यसले नेपाली कम्युनिष्ट आन्दोलन भित्र र आम नेपाली जनताका बीचमा हलचल नै पैदा गरि दिने छ । नेपाली जनता क्रान्ति चाहन्छन् । नेपाल राष्ट्रले मुक्ति र स्वाधिनता चाहन्छ । यी चीजहरू नेपालका सम्पूण् क्रान्तिकारी एक ढिक्का नभएसम्म एउटै झण्डामुनि गोलबन्द नभएसम्म त्यो चीज प्राप्त गर्न सम्भव छैन । झापा संर्घष्ा होस् वा महान दश वर्षो जनयुद्ध र अन्य राजनीतिक आन्दोलन र सामाजिक परिवर्तनको दरवीयानमा नेपाली आमाका हजारौं आँटी तथा असल छोराछोरीहरूले यस धर्तीमा रगतको खोलो बगाइसकेका छन् तर हामीले क्रान्ति सम्पन्न गर्न सकिरहेका छैनौं । ती महान् सहीदहरूका सुन्दर र तथा महान सपनाहरू साकार तुल्याउन सकेका छैनौं । यस पछाडिको एउटा मुख्य कारण लामो समयपहिलेदेखि नेपाली कम्युनिष्ट आन्दोलन विभाजित अवस्थामै रहनु, संशोधनवादी तथा नवसंशोधनवादीहरूले भित्रबाट कम्युनिष्टको आवरणमा क्रान्तिकारीहरू र जनतालाई भ्रममा पारि राख्नु र बाहिरि रुपमा देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूलाई सहयोग गर्दै आउनु जस्ता कारणहरू विद्यमान रहेका छन् ।
सबै नेपालका क्रान्तिकारी कम्युनिष्टहरू गोलबन्द न गरिकन, नेपाली श्रमजीवी जनसमुदायको नेतृत्व पनि गर्न सक्तैनौं र नेपाली क्रान्तिका कुरा त सपना जस्तै भइरहने छ । पार्टीीदा बाहिरका कम्युनिष्टहरूलाई गोलबन्द गर्ने, आबद्ध गर्ने सर्न्दर्भमा कमरेड माओले एक ठाउँमा भन्नुभएको छ “हामीले हामी भन्दा बाहिर छितारिएर रहेका तर हाम्रो विचारलाई स्विकार्ने कमरेडहरूलाई हाम्रो पार्टीीत्र तानन सकेनौं, उनीहरूलाई क्रान्तिको बारेमा बुझाउन सकेनौं भने हामी एक्लैले क्रान्ति सम्पन्न गर्न असम्भव हुनेछ” भन्नुभएको छ । कमरेड माओका यी भनाइहरू ज्यादै मननयोग्य र हाम्रा लागि पनि उत्तिकै उपयोगी छन् ।
अतः हामीले महान नेपाली नयाँ जनवादी क्रान्तिको अन्तिम चरणमा प्रवेश गरिसकेका छौं र यस क्रान्तिका लागि कार्यनीतिक एवं रणनीतिक कार्यदिशा समेत ठोस गरेर अगाडि बढिरहेका छौं । हामी एकताबद्ध -यूनिफाइड) क्रान्तिकरी, अनुशासनबद्ध एवं लडाकू कम्युनिष्ट पार्टीीनर्माण गर्न चाहान्छौं । यस प्रकारको कम्युनिष्ट पार्टीीवना नेपाली क्रान्ति सम्भव पनि छैन । नेपली क्रान्तिको ऐतिहासिक अभिभारा हाम्रो काँधमा आएके हुनाले हामीले पार्टीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरूलाई एकताबद्ध तुल्याउने र एउटै केन्द्रमा एकीकृत गर्ने जुन योजनाका साथ अगाडि बढेका छौं यो कदमले अब नेपाली कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी धारालाई मजबुद गराउने शक्तिशाली बनाउने र नेपाली जनताको आशा र भरोसाको केन्द्र बताउने कार्यमा यस अभियान कोसेढुंगा सावित हुने कुरा निश्चित छ ।


प्रतिक्रियाहरु

[anycomment]