महान् जनयुद्ध,माओबादी पार्टी अबको कार्यभार -मायाप्रसाद शर्मा ‘आयाम’
एउटा क्रान्तिकारी कम्युनिष्ट पार्टीीभत्र सही वा गलत विचारहरु हुन्छन । सही र गलत विचार वीच चलिरहने र्सष्ाघ नै अन्तरर्सष्ाघ हो । यदि पार्टीीभत्र अन्तरविरोध भएन भने र तिनको हल गर्न वैचारीक र्सष्ाघ चलाएन भने पार्टीीवनको अन्त्य हुन्छ । पार्टीीई एकमन वा समरुप वस्तुको सट्टा विपरीतहरुको एकत्व र अन्तरविरोधको पुञ्जको रुपमा ग्रहण गर्दै समस्याहरु हल हुदै आएकाछन । महान जनयुद्धको तयारी,थालनी र निरन्तरताको अवधिमा पनि ठुला,ठुला अन्तरविरोधहरु देखापरेका थिए । तयारीकै अबधिमा हामीले एबथरी असरवादीसित सम्बन्ध विच्छेद गरेका थियौ । पछिल्लो पटक गरेको सम्बन्ध विच्छेदको अवधि पनि झण्डै दर्ुइ बर्षपुग्दैछ भने सातौं महाधिवेशन नै सम्पन्न गरेको १ वर्षपुरा भयो । यस अवधिमा हामी विचारधारात्मक,राजनीतिक र साङ्गठनिक रुपमा क्रान्तिकारी पहिचानसहित स्थापित भएका छौं । यो राम्रो कुरा हो । तर यत्तिले मात्र पुग्दैन । आज हामी साम्राज्यवाद,विस्तारवाद र दक्षिणपन्थी संशोधनवादको घेराबन्दीमा छौं । आज क्रान्तिका लागि वस्तुगत परिस्थिति समुज्ज्वल छ । तर हामीले साम्राज्यवाद एवम् दक्षिणपन्थी संशोधनवादको घेराबन्दी तोड्न तथा स्वयम् आफैमा विद्यमान कमीकमजोरीहरुमाथि विजय हासिल गर्न सकेका छैनौ । यसैले क्रान्तिकारी कम्युनिस्टहरुको आत्मगत स्थिति कमजोर भएको बुझिन्छ । क्रान्तिको सफलताको कुञ्जी विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही हुनुको साथै साङ्गठनिक क्षेत्रमा ऐक्यबद्धता,सामूहिकता,क्रान्तिकारी ओजस्विता र र्सवहारा वर्गीय निष्ठा अनिवार्य हुन आवश्यकछ । चुनवाङ वैठकको वरिपरी पार्टी दर्जनौ गुट,उपगुटहरुको डरलाग्दो स्थितीवाट गुर्जिरहेको थियो । यतीबेला माओवादीहरु त्यही स्थीती देखिन्छन भने प्रतिकृयावादीहरुको चहान,इच्छा र अभिलाषा माओवादीलाई बिचार,राजनिती,सगठन,सामाजीक,आर्थीक आचरणहरुमा समेत असफल पार्नेर फेरी एकपटक र्सवहारा वर्गको भविष्य,उहेश्य र उत्पीडीत वर्ग, जातजाती,क्षेत्र र लिङ्गका वर्गसमुदायको मुtmिको वाटो बन्द गर्ने अभिलाशा बोकेर बसेकाछन । अब फेरी र्सवहारावर्गका जनसमुदायहरुमा नया प्रकारको उर्जा कसरी थप्ने चुनौतीहरु चुलिएर बसेकाछन । पुरानो अन्तरविरोधको वैज्ञानीक हल सहित पार्टर्ीी नेताहरु एकतावद्ध भएर सम्पूण् क्रान्तिकारी कार्यकर्ता र आम श्रमजीवी जनसमुदायहरुलाई पनि एकढिक्का बनाउन सके मात्र माओवादी प्रतिको मोह पुनःजिवित हुनेछ ।
आज नेपाली जनताको रगत,आँशु र पसिनाबाट स्थापीत संविधानसभाको एजेण्डा पश्चगामी तथा यथास्थितिवादी शक्तिको हातमा पुगेकोछ । कथित संबिधानसभाको निर्बाचन मार्फ उनिहरुको उपस्थिति दुइ तिहाई भन्दा बढी बनाई सकेकाछन । यस स्थितिमा अब संविधानसभा स्पष्टै देखिने गरी माओवादी सहितका आन्दोलनकारी शक्तिहरुको हातबाट खोसिन पुगेकोछ र यो घटना प्रतिक्रान्तिकारी हो । अब संविधानसभाबाट जनताको संविधान बन्नै नसक्ने कुरा सुस्पष्टछ र संविधानसभाको स्वरुप प्रतिगामी बन्न गएको छ । अब संविधानसभाको औचित्यता बाकी छ भन्नु मुखता सिवाय अरु केही हुनेछैन । आज प्रतिकृयावादी र अवसरवादीहरुले लोकतान्त्रीक गणतन्त्रलाई आफनो अनुकुल व्याख्या र बिष्लेषण गदै वुर्जुवा गणतन्त्र तीर हामीलाई समेत लिनका लागी जन्मे देखिको बललगाई रहेकाछन । बृहत् शान्ति सम्झौता र अन्तरिम संविधान लगायतका विगतका सहमति र सम्झौताहरुलाई पहिले ४ दलीय सिण्डिकेट वाला र अहिले दुइदलीय पक्षबाट उल्लङ्घन गरेर खारेज गरिसकिएकोछ । नेपाली क्रान्तिका दुश्मन तथा अवसरवादीहरु बीच अपवित्र गठबन्धन कायम गरी लोकतन्त्रको आवरणमा प्रतिक्रियावादी अधिनायकत्वलाई बलियो बनाउने र जनता तथा क्रान्तिकारी कम्युनिस्टहरुका विरुद्ध योजनाबद्ध रुपमा हमला गर्ने स्थिति पैदा हुँदै आईरहेकोछ । यसप्रति र्सतक रहन जरुरी छ । जनताको संभिधान नबन्दै शान्तिको नाममा जनसेनाको बिघटन गरियो । शहिद तथा बेपत्ता परिवारलाई राहत,र्घाईते,अपाङगहरुको उपचार,वेपत्ता योद्धा वा नागरिकहरुको खोजी र जनयुद्धका पिडीत पक्षहरुको राहतको व्यवस्था कता गए कता ।
आज पार्टीीनेको माथी अध्यक्ष वा पदाधिकारी तल राज्य र जिल्लाका इन्चार्ज वा सेक्रेटरी मात्र भन्ने वा बुझिने गरिएकोछ र भएको पनि छ । माथी देखी तल सम्म यति ठुला कमिटीहरु छन कि कमिटीले नैे कमिटीका प्रणालीहरुलाई खाईरहेकाछन । महिनौ सम्म बैधानीक रुपमा वैठक वस्न सक्ने अबस्थाछैन । आ-आफनो मन मर्जिले कोही असल वा कोही गलत धन्दामा लागिरहेकाछन । पार्टी योजना कार्यनयनमा दोष अर्कोको थाप्लोमा हालेर उम्कने प्रकृतिलाई तोड्दै कार्ययोजनालाई कार्यनयन गर्न गराउन माथी देखि तल सम्म मान्छेानुसारको सगठन होईन कि कामको महत्व हेरी उचित प्रकारको कार्यविभाजन गर्दै अगाडि बड्नु पर्दछ । यो पार्टर्ीी पनि पेरिसडाडाको जस्तो कसैलाई भातै भात त कसैलाई पन्फुरामा हात भने जस्तो हुनुहुदैन । हामीले महान जनयुद्ध गर्दा कम्युनिष्ट पार्टीीे सदस्यहरुको आचरणको जगमा टेकेर कम्युनिष्ट व्यवस्था स्थापना गर्न खोज्ोका थियौ । आज हाम्रो आवरण हेदा प्रतिक्रान्तिकारी भईसक्यो जस्तो लाग्न थालेकोछ । हुनत महान जनयुद्धको समयमा पनि पार्टीीभत्र हुने खाने र भए खानेहरुको वीच धेरै अन्तर थियो । त्यो जनयुद्धको ताप र रापले थिचेको थियो । त्यतिवेला पनि तलको र्सवहारा त्यस भन्दा माथी निम्न,त्यसभन्दा निम्न मध्यम त्यो भन्दा माथी मध्यम वर्गको परिभाषा थियो । त्यसलाई सुरक्षा व्यबस्थाको कभरमा संरक्षण गरिएको थियो । आज त्यो भिन्न ढगले अगाडी वढेकोछ । एउटै पार्टीी नेता वा कार्यकर्ताहरुमा आर्थीक हिसाव किताब नदिने वा नमाग्ने चलन वढेकोछ । जसको शि उसको भि भने झै भएकोछ । पार्टी नाममा जम्मा भएको रकम कस्ले कस्का निम्ती र के गर्नका लागी खर्च हून्छ भन्ने कुरा कसैलाई जानकारी हुदैन । यदि कसैले त्यो बारे माग्ने दुसाहस गरको खण्डमा त्यो नेताको अँखाको कसिङ्गर वन्दछ । एउटै पार्टीीभत्र एउटा हुने खाने र अर्को मागी खाने भए हामीले के का लागी क्रान्ति गर्यौ । के का लागि परिवारका सदस्यहरुको रगत वगाउन लगायौ – किन घरको सम्पति गुमायौ । एउटा खाने र एउटा हेर्ने व्यवस्था त पहिले नै थियो । अहिले पनि पार्टी योजना पर्खेर वस्ने व्यिहरुलाई विवेक हिन,क्षमता नभएका,जडचेतन भएका आदी इत्यादी आरोपको वढी लाग्ने गर्दछ । महान जनयुद्धको माध्यामबाट र्सवहारा वर्गले ठुलो शक्ति पैदा गर्यो । हजारौ वर्षदेखिको शासक वर्ग वा शोषक वर्गको र्स्वर्गमा धावा बोल्यो । उसको स्थायी भनिएको सत्तालाई ध्वस्त पारिदियो । आज यहा पनि नेतृत्वहरुको टिमकै वीचमा काही न काही अन्त्तर देखिएकोछ । हरेक स्थापित नेतृत्वहरुले नै सानो घेरामा रहेर सिङ्गो पार्टीीई छोडेर सिमित गुठको नेतुत्व गर्न पुग्नु पर्ने बाध्यता किन देखापरिरहेकोछ । अरुको राम्रो कामलाई राम्रो भन्न नसक्ने,आफ्नो वरपरकाहरुको नराम्रो कामलाई संरक्षण गर्नु पर्ने वाध्यता किन उत्पन्न भएकोहो । यसो भयो भने वा बनाईयो भने नेतृत्वको ऐतिहासीक भुमिका कम्जोर हुन्छ । आज फेरी एक पटक सबै तहका नेतृत्व रहेका ब्यक्तिहरु माथी उठेर सोच्नु पर्दछ ।
आज नेता,कार्यकर्ता र आमजनसमुदायहरुमा देखापरेको अर्कमण्यता,आशंका,उदासिनता,निराशा,अन्यौलता र भ्रमलाई चिर्न उत्साह भर्न सफल हुनुपद अबको वैचारिक,राजनैतिक कामको केन्द्र केलाई बनाउने – वर्गसंर्घष्ाको संचालन कसरी गर्ने,आर्थिक कार्यहरुलाई कसरी व्यवस्थित गर्ने – संगठनात्मक कार्यहरुलाई गुणात्मक कसरी बनाउने-जनसमिती,मोर्चा र ज.व.स.हरु कामलाई कसरी प्रभावकारी बनाएर लैजाने -सँस्कृतिक कार्यलाई सुदृढ कसरी गर्ने भन्ने विषयमा सबैलाई स्पष्ट पार्नसक्नु पर्दछ । अब पार्टी सबै तहका नेताहरुले विचारको विज्ञान र विज्ञान सम्वत धारण तयार पार्न सक्नु पर्दछ । विचारको विज्ञान निरन्त्तर प्रयोग,निरन्त्तर विकास र निरन्त्तर सिक्ने क्रमकै वीचवाट गुर्जिन्छ । यो एकतार्,र्सघष र रुपान्त्तरणको नया प्रक्रियाबाट अगाडि बढ्दछ । क्रान्तिको सफलताको कुञ्जी भनेको विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही हुनुको साथै साङ्गठनिक क्षेत्रमा ऐक्यबद्धता,सामूहिकता,क्रान्तिकारी ओजस्विता र र्सवहारा वर्गीय निष्ठा अनिवार्य रुपमा आवश्यक हुन्छ । अब क्रान्किारी,निष्ठावान पार्टी नेतृत्वमा विचारधारात्मक, राजनीतिक तथा साङ्गठनिक रुपमा बाहिर रहेका क्रान्तिकारीहरुका बीचमा धुर्बीकरण गर्दै एकताबद्ध पार्ँदै राष्ट्रिय स्वाधीनताको रक्षा,जनतन्त्रको स्थापना र जनजीविकाको एजेण्डामा गोलबन्ध गर्दै नयाँ जनवादी क्रान्तिलाई नयाँ बिजयमा पुर्याउन जनब्रि्रोहको माध्यमबाट अगाडि बढ्न आवश्यकछ । यो नै महान जनयुद्धको एकमात्र लक्ष र उद्देश्य हो ।
-लेखक भेरी-कर्णाली राज्य संयोजन समितिका इन्चार्ज हुन् ।