राष्ट्रियताः सर्न्दर्भ कर्मचारीतन्त्र – महादीप पोखरेल

२०७० फाल्गुन ४ गते, आईतवार


राज्य सञ्चालनमा व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाको महत्वपर्ूण्ा र अविछिन्न सक्रिय भूमिका रहने गर्छ । राज्य राजनैतिक प्रणालीमार्फ् डोर्याइएको हुन्छ । यसको नेतृत्व आवधिक निर्वाचनमार्फ् परिवर्तन भइरहने हुन्छ । राज्यका तीनवटै महत्वपूण् अङ्गका जनतासँगको सम्बन्ध र सेवा, सुरक्षाको अभिव्यक्ति उसको प्रशासनिक संयन्त्रमार्फ् हुने गर्दछ । फराकिलो अर्थमा कर्मचारीतन्त्र भन्नाले निजामति कर्मचारी, संघसंस्थानका कर्मचारी र सुरक्षा अङ्गसमेत बुझने गरिन्छ । राजनैतिक नेतृत्वदायी संस्था व्यवस्थापिका र कार्यपालिका जस्तो अल्पकालीन परिवर्तन यसमा हुँदैन र यो अपेक्षाकृत स्थायी प्रकारको हुनाले कर्मचारीतन्त्रलाई स्थायी सरकार पनि भन्ने गरिन्छ । सेवा अवधिभर मात्र नभएर सेवा निवृत्त भइसकेपछि पनि उसको भरणपोषण र सामाजिक दायित्व राज्यले व्यहोर्ने तथा सेवा अवधिभर निःस्वार्थ र निष्पक्षरूपमा देश र जनताको सेवा गर्ने हुँदा कर्मचारीहरूलाई राष्ट्रसेवाक भनी विभूषित गरिएको छ ।
नेपालको राष्ट्रिय स्वाधीनता धरापमा परेको वर्तमान पर्रि्रेक्ष्यमा राष्ट्रियता र कर्मचारीतन्त्रसम्बन्धी केही सवालहरूलाई उजागर गर्ने प्रयास गर्दछु ।
१) नेपालको प्रशासन संयन्त्र कमजोर बनाउने विदेशी षड्यन्त्र ः प्रशासनिक संयन्त्र कुनै पनि देशको राज्य सञ्चालनको मेरुदण्ड हो । यो बलियो र स्वाबलम्बी हुँदा विदेशीहरूको चलखेल र दबदबा नियन्त्रित हुन्छ । यसलाई कमजोर बनाउँदा उनीहरूले चाहिने जति नाफा हसुर्ने मात्र होइन, नेपालका धेरै महत्वपूण् गोपनीय सूचनाहरूमा उनीहरूको पहुँच हुने गरेको छ । नेपालमा सञ्चालित सबैजसो विदेशी परियोजनाहरू यसका उदाहरणहरू हुन् । र्सवप्रथम उनीहरू न्यून संख्या -२-४ जना) आउँछन् र परियोजनाको ५० प्रतिशतभन्दा बढी रकम आफैँ कुम्ल्याउँछन् । सम्झौतामा सही गर्ने मन्त्री, सचिवलाई विदेशीको सयर र आतिथ्यको बन्दोबस्त गरिन्छ । परियोजनाको उद्देश्य, कार्यक्रमहरूमा कहीँ पनि हाम्रो कर्मचारीतन्त्रको नेतृत्व र पहलकद्मी हुँदैन । केही पढेलेखेका नेपालीहरूलाई जागिर खुवाइन्छ, बीचमा विचौलिया कम्पनी घुसाएर जस्तै आधी तलबको रकम झवाम पारिदिन्छन् । गरिब गाउँबस्तीहरूमा दुइचारवटा गोष्ठी, तालिम र दुइचारवटा कुखुरा, बाख्रा बाँडेर नेपालको गरिबी घटेको रिपोर्ट बनाइन्छ र प्रस्तुत गरिन्छ पाँच तारे होटलमा । कमसेकम नेपालका उच्च पदस्थ कर्मचारीहरूले यस्ता सम्झौतापत्रमा सही गर्दा आँखा चिम्लेर विदेशीले जस्तो ल्याए त्यसैमा सही नठोकी राष्ट्रिय हितलाई प्राथमिकतामा राख्न सके देश र जनताको ठूलो हित हुने थियो । विदेशी दातृ निकायहरूले हरदम भन्ने गर्छन्, नेपालका कर्मचारीहरू भ्रष्ट छन्, यसको नेतृत्व क्षमता र सेवा प्रवाहको प्रभावकारिताको स्तर कमजोर छ । तर, कहिल्यै पनि यो सुधार गर्न वैज्ञानिक सुझाव नदिई समानान्तर कर्मचारीतन्त्र खडा गर्ने कोसिस गरिन्छ । दुगम गाउँबस्तीमा सेवा प्रवाह गर्ने कर्मचारी अभाव छ, देश संघीयतामा जाँदै गर्दा अझ धेरै कर्मचारीहरू चाहिन्छन् । तर, विदेशीहरू हरदम नेपालको कर्मचारी संख्या घटाउन दबाब दिन्छन् । हाम्रो राष्ट्रिय भावनामाथि खेलबाड गरी कमजोर बनाउने षड्यन्त्रबाहेक केही होइन यो ।
२) कर्मचारीको नैतिक धरातल कमजोरः नेपालको निजामति सेवाको प्रवेश त्यति सजिलो छैन । वर्षौपिच्छ लोकसेवामार्फ् खुल्ने ५०-१०० सिटको निम्ति लाखौँ प्रतियोगीबीच कठिन परीक्षामा सफलता प्राप्त गरेर मात्र नेपालका निजामति सेवामा प्रवेश पाइन्छ । कलेजका उत्तमभन्दा उत्तम विद्यार्थीहरू मात्र यसमा सफल हुन्छन् । यस्ता सक्षम मानिसको अक्षम सेवाको नाममा बद्नाम छ, कर्मचारीतन्त्र । यहाँका कर्मचारीहरू भयंकर निराशा, असुरक्षा र मानसिक समस्याका शिकार भएका छन् । यस्तो अवस्थामा उनीहरूको राष्ट्रियता कमजोर भइरहेछ । भर्खरै मात्र चर्चा चल्यो, नेपालका उच्च पदस्थकर्मचारी सचिव र सहसचिव पदमा कार्यरत कम्तीमा २० जना कर्मचारीहरूले अमेरिका, बेलायतलगायत विकसित मुलुकको आप्रवासी भिसा लिएका छन् । भिसा स्वीकार गर्नु उनीहरूको स्वतन्त्रता वा व्यक्तिगत मानवअधिकार होला । तर, त्यस्ता व्यक्तिहरू कुनै मन्त्रालयको कार्यकारी पद, भूमिकामा बस्नु नैतिक संगत हुन्छ – उनीहरूको कार्यले नेपालको राष्ट्रिय हितमा प्रतिकूल असर पुर्याउँछ कि पुर्याउँदैन – साधारण विदा लिँदा वा अध्ययन गर्दासमेत सरकारको पूवस्वीकृति लिनुपर्ने देशमा डि. भी. को फारम भर्दा अनि भिसा स्वीकार गर्दा सरकारको अनुमति चाहिँदैन – त्यसकारण भिसा प्राप्त गर्नुभएका उच्च पदस्थहरू हो, तपाईंहरूको राष्ट्रिय चरित्रमा शंका गर्ने ठाउँ छ, यहाँहरू कसरी राष्ट्रिय हितमा प्रतिबद्ध हुनुहुन्छ भन्ने विश्वास गर्ने – स्मरणरहोस्, देशघाती बिप्पा सम्झौताका विभिन्न चरणका वार्ता होस् वा अन्य विदेशी परियोजनाका सम्झौता ड्राफ्ट गर्दा यस्तै आप्रवासी भिसा स्वीकार गर्नुभएका उच्च पदस्थहरूलाई अनेकौँ पटक विदेश भ्रमण र विलासी होटलको बास र व्यवस्था हुन्छ । देश बेचेर भोज खान रमाउने हामी कसरी राष्ट्रसेवक भयौँ – नेपाली नागरिकताको प्रमाणपत्रले मात्र नेपाली हुने रहेनछ, नेपाली हुन नेपाली मन, आत्म चाहिन्छ । कर्मचारी भएर मात्र राष्ट्रसेवक हुने होइन रहेछ, राष्ट्रसेवक हुन हामीले राष्ट्रिय हितलाई सर्वोपरि मान्नैपर्ने हुन्छ नत्र धिक्कार छ ! राष्ट्रियताबिनाका राष्ट्रसेवकहरूलाई सबलाई चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]