साइलेण्ट कु र माओवादी – नरेन्द्रजंग पिटर

२०७० फाल्गुन ४ गते, आईतवार


जनयुद्ध थालनीको १९वर्षा प्रवेश गर्यो । समीक्षा अनेकौँ कोणबाट सुरु भए । थालनी, शान्तिवार्ता, जनआन्दोलनसंगको समायोजन, शक्तिहरुका चलखेल, पहिलो आम चुनाउमा पहिलो शक्ति, सरकार नेतृत्व ,पार्टी बीच पैदा भएको असहज परिस्थिति, पार्टीवभाजन, पैदा भएका अराजक गाली संस्कृति र संपन्न चुनाउसम्म आईपुग्दा विभाजित दुवै पार्टी अहिले किन यसो भयो भनेर चिसो दिमागले सोचिरहेका छन् । यो किन, कसरी भयो – त्यसका आधार कसरी तयार हुँदै गए – ,त्यसले के परिणाम दियो – व्रि्रोह, क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनमा यसले पारेको असर र नेपाली समाजमा हस्तक्षेपले दिएको सन्देश.हरेक क्षेत्रमा आग्रहहीन अनिवार्य अध्ययनको आवस्यकता दुवै माओवादीलाई पर्यो । चुनाउमा एमाओवादीको अकल्पनि पराजय, अर्कातर्फविभाजित हुँँदा पनि ड्यास माओवादीमा सोचको कार्यान्वयन हुँन नसक्नु र फेरी त्यहाँ पनि गुटको,स्वत्वको टकराहटले अन्यौलता,अक्रमण्डयता पैदा भए । प्रस्तुत लेख सगोलको माओवादीे एउटा कार्यकर्ताको चिन्ता हो,जो स्वप्निल महासमर यात्री पनि थियो ।
लिखत इतिहासमा भएको पहिलो दास व्रि्रोहका नायक ग्लाडियटर स्पार्टासंग सहयोद्धा डेभिडले सुलीमा टागिँएकै अवस्थामा सोध्दछन्- पिता, हामी कसरी पराजय भयौँ’ भनेर । अर्कातर्फ कुलीन रोमनहरुका मनोरंजनमा काले हप्सी ग्याडिएटर े कति हिच्कामा प्राणपखेरुे उड्छ भनेर कपुवाका सडकमा वाजी लगाईरहेका हुन्थे । तब सुलि चढाइएका ग्ल्ाडियटरहरु घृणाले रोमनहरुलाई थुकिदिन्थे । जव युद्धरत पक्षमा घृणा र प्रेम हुँदैन् तव आपना मान्यताको हकवाला पनि हुँदैनन् । अहिले नेपालका कुलीन र प्रतिगामीहरु खितखिताईरहेका छन् भने माओवादीहरु चिन्तित छन् । अहिले माओवादीमा त्यस्तै भएको छ- यो अनेपेक्षित पराजय कसरी भयो भनेर ।बहिस्कारलेसमग्र आन्दोलनलाई फाईदा भयो कि आन्दोलनको स्पृट रक्षा गरिएर भावी क्रान्तिकारी शक्ति संचय गरियोभनेर । दुवैपक्षमा सोचनिय विषयभनेको त्यसपछाडिका कारण बाहिरमात्र हुँन कि आफैभित्र पनि छन् – यो निर्मम समीक्षाका विषय हुँन् । कतिपय आवेगात्मक भनाई पनि बाहिर आएका छन् भने कयौँ चिन्तत छन् । कोहीभने मर्माहत समेत भएका छन । चिन्तत ती छन् जो शान्तिपर्ूण्ा क्रान्तिको आशा, विश्वास गरेकाहरु,, मर्माहत ती छन् जस्ले माओवादी व्यानरमा सत्तायात्रा गदै राज्यसत्ताको अंशियार हुँन पाइएन वा सिंह दरवारमा स्यालुट खान पाँइने भएन भन्नेहरु ।
वर्गर्सर्ंघष शान्तिपर्ूण्ा होस् या सशस्त्र अत्यन्तै भयानक हुन्छ । जहिले पनि अभिजातहरुको भद्रता कुरुप तरिका र षडयन्त्रमै व्यक्तिन्छ भने जनमतलाई लम्पटमा फेर्ने वा दिग्भ्रमित पारेर आवेगमा ल्याउने कलामय खेल हुन्छन् । त्यस्तै शान्तियुद्धरुपी चुनाउमा भयो । नतिजा स्वभाविक रहेन । यो चुनाउ सनातनी नभई राज्यसत्ताको चरित्र फेर्ने संघार भएकाले पनि बहसले बहुकोणिय माग गर्दछ । रुपमा जे भए पनि यो शान्तियुद्धको साइलेण्ट कु भयो ।
कुको अभ्यास मनोयुद्धको रुपमा लामो समयदेखी चलेको थियो । त्यसको प्रतिरक्षा माओवादीले कति गर्न सक्यो भन्ने प्रश्न फेरी उभिए । क्रान्तिकारीहरुका लागी हरेक प्रतिकूलता चुनौतीमात्र हुँदैन् अवसर पनि लिएर आएको हुन्छ । प्रश्न विरोधीहरुले खेलेनन् भन्ने हैन् त्यसकोलागी कति खालीमैदान एमाओवादी र माओवादी स्वयम्ले दिए भन्ने हो ।
कुरा गरौ इतिहासका । इतिहासको शिक्षा र अनुभव क्रान्तिकारी र प्रतिक्रान्तिकारी सवैले लिनर्ुपर्छ । सरकार फर्ेर्ने चुनाउ निरन्तरता हुँने गर्छन तर सत्ता चरित्रनै हेरफेर गर्ने चुनाउ भने शासकवर्गलाई कहिल्यै पाच्य हुँदैन । सिंहदरवारमा केन्द्रित सत्तालाई संघात्मक रुप दिनै चाहाँदैनन् । उन्नाइसौ सदी मार्क्सको भूतले अभिजातहरु,, आक्रमक पुजिँवादलाई, धर्मभिरु,, शासकवर्ग र संस्कृतिलाई आतंक बनेको थियो भने माक्सिर्य ‘भूतले’ सपनी आतंंकमय हुन्थ्यो । त्यसैलेआपना मत/मतान्तर भूलेर परिवर्तन बिरुद्ध एक हुन्थे । कुरा सत्ताको हुन्थ्यो । साहुजी, पण्डितजी, राजामहाराजा, उनीहरुका आसे/पासे, भरौटेहरुले अस्तित्व रक्षाकालागी एकजुट हुन्थे । लम्पटहरु विवेक बन्धकी राखेर मालिकको जि-हजुरीमा अर्पित हुन्थे । राजदरवारी, तर्कशास्त्री र सौन्दयैशास्त्री परिवर्तनको आतंकीकरण गरेर दोहोलो काढ्दै विवेकशील चिन्तनलाई वोधो बनाउउन ज्ञान,वुद्धि र कला सवै प्रयोग गर्थे । त्यसैलाई ख्याल गरेर इटालियन दार्सनिक र सकृयतावादी एण्टेनियो ग्राम्सकीले हरेक परिवर्तनको टिकाउ र निरन्तरतालागी जैविक वुद्धिजिवीको आवस्यकता औँल्याएको । अझ कम्युनिष्ट व्रि्रोहवाट राज्य सत्ताको केन्द्रमा पुग्दा वर्गविरोधीहरुलाइ पाच्य हुँदैन् । शक्ति सन्तुलन हेरफेरको अवधीमा केहीपछि हटेजस्तो, मथ्थर भएजस्तो हुँन सक्छ । शक्ति संचयको अवधी वर्ग दुश्मनहरु थ्ााकेको,, हारेको, परिवर्तनका अजेण्डा स्वीकारेको जस्तो देखिन सक्छन् । त्यसअवधीमा हजारौ वर्षेखीको सत्ता अभ्यासलाई कलामय भद्र तरिकाले लडिरहेका हुन्छन् ।
व्रि्रोहपश्चात समय र्घकाउदै पहिला व्रि्रोहका राप र ताप मलिन पार्दै सिथिल बनाइन्छ । आशालाई निराशा र आक्रोसमा कसरी फेरिन्छ भनेर ब्रि्रोहीशक्तिका मानविय कमजोरीमा छामिन्छन् । सामजिक परिवर्तनको मर्म, ओजन र सन्देशलाई विभत्सिकरण गरिन्छ् । परिवर्तनका अजेण्डाको मूल चरित्रमाथी धावा बोलिन्छ । विचारभन्दा भावनामा खेलिन्छ । अजेण्डा बहसहीन या विषयान्तर बनाइन्छ वा न्यूनिकरण गरिन्छ । आपसी अविश्वास, भ्रम, र मनोमालिन्य गराएर व्रि्रोही शक्तिलाई विभाजित गरिन्छ । आपसी घृणा बर्ढाईदिदै यदुवंशी तयार गरिन्छ । व्रि्रोही शक्तिलाई आर्दशवाट च्यूत गराएर अजेण्डाको हकदावीको नैतिकपूजी ह्रास गराएपछि जनमतलाई भ्रमित गर्न सजिलो हुन्छ । विभत्स सुन्दरताका गाथा रचिन्छन, छ्रि्रमा खेलिन्छ । कयौँ परिस्थितिमा अहंंकार, घमण्ड, निजी विषय र बजारसंस्कृतिका भूतपर्ूवव्रि्रोहीहरु द्याश बन्दा अथवा आलोचनात्मक चेत निषेध गरिएको नेता कार्यकर्ता भएर खवरदारी गर्ने, सचेत पार्ने र नियन्त्रण गर्ने अंग सिथिल हुँनपुग्दा व्रि्रोहीहरुले नै साइलेण्ट कुका शिर्ष दिन्छन । तब अंंशमा खेलेर समग्रमा प्रहार हुन्छ । भिन्न परिस्थितिमा आएको व्रि्रोही शक्तिका तोडिएका संबन्ध जोडिएपछि वासनाका ग्रन्थी रसाउछन् । जव सामुहिक जीवनबाट निजी चिन्ता, वर्गवाट पारिवारिक माया मोह बढ्छ तब दुश्मनको चाहाना र बजारसस्कृतिको धरापमा फस्न जान्छन व्रि्रोहीहरु । एकातर्फवर्गसिप\mट हुन्छ भने अर्काेतर्फपरिवर्तनलाई सौर्न्दर्यकरण गर्ने वौद्धिकतप्का गुलियो चटानपछि आस र त्रासमा विवेक अर्पित गर्न पुग्छ । शक्तिलाई आलोचनात्मक चेत मन पर्दैन । क्रमशःः व्रि्रोहीचेत निजी सरोकारमा फेरिएर नैतिकपुजी गुमाइरहेको हुन्छ । हिजो जुन विषय, सस्कृतिको विरोधी हुन्छ, फेरिएको अवस्थामा त्यसैको अनुयायी हुँन पुग्छ । त्यो कुरा मिहीनपाराले वर्गदुश्मन नियालिरहेको हुन्छ । तब पनि साइलेण्ट कु असफल भयो र यस्ता एम्बुसबाट व्रि्रोही शक्ति छल्दै उदेस्यमा पुग्न खोजे भने त्यहाँ सैन्य कु हुँने गर्छन । सवभन्दा ठूलो नजिर बनेको दक्षिण अमेरिकी मूलुक निकारागुवाको साण्डानिष्टा आन्दोलनलाई दवाउन अमेरिकी राष्ट्रपति जिमी कार्टरको निर्देशनमा भएको कोण्ट्रा व्रि्रोह र त्यहाको लोकपृय पत्रिका ला प्रेस्तालाई नियाल्न सकिन्छ । सवै प्रतिक्रान्तिकारीहरु सहिद पत्नी भ्वाइलेतो चमारोको नेतृत्वमा भएको एकतालाई हर्ेर्नु पर्ने हुन्छ । इरानगेट काण्ड साइलेण्ट कुको विर्सन नसकिने नजीर हो ।
नेपालमा लामोसमयदेखी साइलेण्ट कुको कलामय अभ्यास भयो । पहिलो आम चुनाउमै संविधानसभाको उपििस्थतिमा समग्र देशको चित्र सनातनी सत्ताको सोचभन्दा बाहिरको भयो । परिवर्तनका पक्षधरको उपस्थिति सहिय भएन । त्यहीवाटै साइलेण्ट कुका अभ्यास सुरु भए । पुरानै तरिकाले नयाँ युद्ध लड्न सकिदैनथ्यो । दुश्मनको नयाँचाल बुभ\mन नसकेको व्रि्रोही शक्ति माओवादी हदैसम्म लचिलो र उदारवादी बन्न पुग्यो । पहिलो काम समय र्घकाउने, सहमतिय राजनीतिक अभ्यासलाई बहुमतिय खेलमा फर्ेर्ने, उदारताका माग भए । संविधान बनाउनेभन्दा सरकार बनाउने र गिराउनेमा राजनीति केन्द्रित गरियो ।
जहाँ वर्गकै शान्तिपर्ूण्ा युद्ध अभ्यास हुन्छन् उदारता घातक हुँन्छ । अहिलेको निकालिएको चुनाउ परिणाम पार्टर्ीीको जित, हार भनेको सामान्य हो तर अग्रगमन यथास्थिति र प्रतिगमन बीचको टकराहट भने भयंकरको हो ।
साइलेण्ट कुका अभ्यासहरु संसारमै उन्नत विधीबाट भएका हुन्छन् । हरेक देशमा भएका व्रि्रोहहरु कोही जनताको असन्तोसको परिणाम र परिवर्तनको योजनावद्ध चहाना हुन्छ भने कतिपय प्रायोजित । सितयुद्धकालमा साइलेण्ट कुका धेरै अभ्यास भए पनि पछिल्लोकालमा इराक, लिविया र सिरिया त्यसका नजीर बने । साइलेण्ट कुलाई व्यवहारिक रुपदिन नसके पछि त्यहाँ सैन्य हश्तक्षेप भयो ।
साइलेण्ट कु कालागी सामुहिक विवेकलाई घृणास्पत उत्तेजनामा ल्याइन्छ । त्यस्तै व्रि्रोही अजेण्डाकै विभस्तिकरण गरेर सामाजिक मनोदशा तयार गरिन्छ । कुनै पनि षडयन्त्र कहाँ पो ढोल पिटेर गरिन्छ र ! व्रि्रोहवाट शान्तियुद्धमा आएको शक्ति स्वयम चनाखो हुँनु, जोगिनु, आन्दोलनलाई धराप छिचोल्दै बढाउनु, त्यस्कोलागी नेता र कार्यकर्तामा नैतिक पुजी र इक्षाशक्ति जोगाउनु अनिवार्य र्सत हुन्छ । वर्गर्सघषका रुप फेरिएका हुँन् भने त्यो त झन निमर्म हुन्छ । हारेको शक्ति आप\ना कमजोरी सुधार्दै विपक्षको कमजोरीलाई हल्लाखल्ला वेगर अवसरको रुपमा लिईरहेको हुन्छ । त्यहाँ प्रविधिक विषयमा मात्र नभई खेलभित्रका झेल हुन्छन् । कहीँ पनि दुश्मनले गोलपोष्ट चुनौतीरहीत छोडिदिएको हुँदैन, त्यसलाई कलामय छिचोल्नु पर्दछ । सपनीको पनि एक्सरे भईरहेको अवस्था र सूचना संचारको त्रि्र विकास भईरहेको समयमा दुश्मनको चाल थाहा नहुँने छुट कसैलाई हुँदैन । कहाँ पो परिणामपछाडि भनेर तालिका फर्ेन सक्छ – त्यो त शिक्षा बन्न मात्र सक्छ् । त्यसैले दुवै माओवादी लगायत राज्यसत्ताको रुप र चरित्र नै फर्ेर्ने अभियानमा लाग्ने पार्टीले समस्या वाहिर कति हो – भित्र कति हो – भनेर निर्मम समीक्षा गर्दै भावी कार्यनिित तय गर्नु पर्ने हुन्छ ।
अगग्रमणका अजेण्डा भएर मात्र पुग्दैन् जनताकै भाषा र लयमा त्यो कति बुझाउन सकियो र त्यसलाइ कति निष्टापर्ूवक आत्मासात गरियो, राजनीतिलाई समाजिकीकरण कति गर्न सकियो, त्यसका प्रतिकृयामा बढाइन्ो तर्क र अभियान प्रति कति चासो रहे – त्यसलाई छिमोल्न के, कस्ता उपाय रचिए भन्ने कुरा साइलेण्ट कुबारे चर्चागर्दा ध्यान दिनुपर्ने हुन्छ । विचार माथी सुविधाको सिद्धान्तको व्याख्या कम्युनिष्टहरुले गर्दै गएका त कतै हैनन् – वर्गर्सघष यदि कम्युनिष्टको राजनीतिक आत्मा हो भने त्यसको स्वामित्व कसरी लिने – वर्गर्सर्ंघषको मातहत कसरी वर्ण्र्ाार्घषलाई तालमेल दिने र आफैले पैदा गरेका अजेण्डाको विभत्सिकरण गरेर हुँने साइलेण्ट कुलाई चिर्न कुन उपाय रच्ने – । आग्रह, कुण्ठा र प्रतिकृया परिवर्तनवादीमा छुत रोग नै लाग्यो भने आधारलाई विर्सने रुपमा रमाउनेका कारण कतै दुश्मनले मौन आक्रमणको छ्रि्र त पाएन – समस्यालाई समाधान गर्न र सही उपचार खोज्न समस्या अन्यन्त्रमात्र र्घकाएर हैन् स्वयम् आफैले पैदा गरेका समस्याले त कतै साइलेण्ट कुको वातावरण तयार गरेन भन्ने निमर्मम आत्मसमीक्षा गर्नुपर्छ । आवेग हैन् विवेक पर्दशन गर्दै चुनौती सामना गर्न तयार हुँनु पर्दछ । र्समर्थन गरेको जनमतको कदर गरिदै भ्रमित जनमतलाई विश्वासमा लिनुपर्दछ कहिल्यै पनि दुश्मनबाट सकरात्मक अपेक्षा गरिनु हुन्ँन । सचेत र सजग रहदै अग्रगमन पक्षधरसंग आग्रहहीन सहकार्य समयको माग हो । तबमात्र यस्ता साइलेण्ट कु चिर्न सकिने छ ।


प्रतिक्रियाहरु

[anycomment]