बाम आन्दोलनले मागेका बहस – नरेन्द्रजंग पिटर
नेपालमा गंभीरखाले बहसको थालनी र सञ्चालन प्रायःजसो यनजियोहरूले नै गर्ने गर्दछन् । ती बहसमा दाताको प्रतक्ष वा परोक्ष हित र सरोकारसंग जोडिएको हुन्छ् । अहिले नेपालमा एउटा यनजियोचालित समाज नै बनिसकेको छ । त्यो विकासे बौद्धिक तप्काले राष्ट्र र युगको समस्याको चुनौती, पहिचान, निराकरणका उपाय त्यहीँ खोज्ने गर्छन् । त्यस्ता बहसमा र्सार्वजनिक सरोकारका विषयलाई हित अनुकुल जनमत तयार गर्ने कोसिस् हुन्छन् । उथलपुथलको समयमा सामाजिक अनुसन्धान कर्ता र राजनीतिको प्रयोगशाला बन्दै गएको भूराजनीतिक संवेदनशील मुलुक नेपालमा हुँने बहसमा अनेकौँ अदृस्य पक्ष हावी भईरहेको हुन्छ् । त्यस्ता लोकपृय आवरण र सक्रियताको प्रभावबाट नेपाली राजननीति अछुतो छैन् । अहिले संघीयता, जातिय पहिचान, धर्म निरपेक्षता, विकासका मोडल, मानवअधिकार लगायतका प्रायःजसो मुद्धामा को, कस्को, कस्तो चासो छ र त्यसको अन्तरनिहित पक्ष के, कस्तो छ – ती बहस कति हाम्रा आवस्यकताका हुँन – कति दाताको चासो र सामाजिक प्रयोगशालामा भईरहेका हुन्छन् त्यसभित्रका कुराहरू खुट्याउने काम भने भएको छैन् ।
नेपालको ठूलो जनमत बामपन्थी छ र परिवर्तनलाई आत्मसात गर्ने गर्छ । शान्तिपूण् वा शसस्त्र होस् कम्युनिष्ट आन्दोलन प्रति सरोकार राख्छ र सहभागी भएको छ । विघटित संसदमा पनि ६२ प्रतिशसत उपस्थित भएको र जनयुद्ध र शान्तियुद्ध विर्मशको केन्द्रमा रहेको कम्युनिष्ट आन्दोलनको विविध पाटो र पक्षमा चल्ने यस्ता बहसले समकालिन नेपाली समाज, राजनीति र आन्दोलनमा सरोकार राख्छ नै । अहिले बाम आन्दोलन स्वयमा कति बाम आन्दोलन बनेर २१सौ सदीका चुनौती झेल्न सफल भएको छ – प्रश्न उठिरहेका छन । झण्डा र नाम हर्टाईदिने हो भने संगठन, कार्यक्रम, कार्यशैली, सांस्कृतिक आचरण पहिचान, सिद्धान्तको अभ्यासले दक्षिणपन्थ र वामपन्थबीचको सिमाना छुट्याउन गाह्रो पर्दछ । भिन्नता र जिज्ञाशाको सहज उत्तर पाँउन सकिदैन् । कम्युनिष्ट पार्टीीान्दोलन बन्ने भाईव्रेट कति ल्याउनु सकेको छ – पार्टीीान्दोलन बन्ने भाईव्रेटकति ल्याउनु सकेको छ- उत्तरमा निराशा देखिन्छ ।
केही प्रश्नले बामपन्थीहरूस“ग उत्तर खोजिरहेको छ
१) नेपाल समाजको बनोटमा आएको फेरवदलका रूप र गुणहरू, उत्पादनका साधन, स्रोत र स्वामित्वमा आएको फेरवदलको अवस्था के हो –
२) अहिलेको आन्दोलनमा वर्ग र्सघष प्रमुख हो कि ! पहिचान र्सर्घष ! अहिले वर्ग र्सर्ंघष कहाँ छ र वर्ग र्सघषको हिरावल दस्ता कुन हो –
३) आन्दोलनको चरण र चरित्र के कसो हुँने –
४) पार्टीीत्रको मार्क्सवादी सांगठानिक अवस्था के हुँने अथवा कुनैपनि कमिटी नीति निर्माता र निर्ण्र्ा्रतिको स्वामित्व पनि लिने हुँनु पर्ने कि एकाध व्यक्तिको निर्ण्रााई कार्यन्वयनको औजारमात्र संगठन बन्ने ! पार्टीीत्र आलोचनात्मक चेतको सुरक्षा कसरी गर्ने –
५) हरेक पार्टी नीति विधी, कार्यक्रम अनुसारको संगठात्मक संरचना तयार भएका हुन्छन् र सोही अनुसारको पार्टींस्कृति पनि हुन्छ । यदी त्यसो हो भने माओवादी पार्टीीन्ने माओवादी सस्कृति, सोच र अभ्यास कहाँ र कसरी भईरहेको छ त !
६) हेटौडा माहाधिवेशनले कम्युनिष्ट पार्टी पराजयको कारणमा आन्तरिक जनवादको उपेक्षा र हरेक निर्ण्राा सहभागिताको अभाव र स्वामित्व लिनु नपर्ने कार्यन्वयन कर्ता मात्र बने हुने भन्ने थियो । के त्यसकोलागी आलोचनात्मक चेतलाई सहृय भयो ! योग्यताको कसी केलाई मापदण्ड बनाईयो र कस्तो संगठन निमार्ण्र्ा कस्तो सामाजिक, राजनीतिक आचरणको अपेक्षा भयो त – राजनीतिक आन्दोलनसंगै आर्थिक विकास भएन भने आन्दोलनको उपलब्धी र आन्दोलनले जगाएको महत्वकांक्षा जोगाउन सकिदैन भन्ने थियो । के त्यसको शैद्धान्तिक विवेचन र व्यबहारिक कार्यन्वयनको इक्षाशक्तिको नैतिक पुजी र आर्दश समेटेको नेतृत्वको नियुक्त हुँन सक्यो
७) किन नेपाली कम्युनिष्ट पार्टी सम्राज्यवादी खेलको खुलेर विरोध किन गर्दैनन् – विश्व वैक, अन्तराष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठनले पारेको कूप्रभाव, उदारवाद, निजिकरण र वैव्किरणको खुला विरोधमा किन उत्रन नसक्दैनन् – सम्राज्यवादको खुला हस्तक्षेप र युद्धको विरोधमा किन मुख खोल्न सक्दैनन् ?
८) के हो अन्तराष्टिय र्सवहारावाद – दुनियामा चलेका जनपक्षधर र बामआन्दोलनको किन आफूलाई र्समर्थक बनाउन सक्दैनन् –
९) मार्क्ससम्म पुग्ने अनेकौँ बाटाहरू छन, अभ्यास भएका छन । जवसम्म पुजी,प्रविधी र प्रभुवर्गको घादमेलले आम मानिसमाथी रजाँइ हुँनेछ, तबसम्म मार्क्सवाद सान्दभिक र मानवमुक्तिको निकास हो । अहिले त्यो २१वासदीको चुनौती र सवांभना केकस्ता छन –
१०) अझ माओवादी पार्टीीन्न माओले अघी सारेका सिद्धान्तहरू क्ति आत्मासात गरिएका छन् – क्रान्तिपछि पनि वर्गवैरीहरू रातोझण्डा उठाँउदै नवसंसोधनवादी बनेर सत्ताकब्जा गर्ने खतरा रहिरहनछ । त्यसलाई रोक्न सास्कृतिक क्रान्तिले मात्र रोक्न सक्छ भन्ने मान्यता हो । अहिलेको चिनिया नेतृत्व अर्थराजनीतिले चालित राज्यव्यबस्था हो । जव माओवादी पार्टी भाईचारा संबन्ध हुन्छ तब उसकोवैचारिक दिशा निर्देश केलेगरेको हुन्छ – यो प्रश्न कुटनीतिक नभई सैद्धान्तिक हो ।
हामीसंग असरल्ल प्रश्नहरू तेर्सिएका छन् । त्यसको उत्तर नदिईकन हामीसंग कम्युनिष्ट बन्ने नैतिक पुँजी र अधिकार रहने छैन् । ती प्रश्नहरू सिद्धान्त,राजनीति, संस्कृति र आचरण, कार्यनीति, कार्यशैली र संगठनको हरेक क्षेत्रमा संसयपैदा गरेको छ र उत्तर खोजिरहेको छ, बहस निम्त्याईरहेको छ ।