प्रसंगः राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको – युवराज सफल

२०७० फाल्गुन २४ गते, शनिबार


पृष्ठभूमि
बेला बेलामा नेपाली राजनीतिक परिदृश्यको घट्ना एवम् विभिन्न परिघटनाहरुमा राष्ट्रिय स्वाधिनताको बहश निकै संगीन तथा पेचिलो रुपमा उठ्ने गरेको छ । राष्ट्रिय स्वाधिनता जस्तो संवेदनशील मूद्वालाई आज नेपाली राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता र आम नेपाली जनता , नागरिक समाज , बुद्विजिवी लगायतले सिरियस रुपमा लिएको पाइदैँन । विभिन्न राजनीतिक गुट तथा उप गुटमा विभाजित शक्तिको व्यवहार ,सिद्वान्त र तिकडम बाजीको कारणले राष्ट्रियताको मुद्वा कमजोर बन्ने गरेको छ । राष्ट्र ,राष्ट्रियता र जनताको प्रत्यक्ष भाग्य भविष्य र अस्तित्वमाथि सरोकार राख्ने राष्ट्रिय स्वाधिनताको मुद्वालाई क्षणिक विषय वस्तु र चिन्तनको रुपमा लिने प्रवृत्तिले पनि आजको समयमा राष्ट्रियताको मुद्वा इतिहासमै कमजोर भएको छ । देशको प्रतिष्ठा ,मान ,सम्मान र स्वाभिमानसँग सरोकार राख्ने राष्ट्रिय स्वाधिनताको मुद्वालाई व्यवहारिक ,समय सापेक्ष र दुर दृष्टिकासाथ अगाडि बढाउन नेपाली राजनीतिक दलहरु चुकेको छन् । कुनै पनि क्षाणिक र नितान्त निजी स्वार्थलाई प्राथमिकतामा राखि अल्पकालीन रुपमा राष्ट्रियताको मुद्वा उठाउनु नै नेपाली राजनीतिक पार्टीको प्रमुख भूल हो । त्यस्तै राष्ट्र र जनताको सुरक्षा गर्ने एवम् देश संचालन गर्ने सरकारले पनि राष्ट्रिय स्वाधिनताको पक्षमा स्पष्ट नीति तथा कार्यक्रम नबनाउनु अर्को विडम्बना एवम् महाभूल हो । अन्तर्रराट्रय मूलुकहरु आफ्नो देशको राष्ट्रिय स्वाधिनता तथा राष्ट्रियताको रक्षा गर्न विदेश नीति बनाउछन् तर हाम्रो देशमा भाषण ,विज्ञप्ती र असन्तुष्टिको भरमा विदेश नीति तय हुने गरेको छ । राष्ट्रिय स्वाधिनताको रक्षा गर्न स्पष्ट नीति बनाउन न सरकार न नागरिक समाज न त विदेश नीतिका महामहिम भनाउदाहरुले पहल गरेका छन् । विदेश नीति तय गर्न विभिन्न होटल तथा तारे होटलहरुमा सेमिनार चले होलान् लाखौँ करोडौँ पैसा झ्वाम भएको होला , विभिन्न समिति तथा निकाय बनेको होलान् तर पनि आजसम्म राष्ट्रिय स्वाधिनताको रक्षा गर्न कसैले पनि चासो नदिएको देख्दा देश दुनियाँले चकित खाएको छ । यत्रो समस्या आउँदा पनि हामी बर्षौँदेखि हचुवाको भरमा विदेश सम्बन्ध कायम गर्न तथा सोही अनुसारको कार्य गर्न वाध्य भएका छौँ । राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने खालका दर्ीघकालीन कार्यक्रम तय गर्न हामी पछाडि परेका कारण पटक पटक यस बारेमा बहश हुँदै सेलाउदैँ आएको छ अत राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने खालका नीति बनाउनु र युग सुहाउँदो आपसी हित र लाभको आधारमा सम्मानजनक विदेश सम्बन्ध स्थापित गर्नु नेपाल र नेपालीको हितमा भएको कुरालाई कसैले नकार्न सक्दैन ।
राष्ट्रिय स्वाधिनताको अर्थ
आजको परिवेशमा राष्ट्रिय स्वाधिनताको अर्थको बारेमा बहश आरम्भ भएको छ । राष्ट्रिय स्वाधिनताको अर्थलाई व्यापक एवम् पराकिलो रुपमा लिन नसक्दा हामीले पाइलै पिच्छे ठक्कर खाई रहेका छौँ । कुनै पनि देश कुनै पनि शक्तिको इसारामा नचल्नु , सबै रुपमा आफैँ सक्षम सवल र समृद्व हुनु नै राष्ट्रिय स्वाधिनता हो । अथवा कुनै पनि देश आफैँ सक्षम , सवल ,आत्मनिर्भर हुनु तथा आफ्नै बल वुतोमामा बाँच्नु एवम् आफ्नै खुट्टामा उभिई स्वाभिमान पूवक जिउन पाउनु नै राष्ट्रिय स्वाधिनता हो । त्यस्तै कुनै विदेशी शक्तिको दवाव , हस्तक्षेप र उसको अनेक थिचोमिचोबाट मूक्त भई स्वतन्त्र भई बाँच्नु नै राष्ट्रिय स्वाधिनता हो । परनिर्भरता नभई आफैँ गतिशील एवम् विकासशील हुनु नै राष्ट्रिय स्वाधिनता हो ।
राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियता कमजोर हुनुको कारण
विभिन्न कारणले हाम्रो देशको राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियता कमजोर भएको छ । मूलभूत रुपमा हाम्रो राष्ट्रियता कमजोर हुनुको कारण निम्न छन्ः
क.आन्तरिक कारणः
सबैभन्दा पहिलो कारण भनेको आन्तिरक कारण हो । किनकी हामी आफ्नो थैलिको मुख राम्ररी बन्द गर्न सक्दैनौँ त्यसै अर्कालाई चोर लगाउछौँ । जिम्मेवार ठाउँमा बसेका हामी आफ्नो दायित्व र्,कर्तव्य र मर्यदालाई समेत भुलेर पर्राई सामू लम्पसार पछौँ । जस्तो भर्खर प्रधानमन्त्रीको कुर्सी आसिन भएका काँग्रेस सभापति शुशिल कोइरालाले टकनपुर गिरिजाप्रसादले बेचेको भन्नु गल्ती हो टनकपुर भारतकै हो भन्ने राष्ट्रघाती गैरजिम्मेवारपूण्ा अभिव्यक्ति दिए । विशेषत भारतकै कारण मन्त्रिपरिषद्लाई विस्तार गर्न नसकेका तथा भारतको दवावलाई सुरुमा मान्दिन भन्ने कोइरालाले अचानक गृहमन्त्रालय एमालेलाई र भारतले नरुचाएको भनिएका वामदेव गौतमलाई गृहमन्त्री बनाउनु र सरकार विस्तार गर्नु , विमिस्टेक बैठकको पूव सन्ध्यामा भारतलाई खुसी पार्ने गरी टनकपुर बारे विवादास्पद अभिव्यक्ति दिनु ,विमिस्टेकमा उत्साहपूण् कुरा गर्नु कदापि संयोग मात्र हुन सक्दैन । भारत विरोधी भनेर चिनिएका र चिनाउन चाँहने कोइरालाले भारतकै कारण मन्त्रिपरिषद्लाई पूण्ाता दिन सकेनन् त्यस कारण नियोजित रुपमा भारतलाई खुसी पार्न प्रधानमन्त्री कोइरालाले टनकपुर भारतको भूमि हो भनेका हुन् ।
त्यस्तै विशेषत छिमेकी मुलुकबाट विभिन्न स्वार्थ र आश्वासन लिएर नेपाल आउने विदेशी कुटनितिज्ञहरुलाई आवश्यकताभन्दा बढी स्थान दिनु तथा मानमर्दन गर्नु पनि राष्ट्रिय स्वाधिनता र राष्ट्रियता कमजोर हुनुको प्रमूख कारण हो । त्यस्तै आवश्यकता भन्दा बढी महत्व दिनु ,भन्न साथ आफ्नो हैसियत र मर्यदालाई तिलाञ्जली दिएर भेटघाट गर्नु ,अनावश्यक सुझाव ,सल्लाह र परामर्श गर्नु , आफू केही नगरी विदेशी सहयोगमा रमाई पटक पटक भिखारी बनी सहयोगको लागि लम्पसार परी हात जोड्नु हाम्रो कमजोरी हो । विकास र उन्नतिमा सिन्को नभाँची अरुलाई गाली गर्ने र उत्तेजित पार्ने पनि हामी नेपाली नेता तथा जनताको गल्ती हो । आफ्नो देशलाई चाहिने विभिन्न चिज बस्तुहरुको उत्पादन गर्न नसक्नु कामभन्दा कुरा धेरै गर्नु हाम्र्रो कमजोरी हो । तर पनि हामी आफ्नो कमजोरीलाई ढाकछेप गर्न अनेक प्रपञ्च रच्छौँ । सत्ता र शक्तिको लागि असत्यलाई पनि सत्य सोच्छौँ । असमानलाई पनि समान ठान्छौँ । अव्यवहारिकलाई पनि व्यवहारिक ठान्छौँ । आफ्नो कुर्सीोगाउन आफ्नो देशलाई अरुकै हो सम्म भन्न पछि पर्दैनौँ । यस्तै दर्जनौँ कारणहरुको कारण आन्तरिक रुपमा हाम्रो देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्वा कमजोर बन्ने गरेको छ । अझ भयानक र दुःख लाग्ने कुरा यो होकी आफ्नै देशको पानी खाई ,आफ्नै देशको माटोमा बसी ,आफ्नै देशको अन्न खाई पर्राईको गुनगान गाउनु र उसकै इसारामा राजनीति गर्नु र उसैको स्वार्थ पूरा गराउन बलीको बोका बन्नु झन अर्को हाम्रो कमजोरी हो ।
ख. बाह्य कारण
हाम्रो देशको राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियता कमजोर हुनुको कारण भनेको बाह्य कारण हो । बाह्य कारण अर्न्तर्गत स्वाधिन राष्ट्रमा आई यसो गर उसो गर भन्नु , अनावश्यक रुपमा अनेक अनेक एजेण्ड घुसाउदै कुनै न कुनै रुपमा नेपाली राजनीतिक पार्टीलाई यो वा त्यो बहानामा लडाउनु भिडाउन खोज्नु नै बाह्य कारण हो । अझ सिमा अतिक्रमण गर्नु , सिमामा आतंकपूण्ा र भययूक्त वातावरणको सिर्जना गर्नु जस्ता दृश्य अदृश्य कारणले गर्दा पनि हाम्रो देशको राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियताको मुद्वा फितलो बन्दै गएको छ । नेपाललाई विभिन्न इसुहरु संघीयता र्,धर्म निरपेक्षता , शासकीय व्यवस्था ,कानुन निर्माण ,विकास निर्माण कार्य ,प्रधानमन्त्री देखि मन्त्री चयन लगायत अन्य विविध विषयमा समेत प्रत्यक्ष निर्देशन दिनु तथा सोही अनुसारको चरित्र देखाउनु र छिमेकी राष्ट्रमाथि गर्न पर्ने भूमिकालाई निश्पक्ष , स्वतन्त्रता र सम्मान पूवक ढंगले अगाडि बढाउन नसक्नु पनि बाह्य हस्तक्षेपको कारण हो । नेपाललाई अन्तर्रर्ााट्रय रुपमा अपराध र विकृति विसंगतिको ट्रान्जिट प्वाइन्ट बनाई विभिन्न प्रवृत्ति र घटना घट्ने क्रिडास्थल बनाउन चाहँने शक्तिको कारणले पनि नेपालमाथि बाह्य हस्तक्षेप बढेको छ ।
राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियताको रक्षा गर्ने उपाय
हाम्रो देश नेपाल हो र हामी यो देशको नागरिक हौँ । तर्सथ राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा गर्नु प्रत्येक नेपालीको साझा दायित्व हो । अतः राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियताको रक्षा गर्न निम्न उपायहरु अवलम्बन गर्न सक्छौँ ।
क. हामी नेपलीमा आफ्नो देशप्रतिको राष्ट्रियता नै छैन । हामी दुनियाँको अगाडि राष्ट्रियताको ओठे भ त्तिm देखाउछौँ र व्यवहारमा भने तिनै विदेशी शक्तिसँग लम्पसार पछौँ । अत हामीले आफ्नो भनाई र गर्राई वीचको तालमेल मिलाउन सक्नु पर्दछ ।
ख. हामीमा राष्ट्रियताको भावना नै नभएको हो वा हामीले त्यो भावनालाई उचित तवरले देखाउन नसकेको हो त्यो कुरामाथि गम्भीर विचार विमर्श ,छलफ र चिन्तन मनन् गरी देशको राष्ट्रियता जोगाउने काममा लागि पर्नु राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियता जोगाउने अर्को कारण हुन सक्छ ।
ग. हरेक समस्यालाई आफैँ समाधान गर्ने प्रवृत्तिको विकास गर्न तथा सबै कुरामा अर्काको भर पर्ने अबस्थाको अन्त्य गरी आफैँ स्वालम्वी ,आत्मनिर्भर , विकासशिल , सक्षम र सबल बन्ने कोसिस गर्नु र सोही अनुसारको कार्यक्रम तय गर्नुु राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा गर्नु अर्को उपाय हुन सक्छ ।
घ. त्यस्तै विदेशी कुटनीतिज्ञहरुलाई निश्चित नियम र परिधिभित्र राखि उनीहरुलाई मर्यदा ,हैसियत अनुसारको मानसम्मान दिई एउटा व्यवहारिक कुटनीतिक सम्बन्धको स्थापना गर्नु पनि अर्को राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा गर्ने उपाय हो ।
ङ. त्यस्तै हामीले हाम्रा नागरिक माथि राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको विषयमा प्रशिक्षण दिन तथा शिक्षा दिन भूलेका छौँ । अझ भनौँ सैदान्तिक र व्यवहारिक रुपमा उनीहरुको मनभित्र राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको भावना विकास गराउन सकेका छैनौँ । अत हामीले देशका प्रत्येक नागरिकलाई राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको भावना विकास गराउन सकेको खण्डमा हाम्रो देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा हुन सक्दछ ।
च. हरेक उपाय लगाएर आफ्नो देशलाई विकसित ,समृद्व र उन्नत बनाएको खण्डमा हामी कसैँसँग झुक्न पर्ने छैन फलस्वरुप हामी सानपर्ूवक बाँच्न सक्छौँ । तर्सथ हामी आफ्नो देशलाई माया गरी आफ्नो देशको प्रत्येक समस्याको समाधान आफैँले समाधान गरी सक्षम भएको खण्डमा मात्र हाम्रो देशको राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा हुन सक्दछ ।
अन्त्यमा नेपाललाई समृद्व बनाउनको लागि मूख्य भूमिका नेपालीकै हो । यसकारण आफ्नो गल्ती कमि र कमजोरीलाई आत्मसाथ गर्दै एक्काइसौँ शताव्दीमा नेपाललाई पनि अरु विकसित मूलुकको दाँजोमा पुर्याउन सकिन्छ त्यसको लागि दृढ इच्छा शक्ति ,दृढ संकल्प ,वैज्ञानिक रणनीति ,व्यवहारिक कार्यनीति र यथार्थ व्यवहारको जरुरत पर्दछ यति गर्न सक्यौँ भने हामी विदेशी हस्तक्षेप र अन्य पीडाबाट आक्रान्त हुन पर्थेन कि – यो कुरालाई सबैले मनन् गरौँ । आफ्नो देशको माटोको रक्षा गरौँ । सबै नेपाली हातमा हात र काँधमा काँध मिलाई राष्ट्र निर्माणमा जुट्ने संकल्प गरौँ र आजैको मिति देखि राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको रक्षा गर्ने कसम खाँउ र सोही अनुसार अगाडि बढौँ ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका केन्द्र्रीय अध्यक्ष हुन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु