‘तीनदलीय सिन्डिकेट’ संबिधान निर्माणको बाधक – राजेन्द्र चिमौरिया

२०७० चैत्र १६ गते, आईतवार

संविधानसभाको प्रत्यक्षतर्फो निर्वाचन भएको चार महिना नाघिसकेको छ । तर, पनि संविधानसभाले पूणता पाउन सकेको छैन । यसबीचमा सरकार निर्माणलगायत संविधानसभाको औपचारिक बैठकहरुसमेत सुरु भइसकेको छ । देश र जनताको चाहनाविपरीत जबर्जस्ती संविधानसभाको चुनाव लाद्ने काँग्रेस, एमाले र एमाओवादीको आपसी भागवण्डा नमिल्दा संविधानसभाले पूण्ता पाउन सकेको छैन । यी तीन दलको राजनीतिक एकाधिकार र बाँडीचुँडी देश लुट्ने प्रपञ्चस्वरुप नै यस्तो परिस्थिति आइपरेको छ । नेकपा-माओवादीलगायत परिवर्तनकामी शक्तिहरु यो संविधानसभा खारेज गरी राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्छ भन्दै एकजुट हुँदै आन्दोलनको तयारीमा जुटेका छन् । तर, नेपाली काँग्रेस, एमाले र एमाओवादी यही संविधानसभालाई भजाएर आफ्नो दलगत स्वार्थपूर्तिका लागि मरिहत्ते गरिरहेका छन् । विगतमा पनि यी तीन दलको राजनीतिक एकाधिकारकै कारण संविधानसभा आफ्नो कार्य फत्ते नगरी बीचमै तुहिन पुगेको थियो । नेपाली काँग्रेस, एमाले र एमाओवादीको भागवण्डाको राजनीतिले मुलुक बन्धक बन्न पुगेको छ । त्यसैले यी तीन दलको राजनीतिक एकाधिकार नतोडेसम्म देश अग्रगमनतर्फबढ्न सक्ने छैन र नेपाली जनताले चाहेको शान्ति र संविधान पाउन सक्ने छैनन् । तर्सथ, अब संविधानसभा भित्र र संविधानसभा बाहिर रहेका सबै दल र शक्तिहरु यी तीन दलको राजनीतिक एकाधिकारको अन्त्य गर्न एकजुट भएर आन्दोलनमा उत्रनुको विकल्प छैन । देश र जनता यी तीन दलको बन्धक बन्न चाहँदैनन् । तर्सथ, देश र जनता, शान्ति र संविधानका लागि यी तीन दलको राजनीतिक एकाधिकार तोड्नैपर्छ । त्यसका लागि संविधानसभा भित्रका र बाहिर रहेका सबै शक्ति र दलहरु एकजुट हुनुपर्छ । अनि मात्र देशले निकास पाउँछ, जनताले शान्ति र संविधान पाउँछन् । देश र जनतालाई यस संकटबाट मुक्त गराउन आन्दोलनबाहेक अर्को विकल्प छैन । तर्सथ, देश र जनताको मुक्तिका लागि लड्ने सबै दल र शक्तिहरु एकजुट होऊ, आन्दोलनको उद्घोष गर, देश र जनतालाई मुक्त गराउन अन्तिम र निर्णायक आन्दोलनको थालनी गर, अहिलेको आवश्यकता, समयको माग र जनचाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु