खोइ राष्ट्रियता प्रतिको जागरण ? – छत्र मैनाली

२०७० चैत्र २२ गते, शनिबार


हिन्दु एवं बौद्ध धर्मावलम्बीहरूको पवित्र तिर्थस्थल बौधनाथ पशुपतिनाथ, गोरखनाथ, स्वयम्भु, मनकामना, गोरखकाली लगायत मुलुकभर बिभिन्न धर्ममा आस्था राख्ने बर्गको शक्ति पीठहरू रहेका छन् । ति सबै मठ मन्दिर, देवालय, शक्ति पिठहरूमा हरेक दिन, तिथि, घडी, पला, बार अनुसार पुजापाठ, पर््रार्थना, होम होमादी हुने गर्दछ । यो एक नियमित प्रक्रिया अर्न्तर्गत हुने दैनिक कार्यतालिका हो । यसैगरी हरेक मुलुकमा सातामा कम्तिमा १ देखि २ दिन र्सार्वजनिक बिदा दिने चलन छ । यसका अलावा बर्षरि निर्धारण गरिएका अन्य राष्ट्रिय बिदा समेत पर्ने गर्दछ । जसको कारण छुट्टी मनाउने, पर्वमनाउने अभियानकै रुपमा चल्ने गर्दछ । मुलुकको शासन सत्ता सञ्चालनको निम्ति निश्चित समयको मापदण्ड तोकिएको हुन्छ । यहि कार्यपालिका अनुसार राज्यको नियमित काम काज सञ्चालन हुने गर्दछ । यो प्रसङ्ग जोड्नुको कारण- राष्ट्रियताको सवालमा राज्यले निश्चित समय निर्धारण गरेर मुलुकभर र्सार्वजनिक अभियानलाई स्थापित गराउन सके दर्ुइ बिशाल छिमेकी मुलुकको बिचमा अबस्थित हाम्रो मुलुकलाई दिर्घकालिन फाइदा पुग्दछ । बिशेष गरेर दक्षिण छिमेकी मुलुक भारतसँग रोटि र बेटीको सम्बन्ध छ भनिए पनि लामो समय देखि सिमा समस्या, पुराना सन्धि र्सप आदि समस्या बाधक बन्दै आएको छ ।
नेपाल भारत बीचको खुल्ला सिमालाई ब्यबस्थित र नियमित बनाउने बिषयमा धेरै पहिले देखि आवाज उठ्दै आएपनि भारतको कट्टर बिरोध गरे जस्तो गरेर सत्तामा पुगेको एकीकृत नेकपा माओबादी पार्टी शिर्षहका नेताले आफ्नो असलियत देखाइसकेका छन् भने अन्य पात्रबाट आशा गरि हाल्नु हतारो हुनेछ । नेपाली सञ्चारमध्यममा आएको समाचारलाई मात्रै आधार मान्ने हो भने भारतीय पक्षबाट नेपालको धेरै स्थानमा सीमा मिचिएको छ । अन्तर्रााट्रय सीमा सम्बन्धि नियम कानुन बिपरित दसगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरेर अन्तर्रराट्रय सीमा सम्बन्धि नियम कानुनको धज्जी उडाएको खवर र्सार्वजनिक हुने गर्दट्छ । सीमा स्तम्भ, जंगे पिलर रातारात गायब हुन्छन । सीमा सुरक्षामा खटिएका सुरक्षा कर्मी र नेपाल सरकार भदौमा आँखो फुटेको गोरु जस्तो बनेर तमासा हेरिरहन्छ । सरोकारवाला निकायले ध्यान नदिएपछि र्सवसाधारण जनताले जत्तिनै आवाज उठाए पनि बिस्तारै सेलाएर जाने हुँदा सिमा सम्बन्धि समस्या निरन्तर रहिआएको छ । इतिहासमा नेपालको राष्ट्रियता यति कमजोर बन्नुमा राजनीतिक कारण प्रमुख हो । राजनीतिले राष्ट्र, राष्ट्रियता, समाजलाई सवल सक्षम बनाउदै राष्ट्रको समग्र बिकाश पथमा लम्किनु पर्नेमा यहाँ बुद्धिजीवी हुँ भन्नेहरू मुलुकलाई कसरी बिखन्डन पार्नेमा चिन्तित छन् । जातीय, क्षेत्रीय राजनीतिको फोहोरमा चुलुम्म डुबेर आफ्नो हैसियतलाई क्षणभरमै भुल्न सक्दा रहेछन भन्ने मधेशको नाममा राजनीति गर्ने प्राणीहरूको महानबाणी सुने मात्र पुग्दछ । आफूलाई ठुलै विश्लेषक हुँ भन्ने दावी गर्न सिके लाललाई मधेसमा मधेशीको कुनै सम्मान भएन रे ! कुकुरको सम्मान छ रे तर मधेशीको छैन रे ! कुकुर भन्दा मुन्तिर पारेर मधेशीको मुल्यांकन गरेका छन् । सुन्दा पनि आर्श्चर्य लाग्ने शब्द ! म स्वयं मधेसमा बसोबास गर्छ । हाम्रो मधेशसँगको सम्बन्ध आज भन्दा ८० वर्षगाडी देखिको हो । हाम्रा छिमेकमा मधेश मुलका, पहाड मुलका, सबै जात जातिको बसोबास रहेको छ । महतो, तेली, शाह, तात्मा, डोम, पासवान, राय, कोइरी, यादव, अग्रवाल, गुप्ता, झा, मण्डल, ठाकुर, खड्का, मैनाली, प्रर्साई, कंडेल, उप्रेती, थापा, भण्डारी, बुढाथोकी, कार्की, काफ्ले, कोइराला, गुरुङ्ग, खपांगी, मोक्तान, माझी, बिश्वकर्मा, देवकोटा, तिवारी, घले आदि जातजातिको बसोबास रहेको छ । हामी विगतदेखि वर्तमानसम्म त्यो समाजसँग परिचित छौं । आज समस्या छ भने असली मधेशीको होइन, मधेशी बन्न पसेका गैर मधेशीहरूको हो ! रोटि र बेटी को सम्बन्धको उपज हुन सक्छ, खुल्ला सिमानाको दुरुपयोग हुन सक्छ । के पीडित मधेशमा मात्रै छन् – मुलुकको हरेक कुना काप्चामा पीडित हुन सक्छन । के सिके लालको चस्माले कहिले अनुसन्धान गरेको छ – सबैलाई एउटा नजरले हर्ेर्ने विश्लेषकलाई भविष्यमा समाजले कसरी कुन रुपमा लिने – खै तिनीहरूले कहिले पनि मधेसमा हाम्रो मान मर्दन भयो, हाम्रो सम्मान भएन, हामीलाई राज्यले हेप्यो, हामीलाई पहाडीले हेप्यो, हामी पीडित बन्नु पर्यो, हाम्रो भन्दा कुकुरको सम्मान छ ! हाम्रो अपमान भयो भन्दै कोलाहाल गरेको सुनेको छैन । सिके लाल जस्ता राजधानीमा अन्तर्रराट्रयस्तरको आलिसान जिन्दगी व्यतित गर्नेलाई ति मधेशमा एकता भएर मिलिजुली बसेका सिधासाधा जनताको सम्मान बारे चिन्ता उत्पन्न भएछ । मधेस मुलकै राष्ट्रपति, उपराष्ट्रपतिलगायत स्वयं आफूलाई बिर्सेसरी गरेको अभिनय भित्र केहि न केहि रहश्य हुनुपर्छ यतिबेला मुलुकको राष्ट्रियता कमजोर बनेको विश्लेषकलाई थाहा नहुने कुरै भएन । हैन भने लगातार यस्ता भनाइ किन र्सार्वजनिक हुन्छ – अर्का मधेशको नाममा राजनीति गर्ने कर्ण्राका मनुवाले मधेश अलग्गिन सक्छ भनेर आफ्नो असलियत देखाएर नेपालको राष्ट्रियताप्रति खुल्ला प्रहर गरे । तर यहाँ तिनको अभिव्यक्तिलाई लिएर रमिते बन्नेहरूको कमि देखिएन । मधेशकै नाममा राजनीति गर्न महतो थरका मनुवाले समेत गत संबिधानसभामा पार्टी लज्जाजनक परिणाम ल्याएको प्रसंगमा हावा हुण्डरी बिपद्मा परे जस्तो रोदन गर्दै हाम्रो हार भनेको भारतको हार हो भनेर असल भक्तको परिचय तिनको सामु देखाए । यहाँ कसको स्वार्थमा राजनीति गर्दै छन् भन्ने र्छलङ्ग भइसकेको छ । मधेसको भूमिमा बसोबास गर्न सबै मधेशी हुन कसैलाई काखा कसैलाई पाखा गरिन्छ भने त्यो मधेशी समाजलाई स्वीकार्य छैन । कसैले कसै माथि विशेषण दिएर राजनीतिक दुनो सोझयाउने रणनीतिमा लाग्छ भने त्यस्ता पात्रको पहिचान गरेर सम्पूण् मधेसमा तिनको बहिष्कार गर्दै राष्ट्रबादी मधेशीहरू एक हुनु पर्ने बेला आएको छ । मधेशको नाममा राजनीति गरेर सदियौं देखिको मधेशमा रहेका असल नेपाली समाज माथि बिखन्डन मच्चाउने षडयन्त्र हो । यो २१औं सताब्दीको युग हो अब तिमीले हिजोका दिनमा गर्दै आएको परम्परागत राजनीतिको अन्त्य हुँदै छ ।
संसार बाटै परम्परागत राजनीतिको अन्त्य हुँदै युग अनुसार नविन राजनीतिक युगको शुरुवात भइसकेको छ । अब कसैले नचिताए हुन्छ जनता अब त्रि्रो ट्युबकल, इनार, साइकल, रिक्सा, एकजोर रबरको चप्पलमा बिक्छन भनेर । बिशेष गरेर २०४६ सालको परिवर्तन पश्चात जुन रुपमा मुलुकले राजनीतिक स्तरियत्व ग्रहण गर्नु पर्दथ्यो, जुन रुपमा राष्ट्रियताको संरक्षण, सर्म्बर्द्ध हुनु पर्थ्याे त्यो हुन नसक्नु नै मुलुकको लागि ठुलो दुभाग्य बन्यो । इतिहासमा मुलुकले ठुलो अवसर गुमाउनु परेको छ भने मुलुकमा बिखन्डन ल्याउने कुपात्रहरूको उत्पादन गर्नु परेकोछ । प्रजातन्त्रको नक्कली पाठ पढेर विभूषित हाम्रा नालायक नेतृत्वको कारण वास्तविक प्रजातन्त्रको अभ्यासबाट मुलुक बन्चित बन्न पुगेको छ । राजनीतिक आस्थाका आधारमा हुने खाने बर्ग चरम सत्ता दुरुपयोग, एकल बर्श्चव प्रयास, चरम शोषण दमन, भ्रष्टाचार, आदिमै चुलम्म डुबेर मुलुकको समस्या भाँड मे जाये ! जस्तो व्यवहारले पुष्टि गरेको छ । तर्सथ मुलुक यथास्थितिमा रहेको र्सवविदित छ । अर्को कारण राष्ट्रियताको सवालमा नेपाली जनतालाई गुमराहमा राख्ने काम भयो । पर्याप्त राष्ट्रियता सम्बन्धि गतिबिधि गर्ने अवसर सिर्जना हुन दिएन । कहिँ राष्ट्रियताको स्वर गुञ्जिन थाल्योकी तिनलाई कुनै न कुनै विशेषण दिएर अपहेलना गर्ने काम भयो । १० जुन १९९० को नेपाल भारत बीच जारि भएको बिज्ञप्ति, टनकपुर सन्धि, लाउडा काण्ड, बिप्पा सम्झौता, नागरिकता बिधेयक २०५६ आदि बिषय बिरुद्ध नेपाली जनताले आफ्नो राष्ट्रियता खोजेका थिए । राष्ट्रियताको प्रदर्शन गरेका थिए । ऋतिक रोशन काण्ड, भदौ १६ इराक काण्डमा स्वतफर्ुतरुपमा राष्ट्रियतासँग जोडेर प्रदर्शन भएका थिए । हामीलाई हाम्रो राष्ट्रियता कति प्यारो छ भन्ने अद्भुत नमुना थियो । तर आज यहि धर्तीमा जन्मेर यहि धर्तिको नुन पानि खाएर नेपाल आमाको छातीमा लात मार्दै मुलुक टुक्रयाउने अभिव्यक्ति दिँदा समेत हाम्रो राष्ट्रियताको भावनालाई कति कमजोर, निकम्मा, पंगु बनाउदै लगिसकेछन – कसैको ध्यान गएको छ – हाम्रो राष्ट्रियताको हतियार यति कमजोर खिया लाग्दा समेत अर्जाप्नु पर्छ कि पर्दैन – जब मौलिक हतियारकै अस्तित्व नामेट हुन्छ अनि कुन हतियार अर्जाप्न थाल्छौ – देश काल परिस्थितिले गर्दा युवा शक्ति हरेक दिन रोजगारको सिलसिलामा बिदेशिन बाध्य छन् । परिस्थितिले समय अनुसार दौडाउन सिकाउँदैछ । विश्वभर छरिएर रहेका विभिन्न पेशामा आबध नेपाली समुदायहरू कार्य व्यस्तताको बाबजुद थोरै समयको जोहो गरेर भएपनि मातृभूम्रि्रतिको कर्तव्य निर्वाह गरिरहेका छन् । सबैले आफ्नो आफ्नो क्षेत्रबाट आफ्नो राष्ट्रियता जीवन्त राख्ने प्रयासहरू भए गरेका छन् । तर कहिले काँही विदेश गएपछि मात्र स्वदेश कस्तो हुँदो रहेछ भनेर थाहा पाउछन भन्नेहरू आंसिकरुपमा सत्य भएपनि समग्रमा भने होइन । परदेशमै रहेर स्वदेशको माया, स्वदेशको सेवा गरिरहेका हुन्छन । परदेशमै मुलुकको धर्मसंस्कृति, साहित्य, गीत संगीत, आदि बिषयको संरक्षण सर्म्बर्द्धन, विस्तार गरेको पाइन्छ । बिदेशी भुमिमा दर्शाएका राष्ट्र प्रेम, देश भक्ति, मातृभूम्रि्रतिको माया र दायित्व प्रशंशा योग्य मात्र नभएर कम आँक्न मिल्दैन । अन्तमा -एक दिनमा हुने २४ घण्टाको समयलाई हरेक नेपालीले दैनिक ५ मिनेटको समय राष्ट्र चिन्तनको लागी छुट्टयाएर बाँकि २३ घण्टा ५५ मिनेटको समयलाई अन्य प्रयोजनमा लगाउन सके यसले बिस्तारित रुप ग्रहण गर्दथ्यो । ताकि भावी पिंढीले राष्ट्रियताप्रतिको जागरणमा सहजै अभ्यास गर्नसकुन । इतिहासको हरेक कालखण्डमा राष्ट्रियताको सवालमा एक भएर अगाडी बढेको नमुना इतिहास अहिले पनि ताजा छ यो इतिहासलाई जीवन्त राख्न समेत राष्ट्रियता सम्बन्धि अभ्यास निरन्तर जरुरी छ । तर वर्तमान समाज विभाजित अवस्थामा पुग्न गएको असरले बिस्तारै बिस्तारै नेपाली समाज राष्ट्रियताको भावनामा दिशाहिन शुन्यतातर्फउन्मुख बन्दै गएको हो कि – हो कि – जस्तो छनक मिल्दैछ । उदाहरण प्रसस्त देखिन थालेको छ ! शान्तिका अग्रदुत गौतम बुद्धलाई भारतमा जन्मेको भनेर खुलम खुल्ला प्रचार हुनु, राजधानीकै प्रतिष्ठित स्कुलमा भारतीय पाठ्यपुस्तक मार्फ् भारतको राष्ट्रिय बस्तुलाई हाम्रो राष्ट्रिय बस्तु हुन् भनेर बाल मस्तिश्कमा मन्द बिष भरिसकेका छन् । तर हामी बिशाल नेपालको गर्व गर्नेहरू भने आफ्नो भुमिको बारेमा सोधखोज गर्दैनौं ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु