राष्ट्रिय स्वाधीनता र नयाँ जनवादबारे – हस्तबहादुर केसी
राष्ट्रिय स्वाधीनता र नयाँ जनवाद एक अर्काका पूरक शब्दावली हुन् । राष्ट्रिय स्वाधीनता विना नयाँ जनवादी राज्य व्यवस्थाको सम्भावना छैन । नेपाल विना नेपाली क्रान्ति सम्भव छैन । वर्तमान नेपाली क्रान्तिको स्वरुप नयाँ जनवादी क्रान्ति भएकाले राष्ट्रिय स्वाधिनता अपरिहार्य विषय बन्न पुगेको छ । हामी कम्युनिष्टहरु अन्तर्राट्रयतावादी हुँदाहुँदै पनि वैज्ञानिक समाजवाद र साम्यवादमा पुग्नको निम्ति हाम्रो जस्तो नव औपनिवेशिक मुलुकमा नयाँ खाले पुँजीवादी क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु पहिलो र्सत भएकाले राष्ट्रिय स्वाधीनता प्रमुख बन्न पुगेकेा छ । अहिले हाम्रो मुलुक साम्राज्यवादी र विस्तारवादीहरुको क्रीडास्थल बनिरहेको छ । त्यसो भएर राष्ट्रिय स्वाधीनताको लर्डाईं नयाँ जनवादी क्रान्तिसँग जोडिँदै आएको छ । नयाँ जनवाद भन्नु र जनगणतन्त्र भन्नु एउटै विषय हो । यस लेखमा यी विषयहरुबारे चर्चा गर्ने प्रयत्न गरिएको छ । नेपालको राष्ट्रिय स्वाधिनता आज निकै डरलाग्दो गरी धरापमा परेको छ । साम्राज्यवादी तथा विस्तारवादी, विषेशगरी भारतीय विस्तारवादको हस्तक्षेप हाम्रो मुलुकमा इतिहासमै सबैभन्दा बढी बढेर गएको छ । यतिबेला नेपालका संसद्वादी राजनीतिक शक्तिहरु कांग्रेस, एमाले, एमाओवादी लगायतका दलाल पार्टी यिनै साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरुका गोटी बनिरहेका छन् । सत्तामा पुग्न र सत्तामा टिकिरहनका निम्ति यी दलाल राजनीतिक पार्टी तिनका नेताहरुले साम्राज्यवादी एवम विस्तारवादीहरु मुलतः भारतीय विस्तारवादी शासकहरुका सामु लम्पसार परेर आत्मर्समर्पण गर्ने, चाकडी तथा दलाली गर्ने कार्यलाई तीव्रता दिइरहेका छन् ।
तिनै साम्राज्यवादी एवम विस्तारवादी शक्तिहरुको निर्देशन, योजना र ग्राण्ड डिजाइन बमोजिम सम्पन्न गरिएको कथित दोस्रो संविधानसभाबाट निर्वाचित यिनै दलालहरुको प्रधानमन्त्री बन्न पुगेका सुशील कोइरालाले आफ्नो कुर्सी राम्ररी बस्न नपाउदै ”टनकपुर भारतकै भूमि हो” भन्ने जुन अभिव्यक्ति दिए त्यो प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाले सुरु गरेको सत्तामा पुग्न र सत्तामा टिकिरहनका लागि वैदेशिक शक्तिकेन्द्रको चाकडी र दलाली गर्नुपर्ने दास मनोवृत्तिको पुनरावृत्ति अहिले उही शैलीमा सुशील कोइरालाबाट पनि नयाँ कडी र संस्करणका रुपमा दोहोरिन पुगेको छ । ३ मार्च सन् १८१६ मा सम्पन्न राष्ट्रघाती सुगौली सन्धिदेखि एउटा स्वाधिन एवम स्वतन्त्र देश नेपालले अर्धऔपनिवेशिक अवस्थामा पुगेको हो । त्यस्तै सन् १९३० को दशकदेखि नेपाल एउटा बर्वर सामन्ती युगबाट अर्धसामन्ती युगमा प्रवेश गर्यो । त्यसयता नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्रिदै आएको छ । र, अहिले नेपाल अर्धऔपनिवेशिक स्वरुपबाट आफ्नो सारतत्वमा नवऔपनिवेशिक अवस्थामा फेरिन पुगेको छ । नवऔपनिवेशिक अवस्था भनेको साम्राज्यवादी एवम विस्तारवादी शत्तिहरुले आफु भन्दा साना देशहरुमा आफै उपस्थित भएर शासन गर्ने नभइ नयाँ नयाँ दलालहरुको निमार्ण्रारेर उनिहरु मार्फ शासन गर्ने सिद्घान्तलाई नवऔपनिवेशिक भनिन्छ । अहिले साम्राज्यवादी तथा सिस्तारवादी शक्तिहरुले कांग्रेस, एमाले, एमाओवादी जस्ता संसद्वादी शक्तिहरुलाई आफ्नो नयाँ दलालको रुपमा खडा गरेर आलोपालो गरी नेपालमा शासन गरिरहेका छन् । जसले गर्दा नेपाल यतिबेला इतिहासमै पराधिन मुलुकको रुपमा परिणत हुन पुगेको छ ।
आफ्नो अधिनायकवादी एवम खुनी शासन व्यवस्थालाई टिकाइ राख्नका लागि राणा शासकहरुले सन् १९५० को राष्ट्रघाती सन्धि भारतीय विस्तारवादसित सम्पन्न गरेका थिए । त्यस्तै सत्तामा पुग्न र टिकिरहने उद्देश्यले नेपाली कांग्रेसले २०११ सालमा कोशी सम्झौता र २०१६ सालमा गण्डक सम्झौता गरेको थियो भने सत्तामा पुग्न र टिकिरहनकै लागि २०५३ सालमा कांग्रेस र एमालेले राष्ट्रघाती महाकाली सन्धिलाई संसद्बाट दुइ तिहाई बहुमतले पारित गरेका थिए । सत्तामा टिकिरहनका लागि एमाओवादीले २०६८ साल कार्तीक ४ गते भारतीय विस्तारवादसित राष्ट्रघाती विप्पा सम्झौता सम्पन्न गरेको थियो । यी सबै कडीहरु शासक बन्न पुगेका यी दलाल राजनीतिकहरुले नयाँ संस्करणका रुपामा जोडिदै आएका छन् । जसले गर्दा नेपालको राष्ट्रिय स्वाधिनता सधै धरापमा पर्दै आएको छ ।
अहिलेसम्म भारतीय विस्तारवादले नेपालका ७१ स्थानमा सीमा अतिक्रमण गरेर करिब ९० हजार जमिन आफ्नो भूमीसँग विस्तार गर्न पुगेको छ । विभिन्न स्थानका सीमानाहरुमा एकपक्षीय रुपमा बाँधहरु निमार्ण्र्ारिरहेको छ । सयौँ जंगे पिलरहरु गायव गरिएको छ । कालापानीमा अहिलेसम्म पनि भारतीय सैनिकको क्याम्प कायमै छ । जुन जुन बेला नेपालको राजनीतिक अवस्था कमजोर बनेको हुन्छ, मुलुकमा राजनीतिक तरलता बढेको हुन्छ, त्यहीँ बेला भारतीय विस्तारवाद आफ्ना नयाँ नयाँ दलालहरु खडा गरेर सत्तामा पुर्याइदिने र टिकाइदिने प्रलाभन देखाएर उनीहरुमार्फ विभिन्न प्रकारका राष्ट्रघाती सन्धि-सम्झौता सम्पन्न गराउदै आएको छ । अहिले पनि नेपालको राजनीतिक स्थिति निकै तरल अवस्थामा छ र लामो समयदेखि कायम हुँदै आएको संक्रमण यथावतै छ । यहि अवस्थामा भारतीय विस्तारवादी शासकहरुले पुनः नेपालका आफ्ना दलालहरुमार्फ राष्ट्रघाती सन्धि सम्झौता सम्पन्न गराउने दाउपेच गरिरहेको छ । यहाँका दलालहरु पनि कथित संविधानसभामार्फ आफूहरुलाई सत्तामा पुर्याई दिएकोमा ऋण तिनैको लागि राष्ट्रघात गर्न आतुर छन् । यसैको परिणम स्वरुप प्रधानमन्त्री सुशील कोइरालाले कुर्सी बस्न नपाउदै नेपालको भूमी ”टनकपुर भारतको हो” भन्न आतुर भए ।
नेपालको राष्ट्रियता र राष्ट्रिय स्वाधिनततको प्रश्न महान् नयाँ जनवादी क्रान्ति र जनगणतन्त्रको प्राप्तिसँग जोडिएको मुलभुत प्रश्न हो । नेपाल अहिलेसम्म पनि अर्धसामन्ती र नवऔपनिवेशिक अवस्थामै छ । यसप्रकारको अवस्थामा रहेको मुलुकमा गरिने क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति नै हो । यो क्रान्ति सामन्तवाद, साम्राज्यवाद र नोकरशाही पुँजीवादका विरुद्घ गरिने क्रान्ति हो । नयाँ जनवादी क्रान्ति सम्बन्धी अवधारणा कमरेड माओत्सेतुङद्घारा विकसित गरिएको हो । नयाँ जनवादी क्रान्ति नयाँ प्रकारको पुँजीवादी जनवादी क्रान्ति हो र नेपालमा यो क्रान्ति नेपाली विशिष्टता तथा मौलिकतासहित विकसित हुदै गइरहेको छ ।
कम्युनिस्ट पार्टीर्वहारावर्गको राजनीतिक संगठन हो । नेपालमा नयाँ जनवादी क्रान्तिका लागि कम्युनिस्ट पार्टी नेतृत्वदायी भूमिका निर्वाह गर्दछ । नेपालमा कम्युनिस्ट पार्टर्ीी नाममा धेरै संगठन बनेका छन् । तर ती सबै सच्चा कम्युनिस्ट पार्टीुन सक्दैनन् । अहिलेको स्थितिमा नेपालको क्रान्तिकारी कम्युनिस्ट पार्टीनेको नेकपा-माओवादी नै हो । सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टीार्क्सवादी, लेनिनवादी, माओवादी सिद्घान्त र कार्यशैलीमा आधारित हुन्छ । मार्क्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शन र मार्गनिर्देशनमा आधारित नेकपा-माओवादीको नेतृत्वमा गरिने नयाँ जनवादी क्रान्तिले मात्र जनगणतन्त्रको स्थापना गर्नेछ, त्यसपछि मात्र नेपाल एउटा स्वतन्त्र र स्वाधिन राष्ट्रको रुपमा खडा हुन पुग्नेछ । त्यस अवस्थामा मात्र नेपाल र्सार्वभौम बन्न पुग्नेछ । र नेपाली जनता र्सार्वभौम सत्ता सम्पन्न बन्न पुग्नेछन् ।
हामी कम्युनिस्टहरु अन्तर्रराट्रयतावादी हुँदाहुँदै पनि आजको युग साम्राज्यवाद र र्सवहारा क्रान्तिको युग हो । लेनिनले साम्राज्यवादलाई एकाधिकार पुँजीवादको रुपमा परिभाषित गर्नुभएको थियो । साम्राज्यवादको विकाससँगै पुँजीवादको जनवादी क्रान्ति सम्बन्धी अवधारणा पनि विकसित हुन पुग्यो । पुँजीवादी जनवादी क्रान्ति भनेको नयाँ जनवादी क्रान्ति भएकोले यो एउटा निश्चित देशमा पनि बस्तुगत र आत्मगत तयारीका साथ समाजवाद हुँदै साम्यवादसम्म पुग्न गरिने क्रान्ति भएकोले नयाँ जनवादी क्रान्ति राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको विषयसँग अभिन्न रुपले जोडिन पुगेको हो । हामीले नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा पारित गरिसकेका छौ र नेपाली क्रान्तिका सात तयारीहरु पुरा गर्ने चरणमा प्रवेश गरिरहेका छौ । महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नका लागि जनमुक्तिसेनाको निमार्ण्र् संयुक्त मोर्चाको निर्माण गर्न जरुरी हुन्छ । यी कार्यहरु गर्ने पनि हाम्रो योजना भित्र नै छ ।र्
र्सवहारा वर्गको नेतृत्वमा सम्पन्न गरिने क्रान्तिका बाटाहरु मुलतः दुइ प्रकारको रहेका छन् । सशस्त्र व्रि्रोहको बाटो र दीघकालीन जनयुद्धको बाटो । अहिले हामी सशस्त्र व्रि्रोह, जनव्रि्रोह, व्रि्रोहमार्फ नेपाली नयाँ जनवादी क्रान्ति पुरा गर्ने रणनीतिक एवम् कार्यनीतिक योजनाका साथ अगाडि बढिरहेका छौ । अन्तिममा हामीले दीघकालीन जनयुद्धको बाटो भएर महान् नेपाली नयाँ जनवादी क्रान्ति पुरा गनुपर्ने परिस्थितिमा आउन सक्छ । यी दुबै कुरालाई मध्यनजरमा राख्दै हामी अगाडि बढिरहेका छौ । अतः महान् नेपाली जनवादी क्रान्ति सम्पन्न गरेर जनगणतन्त्र स्थापनासँगै धरापमा परेको हाम्रो राष्ट्रिय स्वाधिनतालाई मुक्त गर्न सक्नेछौ । त्यसैले हाम्रो सामु महान् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुको विकल्प छैन् । तर आजको नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी संशोधनवादले भीषण आक्रमण गरिरहेको पर्रि्रेक्ष्यमा र सबै खाले संशोधनवादीहरले साम्राज्यवाद र विस्तारवादका सामु आत्मर्समर्पण गरेर राष्ट्रिय स्वाधीनतालाई गम्भीर खतरामा पुर्याइरहेको अवस्थामा महान् नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नको निम्ति दक्षिणपन्थी संशोधनवादलाई वैचारिक रुपले परास्त गर्नु आज हामी क्रान्तिकारीहरुका निम्ति प्रमुख दायित्व बन्न पुगेकेा छ ।