असहायहरुको पीडा र रमिते सरकार – युवराज सफल
हाम्रो देशमा थुप्रै अशक्त र असाहयहरु छन् । उनीहरुले पीडादायी जीवन विताई रहेका छन् । राज्यका नागरिक भएको कारण उनीहरुले अरुले झै हक अधिकार र सेवा सुविधा पाउन पर्ने हो तर पनि उनीहरु त्रासदीपूण जीवन विताई रहेका छन् । दुइ दिनको जिन्दगीमा उनीहरु अनेक पीडा खेपेर बाँच्न विवश छन् । मानव भएर मानव अधिकारलाई उपभोग गर्न पाइ रहेका छैनन् । झन् झन् असाहय र अशक्तहरु समस्या चर्कदो छ तर पनि यस समस्यालाई समाधान गर्न कसैले पनि चासो दिएका छैनन् र यस वारे चर्चा परिचर्चा समेत गर्ने गरेका छैनन् । देशमा जुन् जुन् तन्त्र आए पनि उनीहरुको जीवनमा आसाको दियो वलेको छैन । वरु अलि अलि बलेको दियो पनि निभ्न लागेको छ । भन्न त सबैले सबै नागरिकले सम्मान पर्ूवक बाँच्न पाउन पर्ने कुराको रटान लगाउ छन् तर व्यवहारमा उर्तान भने कसैले पनि प्रयास गर्दैनन् यो भने विडम्वनाको विषय बनेको छ । उनीहरुको पक्षमा कसैले पनि आवाज उठाएको पाइँदैन मानौँ असाहय र अशक्त यो देशको नागरिक नै हैनन् यस्तै अवस्था सिर्जना भएको छ । समृद्व नेपाल बनाउने महा अभियानमा जुट्नेहरुले पक्कै पनि असाहय र अशक्तहरुको हक अधिकारको कुरालाई आगामी नयाँ संविधानमा उल्लेख गर्न छुटाउन पक्कै पनि हुँदैन । यदि आगामी संविधानमा असाहय र अशक्तहरुको अधिकारलाई समेट्न सकिएन भने सयौँ वर्षदेखि उत्पीडित भएका उनीहरु फेरि पनि उत्पीडनको शिकार हुने कुरा पक्का पक्की छ । अत असाहयहरुको पीडा र त्यो पीडालाई टुलु टुलु हेर्ने रमिते सरकारको रवैया र असाहय र अशक्तहरुको हक अधिकार वारे आगामी संविधानमा समेट्न पर्ने विषयहरुको वारेमा केही चर्चा परिचर्चा गर्ने प्रयास गरेको छु ।
असाहय तथा अशक्तहरुको अवस्थाको नालीवेली
असाहयह तथा अशक्तहरुको अवस्था हाम्रो लागि नयाँ विषय र प्रसंग हैन । हामीले दिनभर आफ्नै आँखा अगाडि कैयँन यस्ता कारुणिक अवस्था देख्दछौँ तर पनि हामी त्यसवारे चर्चा परिचर्चा गर्न चाहन्नौँ । हामी उनीहरुलाई नागरिकको दर्जा दिन चाहिरहेका छैनौँ । त्यही भएर उनीहरुको पक्षमा बौल्न खोजी रहेका छैनौँ । दिन प्रतिदिन कहाली लाग्दो पीडा भोगेर बसेका उनीहरुलाई सहयोग त के एक पटक सिधा नजरले हेन समेत हामीले सकेका छैनौँ । दैनिक जीवनमा हामीले यस्तो असाहय र अशक्तहरुको कैयँन पीडा हाम्रो प्रत्यक्ष आँखाले देखि रहेका हुन्छौँ तर पनि हामीलाई छोएको छैन पटक्कै न छोएको छ सारा नागरिकको सुरक्षा गर्ने सरकारलाई । असाहय तथा अशक्तहरुको कारुणिक अवस्थाको नालिवेलीका केही झलकहरु राख्ने छुः
झलक नं. १
विशेषत सहरी परिवेशमा सडकका पेटीमा विभिन्न क्रन्दन पीडाहरु देख्न पाइन्छ । त्यहाँ थुप्रै असाहय र अशक्तहरु सहयोगको भिख मागि रहेका हुन्छन् । त्यहाँ सहयोग माग्नेहरुमध्ये कसैको हात काटिएको छ त कसैको खुट्टा काटिएको छ त कसैको टाउकोमा चोट लागेको छ । कसैको एउटामात्र खुट्टा छ त कसैको एउटा मात्र हात छ ।कसैको हात छैन त कसैको खुट्टा छैन । कोही आँखा नदेख्ने छन् त कोही कान नसुन्ने छन् त कोहीको खुट्टा सुन्निएको छ । वैशाख जेठको चर्को घाममा तथा मंसिर पुसको चिसो ठण्डीमा पनि उनीहरु अनेक प्रकारले सहयोगको याचना गरि रहेका हुन्छन् । कोही मादल बजाउदैँ सहयोग माग्दछन् त कोही थाल ठटाएर त कोही मुरली बजाएर त कोही अनेक प्रतिभा देखाएर । कोही आफ्नो दयनिय अवस्थालाई बडो कारुणिक रुपमा प्रस्तुत गरिरहेका हुन्छन् । तर पनि उनीहरुको समस्यालाई कसैले पनि चासो छैन । उनीहरु आफ्नो कारुणिक पीडालाई दुनियाँलाई देखाई रहेका छन् तर कतैवाट पनि उनीहरुलाई सहयोग हुन सकेको छैन । उनीहरु जिन्दगी बाँचेर पनि मरेतुल्य छन् । उनीहरुको यस्तो समस्यालाई समाधान गर्न कसैले पनि चासो देखाएका छैनन् । दिन प्रतिदिन उनीहरुको समस्याहरुको चाङ बढेको छ तर निकास छैन । समृद्व नेपाल बनाउदा यस्ता विषयमा ध्यान दिनु आवश्यक छ ।
झलक नं. २
त्यस्तै शहरका पेटीहरुमा अहिले मृगौला पीडितहरुको पनि बेहाल छ । म्ाृगौला पीडितहरुको कारुणिक अबस्था छ । उनीहरुको जीवन रक्षाको लागि आवाज उठ्ने गरेको छ । दुवै मृगौला ड्यामेज भएको भन्दै सहयोगको अपिल गरिरहेका छन् । तर पनि कसैलाई पनि सरोकार छैन । यो देशमा पीडितहरुलाई सहयोग गर्न भनेर थुप्रै संघ संस्था खुलेका छन् तर असाहय अशक्तलाई सहयोग गर्न कसलै ध्यान दिएका छैनन् । मृगौला पीडितहरु अनेक उत्पीडन झेलिरहेका छन् । कोही मुुटु रोगीहरु आफ्नो रोगलाई पालेर बसेका छन् ।
भ्fmलक न.ं ३
त्यस्तै अहिले सडक बालवालिकाहरु पीडादायी क्षणहरु विताई रहेका छन् । सडकका पेटीहरुमा उनीहरु बेहाल भएर बसि रहेका छन् । न लाउनेको ठेगान छ न खानेको ठेगान छ न त बस्नेको ठेगान छ । तर पनि उनीहरु निकै कष्टकर जीवन विताई रहेका छन् । वाल बालिकाको क्षेत्रमा काम गर्ने थुप्रै संघ संस्था छन् तर पनि कैयँन वाल बालिका अझै पनि सडकमा छन् ।
झलक न.ं ४
त्यस्तै गरी हाम्रो समाजमा विभिन्न पीडित व्यक्तिहरु छन् । उनीहरु आर्थिक समस्याले गर्दा आफ्ना कैयँन रोगहरु प्ाालेर बसेका छन् । आर्थिक अभावकै कारण उनीहरुले उपचार गर्न सकेका छैनन् । असाहयहरुलाई आर्थिक सहयोग गर्न पनि समिति बनेको छ तर पनि यहाँ वास्तविक पीडितहरुले न्याय पाउन सकेका छैनन् । उनीहरु आज वेसाहारा भएका छन् । सहयोगको याचना लिएर भौतारिएर हिँड्नेको पनि संख्या धेरै छ ।
असाहय तथा अशक्तहरुको सहयोगको सरकारको भूमिका
खास गरी सरकारले असाहय र अशक्तहरुको पक्षमा कुनै कार्य गर्न सकेको छैन । असाहयहरु अनेक रुपमा उत्पीडित बनेका छन् । तर सरकार मुकदर्शक बनेको छ । सरकार विभिन्न दलका कार्यकर्तालाई अनावश्यक रकम बाँढ्छ । तर सम्बन्धीत पक्षलाई भने सहयोग प्राप्त हुन सकेको छैन । विभिन्न दलका पहुँच वाला कार्यकर्ताहरुले आर्थिक सहायताको नाममा लाखौँ लिएका छन् तर वास्तविक पीडितहरुले एक रुपैयाँ पनि पाएका छैनन् । असहायहरुलाई सहयोग गर्ने मामिलामा सरकार गैर जिम्मेवार रहेको छ । सरकारको रवैयाले गर्दा लाखौँ असाहय अशक्तहरु पीडित मात्र भएका छैनन् ,उनीहरुको जिन्दगी बेहाल भएको छ । उनीहरु आफ्नो असंख्य पीडा लिएर वाँचेका छन् । हुन त नेपाल सरकार अर्न्तर्गत महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय छ तर पनि यो मन्त्रालयले सके जति काम गर्न सकेको छैन ।
सरकार भनेको राज्यको सुरक्षा गर्ने निकाय हो । त्यस कारण सरकार असहाय र अशक्तहरुको पक्षमा काम गर्न तयार हुन पर्दछ । राज्यले उनीहरुको हकहितको रक्षा गर्ने कोशिस गर्न पर्दछ । त्यति गरियो भने मात्रै समृद्व नेपाल बन्न सक्दछ । सधैँ सरकारले यस्तै रवैया अपनायो भने असाहय र अशक्तहरुले एक दिन बाध्य भएर संर्घष्ा गर्न सक्दछन् । तर्सथ सरकार असाहय र अशक्तहरुको मामिलामा गम्भीर हुन पर्दछ । नागरिक भएर पनि अनागरिक बनाइएका तथा बनाउन बाध्य भएका नागरिकको हकमा कार्य गर्न सवैले ध्यान दिनु पर्दछ । उनीहरुले पाएका दुख कष्ट र विविध समस्याहरुको समाधान गर्न पर्दछ । यदि त्यस्तो गर्न सकिएन भने त्यो मानव अधिकारको हनन् हुन्छ । एक्काइशौँ शताव्दीमा आएर पनि अशक्त असाहयहरुको पीडालाई सम्बोधन नहुनु दुभाग्य र विडम्बनाको विषय हो । असाहय अशक्तहरुलाई पनि अवसर दिएमा उनीहरुले राष्ट्र हितमा थुप्रै कार्य गर्न सक्दछन् । तर्सथ उनीहरुलाई अन्य नागरिक सरह अधिकार दिन सरकारले कन्जुस गर्न हुँदैन ।
असाहय नागरिकको समस्या र चुनौति
यो देशमा थुप्रै असाहय तथा अशक्त नागरिकहरु छन् । उनीहरुले कहाली लाग्दो जीवन व्यतित गरिरहेका छन् । राज्यले उनीहरुलाई सौतेलो व्यवहार गरिरहेका छन् । आज पनि उनीहरु दोस्रो नागरिक भएर बाँच्न विवश छन् । उनीहरु बाँचेर पनि मरेतुल्य छन् । उनीहरुलाई अधिकार दिने मामिलामा सम्बन्धीत पक्षले ध्यान दिन पर्दछ । असाहय नागरिकहरु निकै कष्टकर जीवन विताई रहेका छन् । जीवनमा असंख्य पीडाहरु लिएर मनमा अनेक सन्ताप लिएर बाँचेका छन् । मनमा अनेक घाउ लागेको छ । समाजमा पाइने हेला अपमान जस्ता तल्लो दर्जाको घृणीत कार्यले गर्दा पनि उनीहरुको मनोवाल घटेको छ । देश र समाजको हितमा केही गर्ने उनीहरुको भावना र योजनामा तुषारापात भएको छ । अनेक घात प्रतिघात भएको छ ।
असाहय नागरिकहरु अनेक पीडा लिएर बाँचेका छन् । राज्यको हेपाहा प्रवृति अझै बढ्ने हो भने असाहय नागरिकले अझै अपमान सहनु पर्दछ । अझै पनि पीडामा जल्न पर्दछ । अरु नागरिक झैँ केही गर्ने उद्वेश्य लिएकाहरुको उद्वेश्य अपहरण हुनेछ । समाजमा असाहय र अशक्तहरुले थुप्रे चुनौतिहरुको सामना गरिरहेका छन् । कतिपयले घर तथा छरछिमेकबाट समेत तिरष्कारको सामना गर्न परेको छ ।
असाहय तथा अशक्तहरुको संविधानमा उल्लेख गर्न पर्ने अधिकार
आज सम्म अनेक दुख पीडा अपमान सहेर बसेका असाहयहरु अव पनि त्यस्तै जीवन विताउन बाध्य हुन हुँदैन । उनीहरुलाई पनि अन्य नागरिकको झैँ बाँच्ने अधिकार रहेको कारण अव बन्ने संविधानमा स्पष्ट भाषामा असाहय अशक्तहरुको अधिकार सुनिश्चित गर्ने कुरा नयाँ संविधानमा उल्लेख हुन पर्दछ । असाहयहरुलाई सहयोग गर्न एउटा शक्तिशाली असाहय नागरिक सहायता कोष को स्थापना गर्न पर्दछ । त्यस कोषले कस्ता कस्ता नागरिकलाई असाहय तथा अशक्तको परिभाषा भित्र राख्ने हो सो कुराको पहिला टुंगो लगाउन पर्दछ । त्यसपछि असाहय तथा अशक्त नागरिकको यकिन संख्या पत्ता लगाई सोही अनुसारको अधिकार दिन पर्दछ । संविधानमा असाहय तथा अशक्तहरुलाई राज्यवाट दिइने हरेक सुविधा तत्काल र निशुल्क दिइने व्यवस्था गर्नु पर्दछ । विना झन्झट उनीहरुलाई सम्मान पर्ूवक जिउने वातावरण बनाउन पर्दछ ।
संविधान बनाउदा असाहय तथा अशक्त मैत्री संविधान बनाउन पर्दछ । यदि त्यसो गरिएन भने फेरि पनि असाहय र अशक्त नागरिकहरु राज्य र कानून अनि अधिकारवाट ठगिने सम्भावना छ । तर्सथ संविधान निर्माण गर्दा असाहय र अशक्त मैत्री बनाउन संविधान निर्माणमा लागेका सम्पूण् सभासद् तथा आम नागरिकले ध्यान दिन पर्दछ । राज्यमा बसोवास गरी सम्मान नागरिकको रुपमा जिउन पाउने उनीहरुको हक अधिकारको रक्षा गर्ने मामिलामा हामी सबै एक जुट हुन पर्दछ । जब देशमा बसोवास गर्ने असाहय र अशक्तहरुले पनि अन्य नागरिक झैँ अधिकार र अवसर पाउछन् तव मात्र देश समृद्व बन्न सक्दछ होइन भने मूलुक उकालो चढ्नको साटो ओरालो लाग्दछ । अत सबै नागरिकले असाहय र अशक्त नागरिकलाई अधिकार र समान अवसरका साथ जिउन पाउने वातावरण बनाउन लाग्न पर्दछ । सरकारले पनि असाहय र अशक्त नागरिकहरुलाई समान अवसर र अधिकार दिने कुरामा कुनै कसर बाँकी राख्न हुँदैन । असाहय नागरिक राष्ट्र निर्माणमा समाहित हुन चाहेका छन् त्यसकारण उनीहरुलाई पनि केही गर्ने अवसर दिन पर्दछ । अनि मात्रै समृद्व नेपालको निर्माण सम्भव छ ।
– लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष हुन।