मा.सामान्य प्रशासन मन्त्री लालबावु पण्डितज्यूका नाममा.. -गोबिन्दबहादुर शाही

२०७१ बैशाख १९ गते, शुक्रबार


आज मन्त्रीमण्डल गठन भएको कति दिन भयो ?धेरै दिन देखि नेपाल सरकारका सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितज्यू डि.भि.र पि.आरका बारेमा धेरै विज्ञापन गरिरहनु भएको छ । भाषण, समारोह, मन्त्रालय, रिपोर्टस क्लव, जिल्ला भ्रमण आदि आदि जहाँ जाँदा पनि यसैको बारेमा बोलिरहनु भएको छ । के यही हो मन्त्रीको काम ? मा.मन्त्रीज्यू तपाई र नेपाल सरकारले यसलाई ब्यवस्थित गर्न वैद्यानिक नीति ल्याउन कसले रोकेको छ? कि यसमा पनि ग्राण्ड डिजाइन छ – तपाई त नेपाल सरकारको अझ भनौ नेपालको निजामती सेवालाई कसरी ब्यवस्थित गर्ने भन्ने निकायमा हुनुहुन्छ । के तपाईलाई लाग्दैन कि यसलाई नीतिगतरुपमै ब्यवस्थापन गरु, किन तपाई रातोदिन यसै विषयमा विज्ञापन गरिरहनु भएको छ । मन्त्रीज्यू म नेपाली नागरिक र राष्ट्रियता प्रति मेरो अगाध आस्था भएको नामाले तपाईलाई सानो सल्लाहा छ कि तपाई पहिला नीति सधार्नुहोस, सम्मानीत सदनबाट नीति पास गर्नुहोस, अनि डि.भि. र पि.आर.वाला कर्मचारी वा अन्य र्सवसाधरण नागरिकले आफ्नो निर्ण्र्ाागर्नेछन न कि तपाईको विज्ञापनको पछि लागुन । विगत धेरै वर्षदेखि हाम्रै देशमा नेपाली रु. ५ हजारमा नेपाली नागरिकता विदेशीलाई विक्रि भैरहेको छ, जो हालम्म पनि जारी छ, यसको वारेमा कहिल्यै सोच्नु भएको छ – तपाई त जिम्मेवार राजनीतिक पार्टर्ीीे जिम्मेवार सदस्य पनि हो नि, नभए नेपाली नागरिक त हो नि?यसमा कहिल्यै सोच्नु, बोल्नु, लेख्नु अनि विज्ञापन गर्नु भएको छ । यसैले मा.मन्त्रीज्यू यस्तो विज्ञापन गर्नुभन्दा पहिल्यै नीतिगत सूधार गर्नुहोस अनि कि त्यो डि.भि.र पि.आरवालाले जागिर छोड्ला कि पि.आर छा्ेड्ला, कि देशै छा्ड्ला, त्यो उसको विचार, अधिकार हो । नत्र भने तपाईको विज्ञापन को कुनै अर्थ रहने छैन । बरु सकिन्छ भने आगामी संविधानसभाबाट संविधान बनेपछिको नेपालको निजामती प्रशासन कति तह र कस्तो प्रकृतिको हुन्छ – नेपाली जनतालाई सुशासन दिन र सरल, सहज, झण्झटरहित, भ्रष्टाचारमुक्त प्रशासन कसरी संचालन गर्ने – नेपालको र्सार्वजनिक प्रशासनमा रहेको महाँरोग सरुवालाई कसरी वैज्ञानिक बनाउने – क्षतिपर्ूर्ति सहितको नागरिक प्रशासन कसरी संचालन गर्ने ? आदि इत्यादिका लागि कार्यशाला राख्नुहोस, बोल्नुहोस, लेख्नुहोस, अनि भाषण गर्नुहोस………असल मान्छे असल ठाउँको ग्यारेन्टी गर्नुहोस, व्रेनड्रेन कसरी रोक्ने, शिक्षित बेरोजगार कसरी अन्त्य गर्ने, परीक्षा प्रणाली कसरी वैज्ञानिक बनाउने जसले गर्दा शिक्षित युवाको स्वदेशको सेवामा आकर्षा होस……….यतातिर पनि ध्यान दिने कि ? नत्र बाँकी तपाईको मर्जी………..किनभने तपाई त मन्त्री हो यो देशको………अनि राजनीतिक पार्टी नेता पनि……….तपाईलाई बोल्न कसले रोक्ला र ?

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

राज्य र समाजका अन्तर्विरोधहरू

२०८२ पुष १ गते, मंगलवार

चुनाब किन र कसरी !

२०८२ मंसिर ३० गते, सोमबार

मानव समाज र श्रमिक(दलित)समुदाय

२०८२ मंसिर ३० गते, सोमबार