माओवादी राष्ट्रिय सम्मेलनका दुइ कार्यभार – भरत बम(रणवीर)
समकालीन नेपाली राजननीतिका तीन ठुला तर २ विपरित धाराका कम्युनिष्ट पार्टी आ–आफ्ना राष्ट्रिय कार्यक्रममा जुटेका छन । यीनिहरुले आफ्ना नीति र कार्यक्रममा गर्ने परिवर्तनले संविधान निर्माणका साथै भावि राजनैतिक दिशालाई पनि प्रभावित गर्नेछन । विषेशत: अहिलेको संविधानसभा भन्दा वाहिर रहेको नेकपा–माओवादीले लीने नीतिले विषेश महत्व राख्दछ । त्यसैले नेकपा–माओवादीको राष्ट्रिय सम्मेलनको कार्यभार वारे संक्षिप्त चर्चा गरौ । पहिलो कार्यभार कार्यदिशामा संम्वृद्धि हामी सवैलाई थाहा छकि “विचारधारा र कार्यदिशा सहि हुनु वा नहुनुले सवै कुराको निर्धारण गर्दछ” । त्यसैले आज पार्टीका अगाडीका विचार,राजनीति,संगठन,संघर्ष,आर्थीक र कार्यशैलीका क्षेत्रमा जे जस्ता समस्या र चुनौतीहरु छन ती आफ्नो सारतत्वमा नेपाली अपुर्ण क्रान्तिको विचार र कार्यदिशाको संम्वृद्धि,स्पष्टता र वुझाईको एकरुपतासहित दृढ कार्यन्वयनमा पैदा भएका समस्या र चुनौती नै हुन अर्थात आजको नेपालको राजनैतिक परिस्थितिको ठोस विश्लेषण गरी मालेमावादको सहि ढंगले रक्षा गर्दै साहासिक प्रयोग र विकास गर्न संक्षम हुन नव–संसोधनवादको प्रदुषणवाट पार्टीलाई पुर्णत मुक्त गर्ने समस्या र चुनौती पनि हुन । अहिले कार्यदिशा संम्वृद्धिको कुरा गर्दा जनयुद्ध कि जनविद्रोह भन्नेमा वहस केन्द्रित भैहाल्छ तर यो केवल क्रान्तिको प्रमुख साधनको सवाल हो र अहिलेको वहसको मुख्य विषय पनि हो तर नेपाली क्रान्तिको साध्य नै के हो ? नेपालमा पछिल्लो चरण नव–संसोधनवादी प्रयोगको कारण स्पष्ट छैन । सवभन्दा पहिले हामीले “कम्युनिष्टहरु कहिल्यै पनि क्रान्तिको लक्ष्य र उदेश्य लुकाउदैनन” भन्ने माक्र्सवादी मान्यतानुरुप नेपाली क्रान्तिको लक्ष्य र उदेश्य स्पष्ट पार्नु पर्दछ । यसरी विचार गर्दा “कानुनले क्रान्ति कहिल्यै जन्माउदैन वरु क्रान्तिले कानुन जन्माउछ” भन्ने माक्र्सवादी मान्यतालाई नेपालमा नव–संसोधनवादीहरुले उल्ट्याएका छन हामीले त्यसलाई सुल्ट्याउनुपर्छ । नेपाली क्रान्तिको लक्ष्य र उदेश्य भनेको पुरानो राज्यसत्ता वा संक्रमणकालीन नयाा प्रकृया भित्रवाट संविधान वा कानुन वनाउने थिएन र होइन । किनभने सशस्त्र जनयुद्ध र ०६२/०६३ को जन–आन्दोलनको परिणाम: अन्तरिम संविधान जन्मेको हो । सिद्धान्तत: र प्रथमत: अन्तरिम संविधानको अक्षरश: पालना र पुरानो सत्ताको सुदृढिकरणवाट क्रान्ति जन्मीदैनथ्यो र जन्मेन पनि,व्यवहारत: र द्धितियत: अन्तरिम संविधानको सवभन्दा पहिला उलङघन नेपालका संसदवादीहरुले गरेका थिए । यसरी अन्तत: र वस्तुत: संसदवादीहरु क्रान्ति वा संघर्षद्धारा कानुन जन्माउने नियमानुसार अघि वढे र परिणामत: सफल पनि भए किनकि आफ्नो वर्ग प्रतिकुल रहेको पहिलो संविधानसभा विघटन गर्न सफल भए अनि आफ्नो वर्ग अनुकुल दोस्रो संविधानसभा गठन गर्न पनि सफल भए । सवैलाई थाहा छकि उनिहरुले यो सव अन्तिरिम संविधान वा कानुन विपरित गएर गरे । माओवादी भने कानुनद्धारा क्रान्ति जन्माउने नियमानुसार गए जो अवैज्ञानिक र गैर–माक्र्सवादी कुरा थियो परिणामत: असफल पनि भए । जवसम्म कानुनद्धारा क्रान्ति जन्माउने नियमानुसार माओवादी चल्छ तवसम्म उसको हातमा असफलता वाहेक केहि पर्ने छैन । यो कुरा २ वटै माओवादीको हकमा लागु हुन्छ । नेपाली जनवादी क्रान्तिको मुल लक्ष्य र उदेश्य भनेको सर्वहारा वर्गको नेतृत्वमा जनताको नयाा जनवादी राज्यसत्ता स्थापना गर्नु हो र त्यो केवल सशस्त्र क्रान्तिवाट मात्र संम्भव छ अर्थात विद्यमान राज्यसत्तालाई वलपुर्वक ध्वंस गरेपछि जनताको सत्ता प्राप्त हुन्छ र साम्राज्यवादी,सामान्तवादी शोषण,दमनवाट देश र जनताले मुक्ति पाउछन । वर्तमान राज्यसत्तामा दलाल पुाजीपतीवर्गको अधिनायकत्व छ । उसको सहयोगी वर्ग नोकरशाही पुाजीपती र सामान्ती वर्ग रहेका छन । हामीले यो पुरानो राज्यसत्ताको विकल्पमा स्थापना गर्न चाहेको नयाा राज्यसत्ता सर्वहारा वर्गको वैचारिक नेतृत्वमा मजुदर, किसान र राष्ट्रिय पुाजीपति वर्गको एकतामा आधारित जनताको संयुक्त अधिनायकत्व हो । यो जनताको संयुक्त अधिनायकत्वमा इतिहास देखि शाषित र शोषित हुदै आएका जनताहरु राज्यसत्ताको मालीक वन्छन । यो नयाा राज्यसत्ताको नयाा राष्ट्रिय आत्मनिर्भर आर्थीक नीति हुन्छ । यो अर्थनीति अन्र्तगत दलाल पुाजी, भ्रस्टचार र अवैध रुपमा कमाएको कालो पुाजीलाई राष्ट्रियकरण गरी औद्योकीकरणमा लगाईन्छ । जमीनमा विद्यमान सामान्ती सम्वन्धलाई अन्त गरी त्यसको व्यवसायीकरण गरीन्छ । अनुत्पादक क्षेत्रको विदेशी लगानीलाई पूर्णत रोकिन्छ । उत्पादनको सिमित क्षेत्रमा राष्ट्रिय हितमा सरकारको नियन्त्रणमा विदेशी पुाजीलाई केहि समयको लागी छुट दिईन्छ । नीजि पुाजी र सामुहिक पुाजीको द्धन्द्धात्मक सम्वन्धलाई ध्यान दिईन्छ । यसमा समाजवादी रुस र चीनको अनुभवलाई मध्यनजर गर्दै नीजि पुाजीको क्रमश उन्मुलन गरिन्छ तर त्यो यान्त्रीक रुपमा होइन । यो नयाा राजनीति र अर्थनीतिको वैज्ञानिक, प्रगतीशील र जनवादी राष्ट्रिय नयाा संस्कृति हुनेछ । आधुनिक दास संस्कृतिको विकल्प नयाा स्वाभिमानी र स्वाधिन संस्कृति विकास गरीन्छ । जुन राज्यमा भ्रस्टचार पुर्णत उन्मुलन हुन्छ । भ्रस्टचारीलाई उत्तर कोरियाको व्यवस्था लागु हुन्छ । युवाहरुको विदेश पलायनता माथी पुर्णत प्रतिवन्ध हुन्छ । वेरोजगारलाई देशभित्र रोजगार र वेरोजगार भत्ताको व्यवस्था हुन्छ यसरी नयाा राजनीति,अर्थनीति र संस्कृतिसहितको राज्यसत्तामा मात्र देश र जनताको संम्वृद्धि र विकास संम्भव हुन्छ । यो वर्गीय नयाा राज्यसत्ता प्राप्ति नै नेपाली नयाा जनवादी क्रान्तिको लक्ष्य र उदेश्य हो । नेपालमा माओवादी शान्ति प्रकृयामा प्रवेशसगै वर्गीय राज्यसत्ता प्राप्तिको लक्ष्य र उदेश्य नै ओझेलमा पऱ्यो । यसरी लेनिनको शव्दमा “राज्यसम्वन्धी अवसरवादी पुर्वाग्रहको” रुपमा नव–संसोधनवादी समस्या देखियो । लेनिनले वताए झै नेपालमा पनि राज्यसत्ता सम्वन्धी “उदारवादी र नरोदवादी गरी २ किसिमका यूटोपिया” देखा पर्ने गरेका छन जसमा पहिलोले जनवादी चेतना र दोस्रोले समाजवादी चेतनालाई नष्ट गर्दछ । इतिहास हेर्दा उदारवादी यूटोपिया ले राजनीतिमा संम्झौता,सहमती र सुधार जन्माउछ भने संगठनमा वैधानिकतावाद जन्माउछ र मासवेश पार्टी निमार्णमा जोड दिन्छ । दोस्रो नरोदवादी यूटोपियाले राजनीतिमा उग्रता र संगठनमा अराजकता जन्माउछ । नेपालमा भने पहिलो उदारवादी यूटोपिया जसले जनवादी चेतनालाई नष्ट गर्दछ को समस्या प्रधान रहेको छ । यो पुुच्छरवादी समस्या हो । यो पुच्छरवादी समस्याका विरुद्ध संघर्ष गर्दै वर्गीय राज्यसत्ता स्थापनामा जोड दिनु आजका क्रान्तिकारीको मुख्य दायीत्व हो । त्यसैले वर्गीय राज्यसत्ता प्राप्तिको लागी सशस्त्र क्रान्तिको फौजी कार्यदिशा अपरिहार्य हुन्छ । आज पार्टीमा भईरहेको यो फौजी कार्यदिशा वारेको वहस आफ्नो सारतत्वमा नेपाली क्रान्तिको कार्यदिशा शान्तिपुर्ण कि सशस्त्र ? भन्ने नै हो । जनयुद्धको जगमा जनविद्रोहको फौजी कार्यदिशामा अहिले शान्तिपुर्ण क्रान्तिको रुझान पहिलो, जनयुद्ध र जनविद्रोहलाई अलग–थलग पार्ने र एक अर्कोका विरुद्ध खडा गर्नेमा व्यक्त भईरहेको छ । दोस्रो, जनयुद्ध र जनविद्रोहमा कुन मुख्य हो ? भन्ने र जनविद्रोह मुख्य भन्ने तर पार्टी र जनताको अहिलेको सशस्त्र चेतना पनि नष्ट गर्न कि संसदवादी र संसोधनवादीको पुच्छर बन्ने कि त स्वत:स्फुर्ततावादको शिकार वन्नेमा व्यक्त भईरहेको छ । तेस्रो, नयाा परिस्थितिको विकास विषेशत सुचना संचारमा विकास भएको छ,त्यसैले पुरानो जनयुद्ध लडनु हुदैन भन्नेमा व्यक्त भईरहेको छ । त्यसैले सशस्त्र क्रान्तिको कार्यदिशा तय गर्दा उपरोक्त कुरालाई ध्यान दिदै नेपालमा सर्वहारा वर्गले दिएको शान्तिको नाराले पार्टी र जनतालाई निशस्त्र पारेको कुरालाई पनि मध्यनजर गर्नैपर्छ । यसरी विचार गर्दा अवको नेपाली क्रान्तिको फौजी कार्यदिशा जनयुद्धको आधारभुत भुमिका रहने गरी तय गर्न आवश्यक छ । यसरी हेर्दा विद्रोहात्मक जनयुद्ध वा जनयुद्धको निरन्तरतामा जनविद्रोह, राष्ट्रिय जनयुद्ध वा शहरीया जनयुद्ध मध्य एक हुन सक्छ । तर अहिले पार्टीको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशा नै हो जसलाई राष्ट्रिय सम्मेलनले संम्वृद्ध गर्नेछ । उपरोक्त विश्लेषणवाट के भन्न सकिन्छ भने शान्ति प्रकृयामा माओवादी प्रवेशसगै उसले वर्गीय राज्यसत्ता प्राप्तिको लक्ष्य/उदेश्य र सो प्राप्तिको प्रमुख साधन सशस्त्र क्रान्तिको अनिवार्यतालाई परित्याग गरेको थिएन र होइन, मात्र स्थगीत गरेको हो । जसले परित्याग गऱ्यो त्यो सक्कली माओवादी रहेन र भएन । त्यसो भए के माओवादी शान्ति प्रकृयामा आउनु नै गल्ती थियो त ? यदि गल्ती थिएन भने प्रश्न उठ्छ कि संसदवादीसाग सहमती र संम्झौतामा आउने अनि वर्गीय राज्यसत्ता स्थापनाको कुरा गर्ने,शान्ति प्रकृयामा आउने अनि सशस्त्र क्रान्तिको कुरा गर्ने यो कसरी मिल्छ ? हो,यहिनेर गडवडी भएको छ र सिद्धान्तत: क्रान्ति र शान्ति,क्रान्ति र संम्झौता,क्रान्ति र सुधार र क्रान्तिको रणनीति र कार्यनीतिको दन्द्धात्मक संम्वन्धलाई सहि ढंगले वुझ्ने र वुझाउनेमा तत्कालीन पार्टी र नेतृत्व पुर्णत असफल भयो । किनभने शान्ति,संम्झौता,सुधार र कार्यनीति सापेक्षिक कुरा हुन तर यसमा निरपेक्ष रुपमा जोड दिनु हुदैन जो विगतमा भयो । त्यसैले अव माओवादीको राष्ट्रिय सम्मेलनको अभिभारा हुन्छ कि शान्ति,सम्झौता,सुधार र कार्यनीतिलाई क्रान्ति र रणनीतिको सापेक्षतामा हेर्नु, वर्गीय राज्यसत्ता प्राप्तिको लक्ष्य/उदेश्य र सो प्राप्तिको सशस्त्र क्रान्तिको प्रमुख साधन वारे स्पष्ट पार्नु, प्रतिक्रान्तिलाई सहयोग गर्ने शान्ति,संम्झौता,सुधार र कार्यनीतिको विरोध गर्नु र विगतको निर्मम समिक्षा गरी भावि क्रान्तिको सहि कार्यदिशा तय गर्नु हुनेछ । दोस्रो कार्यभार संगठन र नेतृत्वको विकास क्रान्तिको नीम्ति सहि विचार र राजनैतिक कार्यदिशा तय हुनु प्राथमीक महत्वको कुरा हो तर यत्ति नै प्रयाप्त हुदैन सहि विचार र कार्यदिशा तय भइसकेपछि त्यसको दृढ कार्यन्वयनको मुख्य साधन वा नेतृत्व पार्टी संगठन निमार्णको सवाल पनि त्यत्तिकै महत्वपुर्ण हुन्छ । किनकि संगठनले विचारको शक्तिलाई भौतिक शक्तिमा वदलीदिन्छ । यहाा पार्टी संगठन सम्वन्धि सैद्धान्तिक छलफल र चर्चा नगरी केवल पार्टी शान्ति प्रकृयामा प्रवेशसगै पैदा भएका समस्याहरुको सहि पहिचान गरी एक क्रान्तिकारी कम्युनिष्ट पार्टी कसरी निमार्ण गर्ने भन्ने सवालमा ध्यान केन्द्रित गर्न खोजीएको हो । माओवादी पार्टी अन्तराष्ट्रिय सर्वहारा वर्गको एक टुकडी र नेपाली सर्वहारावर्गको अग्रदस्ता हो र पार्टी संचालनको विधि जनवादी केन्द्रियताको लेनिनवादी विधि हो । तर शान्ति प्रकृयामा आए यी सवै सैद्धान्तिक मुल्य मान्यताहरु भत्कीदै गए परिणामत: पार्टी जनवादी केन्द्रियताको विधिमा चल्ने सर्वहारा वर्गको अग्रदस्ता रहेन र विर्सजन हुदै गयो । यहि विर्सजनको प्रकृयाको विचवाट नेकपा–माओवादी पुर्नसंगठित गरिएको हो । कुनै पनि क्रान्तिकारी कम्युनिष्ट पार्टी राज्यसत्ता प्राप्तिको लडाई निर्णायक नभई सम्र्पुण रुपले खुला हुन सक्दैन ,सेना नभएको वा फौजीकृत नभएको र राम्रो जनसम्वन्ध भएको पेशवर कार्यकर्तामा आधारित नभएको कम्युनिष्ट पार्टी हुदैन । सर्वहारा वर्गको अग्रदस्ता पार्टी कुनै संसदवादी र सुधारवादी पार्टीको पुच्छर हुन सक्दैन, नत यो कुनै जातिय,क्षेत्रीय र लीङ्गीय पार्टी नै हुन सक्छ । यो भद्दा छाता प्रकारको होइन कि चुस्त पिरिमीड प्रकारको हुन्छ । पार्टी विपरितको एकत्व हो त्यसैले पार्टीमा चल्ने विचारधारात्मक तथा दुई लाईन संघर्षलाई ठिक ढंगले संचालन गरेर नै त्यसको जीवन दिन सकिन्छ र अन्तीममा पार्टी वर्गसंघर्ष संचालन गर्दै क्रान्ति सम्पन्न गर्ने साधन हुनु पर्छ । सम्झौता र सुधारको साधन वन्न दिनु हुदैन । यो पार्टी एकतावद्ध र केन्द्रिकृत हुनुपर्छ । पार्टीमा माओको नीति अनुरुप वृद्ध,प्रौढ र युवाहरुको समुचीत प्रतिनिधित्व हुनुपर्छ यसमा विषेशत युवाहरुलाई महत्वकासाथ सहभागी गराईनुपर्छ । जनयुद्धकालमा प्रचण्डले युवाहरुलाई दिएको महत्व एक गल्ती थियो भन्ने निष्कर्ष सहि होईन । किनभने कम्युनिष्ट पार्टीमा नीति र नेतृत्वको तालमेल मिलेको हुनुपर्छ । कम्युनिष्ट पार्टीको नेतृत्व सामुहिक हुन्छ र त्यसको केन्द्रिकृत अभिव्यक्तिको रुपमा एक व्यक्ति प्रमुख हुन्छ । किनकि त्यो नेताहरुको पनि नेता हो । वास्तवमा आजको विश्वमा सर्वहारा वर्गको कम्युनिष्ट क्रान्तिकारी नेतृत्वको जन्म, विकास र स्थापना धेरै नै महत्वको प्रश्न वनेर आएको छ । निरन्तरको विचारधारात्मक र वर्ग संघर्षको विचवाट त्यस्तो नेतृत्वको विकास भई छाड्छ किनकि नेतृत्व ऐतिहासिक आवश्यक्ता पनि हो । आज नेकपा–माओवादीसाग विचारधारात्मक र वर्गसंघर्षवाट खारिएको नेतृत्व छ,मात्र यसलाई अवको क्रान्तिको माग अनुरुप विकास गर्न आवश्यक्ता छ । यीनै कुराहरु माथी ध्यान दिदै राष्ट्रिय सम्मेलनले नेपाली जनवादी क्रान्तिको नेतृत्व गर्न संक्षम सच्चा सर्वहारा वर्गको कम्युनिष्ट क्रान्तिकारी पार्टी निर्माणमा विषेश ऐतिहासिक महत्वको निर्णय गर्नेछ । यसरी राष्ट्रिय सम्मेलनले आफ्नो दोस्रो कार्यभार सम्पन्न गर्नेछ । अन्तमा नेपाली राजनीतिका आगामी दिनहरु केहि मानिसहरुले भने जस्तो गरी सहज र सामान्य रुपमा अघि वढने छैनन वरु त्यसको उल्टो असहज र असामान्य हुनेछन । किनकि शान्ति र संविधानको नाममा नेपालीहरुको इच्छा विपरित नेपालमाथी युद्ध थोपर्ने साम्राज्यवादी षडेन्त्र भईरहेको छ । यहि षडेन्त्र सफल पार्न दोस्रो संविधानसभा सकृय हुदैछ र हुनेछ । त्यसैले सर्वहारा वर्गको अग्रदस्ता कम्युनिष्ट पार्टीको हैशीयतले नेकपा–माओवादीले सचेत रुपमा त्यो साम्राज्यवादीद्धारा थोपरिने अन्यायपुर्ण युद्धलाई क्रान्तिमा वदल्ने प्रर्यत्न गर्नु पर्दछ । यसको नीम्ति माथी उल्लेखित २ केन्द्रिय अभिभारा राष्ट्रिय सम्मेलनले पुरा गर्नुपर्छ र गर्नेछ । – केन्द्रिय सदस्य,नेकपा–माओवादी