नयाँ राजनीतिक शक्तिको उदय र आवश्यकता वारे – युवराज सफल

२०७१ बैशाख २७ गते, शनिबार


नेपालमा अहिले राजनीतिको नाममा जे जस्ता घटना परिघटनाहरु घटि रहेका छन् त्यसलाई आम र्सवसाधारणले रुचाई रहेका छैनन् । आफूलाई नेपाली राजनीतिको ठेकेदार सोच्ने पार्टी को गतिविधिले आम र्सवसाधारण वाक्क दिक्क भएका छन् । राजनीतिको नाममा भ्रष्टाचार ,अनियमितता ,अराजकता ,ढिलासुस्ती ,कामचोर प्रवृति ,दण्डहिनता , कुसंस्कार लगायतका गतिविधि बढी रहेका छन् । राजनीतिक भन्दा पनि गैरराजनीतिक गतिविधिहरुले वढवा पाइरहेको छ । त्यस्ता गैर राजनीतिक गतिविधिवाट र्सवसाधारण नागरिकले राहतको नभई आहातको महशुस गरिरहेका छन् तर पनि हाम्रा राजनीतिक पार्टीले आफ्नो आनीबानी सर्धान चासो देखाएका छैनन् । बेला बखतमा विभिन्न राजनीतिक पार्टी युवा तथा अन्य प्रभावशाली नेताहरुले नयाँ राजनीतिक शक्तिको सम्बन्धमा आफ्ना धारणाहरु व्यक्त गर्ने गरेको पाइन्छ । आम र्सवसाधारण नागरिकले पनि नयाँ राजनीतिक शक्तिको सवालमा चासो देखाएका छन् । देश र जनतालाई वर्वादीमा पुर्‍याउने यस्तो फोहोरी राजनीतिलाई विस्थापित गरी देश र जनताको भलो चिताउने नयाँ राजनीतिक शक्तिको पखाईमा बसेका नागरिकले तत्काल नयाँ शक्ति पाउछन् या पाउदैनन् – कसले नयाँ राजनीतिक शक्तिको उदय गराउन सक्दछ – नयाँ राजनीतिक शक्ति हुन के कस्ता रणनीति तथा कार्यनीतिको आवश्यकता छ – लगायत विषयमा संक्षेपमा चर्चा गर्ने कोसिस गरिएको छ ।
नयाँ राजनीतिक शक्तिको सम्भावना
विभिन्न राजनीतिक पार्टी नेता तथा कार्यकर्ता एवम् आम नागरिकले नयाँ राजनीतिक शक्तिको वारेमा चर्चा परिचर्चा गरिरहँदा नयाँ राजनीतिक शक्तिको सम्भावना वारे पनि विभिन्न टिका टिप्पणीहरु प्नि चर्चा हुन थालेको छ । छिमेकी मूलुक भारतमा वैकल्पिक शक्तिको रुपमा आम आद्मी पार्टी उदय भएपश्चात नेपालमा पनि त्यस्तो शक्तिको सम्भावना वारे व्यापक वहस छलफल भई रहेको छ । विकृत राजनीतिवाट आजित भएका आम नागरिकले नयाँ शक्तिको गठनवाट राहत पाउने अपेक्षा गर्नु स्वाभाविकै हो ।
नागरिकका जल्दा बल्दा समस्याहरुलाई राजनीतिक ऐजेण्डा बनाई स्थापना भएको केही महिनामै चुनाव मार्फ भारतको राजधानी नयाँ दिल्लीमा मूख्यमन्त्रीको रुपमा समेत विजयी हुन सफल आम आद्मी पार्टर्ीी कारण नेपाली राजनीतिमा समेत तरंग ल्याई दिएको छ । फोहोरी राजनीतिवाट वाक्क दिक्क भएका नागरिकहरु नयाँ राजनीतिक शक्तिको पर्खाईमा बसिरहेका छन् । तर पनि नयाँ राजनीतिक शक्ति बनी हाल्ने सम्भावना तत्काल देखिदैन । किनकी भर्खर मात्र संविधान सभाको चुनाव मार्फ संविधान बनाउने एउटा अस्त्र आएको छ । यही अस्त्रले गर्दा दर्ुइ चार वर्षनेपाली नागरिक चुपचाप बस्ने छन् जव फेरि पनि समयमै अपेक्षाकृत संविधान पाउन सक्दैनन् तव नयाँ शक्तिको गठन तिर उनीहरु लम्कन सक्दछन् । आजसम्मको अवस्था हर्ेदा नेपाली नागरिकहरुले आसै आसमा जीवन विताएका छन् । विभिन्न आन्दोलन क्रान्ति जे भए पनि त्यसको उपलब्धीको रक्षा भने कहिले हुन सकेको छैन । त्यही कारण नेपाली नागरिकहरु पटक पटक फोहोरी राजनीतिवाट पीडित भई रहेका छन् ।
नेपाली राजनीति यसरी नै विकृत र घृणित र तिरस्कृत हुँदै जाने हो भने फोहोरी राजनीतिको विकल्पमा वैकल्पिक शक्तिको रुपमा नयाँ राजनीतिक शक्तिको उदय हुने सम्भावना प्रवल रहेको छ । जति जति नागरिकमा निराशा कुण्ठा र असन्तुष्टि बढ्दै जान्छ तव तव नयाँ शक्तिको आवश्यकता महशुस हुँदै जानेछ । सधैँ राजनीतिको नाममा हुने अनेक क्रियाकलाप सहेर बस्न नेपाली नागरिक वाध्य हुने छैनन् । त्यसको विकल्पमा नेपाली नागरिकले देश जोगाउन एवम् आफ्नो लागि नयाँ राजनीतिक शक्तिको गठन गर्न सक्नेछन् । जव जव राजनीतिक असन्तुष्टि बढ्दै जान्छ तव तव नयाँ राजनीतिक शक्तिको सम्भावना बढेर जाने देखिन्छ ।
कसले जन्माउन सक्छ नयाँ शक्तिलाई –
हाम्रो देशमा यतिखेर नयाँ शक्तिको विषयलाई लिएर विभिन्न खालका अनुमानहरु ग्ारिदैँ आएको छ । आम जनमानसमा कसले नयाँ राजनीतिक शक्तिको स्थापना गर्न सक्दछ भन्ने विषयमा कौतहुलता जागेको छ । विभिन्न पक्षवाट नयाँ राजनीतिक शक्तिको बन्छु भन्ने खालका विचारहरु पनि अभिव्यक्त भएको पाइन्छ । एनेकपा माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टर्राईको मुखवाट पछिल्लो समयमा थुप्रैपटक नयाँ शक्तिको सम्बन्धमा धारणाहरु आई रहेका छन् । त्यस्तै नेपाली काँग्रेसका युवा नेता गगन थापा देखि एमाले युवा नेता घनश्याम भुसाल ,रविन्द्र अधिकारी लगायतका नेताहरु साथै विविसी नेपाली सेवाका पत्रकार रविन्द्र मिश्र देखिका अन्य व्यक्तिहरु नयाँ राजनीतिक शक्तिको वारेमा बोली रहेका छन् अनि लेखिरहेका छन् । तर पनि आजको मितिसम्म कुनै नयाँ शक्ति जन्माउने व्यक्ति पत्ता लागेको छैन । हुन त पर्ूवराजा ज्ञानेन्द्रले पनि नयाँ शक्ति जन्माउने धेरैको अनुमान थियो । त्यस्तै नेपाली सेनाका पर्ूव सेनापति रुक्माङ्गत कटुवालले पनि नयाँ राजनीतिक शक्ति बनाउने हल्ला चलेको थियो तर आजको मितिसम्म कसैले पनि नयाँ राजनीतिक शक्ति बनाउन पहल गरेको थाहा छैन । आफूलाई स्वतन्त्र नागरिक समाजका अगुवा ठान्ने तथा पदका लागि विभिन्न पार्टर्ीीे डम्फू बजाउने कथित अवसरवादीहरु ब्ोलाबखत नयाँ राजनीतिक शक्ति खडा गर्ने ध्वाँस दिन पछि पर्दैनन् । त्यस्तै विभिन्न नयाँ पार्टर्ीीोलेका राजनीतिक पार्टर्ीी नेताहरु पनि नयाँ राजनीतिक शक्तिको गठन गर्ने भाषण गरेर थाक्दैनन् भने काम गर्ने मामिलामा सिन्को समेत भाँच्न चाहँदैनन् । यसै गरी जातीय तथा क्षेत्रीय मुद्वाहरुलाई लिएर क्षाणिक स्वार्थ पुरा गर्न खोलिएका जातीय क्षेत्रीय पार्टीका झूण्डहरु आफूहरुले नै नयाँ राजनीतिक शक्तिको निर्माण गर्ने गफ चुट्न पछि पर्दैनन् । तर पनि आजको मिति सम्म कसले नयाँ राजनीतिक शक्तिको गठन गर्छ भन्ने प्रश्नको जवाफ पाउन सकिएको छैन ।
भर्खर एमाओवादीको महाधिवेशन सकिएको छ , महाधिवेशनमा असहमति जनाउदै वरिष्ठ नेता डा. बाबुराम भट्टर्राई हतार हतारमा चीन हानिएको खवर छ । पहिला देखिनै नयाँ राजनीतिक शक्तिको वकालत गर्ने भट्टराइले साँच्चै नयाँ राजनीतिक शक्तिको निर्माण गर्दछन् या हावादारी गफको रुपमा नयाँ राजनीतिक शक्तिको मन्त्र जप्छन् त्यो चाँडै नै समयले बताउनेछ । त्यस्तै राजावादी नेता कमल थापा पनि राप्रपा नेपाल नयाँ शक्ति बन्ने ठोकुवा गर्दै हिँडेका छन् । थाहा छैन कुन चीज छ र उनीसँग नयाँ शक्तिको कुरा गर्दै छन् । धर्मको आडमा राजनीति गर्ने उनी हिन्दु धर्मको सहारामा राजनीति गर्न चाहन्छन् यसैलाई नयाँ शक्ति भन्ने गर्छन् ।
नयाँ राजनीतिक शक्तिको निर्माण गर्न आवश्यक तयारी गर्न कसैले पनि चाहि रहेका छैनन् केवल नेपाली नागरिकलाई उल्लु बनाउनको लागि वा सस्तो लोकप्रियताको लागि मात्र नयाँ शक्तिको बहश गरिरहेका छन् । जसले आज नयाँ राजनीतिक शक्तिको निर्माणको कुरा गरि रहेका छन् उनीहरुले पुरातनवादी राजनीति गरी त्यसवाट थुप्र्रै फाइदा लिदैँ नयाँ शक्तिको नाममा नेपाली जनतालाई फेरि अन्याय अत्यचारको दलदलमा फसाउन खोज्दैछन् । नेपाली नागरिकले बहिष्कार गर्न थालेपछि सस्तो लोकप्रियताको लागि जसले नयाँ राजनीतिक शक्तिको कुरा गरिरहेका छन् त्यस्तालाई नेपाली नागरिकले पक्कै बहिष्कार गर्नेछन् र तिनको सपनालाई साकार हुन दिने छैनन् । यदि जसले हिजो गरेका गल्तीहरुप्रति देश र जनताको सामु माफी माग्दै आत्मआलोचना गरी रुपान्तरण हुन्छन् र नयाँ नीति तथा कार्यक्रम तय गर्दछन् भने पक्कै पनि नेपाली नागरिकले त्यस्ता नेता तथा व्यक्तिहरुलाई साथ दिनेछन् । यदि त्यसो नभई आफ्नो नीहित स्वार्थ पूरा गर्न मात्र नयाँ राजनीतिक शक्तिको कुरा अगाडि सारेको रहेछन् भने नेपाली जनताले तिनीहरुलाई कदापी माफी दिने छैनन् । हर्ेर्दै जाउ कसले कसरी र कुन ऐजेण्डालाई उर्ठाई नयाँ शक्तिको निर्माण गर्दछ र त्यस्तो शक्तिलाई आम नागरिकले कस्तो रुपमा हर्ेर्ने छन् र त्यस्तो शक्तिलाई सहयोग अनि र्समर्थन गर्दछन् ।
नयाँ राजनीतिक शक्तिको नयाँ रणनीति
नयाँ राजनीतिक शक्ति भनेको पुराना राजनीतिक पार्टर्ीीको विकल्पमा उदाउने शक्ति हो । तर्सथ नयाँ शक्ति बन्नलाई नयाँ रणनीति तथा नयाँ कार्यक्रमको आवश्यकता पर्दछ । जसले नयाँ रणनीति ल्याउछ उसैले नयाँ राजनीतिक शक्तिको गठन गर्दछ । कुनै व्यक्तिले कोर्रर्ाासपना देख्दैमा र सोच्दैम्ाा लहडको भरमा नयाँ शक्तिको उदय सम्भव छैन । नयाँ शक्तिको मान्यता पाउन र स्थापित हुन समय सान्दर्भिक तथा युग सुहाउदो विचार एवम् सिद्वान्त र व्यवहार चाहिन्छ । खालि आर्दश र सिद्वान्तले मात्र नयाँ राजनीतिक शक्ति जन्माउन सकिदैन । अत नयाँ राजनीतिक शक्ति निर्माणको लागि निम्न रणनीति आवश्यक हुन सक्दछ ः
क. अहिले सम्म नेपाली राजनीति सत्ता र कर्ुर्सर्ीीेन्दीत छ । यस्तो राजनीतिले आम नेपाली जनताको पीडा र व्यथा अनि समस्याको हल गर्न सक्दैन । नेपाली नागरिकको दुख पीडालाई यस्तो आर्दशको राजनीतिले सम्बोधन गर्न सक्दैन । दुर दराजमा अभाव र कठिनाईको जीन्दगी विताई रहेका नागरिकको कहाली लाग्दो परिवेशमा आश्वासनको माम बाहेक अन्य कुरा आजको राजनीतिले दिन सक्दैन । तर्सथ नेपाली नागरिकले शान्ति ,समृद्वि र विकास चाहेका छन् फेरि शान्तिको नाममा कुनै मर्ुदा शान्तिलाई नेपाली नागरिकले चाहेका छैनन् । नेपाली नागरिक स्थायी शान्तिको पक्षमा छन् । अत जसले समग्र देश र नागरिकको आवाजलाई सम्बोधन गरी युग सुहाउदो कार्यक्रम ल्याउछन् उही शक्तिले नयाँ राजनीतिक शक्ति बन्ने सौभाग्य पाउदछन् ।
ख. आज सम्मको राजनीतिक अवस्थालाई पढ्दा व्यवहार भन्दा पनि भाषणमा राजनीति हावी भएको कारण यदि कसैले नयाँ राजनीतिक शक्तिको स्थापना गर्न चाहन्छ भने भाषण भन्दा पनि काम गर्ने बानीलाई विकास गरेको खण्डमा नयाँ राजनीतिक शक्ति बन्ने आधार तयार हुन्छ ।
ग. त्यस्तै नेपाली राजनीतिक पार्टर्ीी तिनका नेताहरु अर्काको आलोचना गर्नु र ठूल ठुला भाषण गर्ने कार्यलाई राजनीति भन्ने गर्दछन् । राजनीतिलाई आफ्नो क्षाणिक स्वार्थ पुरा गर्ने साधनको रुपमा प्रयोग गरेका छन् फलस्वरुप नेपाली राजनीतिले सकेजति परिवर्तनको फड्को मार्न सकेन ।
घ. नेपाली राजनीतिमा जम्ने पात्रहरुले कहिले पनि आफ्नो देशको राष्ट्रियता जोगाउन सकेनन् । सत्ता र शक्तिको लागि आफ्नो देश पनि बेच्न पछि नपर्ने कारणले पनि हाम्रो देशकोे राष्ट्रियता ,राष्ट्रियत स्वाधिनता ज्ास्ता कुराहरुको संरक्षण हुन सकेन अत जसले देशको राष्ट्रियता , राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने साँच्चै देशको माया गर्ने सक्कली नीति तथा कार्यक्रम ल्याउदछ भन्ो त्यस्तो शक्ति पक्कै पनि नयाँ राजनीतिक शक्तिको रुपमा स्थापित हुन सक्दछ ।
ङ. नेपाली राजनीति असाध्यै फोहोर छ ,सायद बाग्मतिको ढलभन्दा पनि बढी नै दुषित छ । एकले गरेको काम अर्को पक्षले स्वीकार गर्न सक्ने बानी बसेको छैन । राम्रै कार्य गरेतापनि त्यसको विरोध गर्न पर्ने संस्कृतिलाई हाम्रा राजनीतिक पार्टीले आत्मसाथ गर्दै आएको कारण पनि देशको उन्नति प्रगति हुन सकेको छैन । अत राम्रो कामको र्समर्थन गरौँ चाहे त्यो शत्रुलेनै किन गरेको नहोस् । राम्रा काम र कुराहरुको र्समर्थन गर्ने र मिलेर अगाडि बढ्ने खालका नीतिलाई अवलम्वन गर्ने हो भने पक्कै पनि नयाँ शक्तिको उदय हुन सक्दछ ।
च. नयाँ शक्ति कुनै लहडमा र ख्याल ख्यालमा बन्ने होइन ,यो त चरम निराशा ,चरम असन्तुष्टीवाट जन्मने हुँदा आम नागरिकले अनुभव गरेका विभिन्न विकृति विसंगति र गलत प्रवृतिलाई अन्त्य गरी देश र जनताको भलो हुने खालको सहि राजनीति गर्ने त्यस्तै सर्वोत्तम राजनीतिक रणनीति तय गर्दा पक्कै पनि नयाँ शक्ति निर्माणको आधार तय हुन सक्छ ।
– अध्यक्ष ,नेपाल गणतान्त्रिक जनता पार्टी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु