राजनीतिक बिकृतिको तमाशा – छत्र मैनाली

२०७१ जेष्ठ ३ गते, शनिबार

एकीकृत नेकपा माओवादी पार्टी अध्यक्ष पुष्पकमल दहालले नेतृत्व छाडेर साधारण कार्यकर्ता हुन मन्जुर रहेको घोषणा संगसंगै राजनीतिक मैदानमा नयाँ तरंग उत्पति भएको छ । मुलुकले राजनीतिक निकाश पाउनेमा अझै अन्यौलता नै देखिन्छ भने आगामी माघ महिनामा कथंम कदाचित नयाँ संबिधान जारी भै हाल्यो भने सन्जोग नै मान्नु पर्ने हुन्छ । राजनीतिक दलहरू बीच बलियो संयत्र स्थापित हुन नसक्दाको परिणाम लामो समय देखि राजनीतिक संक्रमण हावी बनेर बसेको छ । उक्त संक्रमण काललाई चिर्नको निम्ति दलहरू बीच आपसी एकताको खाँचो छ तर उक्त खाँचो र्टार्नको निम्ति कोहि पनि अग्रसर भएको देखिदैन । समस्या छ, सबैलाई राम्रोसँग अवगत छ तर एकले अर्कालाई औँला ठड्याएर पानि माथिको ओभानो बन्ने जुन अप्राकृतिक खेल चलिरहेको छ र्सवप्रथम त्यो बन्द हुनु पर्दछ । निवर्तमान प्रधानमन्त्री डाक्टर बाबुराम भट्टर्राई नेतृत्वको निर्वाचित सरकार बहिर्गन सँगसँगै प्रधानन्यायाधिश खिलराज रेग्मी नेतृत्वको चुनावी सरकार आगमन हुँदाको बखत र बर्तमानमा परिस्थिति धेरै मात्रामा भिन्न छ । लोकतन्त्रमा बिश्वास राख्नु हुने जो कोहिले के मुल्यांकन गरेका थिए भने राजनीतिक पद्धति लोकतान्त्रिक पथबाट गैर लोकतान्त्रिक पथमा भासिन पुगेको ठहर गरेका थिए । पदीय रुपमा अध्यक्ष, प्रमुख जे उल्लेख गरेता पनि निवर्तमान सरकारलाई मुलुकको कार्यकारी प्रमुखको रुपमा स्वीकार गरेका थिए । राजनीतिक स्वार्थमा डुबेर छलछाम नगरी सिँधै प्रधानमन्त्री घोषणा गरेको भए लोकतन्त्रको अबशेषको रुपमा लिन सकिन्थ्यो । निवर्तमान सरकार प्रमुखको मुख्य दायित्व समय भित्र निर्वाचन गरेर मुलुकलाई राजनीतिक निकाश दिनु थियो । समस्याको निकाश आफ्नै ठाउँमा विद्यमान रहे पनि चुनाव चाही समयमै सम्पन्न भएको छ । तर निर्वाचित जनप्रतिनिधिको उन्मादले समस्या समाधान हुनुको साटो झन् झन् बढेर गएको छ । तत्कालिन समयमा राजनीतिक बातावरण सहज नभई दिएको भए ४ दलले खिलराज रेग्मीलाई जिम्मा लगाएको ताला चावी गुम्न पनि सक्दथ्यो । असम्भव प्रायः के नै थियो र – मुलुकमा जति पनि राजनीतिक पात्रहरूको सिद्धान्त, उद्देश्य समग्रमा एकरुपता भएको पाइन्छ । मुलुकलाई समुन्नत बाटोमा लाने, भ्रष्टाचारको अन्त्य गर्न, शान्ति सुरक्षा, महँगी नियन्त्रण, सुशासन आदि चल्तीका अभिव्यक्ति हुन । तर जब आफू सत्ताको सेरोफेरोमा घुम्ने रहने अवसर प्राप्त गर्न तुरुन्तै बोलि र सिद्धान्तमा बदलि हुन थाल्दछ । सत्तामा पुगेको भोलिपल्ट देखि कसरी हुन्छ सरकार ढाल्ने र अर्को निर्माण गर्ने होडबाजी चल्ने गर्दछ । जसको कारण कोहि पनि एक कार्यकाल पुरा गर्न अर्समर्थ हुन्छन । केवल पदिय लाभको लालचमा यस्ता घृणित खेल २०५१ सालको मध्यावदि निर्बाचन पश्चात हालसम्म कायम छ । यति हुँदा हुँदै सहज रुपमा कुर्सीाडेको इतिहास बिरलै मात्रामा होला । किनकि त्यो कुर्सी्राप्तिको निम्ति पिता पर्ुखा देखिको बल लागेको हुन्छ । बडो कठिन पूवक प्राप्त हुने कुर्सी कोहिले चटक्क किन छाडोस । जन्मेर बल्ल बल्ल पाएको अवसरलाई जे जस्तो मूल्य चुकाउन परे पनि पछाडी नहटी यदि लडेर प्राप्त हुन्छ भने । निरङ्कुश राणा शासन देखि पञ्चायती व्यवस्थासम्मको सत्तो सराप गरेर हुन्छ कि, घुर्क्याएर, धम्क्याएर हुन्छ जनमत आफु तिर बटुल्न वाक कौशल्यतामा निपुण भएपछि नसोचेको परिणाम हात लाग्दो रहेछ भन्ने प्रमाणित भएको छ । किन भने यदि अन्तर आत्मा देखि लडेर बिजय हासिल भएको थियो भने वर्तमान राजनीतिक बिकृतिको अन्त उहिले भइसक्थ्यो । यसरी असरल्ल परेर दुनियाको सामु तमासा बनेर दोबाटोमा छरिने थिएन ।
देश, काल, परिस्थितिलाई मध्यनजर गर्ने हो भने आज मुलुकले के मागी रहेको छ – समस्याको पहिचान गरेर निरुपण गर्नु पर्ने ठाउँमा ज्वरो आएको बिमारीलाई जीवनजल पिलाए पछि कसरी समस्याको समाधान हुन्छ – भन्ने तिर ध्यान नपुग्नु भनेको समस्यालाई अझ बढी गम्भीर मोडमा लगेर जटिलता तर्फउन्मुख गराउने षडयन्त्र हो भनेर बुझन सकिन्छ । राजनीति पेशा मार्फ् जीवन जिउनेहरूले के बुझन जरुरी छ भने देश काल परिस्थितिलाई गहिर्राईसम्म पुगेर आंकलन गर्नसक्नु पर्दछ । समस्या जहाँ पनि हुन सक्छ तर समाधान पनि त्यहि खोज्नु पर्यो । रानीबनमा बाख्रो हरायो भने खोज्न कता जाने – दिशाहीन कार्यको कुनै अर्थ रहन्न भने जस्तै बाख्रो जहाँ हरायो त्यसैको आसपासमा खोजे मात्र परिणाम हात लाग्छ । हैन बाख्रो हरायो रानीबनमा खोजि गरिदँैछ तराइको चारकोसे झाडी भित्र अनि कहिले परिणाम हात लाग्छ त – अहिले दलहरू बीच यहि कुराको खाँचो देखिन्छ । काम कुरो एकातिर कुम्लो बोकी थिमी तिर भने जस्तै समस्या एकातिर छ समाधानको खोजि अर्कै तिर गरिदैछ अनि कहिले हुन्छ समस्याको समाधान – एकीकृत नेकपा माओवादी पार्टीीट फुटेर कमरेड मोहन वैद्य नेतृत्वमा गठन भएको नेकपा-माओवादी पार्टर्ीीहितको ३३ दलिय राजनीतिक मोर्चाले निवर्तमान रेग्मी सरकार गठन खारेजीको माग राखेर सडक आन्दोलन गरेका थिए । दोस्रो संबिधानसभा चुनाव बहिष्कार गर्दै गोलमेच सम्मेलन मार्फ् राजनीतिक निकास खोजिनु पर्दछ भनेर बारम्बार भनेका थिए तर त्यतिबेला प्रमुख दलहरूले वार्ता गरेनन । तिनको मागलाई रद्दीको टोकरीमा हालेको सेलाउन नपाउदै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल यति चाँडै नेतृत्व छाडेर कमरेड बैद्यको नेतृत्व स्वीकार गर्न राजि हुनु भयो – संसारमा असम्भव के नै छ र तर पनि यति ठुलो निर्ण्र्ााब्यबहारिक रुपमा हुन्छ भन्नेमा बिश्वास गर्न कठिन छ । बिगतमा गरिएका निर्ण्र्ाारू पुनर्विचार गरेर नसच्चिएसम्म चुनावको औचित्य नरहेको र्सार्वजनिक भइसकेको सर्न्र्द्धवमा एक्ला एक्लै कुदेर जित हासिल गर्न खोज्दाको परिणाम पहिलो संबिधानसभामा पहिलो भएको दल दोस्रो संबिधानसभामा तेस्रो हुनु परेको छ ।
नेकपा एमालेक नेता पूव प्रधानमन्त्री माधव कुमार नेपालले एक र्सार्वजनिक कार्यक्रममा बोलेको शब्द वास्तविक हो जस्तो अनुभूति भइरहेको छ मानव शरीरमा सबै अंगप्रत्यंग चुस्त दुरुस्त भएन भने स्वास्थ्य सञ्चालनमा बाधा अड्चन आर्इपर्दछ जसको निदान एक मात्र उपाय भनेको बिशेसज्ञसँग परामर्श गर्नु नै हो नेपाली राजनीतिमा अस्वस्थ खेल दिर्घकालिन रोग हो राजनीतिलाई सुद्धता प्रदान गर्नका निम्ति र्सवप्रथम ति भित्रका सबै तहतप्कामा स्वस्थता हुन जरुरी छ बिचारमा स्वस्थता, ब्यबहारमा स्वस्थता, चिन्तनमा स्वस्थता, आदि हुन सक्यो भने लोकतान्त्रिक परिपाटीको खुल्ला अभ्यास गर्न सहज हुन्छ हैन भने अस्वस्थ मानसिक प्रभाव भित्र रहेर दुनियाँमा जाने संदेश कदापी शुद्धता हँुदैन लोकतान्त्रिक परिपाटी अंगालेर चल्नुपर्छ भन्ने ब्यबहारमा भने ठिक उल्टो व्यवहार गरेपछि असन्तोषका ज्वाला दन्कनु स्वाभाविक हो, लोकतन्त्रमा असहमत मत जाहेर गर्न जो कोहीलाई अधिकार छ असन्तोष पक्षको आवाजलाई सम्बोधन गरेर देश र जनताको निम्ति कसले त्यस्तो योगदान दियो – जसको नेपाली जनताले समय पर्यन्त तिनले लगाएर गएका गुणको भजन गाउन सकुन । बिगतमा सिन्कोसम्म नभाँचेर संबिधानसभाको म्याद पटक-पटक थप गरेर देश र जनतालाई धोखा दिएको घाम जत्तिकै र्छलङ्ग छ । तैपनि अपजस लिन कोहि तयार छैनन् । कसको कारणले संबिधानसभाको अवसान भयो – किन बचाउने प्रयासमा र्सार्वजनिक रुपमा कोहि देखा परेनन – ६०१ सदसीय संविधानसभाका सदस्यहरूले २ बर्षो बदलामा ४ बर्षम्म विराजमान भएर राज्य कोषबाट किन पारिश्रमिक बुझे – संबिधान नबन्नुमा मूल कारकतत्व को थियो – यी अनिणिर्त प्रश्नहरू इतिहासमा रही रहनेछन् ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु