प्रसंग : दुइ माओवादीबीच पार्टी एकताको – हस्तबहादुर केसी

२०७१ जेष्ठ ३ गते, शनिबार


नेपाल कम्युनिष्ट पार्टी माओवादी र एकीकृत नेपाल कम्युनिष्ट -माओवादी) बीच एकताको हल्लाह पार्टीवभाजनको ६ महिना पछिबाट चल्दै आएको छ र एमाओवादीको विराटनगर सम्मेलन पछि यस हल्लाहले व्यापकता पाएको छ । नेकपा – माओवादीले २०७०मंरि २३ – २९ मा कुपन्डोलमा सम्पूण्ा तेश्रो पूण् बैठकले पार्टीाहिरका सम्पूण् सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध तुल्याई माओवादी कम्युनिष्ट केन्द्को रुपमा नया ढंगको कम्युनिष्ट पार्टीीनर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्ण्र्ालिएको थियो । यसै प्रक्रिया अर्न्तर्गत २०७१ वैशाख २१ र २२ गते बसेको नेकपा – माओवादीको पोलिट व्यूरो बैठकले, “आज नेपाली कम्युनिष्ट आन्दोलनमा एकता र धु्रवीकरणबारे नयाँ बहसको थालनी भएको छ । यस प्रकारको स्थितिमा हाम्रो पार्टी पोलिटव्यूरो बैठकमा क्रान्तिकारी कम्युनष्टिहरुको एकताको लागि निम्नानुसार सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक आधारको रुपमा निम्न विषयलाई प्रस्तुत गरिएको छ” भनिएको छ, जो यस प्रकार छन्ः
१. मार्क्सवाद – लेनिनवाद – माओवादलाई पथप्रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने ।
२. नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्य दिशालाई स्वीकार गर्ने ।
३. संसदवादलाई अस्वीकार गर्ने ।
४. सामाजिक क्रान्ति र रुपान्तरणका लागि बल प्रयोगको भूमिकालाई स्वीकार्ने ।
५. पार्टीतिहासको समिक्षा गर्न र गल्ती, कमी तथा कमजोरीलाई सच्च्याउन तयार रहने ।
६. जनवादी केन्द्रीयताको मर्म तथा भावना अनुरुप संगठन संचालन गर्न राजी हुने ।
अतः नेकपा – माओवादीको पोलिटव्यूरो बैठकले पार्टीाहिर रहेका सम्पूण् क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध तुल्याई माओवादी कम्युनिष्ट केन्द्रको रुपमा नयाँ ढंगको कम्युनिष्ट पार्टीीनर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि माथि उल्लेखित ६ बुँदे अल्टिमेटम अगाडि सारेको छ र उक्त बैठकले “नेकपा -एकीकृत) र क्रान्तिकारी कम्युनिष्ट केन्द्रसित सकारात्मक रुपमा एकता वार्ता अगाडि बढिरहेको छ र त्यसलाई र्सार्थक निष्कर्षा पुर्याउने प्रयास भइरहेको छ ।” भनिएको छ । यसरी सच्चा क्रान्तिकारी कमजोरीहरुलाई एकताबद्ध गरी कम्युनिष्ट केन्द्रका रुपमा नयाँ ढंगको कम्युनिष्ट पार्टीीनर्माणको प्रक्रियालाई अगाडि बढाइने भन्ने निर्ण्र्ाानेकपा – माओवादीले प्रकाशमा ल्याएपछि नेपालको कम्युनिष्ट आन्दोलनमा नयाँ ढंगको तरंग पैदा भएको छ यसले मुलुककै समग्र राजनीतिमा समेत नयाँ तरंग पैदा गरिदिएको छ ।
अब यहाँनेर गम्भीर भएर सोच्नु पर्ने र हेर्नुपर्ने कुरा के छ भने यी समाचार र हल्लाहका पछाडि कत्तिको सत्यता रहेको छ त – यस विषयको वास्तविकता के हो त – के साँच्चिकै नेकपा-माओवादी र एमाओवादीका बीचाम हल्ला गरिएझैं वास्तविक रुपमा एकता सम्भव छ त – के यिनै प्रचारकै आधारमा यी दुइ माओवादीबीच एकता भइहाल्ला त – यस प्रकारका अनेकौं प्रश्न र जिज्ञाषाहरु नेपालको राजनीतिक क्षितिजमा हावा सरी फैलिरहेका छन् । यस लेखमा यस विषयमा आवश्यक चर्चा गर्ने प्रयत्न गरिएको छ ।
नेपाल कम्युनिष्ट आन्दोलन लामो समयदेखि विभाजित रहँदै आएको छ । यस विभाजनले नेपाली क्रान्तिलाई गम्भिर प्रकारको घाटा पुर्याउँदै आएको छ । मूलतः नेपाली कम्युनिष्ट आन्दोलन क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाबीचको संर्घष्ाका आधारमा विभाजन हुँदै आएको छ । पछिल्लो पटक अर्थात् २०६९ असार २ – ५ को बौद्ध मेलाबाट एमाओवादी भित्र विभाजन आयो र जुन नेकपा – माओवादीको पुनगठन हुन पुग्यो, त्यो नितान्त क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाबीच लामो दुइ लाइन संर्घषाका परिणाम थियो । तत्कालिन अवस्थामा एकीकृत नेकपा -माओवादी) को मुख्य हिस्सा जसको नेतृत्व पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टर्राईले गरिरहेका उनीहरुले पार्टी २०६५ साल मंसिरमा सम्पन्न खरिपाटी कार्यकर्ता भेलाले एकमतले पारित गरेको सामन्तवाद तथा साम्राज्यवाद सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने भन्ने कार्यदिशा हो जसलाई २०६७ मंसिर ११ मा सम्पन्न पालुङटार प्लेनमले अनुमोदन समेत गरेको थियो र त्यसपछि माघमा बसेको केन्द्रीय समितिले समेत सामन्तवाद तथा साम्राज्यवाद विरोधी सारतत्व बोकेको जनताको संघीय गणतन्त्रात्मक संविधान बनाउने तर यस कार्यमा देशीविदेशी प्रतिक्रियावादी शक्तिबाट षड्यन्त्र भएमा जनव्रि्रोह मार्फ् नेपाली नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने भन्ने निर्ण्र्ागरेको थियो । तर २०६८ वैशाखमा आयोजना गरिएको एमाओवादीको केन्द्रीय समितिको बैठकमा प्रचण्ड बाबुरामले पार्टी गर्दै आएको नेपाली क्रान्तिको कार्यदिशालाई लत्याउँदै शान्ति र संधिान नाम दिइएको बुर्जुवा संसदवादी एवं पुँजीवादी सुधारवादी कार्यदिशा पकडेर साम्राज्यवादी तथा विस्तारवादीहरुका सामु आत्मर्समर्पण गर्दै यथास्थितिवादी एवं प्रतिक्रियावादी कित्तामा सामेल हुन पुगेर नेपाली क्रान्ति र जनताप्रति गम्भीर प्रकारको धोका र गद्धारी गर्न पुगेपछि त्यस पार्टीीभत्र तत्कालिन एमाओवादीका बरिष्ठ उपाध्यक्ष कमरेड मोहन वैद्य किरणको नेतृत्वमा निर्माण भइरहेको क्रान्तिकारी विचारसमुहबीच करीव एक वर्षभन्दा बढि समय भिषण दुइ लाइन संर्घष्ा एवं विचारधारात्मक अन्तरसंर्घष् संचालन गर्दासम्म पनि प्रचण्ड – बाबुरामहरुको समूह रुपान्तरण हुन तयार नभए पछि क्रान्तिकारी विचारको रक्षा गर्नका निम्ति, नेपाली क्रान्ति रक्षा गर्नका निम्ति र नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने महान उद्देश्यका साथ एमाओवादीको नवसंशोधनवादी समुहसित सम्बन्ध विच्छेद गरेर क. २०६९ असार २ – ५ मा सम्पन्न बौद्ध भेलाबाट नेकपा – माओवादीको पुनर्गठन गरिएको थियो । अतः नेपाली कम्युनिष्ट आन्दोलनको ६५ वर्षो समग्र इतिहासको समिक्षा गर्दा के पाइन्छ भने क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्य दिशाविचकै द्वन्द्व प्रमुख बन्दै आएको छ र यही कारणबाट नै नेपाली कम्युनिष्ट आन्दोलन लामो समयदेखि विभाजित रहँदै आएको छ । फुट र विभाजनको मुख्य कारण नेपाली कम्युनिष्ट आन्दोलनभित्र विचार नै प्रधान रहने गरेको छ । र एकता पनि सिद्धान्त निष्ठा एकतामा मात्र सम्भव छ । त्यो भन्दा बाहिर एकताको खोजी गर्नु, एकताको कुरा गर्नु, एकताको प्रयास गर्नु चरम प्रकारको अवसरवाद हो ।
जहाँसम्म नेकपा – माओवादी र एमाओवादी बीचको एकताको हल्ला छ । माओवादीसित अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीीबीचको एकताको प्रसँग छ यस विषयमा हामीले गम्भीर भएर विश्लेषण गर्ने र एउटा वैज्ञानिक निष्कर्षा पुग्नु पर्ने हुन्छ । नेकपा -एकीकृत) र क्रान्तिकारी कम्युनिष्ट केन्द्र र नेकपा – माओवादीबीचको एकता सिद्धान्तनिष्ट एकताका आधारमा प्रक्रियागत रुपमा अगाडि बढिरहेको छ । र यो सकारात्मक दिशामा अगाडि बढिरहेको छ । यस विषयमा प्रश्न उठाउनु पर्ने र धेरै आशंका गर्नुपर्ने देखिदैन । किनकि विचारधारात्मक रुपमा र कार्य दिशामा समेत सहमत भएर पार्टीीकताका प्रक्रियाहरु अगाडि बढिरहेको छन् । जहाँसम्म एमाओवादीसितको एकताको हल्लाहको कुरा छ, यो ज्यादा भन्दा ज्यादा हल्ला मात्रै हो । यस प्रकारको हल्लाह बारम्बार एमाओवादी पक्षबाट विशेषगरि पुष्पकमल दाहाल प्रचण्डबाट फैलाउदै आएको प्रचारात्मक प्रभोकाण्डले बढि काम गरिहेको छ । पार्टीीवभाजन भएको छ महिना देखि नै प्रचण्डले एकताको हल्लाह फैलाउन थालेका हुन् ।
प्रचण्ड – बाबुरामहरुबाट दुइ माओवादी पार्टीीकताको हल्लाह जोडतोडले फैलाउनुका पछाडि विविध कारणहरु विद्यमान रहँदै आएका छन् ।
पहिलो कारणः नेकपा – माओवादी नयाँ ढंगको क्रान्तिकारी कम्युनिष्ट पार्टीएको र प्रचण्ड – बाबुरामद्वारा बाटोमा फ्याकिएको नेपाली झण्डालाई माथि उठाउँदै नेपाली नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने महान उद्देश्यका साथ यस पार्टर्ीी पर्ुनर्गठन भएको र नेकपा – माओवादी नै वर्तमान अवस्थामा नेपाली क्रान्तिको निर्ण्ाायक नेतृत्वदायी शक्ति भएकोले यसलाई कजोर पार्न, अगाडि बढ्न नदिन र आम क्रान्तिकारीहरु र जनताका बीचमा एकताको हौवा खडा गरेर व्यापक प्रकारको भ्रम फैलाएर आँखामा छारो र्छर्ने उद्देश्यका साथ उनीहरुबाट एकताको बढि हल्ला फैलाउने गरिएको छ । यसकारण यस हल्लालाई पुनः नेपाली क्रान्तिलाई विथोल्ने र निष्तेज पार्ने उद्देश्यका साथ सुनियोजित हल्लाहरुको रुपमा नलिनु पर्ने हुन्छ ।
दोश्रो कारणः एमाओवादी भित्रको प्रचण्ड र बाबुराम माथिको झगडा र किचलोको कारणले पनि प्रचण्ड – बाबुरामले आ-आफ्नो अनुकुलतामा एकले अर्कोलाई हिर्काउने धम्काउने, पद र अवसरको बाँडभागविलोको लागि वैद्य माओवादीसितको एकताको हल्ला मच्चाउने गरेका छन् ।
तेश्रो कारणः प्रचण्डसँग कुनै लाइन नै छैन । माओवादी पार्टीे खास लाइन मोहन वैधानिकरणले नेतृत्व गरेको माओवादीसित रहेको छ । उता एमाओवादीको विचार भनेको त्यो बाबुरामको विचार हो । बाबुरामसित पनि प्रचण्डको मेल छैन । विचारविहिन भएकाकारणले पनि प्रचण्डले माओवादीसित एकताको हल्लाह फैलाउने गरेका छन् ।
चौथो कारणः प्रचण्डलाई काम गर्ने कार्यकर्ताको अभाव छ । बाबुरामका मान्छेले प्रचण्डको काम गर्न मान्दैनन् । प्रकाससित रहेका कार्यकर्ता पनि प्रचण्डहरुका खेताला बन्न चाहँदैनन् । प्रचण्ड आफ्ना कार्यकर्ताहरु पनि तमाम प्रकारका आर्थिक विचलना परेर बदनाम भइसकेका छन् तिनीहरुले प्रचण्डको कामलाई धान्न सक्तैनन् । कुरा रहृयो, दशवर्षदेखि नै इमान्दारी पूवक प्रचण्डको पक्षमा काम गर्दै आएका हजारौं कार्यकर्ताहरु नेकपा – माओवादीमा आवद्ध भएका छन् । हो तिनै कार्यकर्ताहरुलाई नयाँ खेतालाका रुपमा जोताउने सकिने उद्देश्यका साथ प्रचण्डले पार्टीीकताको बढि प्रचार गर्ने गरेका छन् । यसका अतिरिक्त नेकपा – माओवादीलाई कमजोर पार्न र एमाओवादी जस्तै बनाउने जुन देशी विदेशी प्रतिक्रियावादीहरुको योजना र षड्यन्त्र छ त्यसले पनि यस प्रकारको एकताको हल्लाह मच्चाउनमा मलजल गरिरहेको छ ।
फेरी कुरा के साँचो हो भने पार्टीकता आवश्यक छ । माओवादी र एमाओवादीका बीचमा मात्र होइन सम्पर्ूण्ा क्रान्तिकारी कम्युनिष्टहरुका बीचमा एकता आवश्यक छ । नेपाली क्रान्ति सम्पन्न गर्नका लागि एकीकृत क्रान्तिकारी कम्युनिष्ट पार्टीे निर्माणको विकल्प छैन । यही तथ्यालाई मध्यनजर राखि नेकपा – माओवादीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई एकताबद्ध गरि माओवादी कम्युनिष्ट केन्द्रका रुपमा नयाँ ढंगको कम्युनिष्ट पार्टीीनर्माणको प्रक्रियालाई अगाडि बढाउने निर्ण्र्ाागरेको हो र यसको कार्यनिर्वाचनको लागि छ बुँदे सैद्धान्तिक राजनीतिक तथा सांगठनिक आधारहरु र्सतका रुपमा अगाडि सारेको छ र यो विनाको एकताको कुनै अर्थ र औचित्य पनि छैन ।
जहाँसम्म माओवादीले अगाडि सारेको छ बुँदे र्सतनानुसार पहिलो र्सत छ मार्क्सवाद – लेनिनवाद – माओवादलाई पथपर््रदर्शक सिद्धान्तका रुपमा अवलम्बन गर्ने भन्ने यो कुरा एमाओवादीले दस्तावेजमा राखेको छ, तर व्यवहार अवलम्बन गर्न तयार हुनलाई विचार र कार्यक्रम सीत अन्तरसम्बन्धित कुरा हो त्यो उसले गुमाइ नीति, कार्यक्रम र कार्यदिशालाई स्वीकार गर्ने भन्ने, एमाओवादीले हेटौडा महाधिवेशनबाट नयाँ जनवादी क्रान्तिको नीति, कार्यक्रम र कार्यदिशा परित्याग गरेर पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भई सक्यो भन्दै समाजवादी क्रान्तिको कार्यक्रम पारित गरेको हो, यसलाई उसले सच्याएको छैन, सच्याउनलाई पनि महाधिवेशन बोलाउनु पर्यो । त्यो उसले गरेको छैन ।
माओवादीको अर्को महत्वपूण् र्सत संसदवादलाई अस्वीकार गर्ने भन्ने छ, यो पनि एमाओवादीले परित्याग गर्ने वाला छैन । चौथो बुँदा छ सामाजिक क्रान्ति रुपान्तरणका लागि बलप्रयोगको भूमिकालाई स्वीकार्ने भन्ने छ एमाओवादी नवसंशोधनवादमा पतन भइसकेको शक्ति भएकाले उसले स्वीकारने कुरै आउँदैन ।
पाँचौ र्सत छ, पार्टीतिहासको समिक्षा गर्ने र गल्ती, कमी तथा कमजोरीलाई सच्चाउन तयार रहने भन्ने छ, यो ज्यादै गम्भीर विषय हो । पार्टीीतिहासमा एमाओवादीले जनमुक्ति सेनालाई प्रतिक्रियावादी सेनाका सामु आत्मर्समर्पण गर्न विवस गराएर जुन विघटन गर्यो र हतियार प्रतिक्रियावादी सत्तालाई बुझाई दियो, यो गम्भीर प्रकारको गल्तीलाई स्वीकारन तयार हुन्छ कि हुन्न – छैठौं र्सत रहेको छ, जनवादी केन्द्रीयताको मर्म तथा भावना अनुरुप संगठन संचालन गर्न राजी हुने, कुरा उल्लेख छ । पहिलो कुरा त सबैखाले संशोधनवादीहरु जनवादी केन्द्रीयतको मर्म र भावना अनुरुप पार्टीञ्चालन गर्दैनन् र गर्नु पनि पर्दैन । व्यक्तिले मनपरि ढंगले पार्टीञ्चालन गर्ने हो ।
अतः यी माथिका र्सतहरुलाई विश्लेषण गर्दा के निष्कर्षा पुग्न सकिन्छ भने पहिलो नम्बरमा एमाओवादीले हेटौंडा महाधिवेशनबाट पारित गरेको समाजवादी क्रान्तिको विर्सजनवादी लाइन नसच्याएसम्म माओवादी सित पार्टीकता हुने कुनै सम्भावना छैन । दोश्रो नम्बरमा नेकपा – माओवादीले अगाडि सारेका यी छ बुँदे र्सतलाई आत्मसाथ गरेर एमाओवादी पार्टर्ीीकता गर्न तयार भएर आयो भने माओवादीका सामु आत्मर्समर्पण गरेको ठहर हुनेछ र माओवादी अध्यक्ष मोहन वैद्य किरणलाई अध्यक्ष स्वीकारेर आउनु पर्ने छ । अब फेरी प्रचण्ड नै अध्यक्ष हुने गरी पार्टीकता हुने सम्भावना छैन । किनकी प्रचण्डले सबै जनविश्वास गुमाई सकेका छन् । त्यसैले सबैले बुझ्ने कुरा के हो भने पार्टीकताका लागि बहस गर्न पाइने भयो, हल्ला पनि बेसरी गर्न त पाइने भयो तर यही तरिकाले पार्टीकता भैहाल्ने कुनै सम्भावना छैन । आजसम्मका सबै हल्लाहरु खाली भ्रम मात्र हुन् । तर एउटा के कुरालाई नकार्न सकिँदैन भने चुनाव पछि चल्ने हल्लाले कही कतै एमाले र मालेबीच जुन २०५८ सालमा एकता भएको थियो, त्यो इतिहासमा यहाँ पनि पुनरावृत्ति हुन सक्दछ । क्रान्तिकारीहरु भने र्सतर्क हुनै पर्ने हुन्छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु