कृष्ण सेन ‘इच्छुक’ बाँचेका भए … – खेम थपलिया
रसियन क्रान्तिले गोर्की र चिनियाँ क्रान्तिले लु सुनजस्तै नेपाली धर्तीमा महान् जनयुद्धले कृष्ण सेन ‘इच्छुक’ लाई जन्मायो । नेपाली धर्तीमा उनले गौरवपूण बलिदान प्राप्त गरे । उनी क्रान्तिकारी आस्थाको रक्षार्थ सदैव प्रेरक भएका छन् । आफ्नै सहयोद्धाको गद्दारीका कारण तत्कालीन सत्ताले २०५९ साल जेठ ६ गते काठमाडौँबाट इच्छुकलाई गिरफ्तारी गर्यो । करिब एक सातासम्म निर्मम यातना दिएर उनको हत्या गरियो । २०४६ सालको जनआन्दोलन मार्फ जनताको सीमित नै भए पनि हक अधिकार प्राप्त गर्ने आन्दोलनमा महत्वपूण् योगदान पुर्याएका इच्छुकको त्यसको रगत-पसिना सुक्न नपाउँदै त्यही कथित प्रजातन्त्रले उनको रगतलाई ठाडो घाँटी लगाएर घटघटी पियो । मध्ययुगीन शैली अपनाएर सीमित प्रजातान्त्रिक अधिकारको घाँटी निमोठ्दै, संवैधानिक व्यवस्थालाई दुरुपयोग गर्दै क्रान्तिकारी योद्धालाई, देश र जनताको आस्था र विश्वासको धरोहर एक होनाहार सांस्कृतिक योद्धालाई हामीले भौतिक रूपमा गुमाएको पनि १३ वर्षभएछ । तत्कालीन प्रहरी अधिकृत विक्रमसिंह थापाले इच्छुकलाई अत्यन्त निर्मम, अमानवीय र बर्बतापूण् यातना दिएका थिए । हिरासतमा उनलाई किन्ने प्रयास भयो । प्रहरीहरू उनबाट पार्टीे गोपनीयता भङ्ग गराउन चाहन्थे तर त्यहाँ उनले आफ्नो वर्ग, क्रान्तिकारी आस्था र निष्ठाप्रति प्रतिबद्ध हुँदै आफ्नै अगाडि उभिएको मृत्युको कुनै पर्वाह नगरी भनेका थिए- “मेरो देशभक्ति मेरो मुटु झकिे पनि तपार्इंहरू झक्िन सक्नुहुन्न । हामी देशभक्त क्रान्तिकारी हौँ । त्यसैले कुनै पनि देशद्रोही शक्तिले चाहे त्यो जतिसुकै शक्तिशाली होस्, हामीलाई जित्न सक्दैन ।” उनको बलिदान मुक्तिकामी आन्दोलनमा कहिल्यै नपुरिने गहिरो घाउ हो । इच्छुकको शब्द र कर्मबीचमा मेल थियो । र्सवहारा संस्कृतिका पर्याय इच्छुकको आदर्श वाक्य थियो- “मेरो स्वार्थ भन्नु देश र जनताको स्वार्थ हो ।” यस्ता आदर्शबोधी योद्धा इच्छुकको बलिदान महान् सहादतको सर्वोच्च शिखर पनि हो ।
वास्तवमा इच्छुक मुलुकको सुखद्, समृद्ध र सुन्दर भविष्यको दिशामा कृत-सङ्कल्पित क्रान्तिदूत थिए । क्रान्तिकारी जनताका अविजित र अटूट आस्थाका प्रतिबिम्ब इच्छुकको सहादतले बलिदानीपूण गौरवको सगर चुमेको छ । उनको बलिदानीपूण् जीवनगाथाले सिङ्गो क्रान्तिकारी पङ्क्तिमा निराशा र पलायन होइन, बरु थप ऊर्जा, शौर्य, ओज र जिम्मेवारीबोधको सञ्चार गराएको छ । इच्छुकको उज्यालो गाथाले जनसांस्कृतिक आन्दोलनको दिशाबोध गरेको छ । भनिन्छ- असत्य, अवसान र अँध्यारोको विपक्षमा उभिएका इच्छुकलाई जल्लादहरूका यातना शिविरमा दिएको चरम यातनाबाट मुच्छिर्त भएपछि दुवै खुट्टामा समातेर महेन्द्र पुलिस क्लबको चौरमा घिसारिएको थियो । दुस्मनका अँध्यारा कालकोठरीमा दुस्मनकै सामुन्ने क्रान्ति र परिवर्तनको आगो ओकल्ने इच्छुकले क्रान्तिले माग गरेको बलिदानको कोटा चुक्ता गरे । इच्छुकको शब्द र कर्मबीचको तादात्म्यले भावी पुस्ताका लाखौँलाख युवालाई मुक्ति र असीम चेतनाको मधुरीमा सञ्चार गरेको छ । इच्छुकको छातीमा दागिएको एउटा कविको छातीमा दागिएको गोली नभएर यो देशलाई माया गर्ने, जनताको मुक्ति आन्दोलनलाई आफ्नो जीवन बनाउने सुन्दर संसारको स्वप्नद्रष्टाहरूका नाभीस्थलमाथिको प्रहार गरिएको गोली हो । आज उनलाई सम्झनु भनेको हाम्रो जीवनलाई विचार, आदर्श, दर्शन अनुसार बनाउन प्रतिवद्धता व्यक्त गर्नु पनि हो । यो नै इच्छुकको ओजत्व र स्वत्व हो ।
आज धेरैको मनमा एउटै कुरा खेलिरहेको छ- इच्छुक आज बाँचिरहेका भए के लेख्थे होलान् – के बोल्थे होलान् – के गर्थे होलान् – आदि आदि । इच्छुकले आज धेरै कुरा देख्न पाउँथे । उनको बलिदान पश्चात नेपालको राजनीतिमा धेरै उथलपुथल आएको छ । बलिदानका असङ्ख्य पिरामीडहरू खडा भएका छन् । आदर्शहरू ढलेका छन् । बेपत्ता योद्धाहरू बेखबर छन् । सहिद परिवारहरूको विचल्ली भएको छ । सपनाहरू मरेका छन् । जनमुक्ति सेना बजारको मालमा परिणत भएका छन् । राष्ट्रियतालाई कुर्सीीत साटिएको छ । वर्गदुस्मन केहीका निम्ति हितैषी बनेका छन् । संविधानभा २०७० मा एमाओवादीको शर्मनाक पराजय भएको छ । प्रतिक्रियावादी सत्ता जनयुद्धकालीन मुद्दा ब्युँताउँदै माओवादीलाई धमाधम पक्राउ गरेर जेल हाल्न थालिएको छ । एमाओवादीको मुख्य नेतृत्वमा आएको भयानक वैचारिक विचलनका विरुद्ध किरण-बादलहरूले क्रान्तिको रातो झन्डा उठाएका छन् । आज यो झन्डा पनि खतरामुक्त रहेको छैन । यसलाई पनि विभिन्न दिशाबाट आएको दुषित हावाको झोक्काले ढलाउने, झुकाउने प्रपञ्च भइरहेको छ । पार्टी पर्ूण्ाकालीन कार्यकर्ताहरू बोझ भएका छन् । आत्मकेन्द्री व्यक्तिवाद र क्रान्तिकारी रूपवादले यहाँ पनि रडाको मच्चाउन थालेको छ । पार्टीीालुहरूको क्लबमा रूपान्तरित हुने खतरा बढेको छ । कार्यदिशा, विचार, क्रान्ति, पार्टी सङ्गठनात्मक जिम्मेवारीलाई गम्भीरतापूवक आत्मसात् गर्दै कार्यक्षेत्रमा निरन्तर खट्नेलाई अपराधी र अराजक भन्दै ‘फलानो यो गुट’ को र ‘फलानो ऊ गुट’ को भन्दै कोर्राार्साा थालिएको छ । कार्यकर्ताका कार्यक्षेत्रको काम र लगनशीलता नेताहरू देख्दैनन् । त्यो नदेखेपछि मूल्याङ्कन हुने कुरै भएन । यतिखेर देशभरका नेता तथा कार्यकर्ताहरूले देख्नुको कुनै तुक रहेन । आज पार्टीीङ्गठन च्यानलको ध्वस्त भएको छ । कागजमा रहेको ‘पार्टर्ीीदस्यता’ बाहेक धेरैको अवस्था फरक रहेन । क्रान्ति/पार्टीीसै-कसैको पेवा बन्न पुगेको छ । हुन त सङ्र्घर् हो जीवन, जीवन सङ्र्घष्ार् हो । निरन्तर सर्ङर्घष र सफलता असफलताका बीच फेरि पनि सङ्र्घष्ार्, यही हो जीवन ! तर पनि आज पार्टीीुख्यालयमा नेता/कार्यकर्ताको मूल्याङ्कन फारामको व्यापक दुरुपयोग भएको छ । नेता कार्यकर्ताबाट जी-हजुरीको भाषा र व्यवहार खोजिरहेछन् । मानौ“ कि उनीहरू जनता/कार्यकर्ताका मालिक हुन्, अन्नदाता हुन्, भविष्यका आधार हुन् । इच्छुक आज भएको भए सायद यिनीहरूलाई राम्रो सवक सिकाइदिन्थे । यसका विरुद्ध उनी निश्चय पनि आगो ओकल्थे । ढँटुवाहरूलाई झापड हान्थे । हुन त व्यक्ति मात्र असल भएर केही हुँदैन भन्ने कुरा हामी सबैलाई थाहा छ । पक्कै पनि संरचनात्मक विकासमा इच्छुकको विशेष पहल हुन्थ्यो । आज कतिपय इच्छुक निकट भनिएका मानिसका व्यवहार हेदा लाज लागेर आउँछ । आजका केही मानिस पद र पैसाको लागि जे गर्न पनि तयार रहेको उदाहरण सयौँ छन् । महान् साहित्यकार लु सुनले भनेका थिए- “आफ्नासित आ“खा जुधाएर कुरा गर अनि दुस्मनसित औंला ठड्याएर कुरा गर ।” माओले भनेका थिए- “स्पष्ट होऊ र स्पष्ट कुरा निर्धक्क राख ।” कर्यकताले यही कुरा सिके“, राजनीतिक स्कुलिङ नै यस्तै थियो तर आज विचार र व्यवहारबीचमा पटक्कै सङ्गति रहेन । आज माओवादी पार्टीीवभाजित भएको छ । आज यसैलाई आधार बनाएर सहिद बेपत्ताको सपनालाई आघात पुगेको कुरा गर्न थालिएको छ । यस्तो प्रतीत हुन्छ- यहाँ माओवादीले झुटका पुलिन्दाको कारखाना खोलेका छन् । क्रान्तिलाई एकादेशको कथा बनाइएको छ । वास्तवमा यो माओवादीको आफ्नो वैचारिक आधारशिला र वर्गीयता कमजोर हुनु तथा उसको प्रतिवद्धतामा इमानदार नभएर देश र जनताप्रति आघात पुगेको हो । यसको मुख्य जिम्मेवारी मुख्य नेतृत्वले लिनुपर्छ । कार्यकर्ता तथा जनतालाई दोष थोपरेर अब कोही पनि उम्किन पाउनेछैनन् । जनताको विजयको कुनै विकल्प छैन । इच्छुक आज भएको भए हाम्रो साहित्यिक-सांस्कृतिक आन्दोलन उर्बर मात्रै होइन, निष्ठाको राजनीतिको मूल्य कति माथि हुन्थ्यो ! इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवसको सर्न्दर्भमा फेरि एकपटक इच्छुकका यी भनाइलाई स्मरण गरौ- “सधैँ इमानदार र प्रतिबद्ध बनौँ, शब्द र कर्मप्रति, आदर्श र व्यवहारप्रति निष्ठावान् बनौँ । हाम्रो लेखन र सिर्जन अनुरूप हाम्रो जीवनशैली बनोस् ।”