कहा छ गणतन्त्र ? – भारत दाहाल
तस्कर, भ्रष्टाचारी र दलका ट्यापेहरूकाे जनतन्त्र दिवस
नेताका नन्दीभृङ्गी र भाइभारादारहरूकाे धनतन्त्र दिवस
विश्वकाे एक्लाे उदाहरण अाज दिल्लीकाे डनतन्त्र दिवस
इसापूर्व १३०० बर्ष अगाडी स्थापित भएकाे मानिने गणतन्त्रमा नागरीक सर्वाेच्चता थियाे। नगर राज्यहरूकाे सार्वभाैमसत्ता नागरीकहरूकाे हातमा निहित थियाे। नागरीकहरूकाे प्रत्यक्ष संलग्नतामा हुने सवाल जबाफ र प्रश्नाेत्तरबाट नगर राज्यकाे प्रमुख चयन गरीन्थ्याे। ग्रीकका एथेन्स, काेरीन्थ र स्पार्टा तथा राेमका गणराज्यहरू यसका अनुपम उदाहरण थिए। पूर्वमा किराँतहरूकाे वैशाली, शाक्यहरूकाे लुम्बिनी र पञ्जावकाे वाहीक गणराज्यहरू पनि यस्तै थिए। त्यसबेलाका गणतन्त्रहरूलार्इ नागरीक मानवतावाद (civic humanism) काे नामले चिन्ने गरीन्छ।
मध्य यूगमा हराएकाे गणतन्त्र यूराेपकाे पुर्जागरणपछि पुनर्जिवित भयाे। मैकियावेलि, मन्टेस्क्यू, पाेलिवियस, सिसेराे, एडम स्मिथ जस्ता चिन्तकहरूले याे अान्दाेलनलार्इ अगाडी बढाए। राष्ट्रकाे सार्वभाैमसत्ता नागरीककाे सट्टा निर्वाचित प्रतिनिधिहरूमा निहित गर्ने प्रचलन सुरू भयाे। निर्वाचित राष्ट्र प्रमुख घाेषणापत्रप्रति जबाफदेहि रहनुपर्ने विधिकाे विकास भयाे।
नेपालकाे “गणतन्त्र” यी दुबै मान्यताहरूबाट अलग छ। जनतन्त्रका नाममा एकाध अभिजात, तस्कर, भ्रष्टाचारी र दलका ट्यापेहरूकाे स्वेच्छाचारी शासन छ। गणतन्त्रका नाममा नेताका नन्दीभृङ्गी र भाइभारादारहरूकाे नव बादशाही सुरू भएकाे छ। दिल्ली यसकाे डन र त्यसका भरियाहरूका हातमा गनकाे एकिकृत रूप “लाेकतान्त्रिक गणतन्त्र” बन्न पुगेकाे छ। बितेका ६ जे जति काम भयाे दिल्लीका लागि भयाे। पुष्पकमल-बाबुरामलार्इ नव बादशाहकाे खुट्कीलाे पार गर्न रगत बगाउनेहरू सडकमा फ्याँकिए। संसदवादीहरूकाे झण्डा बाेकेर गाेलि खानेहरू अाेछ्यानमा सडिरहेका छन्। गणतन्त्रले अाधाभन्दा बढि यूवा यूवतिहरूलार्इ देश निकाला गरी खाडि पुर्याएकाे छ। बाँकी जाे छन् दश हजार रूपियाँकाे “पाेका नून” खाएर काल पर्खिरहेका छन्।
याे दुर्दशालार्इ महान क्रान्ति ठान्ने बिरामीहरू हाे ! पहिले सत्तामा अाफ्नाे अस्तित्व देखाउ। स्वविवेकमा याैटा सहायक सचिव नियुक्त गरेर देखाउ। हुम्लाकाे गरीबलार्इ २५ रूपैंयामा नून दिएर देखाउ। खाडिका मरूभूमीमा उँट बनेर बाँचिरहेकाहरू ५ जनालार्इ मात्र पर्काएर राेजगारी दिइ देखाउ। कालापानी र सुस्ता फर्काएर देखाउ। तिमीहरूले प्रयाेग गरेर सडकमा फालेका जनताका छाेराछाेरीहरूलार्इ व्यवस्थापन गरेर देखाउ। सक्दैनाै भने तिम्राे धनतन्त्र र तिम्राे मालिककाे डनतन्त्र मासिनै पर्छ। गणतन्त्रसंग यसका छेउ टुप्पाका संबन्ध छैन।