मोदीसरकारसँग नेपाली जनताको अपेक्षा – युवराज सफल
नेपालको छिमेकी मुलुक भारतमा भारतीय जनता पार्टी नेता नरेन्द्र मोदी भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । गुजरातको विकासमा उल्लेख्य योगदान गरेका तथा कट्टर हिन्दुवादी नेता मोदी प्रधानमन्त्रीमा निर्वाचित भएपछि अहिले सिँगो भारत र विश्व समुदायमा एक किसिमको हल्लीखल्ली मच्चिएको छ । हुन त काँग्रेस नेतृत्वको सरकारले जनअपेक्षा बमोजिम कार्य नगरे पछि भारतीय जनता पार्टीत्तामा आउने र नरेन्द्र मोदीले सरकारको नेतृत्व गर्ने धेरैको पूवअनुमान थियो । मोदी प्रधानमन्त्री भएपछि उनले आफ्नो छिमेकी र अन्य अन्तर्रााट्रय मुलुकसँग कसरी सम्बन्ध अगाडि बढाउछन् भन्ने चासो उत्पन्न भएको छ । त्यही नेपाल जस्तो पुरानो छिमेकीलाई उनी नेतृत्वको सरकारले कसरी र कस्तो सम्बन्ध राख्दछ भन्ने कुरा आज र्सवत्र चासोको विषय भएको छ । न्ोपाली जनताले आफ्नो छिमेकी मुलुक भारतमा नयाँ सरकार गठन भएपछि विभिन्न अपेक्षा राखेको छ । यस्ता अपेक्षा राख्नु पनि स्वाभाविकै हो । अतः नेपाली जनताको अपेक्षा कस्तो राख्नु पर्दछ र नेपाली जनतासँग मोदी सरकारले कस्तो व्यवहार गर्नु पर्छ भन्ने कुराको वारेमा चर्चा गर्दा सान्दर्भिक होला ।
न्ोपाली जनताले ल्याएका परिर्वतन रक्षाको अपेक्षा
न्ोपाली जनताले आफ्नो त्याग, बलिदान, र्समर्पण र संर्घष्ाले विभिन्न परिवर्तनहरु हासिल गरेका छन् । सयौँ नागरिकले यस महाअभियानमा जिउ ज्यान अर्पण गरेका छन् । नेपालमा २४० वर्षेखि एक छत्र राज्य संचालन गर्दै आएको राजतन्त्रको अन्त्य भई गणतन्त्रको स्थापना भएको छ । कतिपयले मोदी सरकार आएपछि नेपालमा गणतन्त्रको अन्त्य र राजतन्त्रको पुनर्स्थापना हुने अनुमान गरेका छन् । कतिपयको विश्लेषण छ मोदीको चीन सरकारसँग पनि घनिष्ठ सम्बन्ध छ, उनी कयौँ पटक चीन भ्रमणमा गएका छन् । अझ कतिपय त मोदीले गुजरातको विकासमा चिनियाँ प्रविधिको अध्ययन गरेको तथा चीन सरकारको प्रत्यक्ष सहयोग र साथ लिएको दावी गरेका छन् । यस्तो भनिदैँछ कि मोदीले चिनियाँ कम्युनिष्ट पार्टीीग पनि राम्रो सम्बन्ध स्थापना गरेका छन् र चीन पनि नेपालमा पुरानो भरपर्दो मित्र शक्ति राजतन्त्रलाई गुमाउन पर्दा दुखित छ । तर्सथ, नेपालका नेताहरुले एक चीन नीतिमा प्रतिबद्ध नहुँदा चीनले भरपर्दो मित्रशक्ति खोजी रहेको कुरा धेरै तिरवाट उठेको छ । र मोदीले पनि नेपालमा राजतन्त्र ल्याउन सहयोग गर्ने भन्दै राजावादी नेता कमल थापाहरुको चुरिफुरी आवश्यकताभन्दा अलि बढीनै भएको छ । कमल थापाहरु म्ाोदी चुनावमा लड्दै गर्दा उनीसँग खिचेको फोटो फेशबुकवाट बाँढ्न नै व्यस्त थिए । उनी अप्रत्यक्ष रुपमा दावी गर्दै थिए कि मोदी मेरो सवैभन्दा नजिकका मित्र हुन अव मोदीले राजतन्त्र ल्याई दिन्छन् । तर यस वारेमा मोदीले औपचारिक केही बोलेका छैनन् । साँचो कुरा केहो भने नेपालमा राजतन्त्र इतिहास भइसकेको छ । हज्जारौँ नागरिकको बलिदानवाट प्राप्त गणतन्त्रको रक्षा गर्न नेपाली नागरिक प्रतिवद्व छन् । कुनै पनि वाहनामा गणतन्त्र सिध्याउने र राजतन्त्रको पुनर्स्थापना गर्ने कुरा हामी कसैलाई स्वीकार्य छैन । यदि मोदीले जवरजस्त राजतन्त्रको पुनर्स्थापना गर्न पहल गरेभने नेपाली जनताले मोदीलाई कहिले माफी दिने छैनन् । यदि उनले जन अपेक्षा बमोजिम त्यस्तो गर्न योजना बनाए वा नेपालमा रहेका कमल थापाहरुलाई उक्साए भने मोदीलाई ठूलो घाटा हुनेछ । फेरि राजतन्त्रको बहालीका लागि मोदी बोले भने उनलाई हज्जारौँ शहिदका आसुँले पोल्ने छ । घाइतेहरुको श्राप लाग्नेछ । बेपत्ता नागरिकको तर्फाट पनि राम्रो हुने छैन ।
अत मोदीले नेपालमा स्थापना भएको गणतन्त्रलाई अपहरण गर्ने हैन यसलाई अझ संंस्थागत गर्ने खालको भूमिका खेल्न पर्दछ । नेपाली जनताले ल्याएको उपलब्धीको बचाउ गर्ने खालका गतिविधि गर्न पर्दछ । नेपाली जनताले मोदी सरकारवाट यहि अपेक्षा राखेको हुनुपर्छ ।
त्यस्तै प्रधानमन्त्रीमा चयन नहुदै कट्टर हिन्दुवादी नेता मोदीले नेपालमा फेरि पनि हिन्दु राष्ट्र बनाउन पहल गर्ने धेरैले अनुमान गरेका थिए । खास गरी नेपालमा विभिन्न धर्म र संस्कृति मान्ने नागरिकहरु बसोबास गर्दछन् । त्यसो भएको कारण विभिन्न धर्म मान्नेहरुले आफूलाई मन पर्ने धर्म मान्न पाउनेछन् । उनीहरुलाई धार्मिक स्वतन्त्रता दिन पर्नेछ । फेरि पनि हिन्दु राज्यको नाममा नेपालमा धार्मिक सद्भाव भड्काउने काम मोदीले गर्ने छैनन् भन्ने अपेक्षा नेपाली नागरिकले गरेका छन् । साथै विभिन्न धर्मको आडमा राजनीति गर्ने पार्टर्ीीा संघ संस्थालाई प्रत्यक्ष सहयोग गर्ने छैनन् भन्ने कुराको पनि मोदी सरकारसँग नागरिकको अपेक्षा रहेको छ ।
विस्तारवादी नीति नलाद्ने अपेक्षा
म्ानमोहन सिँह प्रधानमन्त्री हुँदा धेरै ठाँउमा नेपालका सिमा मिचिएका छन् । धेरै सिमा स्तम्भहरु हराइएका छन् । धेरै नेपाली भूमि मिचिएका छन् । कयौँ नेपालीलाई भारतीय जवान एसएसवीले हत्या गरेका छन् । कयौँ नेपालीलाई बलात्कार गरेका छन् । थुप्रै नेपालीलाई कुटपिट गरेका छन् भने निकै नागरिकको वस्तीमा छिरी आतंक मच्चाएका छन् । कैयँन वस्तीमा आगो लगाएका छन् ।
त्यस्तै अनेक भ्रमहरु छरेका छन् । गौतम बुद्व भारतमा जन्मिएको भन्दै अनेक झुटो प्रचार प्रसार गर्न लागेका छन् । स्वयम मोदीले पनि बुद्व विहारमा जन्मेको अभिव्यक्ति दिएर नेपाली स्वाभिमानमाथि आक्रमण गर्न थालिसकेका छन् । तर पनि नेपाली जनताले मोदी सरकारे नेपालमा विस्तारवादी नीति नलाद्ने अपेक्षा गरेका छन् ।
विश्वका अन्य देश झै नेपाल पनि र्सार्वभौम सत्ता सम्पन्न देश हो भन्ने कुराको हेक्का मोदीलाई पक्कै हुन पर्दछ । स्वाधीन मुलुक माथि हस्तक्षेप गर्न हुँदैन भन्ने ज्ञान पनि मोदीमा होला, नभए त्यो चेतना र ज्ञान हुनु आवश्यक छ । नेपाललाई भारतकै कुनै प्रान्त सोची त्यही अनुसारका व्यवहार गर्ने भारतीय शासकहरुले कहिले पनि नेपालको राष्ट्रियताको संरक्षण गर्ने कार्य गरेका छैनन् । नेपाल माथि जहिले पनि विस्तारवादी नीति कायम गरेका छन् । नेपाल र नेपालीको स्वाभिमानमा पटक पटक आक्रमण गरेका छन् । व्रिटिश उपनिवेशवादको चंगुलवाट बल्ल तल्ल मुक्त भएको भारतले पर्राईको अतिक्रमण र हस्तक्षेप राम्रोसँग बुझेको हुन पर्दछ । त्यति कुरा बुझदा-बुझदै पनि भारतीय शासक वर्ग किन नेपाल जस्तो स्वतन्त्र देशमा लगातार विस्तारवादी नीति लाद्न चाहन्छन् – किन नेपालमाथि जहिले पनि हेपाहा व्यवहार गर्दछन् – त्यो कुरा मोदीले बुझने छन् र नेपालमा हेपाहा व्यवहार गर्ने छैनन् ।
दुनियाँलाई थाहा छ नेपाल र भारत असल छिमेकी मुलुक हुन् । छिमेकी मुलुकले छिमेकी मुलुकलाई गर्ने व्यवहार कस्तो हुनु पर्छ भन्ने कुराको हेक्का सायद भारतीय शासक वर्गहरुले राखेको पाइदैन या हेक्का राख्दा राख्दै पनि उनीहरु नेपाललाई जे गरे पनि हुन्छ जे भने पनि हुन्छ भन्दै अनेक हर्कतहरु गरिरहेका छन् । एक्काइस्ाौँ शताव्दीमा पनि १६ औँ शताव्दीको झै व्यवहार गर्ने भारत सरकारले अवचाँहि अवश्य आफ्नो कमजोरी सच्चाउनु पर्दछ र एक असल छिमेकीको वास्तविक चरित्र देखाउनु पर्दछ । र सोही अनुसार व्यवहार गर्नुपर्दछ ।
अत भारत साँच्चै नेपालमा विकास, समृद्वि र शान्ति भएको देख्न चाहन्छ भने उसले आफ्नो विस्तारवादी रवैया र व्यवहारमा सुधार ल्याउन पर्दछ । यदि हैन भने उसले छिमेकीको व्यवहार गरेको ठहर्दैन । तर्सथ नेपाली नागरिकले मोदी सरकारसँग विस्तारवादी गतिविधि नहोस् र नेपाली सिमाको रक्षा होस् एवम् नेपाली माटो माथि भारतले धावा नवोलोस् भन्ने अपेक्षा गरेका छन् । नेपाली जनताको अपेक्षा यहि छ हेरौँ मोदीले के गर्छ –
भूमिगत संगठनलाई गर्ने सहयोग बन्द गर्ने अपेक्षा
भ्ाारतले लामो समयसम्म नेपालमा रहेका विभिन्न क्षेत्रीय संगठनहरुलाई आर्थिक भौतिक सहयोग गर्दै आएको छ । जस्तो तर्राईमा सशस्त्र गतिविधि गर्दै आएको समूहहरुलाई भारतले अव सहयोग बन्द गर्न पर्दछ । उसले एक मधेश एक प्रदेश जस्ता नाराहरु लगाउन लगाएर नेपालबाट तर्राई टुक्र्याउने योजना बनाएका छन् । तर्सथ अव मोदी सरकारले नेपालमा रहेका सशस्त्र समूहलाई सहयोग गर्ने र उचाल्ने कार्य तत्काल बन्द गर्न पर्दछ । ती सशस्त्र समूहले नेपालमा अपहरण, हत्या, लुटपाट, फिरौती, रकम अशुली जस्ता कार्यहरु गर्दै आएका छन् । अझ भनौ विभिन्न अपराधिक गतिविधि गर्दै आएका छन् । तर्सथ अव यस्ता गतिविधि गर्दै आएका समूहलाई सहयोग नगर्नु नै मोदीको लागि बुद्धिमानी हुनेछ । अत नेपाली जनताले मोदी सरकार समक्ष यही अपेक्षा राखेका छन् ।
नेपाली राजनीति तथा अन्य क्षेत्रमा हुने हस्तक्षेप बन्दको अपेक्षा
दुनियाँलाई थाहा भएको कुरा के हो भने भारतले नेपालको राजनीति लगायत अन्य विविध क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्ने गरेको छ । नेपालको सरकार निर्माण देखि एउटा पूल र वाटो बनाउने काममा समेत भारतको हस्तक्षेप हुने गरेको देखिन्छ । यहाँ रहेका राजनीतिक पार्टी नेताहरुलाई दिल्लीमा बोलाई अनावश्यक सल्लाह र सुझावको नाममा हस्तक्षेप गर्ने गरेको छ । नेपालका विभिन्न मामिलामा यसो गर्न र त्यसो गर्न भनी सोझै हस्तक्षेप गरिरहेको छ । नेपालमा कुनै कर्मचारीको सरुवा बढुवादेखि सरकारको प्रधानमन्त्री र मन्त्री बनाउन समेत उसैले लिस्ट दिने गरेको छ । नेपाली चुनावमा समेत कसलाई हराउनेदेखि कसलाई जिताउने भन्ने कुराको योजना पनि उसैले बनाउने गरेको छ । अझ चुनावमा उठ्ने उम्मेदवारहरुको सुची पनि उसैले तयार गरिदिने गरेको छ । यसवाट भारत सरकार नेपालमा कसरी हस्तक्षेप गर्छ भन्ने कूरा प्रष्ट भएको छ । अब मोदी सरकारले यस्ता अनावश्यक हस्तक्षेप नगर्ने कुराको अपेक्षा नेपाली जनताले गरेका छन् ।
अपराधिक गतिविधि रोक्ने अपेक्षा
नेपालमा पहिलादेखि नै भारतीय पक्षवाट विभिन्न अपराधिक गतिविधि हुँदै आएका छन् । विभिन्न आरोपमा नेपाली नागरिकहरु देखि समाजका र राष्ट्रका प्रतिष्ठित व्यक्तित्वहरुको खुलेआम हत्या भएका छन् । जमिम शाह लगायतको हत्या र अन्य विभिन्न घटनाले सो कुराको पुष्टी गर्दछ । त्यस्तै विभिन्न अपराधीहरुलाई भारत सरकारले परिचालन गरी नेपालमा हत्या हिंसा मच्चाउने कार्य गरेको छ । त्यस्ता अपराधिहरुलाई संरक्षण गर्ने समेत कार्य गरेका छ भने नेपाल सरकारको स्वीकृति वेगर नेपाल आएर विभिन्न व्यक्तिलाई पक्राउ गर्ने समेतको कार्य गरेको छ । यसवाट के प्रष्ट हुन्छ भने भारत नेपालमा विभिन्न अपराधिक गतिविधि संचालन गरी नेपाललाई तहश नहश पार्न चाहन्छ यदि त्यसो हैन भने नेपालमा अपराध गरी किन संयौ अपराधिहरु भ्ाारतमा लुकेर बसेका छन् – किन भारत सरकार तिनीहरुलाई शरण दिएर राख्छ – यदि मोदी साच्चै आफूलाई उत्कृष्ट शासक ठान्छन् भने उनले अपराध र अपराधीको संरक्षण गर्न हुँदैन उनीवाट नेपाली जनताले यहि अपेक्षा राखेका छन् ।
अन्त्यमा मोदी सरकार बनेपछि नेपाली जनताले पनि मोदी सरकारसँग धेरै अपेक्षा गरेका छन् । मोदीले नेपाललाई नेपाल र नेपालीलाई नेपाली रहन दिनुपर्छ । नेपालको राष्ट्रियता, राष्ट्रियत अखण्डता र राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्न हुँदैन । छिमेकीको नाममा कलंकको टिका लगाउन हुँदैन, छिमेकी भएपछि सोहीअनुसारको मूल्य मान्यता देखाउन सक्न पर्दछ, अरुको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुदैन उल्लेखित यिनै कुराको अपेक्षा मोदी सरकारसँग नेपाली जनताले गरेका छन् भन्दा फरक नपर्ला ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टी अध्यक्ष हुन् ।