सर्न्दर्भः संशोधनवादका विरुद्ध संर्घषको इतिहास – हस्तबहादुर के.सी
नेपाली कम्युनिष्ट आन्दोलनभित्र अहिलेपनि क्रान्ति र प्रतिक्रान्तिबीच भीषण संर्घष चलिरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलन क्रान्तिकारी कार्यदिशा र संशोधनवादी कार्यदिशाका बीचको संर्घष्ाकै क्रममा विभाजीत भयो । टुटफुटको श्रृखला थपिदैं आउने काममा संशोधनवादी कार्यदिशा नै महत्वपूण्ा कार्य गर्दै आएको छ । अहिले नेकपा-माओवादीले पार्टीीाहिर रहेका सम्पूण क्रान्तिकारी कम्युनिस्टहरुलाई एकताबद्ध गरी क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्ने निर्ण्र्ाागरिसकेको छ । यतिखेर एमाओवादी लगायत अन्य कतिपय संशोधनवादी कम्युनिस्ट समूहभित्र पनि क्रान्तिकारी कार्यकर्ताहरु विविध कारणले अलमलिएर बसिरहेका छन् । र तीनीहरुलाई समेत एकतावद्ध गरी मार्क्सवाद-लेनिनवाद-माओवादलाई पथपर्दशक सिद्धान्त मान्ने समूह र व्यक्तिहरुलाई समेत एकतावद्ध गरी बृहत क्रान्तिकारी कम्युनिस्ट केन्द्र निर्माण गर्नु आजको आवश्यकता हो । किनकी नेपाली क्रान्ति सम्पन्न गर्नको निम्ती सम्पूण क्रान्तिकारी कम्युनिस्टहरु एउटै केन्द्रमा आवद्ध हुन जरुरी छ । तर यसप्रकारको केन्द्र निर्माण गर्नुभन्दा पहिले नेपाली कम्युनिस्टमा चल्दै आएको संशोधनवादी विरोधी संर्घष्ाको इतिहासलाई हामी क्रान्तिकारीहरुले गहिराइका साथ अध्ययन गर्न र यस आन्दोलनको बारेमा गम्भीर रुपले समिक्षा गर्न जरुरी छ । यी विषयहरुलाई संश्लेषण गर्नको निम्ति थप सहयोग पुगोस भन्ने आसयका साथ यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
२००६ साल बैशाख १० गते -सन् १९४८ अप्रिल २२) का दिन नेपाल कम्युनिस्ट पार्टीीे स्थापना भारतको कोलकत्तामा भएको हो । स्थापना कालका हिसावले आज नेपाली कम्युनिस्ट आन्दोलनले ६३ वर्षपार गरिसकेको छ । यति लामो ऐतिहासिक अवधिमा यस आन्दोलन भित्र वर्गसंर्घष्ा, दुइ संर्घष्ा र अन्तरसंर्घष्ाका अनेकौ जटिल, बाङ्गा-टिङ्गा र कहालीलाग्दा घुम्तिहरु रहेका छन् । साथै यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ फूट, विभाजन, एकता पुनःध्रुवीकरण र फूट तथा विभाजनका घटनाक्रमहरु वेहोर्दै अगाडि बढि रहेको छ । अर्थात यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समुह उपसमुहहरुमा विभाजित रहदै आएको छ । अतः यस ऐतिहासिक अवधि भित्र सारमा यस आन्दोलन भित्र क्रान्तिकारी र संशोधनवादी दुइ परस्परविरोधी धाराकै द्धन्द्ध प्रमुख बनेर आएको छ ।
आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थि संशोधनवादी धाराले आफूलाई विजातिय कित्तामा सामेल गर्दै दक्षिणपन्थी नवसंशोधनवादी धारामा पहिलो कालखण्डमा नेकपा -एमाले) ले र दोश्रो कालखण्डमा दश वर्ष सशस्त्र जनयुद्धको मूख्य नेतृत्व गर्दै आएको एकीकृत माओवादीको भित्रको प्रचण्ड-वावुराम समुहले गुणात्मक रुपले फड्को हान्न पुगेको छ भने यसको विपरित नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा आज मार्क्सवाद-लेनिनवाद-माओवादका रुपमा गुणात्मक रुपले विकसित हुदै दश वर्ष सशस्त्र जनयुद्धको प्रक्रियावाट सैद्धान्तिक, वैचारिक रुपमा स्पातिलो वन्दै आएको एमाओवादी भित्रको क्रान्तिकारी वैध समुहले २०६९ असार २४ गतेको ऐतिहासिक राष्ट्रिय भेलाबाट त्यस भित्रको प्रचण्ड वावुरामले नेतृत्व गरेको दक्षिणपन्थि नवसंशोधनवादसँग सम्वन्ध विच्छेद गरेर पुनर्गठित भएको नेपाल कम्युनिस्ट पार्टीीाओवादीले क्रान्तिकारी रुपमा गुणात्मक ढंगले विकसित भएर नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराको प्रतिनिधित्व गर्न पुगेको छ र महान दश वर्ष जनयुद्धको जगमा जनव्रि्रोह मार्फ् नयाँ नेपाली जनवादी क्रान्ति सम्पन्न गर्ने महान र जटिल प्रक्रियामा फड्को मार्ने स्तरमा विकसित हुन पुगेको छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको यस द्धन्द्धवादलाई हामी क्रान्तिकारीहरुले अत्याधिक गहिराइका साथ हृदयगम गर्न जरुरी छ ।
नेपाली कम्युनिस्ट आन्दोलनभित्रैवाट जन्मदै र हुकदै आएको दक्षिणपन्थि नवसंशोधनवादले आन्तरिक रुपमा नेपाली क्रान्तिलाई गंभीर प्रकृतिको क्षति पुर्याउदै आएको छ र यसले नेपाली कम्युनिस्ट आन्दोलनभित्र पटक पटक फूट र विभाजन पैदा गर्दै आएको छ र नेपाली कम्युनिस्ट आन्दोलनलाई मुख्य रुपमा छेदविक्षेद गर्ने कार्यमा यही दक्षिणपन्थि नवसंशोधनवादले प्रमुख भुमिका निर्वाह गर्दै आएको यो आन्दोलनको पछिल्लो कडीको रुपमा प्रचण्ड-वावुरामले नेतृत्व गरेको दक्षिणपन्थि नवसंशोधनवाद प्रकट हुन पुगेको छ । यसको चिरफार गरेर नेपाली क्रान्तिलाई विजयको दिशातिर अगाडि बढाउनु आज क्रान्तिकारी कम्युनिस्टहरुको ऐतिहासिक दायित्व र जिम्मेवारी बन्न पुगेको छ ।
१.संशोधनवाद के हो –
मार्क्सवाद-लेनिनवादका आधारभूत मान्यताहरुलाई बंग्याएर लुकिछिपी पूँजीवादतिर र्फकन चाहने विचारलाई संशोधनवाद भनिन्छ । जस्तो वर्ग संर्घष्ाको सट्टा शान्तिपूण्ा संक्रमण र संसदीय उपायले नै पूँजीवादी शक्तिलाई हराउन सकिन्छ भन्नु, र्सवहारा अनुशासन नमान्नु, र्सवहारावर्गको अधिनायकत्वलाई अस्वीकार गर्नु, क्रान्ति र जनताप्रति गद्धारी गर्नु संशोधनवाद हो । अर्थात् वर्गसंर्घष्ा, र्सवहारा अधिनायकत्व र हिंसापूण्ा क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, वालिक मताधिकार,पूजीवादी अधिनायकत्व र शान्तिपूण् संक्रमणको सिद्धान्तको वकालत गर्नु संशोधनवाद हो ।
मार्क्सवाद र्सवहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुनर दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद मार्क्सवादी दर्शन द्धन्द्धात्मक एवं ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरुको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अर्न्तर्गत वर्ग, वर्गसंर्घष्ा, पार्टीीराज्यसंत्ता, र्सवहारा अधिनायकत्व र ती सबैको विलुप्तीको वैज्ञानिक अध्ययन गरिन्छ । र्सवहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अघिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसँग सामना गर्न सक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकाले आज यो मार्क्सवाद लेनिनवाद माओवादका रुपमा विकसित भएकोछ । यहानेर वुझ्नै पर्ने कुरा के हो भने मार्क्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । ऐतिहासिक तथ्यहरुले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक श्रोत निम्न पूँजीवाद, पूँजीवाद र साम्राज्यवाद हो । अर्थात संशोधनवादको जन्म साम्राज्यवादको गर्भवाट भएको हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्वन्ध रहदै आएको छ । साम्राज्यवादको जन्म इंगल्याण्डवाट भएको थियो । जव साम्राज्यवाद अन्य देशहरुमा फैलदै गयो, त्यसको प्रभावको कारण ती देशहरुमा पनि संशोधनवाद फैलिन पुगेको पाइन्छ ।
मार्क्सवादको सैद्धान्तिक विजयको कारण आफनो पृथक अस्तित्व धान्न अर्समर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरु मार्क्सवादको वैज्ञानिक धाराभित्र जव घुस्न पुग्दछन् त्यो वेला संशोधनवादको जन्म हुन्छ ।
मार्क्सवादको जन्मको लगत्तै प्रुधोजस्ता अवसरवादीहरुको जन्म हुन गयो । मार्क्सवादलाई पुरानो भइसकेको जडसुत्रवादी सिद्धान्त बताउदै यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेश गर्ने पहिलो व्यक्ति वनस्टिन हो । अन्तर्रर्ााट्रय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थि, उग्रपन्थि एवं मध्यपन्थि रुपहरु विभिन्न कालखण्डमा देखा पर्दै आएका छन् र यिनमा दक्षिणपन्थि संशोधनवाद नै अधिक विकृतिपूण् एवं खतरनाक रही आएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद-प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रुपमा पतन हुन पुगेको छ । यो संशोधनवाद अन्तर्रर्ााट्रय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै संशोधनवादको पनि आफना विशिष्टताहरु जाहेर गर्ने गर्दछ । सामाजिक र सैद्धान्तिक विशेषताहरु सहित संशोधनवादको जन्म हुने गर्दछ । संशोधनवादले मार्क्सवादका संघटक अंगलाई संशोधित एवं विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्टवाट, प्रत्यक्षवाद, अनुभववाद, व्यवहारिकतावाद, संकल्पवाद, एकमतावाद र भँडुवाविकास र नानाथरिका विचारपन्थि सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादका विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पूँजीवादी संकट तथा मूल्यसिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतः स्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अंगाल्नु यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसंर्घष, र्सवहारा अधिनायकत्व र हिंसापूण् क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसंमन्वयन, पूँजीवादी अधिनायकत्व र शान्तिपूण् संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र मजदुर आन्दोलनलाई सुधारवादी, संसदवादी भाषमा फसाउनु यसका मूल विशेषता हुन् ।
हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्रााट्रय कम्युनिस्ट आन्दोलनको इतिहासमा र्सवहाराक्रान्तिको विकास जसरी मार्क्सवाद-लेनिनवाद-माओवादका तीन गुणात्मक चरणमा भएको छ, त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद, नवसंशोधनवाद प्रतिक्रियावादका रुपमा विकसित हुन पुगेको छ । र्सवहाराक्रान्तिको विकास वर्गदुश्मनहरु, उनीहरुको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरु र संशोधनवादीहरुका विरुद्धको भीषण वर्गसंर्घष्ा, अन्तरसंर्घष्ा र दुइलाइन संर्घष्ाका वीचवाट निकै जटिल, संगीन र ओजपूण्ा रहेको छ ।
मार्क्सवाद इतिहास-विज्ञानको महान खोज थियो । वर्गसंर्घष्ाको र्सवहारा अधिनायकत्वमा विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी र्सवहारा वर्गको अधिनायकत्व थियो । अराजकतावादीहरुले मार्क्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरुको जोड त्यसै केन्द्रीय कडीका विरुद्ध ‘स्वतन्त्र राज्य’को पक्षपोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्वका पूँजीवादी नारालाई अलकृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरुले पार्टीी विजातिय तत्वहरुलाई भर्ने र पार्टीी वैचारिक बन्ध्याकरण गर्ने कुरामा जोड दिएका थिए । मार्क्स र एंगेल्सले ती सवका विरुद्ध लडदै मार्क्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको सम्वाहक कम्युनिस्ट पार्टीीई समेत स्थापित गर्नुभएको थियो ।
दोश्रो अन्तर्रााट्रय कालमा वर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरुलाई समेट्दै तथा वर्गसंर्घष्ा, र्सवहारा अधिनायकत्व र हिंसापूण्ा क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, वालिकमताधिकार, पूजीवादी अधिनायकत्व र शान्तिपूण् संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सेविकवाद, विर्सजनवाद, काउत्स्कीवाद लगायतका संशोधनवादका विविध रुपहरु प्रकट भएका थिए । गद्धार काउत्स्कीले बनैस्टाइनको पदानुशरण गर्दै र्सवहारा अधिनायकत्व र बल प्रयोगको सिद्धान्तका विरुद्ध ‘शुद्धजनवाद’को पक्षपोषण गरेको थियो । उसले साम्राज्यवादलाई प्रगतिशील समेत बताएको थियो ।
२. आधुनिक तथा नवसंशोधनवादः
मार्क्सवादको विकाससँगै संशोधनवाद पनि विकसीत हुँदै जान्छ । आधुनिक तथा नवसंशोधनवादको सूत्रपात मूख्यतः ख्रुश्चोभवाट भयो । संशोधनवादले ख्रुश्चोभमा गएर एउटा उत्कर्षप्राप्त गर्यो । उसले र्सवहारावर्गको कम्युनिस्ट पार्टीीई सम्पूण्ा जनताको पार्टीीर्सवहारावर्गको अधिनायकत्वमा आधारित राज्यलाई सम्पूण्ा जनताको राज्य र सशस्त्र संर्घष्ाको सिद्धान्तलाई शान्तिपूण्ा संक्रमणको सिद्धान्तमा गिराउने काम गर्यो । ख्रुश्चोभको संशोधनवादले अन्तर्रााटय कम्युनिस्ट आन्दोलनमा ठूलो नकारात्मक प्रभाव पार्यो । माओत्सेतुङको नेतृत्वमा चीनको कम्युनिस्ट पार्टी ख्रुश्चोभको संशोधनवादको डटेर विरोध गर्यो ।
इतिहासवाट के कुरा सिद्ध भइरहेको छ भने बर्नस्टाइनवाट सुरु भएको संशोधनवादले टिटो, ख्रुश्चोभ, ल्यू साओ ची आदि हुदै युरो कम्युनिज्ममा चरम रुप लिन पुगेको छ । युरो कम्यूनिज्मका प्रवक्तहरु बहुलवादी समाजवादी संरचनाप्रति प्रतिबद्धता, सरकार र प्रतिपक्षको व्यवस्था, एकदलीयता एवं र्सवहारा अधिनायकत्व परित्याग, बुर्जुवा संसदीय प्रजातन्त्रका नियमहरुको पालना शान्तिपर्ूण्ा रुपमा सत्ताको प्राप्ती र बहुलवादी दार्शनिक चिन्तन आदि कुरालाई स्वीकार गर्दछन् । युरो कम्युनिज्ममा आउदा सुधारवादी संशोधनवादीहरुले मार्क्सवाद र वैज्ञानिक समाजवादका पुरै मान्यताहरुलाई परित्याग गर्न पुग्दछन् । त्यसैगरि अराजकतावादको एउटा धारा सुधारवादमा घुलमिल हुन पुग्दछ र त्यसको अन्तिम परिणति ट्राटस्कीवादमा गएर हुन्छ । ट्राटस्कीवाद प्रतिक्रियावादमा पुगेर अवसान हुन्छ ।
पछिल्लो अवधिमा आउदा क. माओले एकातिर अध्ययन र अर्काेतिर स्वयं चीनमै जटिल बन्दै गइरहेको पूँजीवादको पुनस्थापना रोक्नका लागि र्सवहारा साँस्कृतिक क्रान्ति सफलतापूवक संचालन गर्नु भयो ।
नेपालमा पनि दक्षिणपन्थि संशोधनवाद, नवसंशोधनवाद विभिन्न कालखण्डमा नाङ्गो रुपले प्रकट हुने गरेको छ । र आज संशोधनवाद नाङ्गो पूँजीवादमा समेत गीन पुगेको छ ।
अन्तर्रााट्रय कम्युनिस्ट आन्दोलन यसरी मार्क्सवाद र संशोधनवादको भीषण द्धन्द्धको वीचवाट गुज्रदै आउदा क्रान्ति र प्रतिक्रान्तिका जीत र हारका अनेकौ घटनाहरु घटिसकेका छन् । सारा संशोधनवादीहरुले क्रान्तिकारीहरुलाई उग्रवादी, आतंकवादी, जडसूत्रवादी आदि भनेर वदनाममात्र गरेका छैनन् भीषण रुपमा भौतिक हमलासम्म गर्न पुगेका छन् । क्रान्तिकारीहरुद्धारा संचालन गर्दै आएको वर्गसंर्घष्ा, अन्तरसंर्घष्ा, दुइलाइन संर्घष्ाको अध्ययन र अनुभववाट के निष्कर्षा पुग्न सकिन्छ भने अन्तर्रााट्रय कम्युनिस्ट आन्दोलनभित्रको मार्क्सवाद र संशोधनवादवीचको यो भीषण लडाइ आज आएर एकातिर मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रतिक्रियावाद वीचको भीषण संर्घष्ामा बदलिन पुगेको छ ।
३. नेपालमा संशोधनवाद विरुद्धको संर्घष ः
नेपालमा कम्युनिस्ट पार्टीे स्थापना २००६ सालमा भएको हो । संशोधनवाद अन्तर्रााट्रय परिघटना हुनुको कारण त्यसको असर नेपालमा स्वाभाविकै थियो र गहिरो गरी पर्यो पनि । स्थापनाको प्रारम्भमा नै पार्टीी नेपालमा सामन्तवाद, साम्राज्यवाद तथा भारतीय विस्तारवादका हस्तक्षेपका विरुद्ध जनताको जनवादी क्रान्ति सम्पन्न गर्नु पर्ने आवश्यकता औल्याउदै विश्वको मजदूर वर्ग्रे आन्दोलन र विश्व कम्युनिस्ट आन्दोलनसँग राम्रो एकता गर्ने कुरामाथि जोड दिएको थियो । र नेपाली क्रान्तिका सही रणनीति र कार्यनीति निक्योल गरेको थियो ।
इतिहासका तथ्य अनुसार वि.स.२०१० सालदेखि नै नेपालमा संशोधनवादको थालनी भएको पाइन्छ । २०१० सालमा सम्पन्न नेकपाको पहिलो महाधिवेशनमा मनमोहन अधिकारीद्धारा प्रस्तुत तथा पारित दस्तावेजमा यसअघि ‘हिन्दुस्तान र विदशी पूँजीपत्रि्रति गलत नीति’ लिइएको र कार्यक्रममा चीन र रुस पट्टीमात्र झुकाउ देखिएको कुरालाई ‘वामपन्थि मूल’ भएको वताइएको छ । यसरी एकातिर भारतीय विस्तारवाद र वैदेशिक दलाल पूँजीपति वर्गप्रति झूकाव राखिएको छ र दरवारपरस्त मनमोहन अधिकारीलाई महासचिवमा पुर्याइएको घटनाले त्यसै अवधिदेखि नेपाली कम्युनिस्ट आन्दोलनभित्र संशोधनवादले प्रवेश पाएको देखिन्छ ।
नेपालमा संशोधनवाद विभिन्न रुपमा देखा पर्दै आएको छ । नेपालको कम्युनिस्ट पार्टीीत्र संशोधनवादको प्रवेशको अवधि र प्रवृत्तिहरुवारे सस्थापक महासचिव क. पुष्पलालले चर्चा गर्दै भन्नु भएको छ,-‘यो अवधि कूल मिलाई १४ वर्षो अवधि रहृयो । प्रथम महाधिवेशन २०१० सालदेखि तेश्रो महाधिवेशन २०१९ र त्यस पछि तेश्रो ऐतिहासिक राष्ट्रिय सम्मेलनसम्मको ६ वर्षो अवधि यस अवधिभित्र हाम्रो पार्टीेतृत्वमा पहिले पूँजीवादी पिछलग्नु विचारधाराले घर जमायो । भने पछि क्रमिक रुपवाट र विशेष गरि सन् १९६० को शाही हस्तान्तरण पछि सामन्ती राजावादी विचारधाराले प्रभुत्व जमाएको पाउछौ । अतः यस अवधिलाई हामीलाई हामीहरुले नेपाली कम्युनिस्ट आन्दोलनमा संशोधनवाद तथा अवसरवादको उत्पत्ति, विकास र त्यो पराकाष्टाको अवस्थामा पुगेको पाउछौ ।’ क. पुष्पलालका यी भनाइहरुवाट नेपाली कम्युनिस्ट आन्दोलनभित्र संशोधनवाद के के आवरण वोकेर प्रवेश गरेको रहेछ भन्ने वारेमा जानकारी लिन सक्दछौ ।
इतिहासको अध्ययनवाट हामी के पाउछौ भने वि.स. २०१० सालदेखि २०१९ सालको तेश्रो महाधिवेशनभन्दा अघि नेपालमा संशोधनवाद वर्गसंर्घष्ाको विरोधमा वर्गसमन्वयवाद, कानूनी मार्क्सवाद राजापरस्त प्रवृत्तिका रुपमा देखा परेको थियो । २००८ सालमा तत्कालिन सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको थियो । २०१२ सालमा पार्टर्ीीई बैधानिक बनाउनका लागि तत्कालिन महासचिव मनमोहन अधिकारीद्धारा राजाको बैधानिक नायकत्वमा समाजवादमा जान सकिने कुरा उल्लेख गरि राजाकहा विन्ती पत्र चढाइएको पत्र २०१३ साल बैशाख ३ गते राजदरवारमा पढाइएको थियो र २०१३ बैशाख ४ गते सरकारले ५ वर्षपहिलेदेखि लगाउदै आएको प्रतिबन्ध हटाइदिएको थियो । यी सबै कुराको चरम उत्कर्षरायमाझीको राजावादी लाइनमा गएर भयो ।
तेश्रो महाधिवेशनमा ख्रुश्चोभी लाइनमा आधारित ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम र संसदवादी कार्यनीतिलाई स्वीकार गरियो । यसरी तेश्रो महाधिवेशनसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलन पुरै दक्षिणपन्थि संशोधनवादको दलदलमा फस्न पुग्यो । त्यसभित्रका क्रान्तिकारीहरु अल्पमत रहन पुगे ।
तेश्रो महाधिवेशन पश्चात नेपालमा मार्क्सवाद-लेनिनवाद-माओवादविचारधारा मान्ने कि नमान्न, नयाँ जनवादलाई अंगीकार गर्ने कि नगर्ने, राजा तथा कांग्रेसप्रति वर्गीय दृष्टिले स्पष्ट हुने कि नहुने, सशस्त्र संर्घष्ाको वाटो अवलम्वन गर्ने कि नगर्ने, महान चीनीया र्सवहारा साँस्कृति क्रान्तिलाई अंगीकार गर्ने गर्ने कि नगर्ने जस्ता विषयमा गंभीर प्रकारका दुइलाइन संर्घष्ाहरु चलेका थिए । यो प्रक्रियामा वर्गसमन्वयवाद, संझौतावाद, सुधारवाद तथा पुच्छरवादका वीचमा नेपाली कम्युनिस्ट आन्दोलन विभिन्न धाराहरु एवं उपधाराहरुमा विभाजित हुन पुग्यो जो अहिलेसम्म त्यो अवस्था यथावतै छ । नेपाल कम्युनिस्ट पार्टीेपाली र्सवहारावर्गको अग्रदस्ता हो । र यो विश्व कम्युनिस्ट आन्दोलनको एक ढुकुटी पनि हो । अन्तर्रााट्रयतावाद यसको विश्वदृष्टिकोण हो । संशोधनवाद अन्तर्रराट्रय परिघटना हुनुको कारणले अन्तर्रर्ााट्रय कम्युनिस्ट आन्दोलनमा पैदा भएका मतभेद र दुइलाइन संर्घष्ावाट नेपाली कम्युनिस्ट आन्दोलन पनि प्रभावित हुदै आएको छ र यस सर्न्दर्भमा स्टालिन, ख्रुश्चोभ, युरो कम्युनिज्म आदिवारे स्पष्ट हुन आवश्यक हुन्छ ।