मेरो देश र दशा – गोविन्दबहादुर शाही
भर्खरै गणतन्त्र दिवश सकिएको छ । कक्षा १ देखि एम.ए.सम्म पढ्दा र बिभिन्न किसिमका परीक्षा दिंदा दिंदा हाम्रो देशको विभिन्न खाले इतिहास पढियो अनि थाहा पाउने भएदेखि ऐतिहासिक परिवर्तनका अवसर भोगियो र सहभागि पनि भइयो । तर आजसम्म पनि यै गदा इतिहासले थिच्दैछ प्रत्येक नेपाली नागरिकलाई । बाल्यकाल देखि विश्वको दोश्रो ठूलो जलश्रोतमा धनि देश जसको विजुली उत्पादन क्षमता ८५ हजार मेगावाट भनि रटान गरियो त्यही देशमा दिनको २२ घण्टाका दरले लोडसेडिङ्ग भैरहेछ । कुनै पनि साशक र नीतिनिर्मातालाई थाहा थिएन कि बिजुली आवश्यक छ भनेर – जुन देश कृषि प्रधान भनि पढियो त्यही देशमा धान, गहुँ, मकै लगायतका अन्नहरू विदेशबाट पैठारी भैरहेको छ । जुन देशको नारा नै थियो “हरियो बन नेपालको धन” त्यही देशमा आज जताततै भूक्षय, बाढी पहिरो आदि इत्यादि जारी छ । जुन देशमा भगवान पशुपतिनाथको महिमा जारी छ त्यही देशमा भट्ट-पूजारीहरूले तलव-भत्ताका लागि आन्दोलन गर्छन । जुन देशको धरती र्स्वर्ग समान छ भनियो त्यही देशको हालत आज गलत राजनीति र राजनीतिज्ञको गलत रवैयाले गर्दा लथालिङ्ग र भताभुङ्ग अवस्थामा छ । जुन देशमा सवैले खाएपछि खानेराज मेहन्द्र मल्ल, भगवान गौतमवुद्धको देश, जानकी, सीता, सति-सावित्री, सगरमाथाको देश, मेची-महाकालीको देश, हिमाल, पहाड, भित्रीमदेश र तर्राईको देश भनि पढियो त्यही देशमा आज भोक, अशिक्षा, स्वास्थ्य समस्या, गरिवी, बेरोजगारी, लुटपाट, गुण्डागर्दी आदि जारी छ । जुन देशको धरतीलाई तर्राईको अन्नभण्डार भनियो आज त्यही तर्राई मरुभूमिकरण भैरहेको छ । जुन देशमा विश्वको सर्वोच्च शिखर सगरमाथा देखि विश्वको होचो भूमि केचनाकल, झापा स्म्म छ, जुन देशमा हजारौं हजार धार्मिक स्थल, पर्यटकीयस्थल आदि इत्यादि छन् त्यही देशको हालत आज अराजक, अत्याचार, भ्रष्टाचार, दुराचार, पापाचार आदिले थिलथिलिएको छ । कति प्रकारका दिवश मनाउनु – वर्षा ३६५ दिनमा त्यो भन्दा पनि धेरै दिवश, पर्व मनाउनु परिरहेछ । आखिर किन योस्तो – विभिन्न कालखण्ड देखि आजसम्म जो जसले मेडल, गो.द.वा., पुरस्कार पाए, ती सवैजनामा एउटा मात्रै राम्रो काम गरेको भए आज यो सुन्दर देशको हालत यस्तो हुने थिएन । त्यसैले यो विज्ञापन गर्ने, नाटक गर्ने आदि इत्यादि काम भन्दा पनि आफ्नो आत्मादेखि कमसेकम एउटा त राम्रो काम गरौ जसले यो देश र यो देशमा वस्ने निमुखा जनताको नाङ्गो आङ्ग ढाकियोस, भोको पेट भरियोस, अलिकति भएपनि स्वास्थ्य उपचार होस, शिक्षामा सहज पहुँच होस अनि खाडिको गर्मीमा भेडा चराउने भन्दा यै देशमा कमसेकम रोजगारीको सिर्जना होस, सुशासन कायम होस, भ्रष्टाचार रहित समाज निर्माण होस, सरकारी काम कहिले जाला घाम भन्ने उखानको अन्त्य होस, खासगरी कर्मचारी -सरकारी निकायका जतिपनि राज्यबाट तलवभत्ता खान्छन) लाई राम्रो कामको प्रसंशा र पुरस्कार होस अनि गलत, अझ भनौं जगन्य अपराध हुने, खासगरी भ्रष्टाचारजन्य, अधिकारको दुरूपयोगको हुने, समयको बरबादी गर्ने काममा प्रमाणित भए सोझै मृत्यूदण्ड हुने ब्यवस्था होस, त्यो ब्यवस्था आउँदो संविधानसभाबाट संविधान बनेसंगै प्रमाणित गलत कामको सजाय मृत्यूदण्ड होस, अनि मात्र मेरो देशको इतिहास सत्य र तथ्यमा आधारित हुन्थ्यो कि – अनि जनताको सेवा, विकास अति उचित नीति निर्माणको लागि चुनिएका जनप्रतिनिधिहरूको सही मूल्याङ्कन होस, यदि गलत प्रमाणित भए मृत्यूदण्डको ब्यवस्था होस, मेरो यो देश, जसको भौगोलिक बनावट-हिमाल, पहाड, भित्रीमदेश र तर्राईको र यसमा वस्ने जनताको उचित सम्मान होस, विकासको समानता होस, प्रजातान्त्रीक ब्यवस्था कायम रहोस, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी, नागरिक अधिकार, सम्पतिको सूरक्षा, प्रेश स्वतन्त्रता, वहुलवाद, लैंङ्गकि समानता, विभेदरहित समाजको अन्त्य, त्रास, डरधम्की, विभेद आदिको अन्त्य होस, यही मेरो देशको इतिहास बनोस, गलत इतिहास नलेखियोस र नवनोस, साथै गलत वाद र वादीको अन्त्य होस, आफ्ना छोराछोरी बोडिङ्गमा राखेर निमुखा जनताका छोराछोरी सरकारी विद्यालयमा पढाउने परिपाटीको अन्त्य होस र सवैका छोराछोरीले राज्यको उचित शिक्षा सरकारी विद्यालयबाटै प्राप्त गरुन, साथै राजनीतिकरूपमा पनि विभिन्न प्रकारका वाद र वादीको गलत अभ्यास नहोस, शान्तिका प्रतिक गौतम वुद्धको, सगरमाथाको अनि मेरो स्वतन्त्र, शान्ति र सौन्द्रयको साथै प्रकृतिको हराभरा र देवभूमि नेपालको अस्तित्व सदा विश्व मानचित्रमा रहिरहोस… यहि मेरो देशको इतिहास वनोस र वनाइयोस.. मेरो चाहाना र सवै नेपालीको चाहाना यही हुनपर्दछ… त्यही तथ्यपरक नेपालको इतिहास वनोस र लेखियोस.. यहाँ गलत कामको र नियम विपरित जीतको इतिहास कहिल्यै नलेखियोस र नहोस पनि….