माओवादीको राष्ट्रिय सम्मेलनका कार्यभारहरू – हस्तबहादुर के.सी.

२०७१ जेष्ठ २५ गते, आईतवार


विषयारम्भ
नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराले एमाओवादीको नवसंशोधनवादी हिस्सासित सम्बन्ध विच्छेद गरेर जनवादी क्रान्तिको कार्यभार पुरा गर्ने उद्देश्यले नयाँ ढंगको क्रान्तिकारी पार्टीेकपा-माओवादीको पर्ुनर्गठन गरेको झण्डै दर्ुइ वर्षपुरा हुँदैछ । यो दर्ुइ वर्षो यस अवधिमा नेपालको बुर्जुवा राजनीतिक क्षेत्र र सिंगो नेपाली कम्युनिस्ट आन्दोलनभित्र समेत विविध प्रकारका परिघटनाहरू घटि सकेका छन् । मुलुकको राजनीतिमा साम्राज्यवादी र विस्तारवादीहरूको ग्राइण्ड डिजाइनमा यथास्थितिवादी, प्रतिक्रियावादी तथा सबैखाले संशोधनवादीहरू कथित दोस्रो संविधानसभाको निर्वाचनमा होमिए । त्यसमा काँग्रेस, एमाले लगायतका यथास्थितिवादी एवं प्रतिक्रियावादीहरूको संविधानसभामा दर्ुइतिहाई भन्दा बढि बहुमत जुटेको छ भने साम्राज्यवाद तथा विस्तारवादका सामु आत्मर्समर्पण गरेको नवसंशोधनवादी समूह एमाओवादी एक्लैले दर्ुइतिहाई बहुमतको गुद्धी हाक्दै निर्वाचनमा होमियो । तर, उसको शर्मनाक पराजय भएपछि त्यो पार्टीीत्र विविध खालका निराशा, आक्रोशकाबीच विराटनगर सम्मेलनबाट विघटन र विर्सजनको अवस्थामा पुगेको छ । अर्काेतिर कथित दोस्रो संविधानसभालाई सशक्त र सक्रिय रूपमा बहिस्कार आन्दोलनलाई भव्य रूपमा सफल तुल्याउन सफल मुलुकको वैकल्पिक ठूलो राजनीतिक शक्ति र नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारालाई अरु शुद्ध गर्न सफल भएको छ ।
अतः ०६९ असार २ महिना ५ गतेको बौद्ध भेलाबाट पर्ुनर्गठन भएर ०६९ पुस २५ देखि माघ १ मा सम्पन्न आफ्नो सातौँ राष्ट्रिय महाधिवेशनबाट जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा ठोस गरेर अगाडि बढिरहेको हाम्रो गौरवशाली पार्टीीेकपा-माओवादीको आगामी असारको दोस्रो सातौँ राष्ट्रिय सम्मेलनको आयोजना हुँदैछ । यस परिवेशमा नेपाली र्सवहारा वर्गको एकमात्र सबैभन्दा उच्चस्तरको संगठित अग्रदस्ता र नेपाली क्रान्तिको निर्णायक नेतृत्वदायी शक्ति समेत बनिसकेको यस पार्टी आयोजना गर्न लागेको राष्ट्रिय सम्मेलनको कार्यभार के हो – दुइ वर्षा बीचमा यस पार्टी कति उपलब्धिहरू प्राप्त गर्यो र के कति कमी-कमजोरीहरू रहे – आदि विषयमा समीक्षा हुन जरुरी हुन्छ । यही सेरोफेरोमा रहेर यो लेख लेख्ने प्रयत्न गरिएको छ ।
२०६९ असार २-५ देखि २०७१ असारसम्म
पार्टी ०७१ असारको दोस्रो साता राष्ट्रिय सम्मेलनको आयोजना गर्ने निर्ण्र्ाागरेको छ । हामीले ०६९ असार २-५ को बौद्धभेलाबाट क्रान्तिकारी विचार र क्रान्तिको रक्षाको खातिर नवसंशोधनवादसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीीेकपा-माओवादीको पुनर्गठन गर्यौं । सुन्दाखेरी पार्टीीवभाजनको विषय दुःखद भएपनि नेपाली क्रान्तिको हितखातिर यो साहसिक कदम र क्रान्तिकारी छलाङ्ग थियो । किनकि दश वर्षो जनयुद्धको नेतृत्व समेत गरेर आएको एमाओवादीको मूख्य नेतृत्वले साम्राज्यवाद तथा विस्तावादसित आत्मर्समर्पण गरेर नेपाली क्रान्ति र नेपाली जनताप्रति गँभीर प्रकारको धोका र गद्दारी गरिसकेपछि क्रान्तिकारी विचार र क्रान्तिको रक्षाको निम्ति त्यस पार्टीीत्र क्रियाशिल रहँदै आएका क्रान्तिकारीहरूले त्यस नवसंशोधनवादी समूहसित सम्बन्ध विच्छेद गरेर नयाँ ढंगको क्रान्तिकारी पार्टीीनर्माणको विकल्प थिएन । त्यो कार्य पुरा गरेर हामीले नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धाराभित्र नयाँ तथा उच्चस्तरको क्रान्तिकारी आयाम थप गर्न सफल भयौं ।
२०६९ असार २-५ को बौद्धभेलामार्फ पार्टीीनर्माण गरे लगत्तै हामीले मुलुकका तथा प्रवास र विदेशमा रहेका राज्य समितिहरूको पुनर्गठन गर्यौ । सबै जिल्लामा समिति र स्थानीय तथा मोर्चा संगठनहरू पुनर्गठन गर्नुका साथै पार्टीीई जनवादी केन्द्रीयताको सिद्धान्त अनुरूप संचालन गर्ने काम सम्पन्न भयो । र भेलाले जनयुद्धको जगमा जनव्रि्रोहको कार्यदिशा ठोस गर्ने काम गर्यो । तात्कालिक कार्यदिशाको सवालमा साम्राज्यवादी तथा विस्तारवादीहरूका नेपाली दलालहरूले संविधानसभाको विघटन गरेर कथित दोस्रो संविधानसभाको निर्वाचनको नौंटकी घोषणा गरिसकेको तत्कालिन अवस्थामा पार्टीी केन्द्रीय सदस्यहरू मनोनित गरेर १ सय ५१ सदस्यीय केन्द्रीय समितिको विस्तार गर्यो । यसो गर्दा कतिपय मापदण्ड र पद्धति विपरित एवं नातावाद, कृपावाद समेतको प्रयोग हुन गएकोले पार्टर्ीीत्र अलि आलोचनाको विषय पनि बन्न पुग्यो । त्यही अनुपातमा केन्द्रीय सल्लाहकारहरूको समेत मनोनयन गरिएको थियो ।
०७० असार १५ देखि १९ मा पार्टीीे दोस्रो पूण् बैठक पोखरामा सम्पन्न गरियो । जो पोखरा बैठकको नाम चर्चित छ । त्यस बैठकले एकमतले साम्राव्यवादी तथा विस्तारवादीहरूको सिक्किमीकरणको प्रक्रियामा लैजानका निम्ति ०७० मंसीर ४ गतेका निमित्त गरिएको दोस्रो संविधानसभा निवर्चानलाई सशक्त र सक्रिय रूपमा बहिष्कार गरेर ध्वस्त पार्ने निर्ण्र्ाागर्यो । त्यसको कार्यान्वयनको निम्ति पार्टीी निर्ण्र्ाागर्दै आएको चार आधार र चार तयारी पुरा गर्ने अर्न्तर्गत प्राविधिक तयारीसम्वन्धी सशक्त फोर्स -जनमुक्ति सेना) निर्माण गर्ने कुरालाई मुख्य जोड दिएको थियो । प्राविधिक तयारीका निम्ति पार्टी पार्टीक्ति भित्र विशेष कार्य योजना समेत तर्जुमा गरेको थियो ।
०७० पुस २३ देखि २९ मा पार्टीीे तेस्रो पूण् बैठक कुपण्डोलमा सम्पन्न भएको थियो । त्यस बैठकलाई कुपण्डोल बैठक पनि भनिन्छ । त्यस बैठकले कथित संविधानसभाको समीक्षा गर्नुका साथै कार्यदिशाका सवालमा,- ‘अहिलेको विशिष्ट स्थितिमा जनयुद्धको जगमा जनव्रि्रोहको तयारी नै संर्घष्ाको मूख्य कार्यदिशा हो र यसलाई समृद्ध तुल्याउन आवश्यक छ । अहिले मूख्यतः जनव्रि्रोहको तयारीमा केन्द्रित हुनुपर्दछ ।’ भन्ने निर्ण्र्ाागरेको थियो । त्यस्तै तात्कालिन कार्यदिशाका रूपमा,- ‘दोस्रो संविधानसभामा पश्चगामी तथा यथास्थितिवादी राजनीतिक शक्तिहरूको कब्जा गइसकेको छ र यसको कुनै औचित्य छैन । त्यसैले यस प्रकारको अवस्थामा वैदेशिक हस्तक्षेप तथा षडयन्त्रमुक्त नयाँ राष्ट्रिय राजनीतिक सहमतिको निर्माण संविधानसभाको विघटन, अधिकार सम्पन्न उच्चस्तरीय तथा सबै पक्षीय राजनीतिक सभाको गठन राष्ट्रिय संयुक्त सरकारको गठन, जनसंविधानको निर्माण र राष्ट्रिय स्वाधिनता तथा र्सार्वभौमिकताको रक्षाको कामलाई नै तात्कालिन राजनीतिक कार्यनीतिका रूपमा लिनर्ुपर्छ । आवश्यकता खुलैराख्नु पर्दछ ।’ भन्ने निर्ण्र्ाागर्यो । यस अतिरिक्त पार्टीीाहिरका सम्पूण् क्रान्तिकारी कम्युनिस्टहरूलाई समेटी तथा एकताबद्ध तुल्याई नयाँ क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको निर्माण गर्ने, संयुक्त मोर्चालाई व्यवस्थित तुल्याउने, केन्द्रदेखि स्थानीय तहसम्म जनसमितिहरू निर्माण गर्ने र जनसंर्घष्ाको उठान गर्ने समेतका निर्ण्र्ाागरेको थियो । संगठनको क्षेत्रको काम अन्तरगत ०७० पुस, माघ र फाल्गुनमा जिल्ला सम्मेलनहरू सम्पन्न गरी सक्नेे र ०७० को चैत्र र ०७१ वैशाख र जेठ मा संर्घष्ाका कार्यक्रम अन्तरगत जनआन्दोलन संचालन गर्ने र जेठको अन्तिम साता वा असारको पहिलो सातासम्म पार्टीे राष्ट्रिय सम्मेलन सम्पन्न गरी सक्ने निर्ण्र्ाागरेको थियो ।
बौद्धभेलादेखि महाधिवेशनसम्म
बौद्ध भेलालाई नेपाली कम्युनिस्ट आन्दोलनको करिव ६४ वर्षो इतिहासमा ऐतिहासिक भेलाको रूपमा लिइन्छ । यस भेलाले नवसंशोधनवासित सम्वन्ध विच्छेद गरेर नयाँ ढंगले क्रान्तिकारी कम्युनिस्ट पार्टीीेकपा-माओवादीको पर्ुनर्गठन मात्रै गरेन, यसले क्रान्तिकारी विचारको रक्षा गर्ने काम गर्यो । नेपाली क्रान्तिको रक्षा गर्दै सडकमा फ्याकिएको नेपाली क्रान्तिको झण्डालाई माथि उठाउने गौरवशाली कार्य गरेको थियो । जसका कारणले विश्वभरका क्रान्तिविरोधी शक्तिहरू, देशीय यथास्थितिवादी र प्रतिक्रियावादीहरू तथा सबै खाले संशोधनवादी शक्तिहरू एउटै कित्तामा सामेल भएर नेपालका माओवादी क्रान्तिकारी कम्युनिस्टहरू र सिंगो नेपाली क्रान्तिका विरुद्ध एउटै मोर्चामा मोर्चावन्दी गर्न बाध्य भएका थिए । एमाओवादी पनि त्यसै कित्तामा सामेल हुन पुग्नु यसै परिणामको द्योतक थियो । बौद्ध भेलापछि मुलुकको राजनीति दर्ुइ विपरित ध्रुवको नेतृत्व पुनर्गठित नेकपा-माओवादीले गर्न पुगेको थियो भने प्रतिगामी तथा पश्चगामी ध्रुवको नेतृत्व काँग्रेस, एमाले, एमाओवादी तथा मधेशी मोर्चाको संयुक्त प्रतिक्रियावादी मोर्चाले संहाल्न पुगेको थियो । जो अहिलेसम्म पनि त्यसको परिवर्तन भएको छैन । अतः माओवादीको पर्ुनर्गठनले नेपालको कम्युनिस्ट आन्दोलनमा मात्र होइन मुलुककै समग्र राष्ट्रिय राजनीतिमा समेत नयाँ तरंग पैदा गरिदिएको थियो । र क्रान्तिकारीहरूको एउटा कित्ता र प्रतिक्रियावादी एवं प्रतिक्रियावादीहरूको अर्काे विपरित कित्ता खडा गरी दिएको थियो ।
यसबीचमा अर्काे महत्वपूण् काम के भएको थियो भने करिब २२ वर्षपहिलेदेखि हुन नसकेको माओवादीको सातौं राष्ट्रिय महाधिवेशन -०६९ पुस २५ माघ १ सम्पन्न भयो र त्यस महाधिवेशनले नेपाली क्रान्तिको रणनीति र कार्यनीति निक्र्योल गर्ने क्रममा जनयुद्धको जगम जनव्रि्रोहको नेपाली क्रान्तिको कार्यदिशा पारित गर्न सफल भयो ।
महाधिवेशनदेखि पोखरा बैठकसम्म
२०६९ पुस २५ देखि माघ १ मा पार्टीे ऐतिहासिक सातौ राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । महाधिवेशनले जनव्रि्रोहको जगमा जनव्रि्रोहको नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा पारित गर्यो र दर्ीघकालीन जनयुद्धमा जान सकिने विकल्प समेत खुला गर्यो । यस सातौ राष्ट्रिय महाधिबेशनले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूलाई एकजुट हुन बाध्य तुल्याई दियो । एमाओवादीले पनि ०६९ माघ १४ देखि २० मा हेटौडामा एकताको सातौ महाधिवेशन सम्पन्न गर्यो । उसले नेपाली क्रान्तिको नयाँ जनवादी क्रान्तिको कार्यक्रम र कार्यदिशालाई परित्याग गरी पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको भन्दै समाजवादी क्रान्तिको कार्यक्रम पारित गर्यो र आफ्नो सैद्धान्तिक विचलनलाई अरु नाङ्गो ढंगले उजागर गर्ने कार्य गर्यो । महाधिवेशन हलबाटै उसले र्सवाेच्च अदालतको प्रधानन्यायधिस खिलराज रेग्मीको नेतृत्वमा निर्दलीय सरकार गठन गर्ने घोषणा गर्यो । ०६९ चैत्र १ गते यसलाई कार्यान्वयनमा ल्यायो । त्यसपछि क्रान्तिकारी कम्युनिस्ट शक्ति र यथस्थितिवादी एवं प्रतिक्रियावादी शक्ति बीचको संर्घष्ा अर्थात वर्गसंर्घष्ा अरु पेचिलो बन्न गयो । यही परिपेक्षमा ०७० असार १५ देखि १९ मा पोखरामा पार्टीे दोस्रो पूण् बैठक सम्पन्न गरियो । बैठकले- ‘वैदेशिक प्रतिक्रियावादी शक्तिहरूको गुरुयोजना र देशका दलाल राजनीतिक शक्तिहरूको पहलमा नेपालको नयाँ जनवादी क्रान्तिको गर्भपात गर्नका लागि आयोजना गरिएको संविधानसभा निर्वाचनको सक्रिय तथा सशक्त बहिष्कार गर्ने’ भन्ने निर्ण्र्ाागरेर बहिष्कार आन्दोलनलाई सफल तुल्याउन सम्पर्ूण्ा योजनाहरू तर्जुमा गर्ने काम भयो ।
पोखरा बैठकदेखि कुपण्डोल बैठकसम्म
२०७० असार १५ देखि मा सम्पन्न पार्टीीे ऐतिहासिक पोखरा बैठकले साम्राज्यवादी तथा विस्तारवादीहरूको निर्देशनमा नेपालस्थित तिनका दलाल राजनीतिक शक्तिहरूले नेपाली नयाँ जनवादी क्रान्तिको गर्भपात गराउने उद्देश्यले गर्न लागिएको मंसीर ४ गतेको कथित संविधानसभा निर्वाचनलाई सक्रिया र सशक्त रूपमा बहिष्कार गर्ने र संवादको ढोका पनि खुला राख्ने भन्ने निर्ण्र्ाागरेको थियो । त्यसपछि पार्टीी कथित निर्वाचनको सक्रिय र सशक्त रूपले जुन बहिष्कार गर्ने र त्यसका लागि नेपाली क्रान्तिका चार तयारी अन्तरगत प्राविधिक तयारीमा मूख्य जोड दिने र सशक्त फोर्सको निर्माण गर्ने काम लाग्नु पर्नेमा पार्टीीेतृत्वले संवादको ढोका पनि खुला राख्ने भन्ने अंशलाई पकडेर दलाल राजनीतिक शक्तिहरूसित वार्ताको कामलाई अघि बढायो । दलालहरूले माओवादी पार्टीी वार्ता र संवादको कार्ड फ्याकेर अलमल्याउन चाहन्थ्यो । हाम्रो नेतृत्व पनि त्यसैमा अलमलियो र बहिष्कार आन्दोलनलाई सशक्त रूपमा अगाडि बढाढने र सशक्त फोर्स निर्माण कार्यमा कमी हुन गयो र बहिष्कार आन्दोलन हाम्रो राजनीतिक सारतत्वमा उपलब्धिमूलक भएतापनि पार्टी चाहे बमोजिमको परिणाम ल्याउन सकेन । यहानेर पार्टीीुकेको छ ।
कुपण्डोल बैठकदेखि राष्ट्रिय सम्मेलनसम्म
२०७० मंसीर २३ देखि २९ मा पार्टीीे तेस्रो पूण् बैठक सम्पन्न भयो । जसलाई कुपण्डोल बैठकको नामले चिनिन्छ । माथि पनि उल्लेख गरी सकिएको छ । कुपण्डोल बैठकले पहिलो नम्वरमा कथित संविधानसभा निवार्चन बहिष्कारको समीक्षा गर्ने काम गर्यो । दोस्रो नम्वरमा ३ महिना संगठनको क्षेत्रको काम गर्ने र अर्काे तीन महिना संर्घष्ा संचालन गर्ने निर्ण्र्ाागर्यो भने ०७१ जेठको अन्तिम साता वा असारको पहिलो साता पार्टीीे राष्ट्रिय सम्मेलन गर्ने निर्ण्र्ाागर्यो । संगठनको काम अन्तरगत ३ महिना भनिएकोमा चार महिना लगाएर जिल्ला सम्मेलनहरू सम्पन्न गर्ने काम गरेको छ । स्थानीय पार्टीीमिटिहरूलाई वैधानिक बनाउने, चुस्त-दुरुस्त बनाउने काममा राम्रो सफलता प्राप्त गरेको छ । संर्घष्को कामको क्षेत्र अलि ओझेलमा पर्न गएको भएपनि असारको दोस्रो साता राष्ट्रिय सम्मेलन सम्पन्न गरी सक्ने निर्ण्र्ाापोलिटव्यूरो बैठकले गरेको छ । यहाँसम्म आउँदा संक्षिप्तमा पार्टीीतिविधि यिनै हुन् ।
राष्ट्रिय सम्मेलनको मूख्य कार्यभार
माओवादीले ०७१ असारको दोस्रो साता राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्ण्र्ाागरेको छ । राष्ट्रिय सम्मेलनलाई कम्युनिस्ट पार्टी मिनी महाधिवेशनका रूपमा दिने गरेको हुनाले यसमा पहिलो नम्बरमा विचारको कुरा अगाडि आउँछ । क्रान्तिका निम्ति क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टीीे आवश्यकता पर्ने भएकोले यस राष्ट्रिय सम्मेलनलाई माओवादी पार्टी क्रान्तिकारी विचारको महान् बहसको थलोको रूपमा विकास गर्ने गरी आयोजना गरिनु पर्दछ । नेपाली नयाँ जनवादी क्रान्तिको रणनीति र कार्यनीतिको सवालमा यस राष्ट्रिय सम्मेलनमा महान् बहस गर्न जरुरी छ । अबको क्रान्तिको बाटो के हुने – कार्यदिशा जुन हामीले जनयुद्धको जगमा जनव्रि्रोह निक्र्योल गरेका छौ र त्यसलाई समृद्ध पार्ने भन्ने निर्ण्र्ाकुपण्डोल बैठकले गरेको छ । यसलाई कसरी समृद्धशाली गर्ने – या जनयुद्धको कार्यदिशा तय गर्ने भन्ने तर्क पनि छ, यसलाई कसरी समायोजन गर्ने – आदिबारेमा राष्ट्रिय सम्मेलनले स्पष्ट पार्न आवश्यक छ । राष्ट्रिय तथा अन्तर्रराट्रय परिस्थितिको विश्लेषण बैज्ञानिक ढंगले विश्लेषण गर्न जसरी छ ।
राष्ट्रिय सम्मेलनको दोस्रो कार्यभार पार्टीी २ वर्षता गरेको कामको वैज्ञानिक ढंगले समीक्षा गर्न आवश्यक छ । हामीले गर्नै पर्ने काममा कहाँ कहाँ चुक्यौ त्यसको पनि समीक्षा हुनु जरुरी छ । तेस्रो कार्यभारको रूपमा राष्ट्रिय सम्मेलनले पार्टीीकता र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको निर्माणका बारेमा सैद्धान्तिक, राजनीतिक एवं सांगठनिकबारे वैज्ञानिक ढंगले विधि तय गरिनु पर्दछ ।
राष्ट्रिय सम्मेलनको चौथो कार्यभार क्रान्तिकारी एवं चुस्तदुरुस्त पार्टीीेतृत्वको निर्माण गर्नु हुने छ । क्रान्तिका लागि विविध प्रकारका चुनौतीहरूको सामना गर्न सक्ने सक्षम र लडाकु पार्टीीेतृत्वको आवश्यकता पर्दछ । जो पार्टीे विचारसित अन्तसम्बन्धित रहेको हुन्छ । राष्ट्रिय सम्मेलनको पाचौं कार्यभार पार्टीीई क्रान्तिकारी, लडाकु, अनुसासित र एकताबद्ध बनाउने रहने छ ।
निष्कर्षहामीले क्रान्तिकारी विचारको रक्षा र नेपाली नयाँ जनवादी क्रान्तिको रक्षाको सवाल मात्रै होइन यसको कार्यभारलाई पुरा गर्ने महान् उद्देश्यका साथ करिब २ वर्षपहिले नवसंशोधनवादसित सम्वन्धविच्छेद गरेर जुन नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टीीेकपा-माओवादीको पुनर्गठन गरेका थियौं । यो परिघटना नेपाली र्सवहारा श्रमजीवी वर्ग र विश्व भाइचारासमेतलाई गौरवको विषय बन्न पुग्यो । क्रान्तिकारी माओवादी पार्टीीनर्माण गरेर हामीले अत्यन्तै महत्वपूण् र गौरवशाली कार्य गरेका थियौं । यस विषयमा कतै पनि विवाद छैन । हामीले महत्वपूण् उपलब्धिहरू हासिल गरेका छौं । यद्यपि यसमा पनि सिमा रहेका छन् । हामी भित्रैका कमीकमोजोरीका कारण पार्टी अपेक्षा गरेजति उपलब्धिहरू हासिल गर्न सकेनौं । तर क्रान्तिकारी विचार र नेपाली क्रान्तिको रक्षा गर्ने सवालमा हामीले महत्वपूण् दायित्व पुरा गरेका छौं । हामीले यस बीचमा थुप्रै प्रकारका कमीकमजोरी पनि गरेका छौं । र धेरै ठाउँमा चुकेका पनि छै । यस विषयमा हाम्रो समीक्षा हुन आवश्यक छ र सिंगो पार्टीींक्तिले शिक्षा ग्रहण गर्न पनि आवश्यक छ । हामीले के के उपलब्धिहरू प्राप्त गर्यौ र कहाँ कहाँ हामी चुक्यौ त – यी दुवै विषयमा द्धन्द्धवादका आधारमा समीक्षा गर्न जरुरी छ ।
हामीसित कमीकमजोरीका पनि सीमा छन् । तैपनि हामीले यस बीचमा पार्टीीेतृत्वलाई चुस्तदुरुस्त बनाउन सकेनौ । पार्टीीत्र व्यवस्थित र वैज्ञानिक ढंगले पार्टीीकुल संचालन गर्न सकेनौं । पार्टीीत्र सुद्धिकरण र सुदृढीकरण अभियान संचालन गर्न सकेका छैनौं । पार्टीीत्र आर्थिक अनुशासन र आर्थिक पारदर्शीता कायम गर्न सकेका छैनौं । पार्टीीार्यकर्ताहरूलाई उत्पादनमा जोड्ने र कार्यकर्ताहरूको व्यवस्थापन गर्न सकेका छैनौं । पार्टीीार्यकर्ताहरूको उचित मुल्यांङकन गर्न सकिरहेका छैनौ ।
पार्टीीत्र नातावाद, क्रिपावाद, परिवाद, व्यक्तिवाद, व्यवहारवाद, अनुभववाद, श्रदावाद जस्ता मालेमावाद विरोधी विचार दृष्टिकोण र प्रवृत्तिहरू जिउँदै छन्, मौलाइरहेका छन् । यी प्रवृत्तिहरू क्रान्तिका बाधक हुन्छन् । आम पार्टीीक्तिलाई र्सवहाराकरण गर्न सकिरहेका छैनौं । पार्टीीक्तिभित्र व्यक्तिवाद र नेतृत्वपन हावी भइरहेको छ । सामुहिक जीवनशैली प्राय लोप भएर गएको छ । पार्टीीक्तिलाई अनुशासन बहन र विचारधारात्मक रूपमा एकताबद्ध बनाउन सकिरहेका छैनौं । पार्टीीत्र विविध प्रकारका टे्रनहरू हुनु स्वाभाविक हुन्छ । ती टे्रनहरूलाई वैज्ञानिक ढंगले व्यवस्थापन गर्न सकिरहेका छैनौं । नवसंशोधनवादी समूहले फैलाउने गरेको पार्टीीकताको हल्लालाई वैज्ञानिक ढंगले बुझ्ने र संश्लेषण गर्ने वास्तविक पार्टीीकताका बारेमा गम्भीर बन्न सकिरहेका छैनौं । हामीले निर्ण्र्ााचाहिँ समय सापेक्ष र ठोस क्रान्तिकारी नै गर्दै आएका छौ तर कार्यान्वयन गर्ने सवालमा पाइलैपिच्छे चुक्दै आएका छौं । पार्टीी गरेका सही निर्ण्र्ाारू पनि सही ढंगले कार्यान्वयन गर्न सकिरहेको छैन । किन यस्तो गरिरहेका छौ त – यसको उचित खोजी र समीक्षा हामीले राष्ट्रिय सम्मेलनमा गर्नैपर्ने हुन्छ ।
प्रचण्ड प्रवृत्ति अर्थात एमाओवादी प्रवृत्ति वर्तमान अवस्थामा नेपाली क्रान्तिका लागि हानिकारक छ । त्यही प्रवृत्ति हाम्रो पार्टीीत्र जिउँदो जाग्दो छ । यसलाई निर्मूल गर्न नसक्नु पनि हामीभित्रकै समस्या हो । हामीसित अहिलेसम्म पनि एमाओवादी प्रवृत्ति हानिकारक बनिरहेको छ । त्यही प्रवृत्ति हाम्रो पार्टीीत्र जिउँदो जाग्दो छ । यसलाई निर्मूल गर्न नसक्नु पनि हामीभित्रकै समस्या हो । हामीसित अहिलेसम्म पनि जनयुद्धकालिन हृयाङ ओभर कायमै छ । यसले पनि हामीलाई क्रान्तिकारीपनका साथ अगाडि बढ्ने कार्यमा तगारो हालिरहेको छ । यो माथि उल्लेखित कमी कमजोरीहरू हामीसित रहँदै आएका छन् । यसलाई राष्ट्रिय सम्मेलनले महत्वपूण् कार्यभारका रूपमा लिनेछ ।

प्रतिक्रियाहरु

[anycomment]