नयाँ शक्ति नेपालवाद ,नेपालवाद जिन्दावाद – युवराज सफल
आज नेपालमा विभिन्न वादहरुले हैकम जमाएका छन् । हामीले मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद, साम्यवादजस्ता शव्दहरु सुन्दै आएका छौँ । त्यस्तै जातिवाद, संशोधनवाद, विस्तारवाद, साम्राज्यवाद, उपनिवेशवादलगायत अन्य वादहरुको वारेमा पनि हामीले बेला बखतमा सुन्ने गरेका छौँ । विभिन्न पार्टीीको दस्तावेजम विभिन्न वादहरुको वारेमा सुन्दर ढंगले व्यख्या विश्लेषण गरिएको छ । विदेशमा उत्पादित मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद र साम्यवाद जस्ता वादहरुले आज नेपालमा एक छत्र शासन गरिरहेको अवस्था छ । प्रत्येक नेपाली राजनीतिक पार्टीीे दस्तावेजम बडो सुन्दर र आकषिर्त ढंगले माथि उल्लेखित वादको वारेमा चर्चा परिचर्चा गरिएको छ । विदेशवाट आयातित वादहरुलाई यति धेरै मान्यता दिइएको छ कि मानौँ नेपाल र नेपाली जनताको मुक्तिको वाटो भनेको मार्क्सवाद, लेलिनवाद, माओवाद, समाजवाद र साम्यवाद नै हो । मानौँ ती वादहरुले नेपाल र नेपालीलाई जोगाउने अचूक औषधीको काम गरेका छन्, सोही भएर नेपाली राजनीतिक पार्टीी नेताहरु आफ्नो दस्तावेजमा ती वादहरुको वारेमा चर्चा परिचर्चा गर्न र त्यसकै पक्ष विपक्षमा बहश गर्छन् र पार्टीीमेत त्यही वादको नामवाट स्थापना गर्दछन् । अनि भनिरहेका छन् कि हामी नेपाल र नेपालीको हित गर्ने पार्टीीअझै भनिरहेका छन् कि हामी देश र जनताको साथी । अचम्म छन् उनीहरुका विचार, उनीहरुको विभिन्न सिद्वान्त र उनीहरुले अध्ययन र ग्रहण गरेेको वाद । नेपाल जस्तो सुन्दर देशमा वीसौँ वर्षमार्क्सव्ााद, लेलिनवादले शासन गर्यो । आजसम्म पनि को सच्चा मार्क्सवादी र को कच्चा मार्क्सवादी भनेर आरोप प्रत्यारोप र खण्डन र वक्तव्यवाजी चलिरहेको छ । त्यस्तै आधा दशकभन्दा बढी समय नेपालमा माओवादले घोषित रुपमा शासन गर्यो । माओवादको सम्वन्धमा पनि को सच्चा माओवादी हो र कसले माओवादलाई सही ढंगले बुझयो भन्ने कुराको बहस सुरु भएको छ र पार्टीीमेत माओवादकै विषयम फरक मत र फरक विचार राख्दै फुट्दै आएको अवस्था छ ।
अझ भनौँ नेपाल आज विभिन्न विषयवस्तुहरुको क्रीडास्थल बनेको छ, परीक्षणस्थल बनेको छ । विभिन्न वाद रुपी औषधी विदेशवाट आयात गरी यहाँका राजनीतिक पार्टीीले विभिन्न औषधी पसल संचालन गरेका छन् । ती औषधी पसलवाट विभिन्न नाममा ढाँटेर छलेर औषधी बेचिरहेका छन् । कसैलेलाई टाउको दुखेको निको हुन्छ, भनिरहेका छन् त कसैलाई ज्वरो आएको निको हुन्छ भनिरहेका छन् । कसैलाई क्यान्सरको उपचार हुन्छ भनिरहेका छन् त कसैलाई के भनिरहेका छन् । एउटै वादको आडमा विभिन्न धन्दा चलाइरहेका छन् । त्यस्तै ती वादरुपी औषधीहरुको आफूलाई सवैभन्दा बढी जान्ने सुन्ने वताई रहेका छन् । त्यस विषयको प्रकाण्ड विद्वान् ठानी रहेका छन् । अझ सोझो अर्थमा भन्न पर्दा आफूलाई माक्सवाद, लेलिनवाद अनि माओवादको प्रकाण्ड विद्वान् ठानिरहेका छन् । आफू वर्षौ मार्क्सवाद, लेलिनवाद र माओवादको अध्ययनमा लागेको भन्दै आफूले आफैँलाई महामानव घोषणा गरिरहेका छन्, आज नेपालमा यस्तै भइरहेको छ ।
तर, विडम्वना आज कुनै राजनीतिक पार्टीी नेपाल र नेपालीको विकास गर्न र नेपाललाई समृद्व पार्न नेपालवादको व्याख्या गर्न उचित ठानिरहेका छैनन् । नेपालवादको अध्ययन गर्न आवश्यकता ठानेका छैनन् । नेपालवादको निर्माण गर्न आवश्यक ठानेका छैनन् । अझ यो पनि भनौँ नेपाल र नेपालीको भाग्य र भविष्यको फैसला गर्ने नेपालवाद नामक औषधीको विकास गर्न चाहिरहेका छैनन् । नेपालको भौगोलिक अवस्था, नेपाली माटो, नेपालको हावापानी, नेपालको संस्कृति र नेपालको विभिन्न विषयगत आधारमा अध्ययन गरी नेपाल र नेपाली सुहाँदो वाद विकास गर्न यहाँका राजनीतिक पार्टर्ीी चुकेका मात्र छैन, विदेशवाट आयाति वादहरुलाई घोषित रुपमा मान्यता दिई स्वदेशी वाद नेपाल वादको जन्म दिन खोजि रहेका छैनन् । अत नेपाल वाद केहो – नेपाल वादले के गर्न पर्छ – नेपालवादले नेपाललाई कसरी समृद्व बनाउँछ भन्ने विषयमा संक्षेपमा चर्चा परिचर्चा गर्दा उपयुक्त र्ठहला । अथवा नेपाललाई सुन्दर, विकसित र समृद्व बनाउने आधारको रुपमा नेपालवादले कसरी भूमिका खेल्न सक्दछ भनी सोही वारेमा चर्चा परिचर्चा गर्दा सान्दर्भिक ठहर्ला ।
नेपालवादको प्रारम्भिक अवस्था
नेपामा आजसम्म कुनै पार्टीी नेपालवादको वारेमा बहश गरेको, नेपालवादको वारेमा अध्ययन र अनुसन्धान गरेको अनि आफ्नो पार्टीीे दस्तावेजमा नेपालवाद वारे कतै उल्लेख गरेको भेटिदैँन । अझ सोझो अर्थम्ाा भन्न पर्दा कुनै राजनीतिक पार्टीीले नेपालवादको सम्बन्धमा चर्चा परिचर्चा गरेका छैनन् । विभिन्न कालखण्डमा नेपाली नेताहरुले विदेशवाट आयातित वादहरुको विकल्पमा नयाँ विचार र वादको आवश्यकता ठानेका हुन्छन् । जस्तो कि प्रजातन्त्र र समाजवादको खरो वकालत गर्ने तत्कालीन नेपाली काँग्रेस र काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रस्ााद कोइरालाले केही रुपमा अलि नयाँपन दिदैँ नेपाली परिवेशमा समाजवादको व्याख्या गर्दै अव समाजवादलाई नेपाली करण गरिनु पर्दछ भन्ने कुरमा मान्यता दिदैँ समाजवाद उन्मुख केही कार्य गरे, त्यस्तै मार्क्सवाद, लेलिनवादको ठेक्का लिएको आफूले मात्र त्यसको व्याख्या, विश्षलेषण गर्न पाउने दावी गर्ने तत्तकालीन एमाले महासचिव मदन भण्डारीले उतिखेरै विदेशवाट आयातित यी वादहरुले नेपाल र नेपालीको भलो हुने कुनै छाँटकाट नदेखेपछि जनताको बहुदलीय जनवादको उकालत गरेर आफ्नो हैसियत बढाउन र अस्तित्व रक्षा गर्न परेको थियो । त्यस्तै आफूलाई सवैभन्दा क्रान्तिकारी अझ र्सवहारा वर्गको लिडरसिप बताउने पुष्पकमल दाहाल प्रचण्डले पनि विदेशवाट आयातित वादहरुले केही गर्ने छाँट नदेखिएपछि प्रचण्ड पथ र एक्काइसौँ शताव्दीको जनवाद नामक खिचडी पकाउन परेको थियो । त्यस्तै विदेशवाट आयाति वादहरुले अव केही गर्न सक्दैन भन्दै एमाओवादीका नेता डा. बाबुराम भट्टर्राईले नयाँ शक्तिको आवश्यकता छ भन्न परेको थियो ।
माथि जसले विभिन्न कालमा जे भने पनि जे जस्तो परिस्थतिमा बोले पनि ती नेताहरुको अभिव्यक्ति अध्ययन गर्दा के कुरा प्रष्ट पार्दछ भने हिजो सम्म जे भयो भयो, जुन वाद र सिद्वान्तको नाममा नेपाली जनतालाई गुमराहमा राखियो अव त्यसले मात्र चल्दैन तर्सथ अब नेपालमा आफ्नै देश सुहाउँदो वाद वा विचार चाहिन्छ भन्ने या नेपाल र नेपाली सुहाउँदो नेपालवादको आवश्यकता छ भन्ने कुरा प्रमाणित भएको छ । विपि, मदन, प्रचण्ड र बाबुरामहरुले नेपालमा अझै पनि विदेशी वादको औचित्य नदेखेर नेपाल सुहाउदो वादको आवश्यकता त देखे र तर त्यो वाद भनेको नेपाल वाद हो भन्ोर त्यसको नामाकरण भने गरेनन् र गम्भीरताको साथ नेपालवादी विचार, सिद्वान्त लेख्न भने लागेनन् तर जे होस् अब नेपालमा नयाँ वादको आवश्यकता छ भन्ने कूरामा भने उनीहरुको सहमति देखिन्छ ।
थाहा छैन किन जस जसले अहिलेको प्रचलित वादवाट मूलुकले निकास नपाउने भन्दै वैकल्पिक वादको वा विचारको आवश्यकता महशुस गरिरहनु भएको छ तर किन भन्न सकिरहनु भएको छैन नेपाल र नेपाली जनतालाई अब नेपाल वादको खाँचो छ, अब हामीले आफ्नो राष्ट्रलाई समृद्व बनाउन नेपालवादको निर्माण गर्न पर्दछ, अबको हाम्रो गन्त्ाव्य नेपाल वाद हो र नेपालवादले नै हामी समृद्व हुन सक्दछौँ । के कारणले उहाँहरुलाई नेपालवाद भनेर नामाकरण गर्न असहज भएको हो, कतै कसैको दवावले हो या उहाँहरुले केवल चर्चामा आउनको लागि मात्र नयाँ विचार र सिद्वान्तको रटान लगाउनु भएको हो त्यो कुरा भने प्रष्ट हुन सकेको छैन ।
तर धुव्र सत्य कुरा के हो भने अब नेपालमा विभिन्न वादको प्रयोग गर्ने नाममा वादको प्रयोग गर्ने प्रयोगशाला बनाइन हुँदैन, नेपाल सुहाउदो वा देश सुहाउदो नेपालवादको निर्माण गर्नु आजको आवश्यकता हो । नेपालवादको निर्माणका लागि अब नेपालमा राजनीति गर्ने राजनीतिक पार्टीी लागि पर्न पर्दछ, नेपालीको विकास, समृद्वि भन्ने कुरा अब नेपालवादले मात्र दिन सक्दछ । अत अब सवैको ध्यान नेपालवादको वहश, छलफलमा केन्द्रीत हुन पर्दछ, अझ भनौँ नेपाल सरकारले नेपालवादको अध्ययन अनुसन्धान गर्न नेपालवाद निर्माण समितिको गठन गर्न पर्दछ र नेपालवादको निर्माणमा लाग्न पर्दछ । सम्पूण राजनीतिक पार्टीीले पनि अब नेपालवादलाई अब बटमलाइन बनाउन पर्दछ । र नेपालवाद केहो भनी अध्ययन गरी नेपालवादको आविष्कार गर्न पट्टी लाग्न पर्दछ । अरुले बनाएको औषधीलाई विभिन्न आवरणमा वेच्न भन्दा अब आफैँ औषधी बनाउन लाग्न पर्दछ ।
नेपालवादका आधारहरु
लहड र रहरको भरमा कुनै वादको विकास आविष्कार गर्न सकिदैँन ।कुनै पनि वादको आविष्कार गर्नको लागि त्यसको आधारहरु तय गरिन पर्दछ । वाद जस्तो कुरा विना आधार तय हुन सक्दैन । तर्सथ हामीहरुले सिँगो नेपाललाई विस्तृत रुपमा अध्ययन गरेर मात्र नेपालवादको आविष्कार गर्न सक्दछौँ । तर्सथ निम्न आधारमा नेपालमा नेपाल वादको विकास गर्न सकिन्छ ।
१.आर्थिक समृद्विका आधार
न्ोपालवाद निर्माणको पहिलो आधार भनेको आर्थिक समृद्विको आधार हो । कुनै पनि देशलाई समृद्वशाली बनाउन पहिला त्यो देशको आर्थिक अबस्था राम्रो हुन पर्दछ । अतः देशको आर्थिक अबस्थालाई सुदृढ बनाउन के कस्ता आर्थिक नीतिहरुको आवश्यकता पर्दछ र नेपालको सर्न्दर्भमा नेपालले कस्तो अर्थ व्यवस्था अपनाउदा फाइदा हुन्छ र नेपालको आर्थिक अबस्था कसरी बलियो हुन्छ भन्ने कुरा नेपालवादमा उल्लेख गरिन पर्दछ । अतः आर्थिक विकास तथा समृद्विको आधार नै पहिलो नेपालवादको आधार हो भन्दा अनुपयुक्त नहोला ।
२. कृषिमा आधुनिकीकरणको आधार
न्ोपालमा बहुसंख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन् । कृषि पेशा नै यहाँको सवैभन्दा धेरै नागरिकले अपनाउने पेसा भएको कारण कृषिलाई कसरी आधुनिकीकरण र व्यवसायीकरण गर्ने भन्ने कुरा नेपालवादले उल्लेख गर्न पर्दछ । कृषिको माध्यमवाट देशलाई समृद्व बनाउन के कस्ता प्रविधि भित्र्याउन सकिन्छ र किसानहरुलाई कसरी सहज ढंगले कृषिमा लगाउन सकिन्छ भन्ने कुरालाई आत्मासात गर्दै नेपालवादी सिद्वान्तमा कृषिमा आधुनिकीकरण गर्ने विषयलाई पनि आधारको रुपमा उल्लेख गरिन पर्दछ ।
३. औद्योगिकरणको विकासमा जोड
कुनै पनि देशमा आर्थिक समृद्वि ल्याउन उद्योग धन्दा र कलकारखानाले महत्वपूण् भूमिका खेलेको हुन्छ , उद्योग धन्दा र कलकारखाना व्यवस्थित र वैज्ञानिक ढंगवाट संचालन गर्दा त्यो देशको नागरिकले रोजगारी पाउने र उत्पादित वस्तु स्वदेश तथा विदेशमा विक्रि वितरण गर्दा देशको आर्थिक अब्ास्था राम्रो र बलियो हुन्छ । तर्सथ औद्योगिकरणको विकासमा जोड दिने कुरालाई पनि नेपालवाद निर्माणको आधार अर्न्तर्गत राखिन पर्दछ ।
४. सन्तुलित परराष्ट्र नीति
यो एक्काइशौँ शताव्दी हो । यो परिवेशमा हामीले विभिन्न देशसँग सन्तुलित सम्बन्ध राख्न पर्दछ । चीन र भारतसँग झन सन्तुलित सम्बन्ध राख्न पर्दछ । हामीले आपसी हित र लाभको आधारमा विदेश नीति तय गर्न पर्दछ । आजको दुनियाँमा कसैले पनि हस्तक्षेप र अत्याचार सहन सक्दैन अत आत्मसम्मान मिल्ने खालको र नेपालको राष्ट्रिय स्वाधिनता एवम् राष्ट्रियता र अखण्डताको संरक्षण हुने खालका विदेश नीति तय गर्न पर्दछ तर्सथ सन्तुलित परराष्ट्र नीतिको आधारलाई नेपालवादको निर्माण गर्न पर्दछ ।
५. व्यवस्थित पर्यटन विकास
न्ोपाल विश्वमै सुन्दर र पर्यटकीय देश हो । यहाँ प्रशस्तै पर्यटन विकास सम्बन्धी आधारहरु छन् । दर्जनौँ नदी नालाहरु छन्, दर्जनौँ हिमालहरु छन्, दर्जनौँ झरनाहरु छन् । कैयन मठमन्दिरहरु र गुम्वाहरु छन् त्यस्ता पर्यटकीय वस्तुहरुको अध्ययन गरी पर्यटनलाई विकास गर्ने कुरालाई पनि नेपालवाद निर्माणको आधारको रुपमा राख्न सकिन्छ ।
६. जलविद्युत विकास
जलविद्युत विकास गर्ने र यसको उत्पादन पछि गाउँ गाउँ सम्म यसको पहुँच पुर्याएर अन्तत विजुली अन्तर्रााट्रय मूलकमा बेच्न सकियो भने जलविद्युतको विकास मार्फ पनि देशको विकास गर्न सकिन्छ । अत जलविद्युत विकास गर्ने कुरालाई पनि नेपालवादी सिद्वान्त निर्माण गर्ने आधारको रुपमा उल्लेख गर्न सकिन्छ ।
यी माथि उल्लेख गरिएका आधारहरु मात्र एउटा उदाहारण मात्र हुन् । एउटै लेखमा नेपालवाद जस्तो सिद्वान्तको वारेमा लेख्न सकिदैँन । कुनै हचुवाको भरमा नेपालवाद बन्न सक्दैन, सिँगो नेपाललाई अध्ययन गरेर हर्ेदा यहाँ धेरै समस्याहरु छन्, चुनौतिहरु प्ानि छन् अब ती समस्या र चुनौतिलाई पार लगाउन नेपाली जनताले नेपाली भूमिमा बसी नेपाली खाना र पानी खाँदै बनाएको नेपाल वाद आजको आवश्यकता हो । कसैले हिजो जस्तो जवरजस्त विभिन्न आयातित वादहरु न्ोपाल र नेपाली सामू नथोपरे हुन्छ किनकी अब नेपाली जनता चलाख भई सके । अब उनीहरु आफुहरुको भाग्य र भविष्यको फैसला गर्ने नेपालवादी सिद्वान्तको आविष्कार गर्न लाग्नेछन् । यदि देशको माया साँच्चै छ भने विभिन्न वादको भरमा आफ्नो फोहोरी राजनीति टिकाउँदै आएका यहाँ राजनीतिक पार्टीी तिनका नेताहरुले पनि नेपालवाद निर्माण गर्न तिर ध्यान दिन पर्छ अनि मात्र समृद्व नेपालको सपना पूरा हुन्छ हैन भने अझै पनि तिनै थोत्रा र पूरानो वादलाई विभिन्न रुपले राजनीति गर्ने भाँडो बनाउने हो भने यो मूलुक अझै २० औँ वर्षअहिलेकै अबस्थामा रहन्छ,त्यसकारण नेपालवादको निर्माण गर्न ढिला गर्न हुँदैन । विभिन्न वादलाई भजाएर आफ्नो स्वार्थ सिद्व गर्नेहरुलाई बेलैमा चेतना भया ।
लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष हुन् ।