नेपाली युवाका समस्या र समाधान – युवराज सफल
भनिन्छ युवा शक्ति राष्ट्रका भविष्य हुन् साथै पहरेदार अनि खम्वा हुन् । आजका युवाले नै भोलि यो देश हाँक्ने हुन् । युवाहरुले देश हाँक्ने र युवा भविष्यको खम्वा हुन् भन्ने कुरामा कसैको विमति छैन । युवाहरुको सवालमा धरै विश्वविख्यात व्यक्तित्वहरुले विभिन्न धारणाहरु र्सार्वजनिक गरेका छन् । यसै सिलसिलामा विश्व र्सवहारा वर्गका नेता माओले भन्नुभएको छ – युवाहरु यो संस्ार तिमीहरुको हो ,हामीहरुको पनि हो फेरि तिमीहरुकै हो । महान व्यक्तित्व माओको यो भनाईवाट पनि प्रष्ट हुन्छ कि कुनै पनि देशको या राष्ट्रको लागि युवा कति महत्वपूण् छन् र हुन्छन् भन्ने कुरा । राज्यले युवाको वारेमा खासै चासो देखाएको छैन । युवा नीति बनाउन राज्य असफल भएको छ । त्यसैले आज नेपाली युवाहरु असंख्य पीडा लिएर बाँचेका छन् असंख्य समस्याका पहाड लिएर बाँचेका छन् । अनगिन्ति भोगाई लिएर हिँडिरहेका छन् । भद्रगोल परिस्थितिमा गन्तव्यहिन यात्रा गरिरहेका छन् । तर्सथ नेपाली युवाहरुले भोगेका विभिन्न समस्याहरु र तिनका समाधानका बारेमा केही चर्चा परिचर्चा गर्दा उपर्युक्त होला ।
नेपाली युवाका प्रमुख समस्या
खासगरी नेपाली युवाहरुले धेरै समस्याको सामना गरी रहेका छन् । राज्यले युवाहरुको समस्याप्रति गम्भीर बन्न सकेको छ्र्रैन । राज्यको यही विभेदकारी नीतिको कारण नेपाली युवाहरु अनगिन्ती पीडाहरु खेप्न बाध्य भएका छन् । नेपाली युवाहरु समस्याको भूङ्ग्रोमा पिल्सन विवश भएका छन् तर्सथ नेपाली युवाहरुले अहिले मूलत निम्न समस्याहरु झेलिरहेका छन् ।
१. बहु प्राविधिक तथा बहुआयामिक शिक्षाबाट बञ्चित
विश्वपरिवेशमा जस्तो ढंगले शैक्षिक परिवर्तन भएका छन् त्यसको तुलनामा हाम्रो देशमा शिक्षा नीतिमा परिवर्तन भएको छैन । आज पनि नेपाली युवा तथा विद्यार्थीहरु बहुप्राविधिक तथा बहु आयामिक शिक्षा लिनवाट बञ्चित भएका छन् । परम्परावादी शिक्षाको कारण नेपाली युवाहरुले शिक्षाको माध्यमबाट कुनै पनि सिप सिक्न सकेका छैन । उनीहरुले कोर्रर्ााैदान्तिक ज्ञानमात्र सिकेका छन् । बहु प्राविधिक र बहु आयामिक शिक्षावाट बञ्चित भएकै कारण आज नेपाली युवाहरु पाखुरामा बल ,मनमा जोस जाँगर हुँदा हुँदै पनि चुपचाप बस्न विवश छन् ।
राज्यले पनि शिक्षा नीतिमा समयानुकूल परिमार्जन गर्न सकेको छैन । यही कारण आज सारा नेपाल् युवा तथा विद्यार्थीहरु बहु प्राविधिक तथा बहुआयामिक शिक्षा लिनवाट बञ्चित भएका छन् । यसकै कारणले असंख्य पीडा भोग्न बाध्य भएका छन् । नेपाली राजनीतिक पार्टीीले पनि बहुप्राविधिक र बहुआयामिक शिक्षा ल्याउन कुनै पहल गरेका छैनन् ।उनीहरुको ध्यान गुलिया र सस्ता नारा लगाएर जनताको भोट बटुलेर सत्ताको कुर्सी बस्ने भन्दा अरु कार्य गर्न चाँहदैनन् ।
त्यस्तै गरी देशमा शिक्षा नीतिमा परिवर्तन गर्न अनि शिक्षामा सुधार ल्याउन भनि गठित विभिन्न राजनीतिक पार्टी विद्यार्थी संघहरु पनि शिक्षामा आमूल परिवर्तन ल्याउन पर्छ भन्दै सस्ता नाराहरु लाउनमै प्रतिस्पर्धा गरिरहेका छन् । नारामा मात्रै उनीहरु त्यस्तो शैक्षिक प्रणालीको वकालत गर्ने गर्दछन् । व्यवहारमा भने उनीहरु त्यस्तो शैक्षिक प्रणालीको निर्माण गर्न असफल भएका छन् । साथै देशमा शैक्षिक सुधारका लागि भन्दै स्थापना भएका विभिन्न राजनीतिक पार्टीी भातृ संगठन भएर काम गर्ने शैक्षिक संघ तथा संगठनहरु पनि नेपालमा शिक्षा नीतिमा परिवर्तन गर्न पर्छ भन्दै तिनै पार्टीीको एकहोरो डम्फू बजाई रहेका छन् । आफ्नो जागिर जोगाउन रआकर्ष ठाँउमा सरुवा बढूवा गराउन लागि परेका छन् । शैक्षिक सुधार र परिवर्तनका कुरालाई केवल मागि खाने भाँडो बनाएका छन् । यसै कारण पनि नेपालमा बहु प्राविधिक तथा बहुआयामिक शिक्षाको स्थापना हुन सकेका छैन । त्यस्तै सरकारले पनि शिक्षामा आवश्यक सुधार ल्याउने खालका कुनै कार्य गर्न सकेको छैन ।
२ बढ्दो बेरोजगार समस्या
न्ोपाली युवाहरुको अर्को महत्वपर्ूण्ा समस्या भनेको बेरोजगारी समस्या हो , लाखौँ युवाहरु स्वदेशमा रोजगारी नपाएर रोजगारीको लागि विदेशिन विवश भएका छन् । अझै लाखौँ युवा काम नपाएर भौतारिएर बसेका छन् । सिरानीमा उच्च शिक्षा अध्ययनको प्रमाणपत्र राखेर बस्न विवश छन् । हज्जारौँ उर्जाशिल ,गतिशिल ,श्रमशिल युवाहरु विना काम बस्न विवश छन् । उनीहरुले राज्यमा कुनै काम पाउन सकेका छैनन् । देशको सरकार तथा राजनीतिक दल कसैले पनि युवाहरुलाई रोजगारी दिने मामिलामा अग्रसरता देखाएका छैनन् ।
राजनीतिक पार्टीी देशमा बेरोजगार समस्या बढाएर बेरोजगार युवाहरुलाई आफ्नो पार्टीी प्रवेश गर्राई देशमा अस्थिरता उत्पन्न गर्न लागेका छन् । राजनीतिको नाममा हुने विभिन्न उच्छृङखल गतिविधिमा निर्दोष युवाहरुलाई प्रयोग गरिरहेका छन् । र नेपाली युवाहरु एक अर्काको विरुद्वमा लड्न विवश भएका छन् । देश यसरी अस्थिर हुनुको प्रमूख कारण बेरोजगार नै हो यदि राज्यका सबै नागरिक आ आफ्नो काममा व्यस्त हुने हो भने राजनीतिक पार्टीीले नेपाली युवालाई राजनीतिक रुपमा प्रयोग गर्न सक्दैनन् । अत नेपाली युवाहरुको अर्को प्रमूख समस्या भनेको बढ्दो बेरोजगार समस्या नै हो ।
३. कूलत,कुविचार र दुर्व्यसन
नोपाली युवाहरुको अर्को समस्या भनेको कुलत तथा दुर्व्यसन हो । आज पनि हज्जारौँ युवाहरु कुलत तथा दूर्व्यसनको प्रत्यक्ष शिकार भएका छन् । उनीहरु धुम्रपान मद्यपान गर्दछन् । त्यस्तै उनीहरु विभिन्न लागु पदार्थहरुको प्रयोग गर्दछन् । सिरिन्च लगाउने ,चरेश खाने ,गाँजा खाने ,ट्याब्लेट खाने हिरोइन र अफिम खाने लगायतका कार्यहरुमा हाम्रा युवाहरु अग्रसर भएका छन् । यस्तै नेपाली युवाहरु मनमा कुविचार पालेर बसेका छन् ।उनीहरु विभिन्न अपराधिक गतिविधिमा पनि समावेश भएका छन् । हत्या ,हिंसा ,बलात्कार ,लुटपाट ,चोरी डकैति ,अपहरण जस्ता घटनामा समेत नेपाली युवाहरु मुछिन थालेका छन् । अत ः कुलत र कुविचार र दुर्व्यसन पनि नेपाली युवाका प्रमूख समस्याको रुपमा रहेको पाइन्छ ।
४.साहस र आत्मविश्वासमा कमि
न्ोपाली युवाहरुको अर्को समस्या भनेको साहस र आत्मविश्वासको कमी नै हो । किनकी चारैतिरको समस्यावाट ग्रस्त नेपाली युवाहरुमा साहस र आत्मविश्वास आउन पर्ने हो तर त्यसको वदलामा उनीहरु निराश र थकित हुन्छन् । साथै केही गर्न नपाएकोमा नसकेकोमा उनीहरु दुखित हुन्छन् र हिम्मत हार्दछन् । आफूहरुलाई परेको विविध समस्याको समाधान गर्न नसक्दा उनीहरुमा एक प्रकारको विचलन आउछ । यहि कारण उनीहरुले चरम निराशाको कारण आत्महत्या समेत गर्न पुग्दछन् । जस्तो सुकै समस्यासँग पनि संर्घष्ा गरी जिन्दगीलाई सफलताको दिशामा लैजाने खालको बानी बेहोरा हाम्रा युवाहरुमा कमै पाइन्छ ।
एक पटक प्रयास गर्ने नभएपछि निराशावादी बन्ने प्रचलनले गर्दा नेपाली युवाहरुमा साहस र आत्मविश्वासको कमी देखिएको छ । त्यस्तै आफू बस्ने गाँउ समाज ,र राष्ट्रवाट समेत पटक पटक अपमानित हुन पर्दा समेत उनीहरुमा साहस ,हौसला र आत्मविश्वास नबढेको हो ।
समस्या समाधानका उपायहरु
न्ोपाली युवाहरुका धेरै समस्याको चर्चा गरेर मात्र हुँदैन समस्याको समाधानका उपायहरुलाई पनि हामीले अवलम्वन गर्न पर्दछ । अत नेपाली युवाहरुको समस्यालाई निम्न ढंगले समाधान गर्न सकिन्छ ः
क. बहुप्राविधिक तथा बहुआयामिक शिक्षाको स्थापना
साँच्चै नेपाली युवाहरुको समस्यालाई समाधान गर्ने हो भने हामीले बहुप्राविधिक तथा बहु आयामिक शिक्षाको स्थापना गर्न पर्दछ । यो नै नेपाली युवाहरुको समस्या समाधानको सबैभन्दा विश्वासिलो र भरपर्दो उपाय हो । किनकी यदि नेपाली युवाले बहुप्राविधिक र बहु आयामिक शिक्षा हासिल गरेको छ भने नेपालको त के संसारको हरेक कुनामा गएर आफ्नो सिप ,कला ,प्रतिभा र क्षमता प्रदर्शन गरेर उच्च शिर बनाएर बाँच्न सक्छ । स्वाभिमान पूवक आफ्नो गन्तव्यमा पुग्न सक्दछ । त्यसको लागि प्रत्येक युवाले अनिवार्य रुपमा बहुप्राविधिक एवम् बहुआयामिक शिक्षा पाउन पर्दछ । यसको लागि सरकार ,राजनीतिक दल ,शैक्षिक क्षेत्रमा सरोकार राख्ने विभिन्न निकाय र स्वयम् नागरिकले पनि चासो दिन पर्दछ । बहु प्राविधिक र बहु आयामिक शिक्षाको उज्यालो घामबाट सबैलाई बञ्चित नगर्ने हो भने पक्कै पनि नेपाली युवाको समस्या केही न केही रुपमा कम हुन्छ ।
ख. रोजगारीको अबस्था सिर्जना
युवाहरु सवैभन्दा बढी बेरोजगार समस्यावाट पीडित भएका छन् ।उनीहरुलाई रोजगारी मात्र दिने हो भने उनीहरुको आधाभन्दा बढी समस्याको समाधान हुन्छ । यसको लागि सरकारले देशका विभिन्न ठाँउमा रोजगारीको कार्यहरु संचालन गर्न पर्दछ । उद्योग धन्दा तथा कलकारखानाहरु ख्ाोल्न पर्दछ । बेरोजगारी समस्या हटाउन विभिन्न परियोजनाहरु संचालन गर्न पर्दछ । उमेर पुगेका ,कार्य गर्न असक्षम पुराना कर्मचारीहरुलाई अनिवार्य अवकाश दिलाएर क्षमतावान प्रतिभावान युवाहरुलाई रिक्त ठाँउमा भर्ना गर्न पर्दछ । विकासका विभिन्न कार्यक्रम संचालन गरी युवाहरुलाई रोजगारी दिन सकिन्छ । साथै क्षमतावान र व्यवहारिक सीप भएका विभिन्न युवाहरुलाई विभिन्न देशमा कार्य गर्न पठाउन समेत सकिन्छ ।
ग. कूलत , कूविचार र दुर्व्यसनवाट टाढा
नेपाली युवाहरु अब साँच्चै सचेत हुन पर्छ विभिन्न कूलत दुर्व्यसनवाट मूक्त हुन पर्दछ । विभिन्न कुलतमा लाग्ने कार्य गर्न हुँदैन । यो उर्वर उमेरमा आफ्नो राष्ट्रको लागि केही गर्न पर्छ भन्ने कुराको विकास भई मनमा कूविचार र कू भावना लिने प्रक्रियाको अन्त्य हुन पर्दछ । विभिन्न अपराधिक क्रियाकलापमा लिन हुने प्रवृत्तिको पनि अन्त्य हुन पर्छ । यदि साँच्चै नेपाली युवाहरु कुलत ,कू विचार र दुर्व्यसनवाट मूक्त भई कार्य गरे भने पक्कै पनि नेपाली युवाको यो समस्या पनि समाधान हुन्छ ।
घ. साहस तथा आत्मबलमा बृद्वि
न्ोपाली युवा साँच्चै देशको लागि केही गर्ने हो भने आफ्नो साहस तथा आत्मबलमा बृद्वि गर्न पर्दछ । कमजोर आत्मबलले कसैलाई पनि हित गर्दैन । त्यसकारण आफ्नो साहस र आत्मबललाई उच्च बनाउदैँ राष्ट्र निर्माणमा एकजूट भई अगाडि बढ्न पर्दछ । साहस र आत्मविश्वस वा आत्मवल नै मानिसको शक्ति हो त्यसकारण आफ्नो भित्री शक्तिलाई क्षयकरण गर्न हुँदैन । साहस र आत्मवलमा बृद्वि गर्दै आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने नेपाली युवाका हरेक समस्याको समाधान निश्चित छ ।
निष्कर्षा
नेपाली युवाहरुले सयौँ चुनौतिका सामना गर्न परेको कुरा ध्रुवसत्य कुरा हो । उनीहरुले अनगिन्ती समस्या भोग्न परेको कुरा पनि यथार्थ हो । अब प्रत्येक युवा सचेत हुने बेला आएको छ । आफ्नो अधिकार पाउन आवाज उठाउने बेला आएको छ । आफूले आफ्नो राष्ट्रप्रति पूरा गर्न पर्ने दायित्वलाई सगौरव पूरा गर्न पर्ने बेला भएको छ । आफ्नो समस्या केहो र यसका समाधानका उपायहरु के के हुन् भनी तिनलाई छुट्टयाउन सक्ने खुवीको आवश्यकता छ । त्यतिले मात्र पुग्दैन आएका भयकंर डरलाग्दा समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने बारेम चिन्तनन मनन गर्दै अगाडि बढ्ने क्षमताको पनि खाँचो छ । यो राष्ट्र मेरो हो ,राष्ट्रको लागि मैले केही गर्न पर्दछ भन्ने भावनाको पनि विकास हुन पर्छ । आफूले के अधिकार पाएको छु र त्यो अधिकारको प्रयोग कसरी गर्न पर्छ भन्ने कुराको पनि हेक्का राख्न पर्दछ । सधैँ आफ्नो दायित्व पूरा गर्दै अगाडि बढेको खण्डमा आफ्नो सँग सँगै देशको समेत विकास सम्भव छ । तर्सथ नेपाली युवाहरु अब परम्परागत मूल्य र मान्यताभन्दा माथि उठेर आफ्नो सोच ,चिन्तन र विचार अनि साथ साथै आफ्नो व्यवहारमा समेत परिवर्तन ल्याउन आवश्यक छ । अब प्रत्येक यूवा आफ्नो देशलाई समृद्व बनाउने महा अभियानमा जुट्न पर्छ हामी युवाहरुको दायित्व पनि यही हो । त्यसको साथ साथै हामी युवाको हितमा कार्य गर्ने विभिन्न युवा नीति तथा निकायहरुको गठन गर्न पनि राज्यसँग माग गर्न पर्दछ , उच्चस्तरीय अधिकार सम्पन्न युवा आयोगको गठन गरी नेपाली युवाहरुको समस्या र ती समस्यालाई समाधान गर्न अपनाउन सकिने उपायहरुको वारेमा समेत आवश्यक निर्ण्र्लिन सकिनेछ । साथै कसरी आफूलाई रुपान्तरण गर्ने र समय सापेक्ष ढंगले अगाडि बढ्ने भन्ने कुरामा समेत ध्यान दिनु आवश्यक छ ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका अध्यक्ष हुन् ।