नेपाली क्रान्तिको कार्यदिशा: सशस्त्र संर्घष – हस्तवहादुर केसी
विश्वर्सवहारावर्गका महान् नेता चिनियाँ कम्युनिस्ट पार्टी शिक्षाध्यक्ष कमरेड माओले एउटा क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्धारण गर्ने कार्यदिशाको महत्वमाथि प्रकाश पार्दै भन्नु भएको छ, ‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सवैथोकको निर्धारण गर्दछ । जब पार्टी कार्यदिशा सही हुन्छ, त्यो बेला नभएका सबै चिज प्राप्त हुन्छ । यदि अनुयायीहरु छैनन् भने ती पनि प्राप्त हुन्छन् । यदि बन्दुकहरु छैनन् भने त्यो पनि प्राप्त हुन्छ । यदि राजनीतिक सत्ता छैन भने पनि त्यो पनि प्राप्त हुन्छ । यदि राजनीतिक कार्यदिशा गलत छ भने भएका पनि सबै गुम्दछन् । कार्यदिशा भनेको जालको डोरी हो जब त्यो तानिन्छ पूरै जाल खुल्दछ ।’
क्रान्तिकारी कम्युनिस्ट पाटीद्धारा निर्धारण गरिने विचारधारात्मक तथा राजनीतिक कार्यदिशाबारे कमरेड माओद्धारा प्रस्तुत गरिएका यी माथिका विचारहरु अत्यन्तै सारगर्भित रहेका छन् । किन कि हामीलाई थाहा छ २०४८ मा सम्पन्न एकता महाधिवेशनद्धारा हाम्रो पार्टी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने उद्देश्यले दीघकालीन जनयुद्धको कार्यदिशा पारित गर्यो । र ‘गाउँबाट शहर घेर्ने रणनीतिमा आधारित दीघकालीन जनयुद्धको कार्यदिशा’ मूल लक्ष्य रहेको कुरा प्रष्ट पार्यो । ०५१ साल फागुन २-४ मा गोरखामा बसेको पार्टीे तेस्रो विस्तारित बैठकले जनयुद्धको थालनी गर्ने निर्ण्र्ाागर्यो भने ०५२ असारमा बसेको केन्द्रीय समितिको पूण् बैठकले जनयुद्धको पहिलो योजना पारित गर्यो । अनि ०५२ फागुन १ गतेबाट रोल्पाको होलेरी प्रहरी चौकी, रुकुमको राडीज्युला प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीमाढी प्रहरी चौकी र गोरखाको कृषि विकास बैंकको साना किसान बैंकमाथि एकसाथ भौतिक आक्रमण गरि जनयुद्धको थालनी गरियो । जनयुद्धको थालनी गर्ने क्रममा तत्कालीन नेकपा -माओवादी)सँग क्रान्ति सम्पन्न गर्न न जनमुक्ति सेना थिए, न त आधारइलाका, जनसत्ता, जनकम्युन र जनसरकारहरु पनि थिए । न त पार्टी पर्याप्त मात्रामा कार्यकताहरु नै थिए । पार्टर्ीीग अत्याधुनिक हात-हतियार केही पनि थिएनन् । जब पार्टी सामन्तवाद र साम्राज्यवादको आडभरोसामा टिकेको प्रतिक्रियावादी सत्तालाई ध्वंश गरी जनवादी सत्ता स्थापना पर्ने महान् उद्देश्यका साथ जनयुद्धको सही र क्रान्तिकारी कार्यदिशा पारित गरी जनयुद्धमा होमियो, त्यसपछि क्रमशः जनसेना निर्माण भयो । स्थानीय सत्ता प्राप्त भयो । हजारौ पूण्ाकालीन क्रान्तिकारी कार्यकर्ताहरु उत्पादन हुन थाले । यो पार्टी आत्मसात् गरेको क्रान्तिकारी तथा सही कार्यदिशाको उपज थियो ।
जब ०६२ असोज कार्तिकमा चुनबाङमा सम्पन्न पार्टीे बैठकले जनयुद्धको चालु कार्यदिशाको सट्टा लोकतान्त्रिक गणतन्त्रको संसदवादी र पुँजीवादी कार्यदिशा पारित गर्न पुग्यो तब उसले भारतीय विस्तारवादका सामु लम्पसार पर्दै ०६२ मंसिर ७ गते राष्टघाती १२ बुँदे समझदारी गर्न पुग्यो । र शान्तिप्रक्रियामा सामेल भएपछि पार्टीीेतृत्वले घोषित रुपमा ०६३ मंसिर ५ गते नेपाल सरकारसँग बृहत शान्तिसंझौता गर्ने क्रममा दश वर्षेखि संचालन हुँदै आएको सशस्त्र जनयुद्ध समाप्त भएको घोषणा गर्न पुग्यो । त्यस्तै ०६२ असार २ गते सात राजनीतिक दल र नेकपा -माओवादी)का बीच वालुवाटारमा भएको बैठकमा प्रतिस्प्रधात्मक बहुदलयीय शासन प्रणालीलगायतका विषयप्रति प्रतिबद्धता जाहेर गर्दै महान् दश वर्षो जनयुद्धका प्रक्रियामा गठित जनसत्ता, जनअदालत, जनकम्युनहरु विघटन गर्ने निर्ण्र्ाालिदै गंभीर प्रकारको राजनीतिक विश्वासघात प्रचण्ड- बाबुरामले गर्न पुग्यो । यसका साथै ०६५ असार ४ गते प्रमाणीकरण भएका जनमुक्ति सेनाका हतियार बुझाउने निर्ण्रा किसानद्धारा कव्जा गरिएका घरजग्गा फिर्ता गर्ने निर्ण्र्ाागरेर प्रचण्डहरुले वर्गीय रुपमा आत्मर्समर्पण गर्न पुगे । यही सिलसिलामा प्रचण्ड-बाबुरामहरु ०६८ भदौ ११ गते राती भारतीय विस्तारवादको ठाडो निर्देशनमा मधेशवादी दलसँग राष्ट्रघाती ४ बुँदे संझौता गरेर सत्तामा पुग्न सफल भए । ०६८ भदौ १५ गते उनीहरुले जनमुक्ति सेनाका हतियार भण्डारण गरिएका कन्टेनरको चाबी सरकारलाई बुझाएर जनसेनालाई निशस्त्रीकरण गर्ने प्रक्रियालाई वैधानिकता दिन पुगे । त्यसैगरी ०६८ कात्तिक ४ गते भारतीय विस्तारवादसँग राष्ट्रघाती बिप्पा संझौता गर्न पुगे । त्यस्तै ०६८ कार्तिक १५ गते प्रचण्ड बाबुरामले जनसेना नेपाललाई विघटन गर्ने, क्षतिपर्ूर्तिसहित जनयुद्धको प्रक्रियामा कव्जा गरिएका घर जग्गा सामन्त र जमिन्दारहरुलाई फिर्ता गर्ने निर्ण्र् पुगे । ०६८ चैत्र २८ गते प्रतिक्रियावादी सेनालाई क्यान्टोनमेन्टमा छिराएर जनमुक्ति सेनालाई पूण्ातः निसशस्त्रीकरण गर्न लगाइ जनमुक्ति सेना नेपालको इतिहास समाप्त पारियो । ०६९ जेठ १४ गते राती जनताको संविधान बनाउने कार्यलाई लथालिंग पार्दै साम्राज्यवाद र विस्तारवादका निर्देशनमा केही आश रहेको संविधानसभालाई पूण्ात विघटन गरेर प्रचण्डहरुले फासीवादी शासन लागू गर्ने दुश्साहस कदम चाले । पछिल्लो चरणमा नेपालको एकमात्र त्रिभुवन अन्तर्रराट्रय विमानास्थलसहित मुलुकका १५ वटा विमानास्थलहरु भारतीयहरुलाई विक्री गर्ने कामलाई अहिले स्थिगित गरेर कुनैबेला कार्यान्वयन गर्ने स्थितिमा छन् ।
यसरी माओले भन्नु भएझै पार्टर्ीी सही कार्यदिशा अवलम्बन गर्दा जनमुक्ति सेना प्राप्त गर्यो । आधारइलाका प्राप्त गर्यो । जनसत्ता, जनअदालत र जनकम्युनहरु निर्माण गर्यो । हजारौ क्रान्तिकारी कार्यकर्ता उत्पादन गर्यो । यत्रो शक्ति निर्माण गरेको पार्टर्ीीे मूल नेतृत्व -प्रचण्ड बाबुराम)ले गलत कार्यदिशा अबलम्बन गर्न पुगेपछि पछिल्लो अवधिमा पुगेर माथिका ी सबै चिजहरु गुमाउन पुग्यो । त्यसभित्रका क्रान्तिकारी नेता, कार्यकर्ताहरुले व्रि्रोह गर्दै नवसंशोधनवादसँग सम्वन्ध विच्द्धेद गरेर नयाँ ढंगको क्रान्तिकारी कम्युनिस्ट पार्टर्ीीेकपा माओवादीको पर्ुनर्गठन गरेर नेपाली क्रान्निको बाँकी कार्यभार पूरा गर्ने योजना, कार्यक्रम र लक्ष्यका साथ अगाडि वढीरहेको छ । र जनयुद्धको जगमा जनव्रि्रोहमार्फ नेपाली क्रान्ति सम्पन्न गर्ने कार्यदिशा ठोस गरेको छ ।
पार्टी आगामी पुष २५ गतेदेखि राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने निर्ण्र्ागरिसकेको छ । आजकाल जनव्रि्रोहको कार्यदिशा पनि मान्छेहरुलाई भजाइ खाने भाडो बन्न थालेको छ । नवसंशोधनवादीहरुले समेत जनव्रि्रोहको भनिरहेको बेला अब क्रान्तिकारीहरुले कसरी क्रान्तिकारी मोडलको विकास गर्ने भन्ने कार्यभार हाम्रो सामु छ । अनि यसबेला हामीले वर्गसंर्घष्ाको कुन रुप प्रयोग गर्ने – जनव्रि्रोह, जनयुद्ध वा कुनै नयाँ मोडल – यसबारे पनि व्यापक छलफल र बहस गर्न जरुरी छ । महाधिवेशन पार्टीीे सर्वोच्च अंग भएकोले आगामी महाधिवेशनबाट नेपाली क्रान्तिको रणनीति र कार्यनीति अनि कार्यदिशाका श्रृंखलाका बारेमा उचित निर्ण्र्ाालिनु पर्ने भएको छ । अहिले पार्टीीे ठोस कार्यदिशा बन्न नसकिरहेको बेला यस बारेमा केही छलफल गर्न प्रयत्न गरिएको छ ।
नेपाली क्रान्तिको वर्तमान अवस्था
नेपाली कम्युनिस्ट पार्टर्ीीे स्थापना २००६ साल वैशाख १० -सन् १९४९ अ्र्रि्रल २२) गते भएको हो र त्यसको लगत्तै २००६ साल वैशाख १२ गते नेकपाको तर्फाट प्रकाशित पहिलो पर्चामा नेपाली क्रान्तिको चरित्र, वर्गविश्लेषण र अन्तरायिष्टय परिस्थितिको सही विश्लेषण गरिएको छ । नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको विश्लेषण थियो र नेपाली क्रान्तिको चरित्र निर्धारण गर्दै नेपाली नयाँ जनवादी क्रान्तिको न्युनतम कार्यक्रम र समाजवादहुँदै साम्यवादसम्म पुग्ने अधिकतम पार्टीीे कार्यक्रम र लक्ष्य नेपाली क्रान्तिको किटान गरिएको छ । सामन्त, दलाल तथा नोकरशाही पुँजीपतिवसँग नेपाली क्रान्तिको प्रधान अन्तरविरोध रहेको र साम्राज्यवाद तथा विस्तारवादसँग नेपाली जनता र क्रान्तिको आधारभुत अन्तरविरोध तथा शत्रुता रहेको किटान गरिएको छ ।
अहिलेसम्म पनि नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामै गुज्रीरहेको छ । विश्वसाम्राज्यवाद भूमण्लीकृत साम्राज्यवादमा रुपान्तरण भएको र अधैऔपनिवेशिक अवस्थाले नवऔपनिवेशिक चरित्र निर्धारण गरेको भएतापनि नेपाली क्रान्तिको चरित्रमा कुनै फेरबदल आएको छैन । नयाँ जनवादी क्रान्तिले मात्र यसको चरित्रलाई आमूल रुपमा परिवर्तन गरी जनताको जनवाद हुँदै समाजवाद र साम्यवादको स्थापना गर्ने दिशातिर अगाडि बढ्नेछ । नेपाली समाजको वर्तमान ऐतिहासिक चरणमा सामन्तवाद र साम्राज्यवाद विस्तारवादविरोधी राष्ट्रिय पुँजीवादी जनवादी क्रान्ति सम्पन्न गर्ने आधारभूत लक्ष्य नै अर्थात नेपाल कम्युनिस्ट पार्टीी आफ्नो स्थापनाकाल ००६ सालदेखि नै उद्घोष गर्दै आएको क्रान्तिको कार्यभारलाई पूरा गर्न विश्वसाम्राज्यवाद, विस्तारवाद, सबैखाले प्रतिक्रियावाद, संशोधनवाद एवं अवसरवादको विरुद्ध दृढतापर्ूवक खडा भएर मात्रै नेपाली क्रान्तिलाई बिजयमा पुर्याउन सकिन्छ । यही कार्यभार पूरा गर्ने उद्देश्यका साथ नेकपा -माओवादीको पुनगर्ठन हुन पुगेको हो । सामन्तवाद, एकाधिकार दलाल तथा नोकरशाही पुँजीवाद र नवऔ्रपनिवेशिक स्थितिको अन्त्य गरी नयाँ जनवादी गणतन्त्रको स्थापना गर्ने आधारभूत कार्यक्रमलाई न्युनतम कार्यक्रम र समाजवाद अनि साम्यवादलाई अधिकतम लक्ष्य र कार्यक्रम बनाएको नेकपा-माओवादी नै नेपाली क्रान्तिको निर्ण्ायक नेतृत्व दावी शक्ति हो ।
नेपाली कम्युनिस्ट आन्दोलनका विविधि धाराहरुः
नेपालमा कम्युनिस्ट पार्टीीथापना भएको ६३ वर्षपूरा गरिसकेको छ । यति लामो ऐतिहासिक आन्दोदनभित्र यस आन्दोलनमा वर्गसंर्घष्ा, जनआन्दोलन र विचारधारात्मक अन्तरसंर्घष्ा वा दुइलाइन संर्घष्ाका अनेकौ जटिल बाङ्गा टिङ्गा र कहालिलाग्दा घुम्तीहरु रहेका छन् । र अर्को दुखद पक्ष के रहेको छ भने यो आन्दोलन लामो समय पहिलेदेखि अनेकौ समुह उपसमुहरुमा विभाजित रहदै आएको छ । अतः सारमा यो आन्दोलनभित्र क्रान्तिकारी र संशोधनवादी दुइ परस्परविरोधी धाराकै द्धन्द्ध प्रमुख बनेर आएको छ । आज नेपाली कम्युनिस्ट आन्दोलनको दक्षिणपन्थी संशोधनवादी सुधारवादी एवं अवसरवादी धारा एमाले एमाओवादीले आफुलाई विभाजित कित्तामा सामेल गर्दै दक्षिणपन्थी संशोधनवादी एवं आधुनिक संशोधनवादी नवसंशोधनवादी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ भने यसको विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारामा गुणात्मक ढंगले फड्को हान्न पुगेको छ भने यसको विपरीत नेपाली कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी धारा नेकपा माओवादीले आज मालेमाका रुपमा गुणात्मक ढंगले विकसित गर्दै जनयुद्धको जगमा जनव्रि्रोहमार्फ महान् नेपाली क्रान्ति सम्पन्न गर्ने ऐतिहासिक मोडमा पुगेको छ । र यो धारा अहिले नेपालका सम्पर्ूण्ा कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकतावद्ध गर्न ऐतिहासिक पहलकदमी गर्ने महान् उद्देश्यका साथ नेकपा माओवादीको गठन हुन पुगको छ । यो नै नेपाली क्रान्तिको निम्ति गौरवको विषय हो ।
क्रान्तिकारी कार्यदिशाको महत्व
क्रान्तिको कार्यदिशा भनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्धारण गर्ने नीति, कार्यक्रम र योजनाको समग्रता हो । यसमा पार्टी लिने नीति दुइप्रकारका हुन्छन्, जस्तै रणनीति र कार्यनीति । रणनीति नेको पार्टी क्रान्तिद्धारा मात्र प्राप्त गर्ने आम लक्ष्य हो भने कार्यनीति भनेको पार्टी क्रान्तिद्धारा मात्र प्राप्त गर्ने रणनीतिलाई सहयोग गर्ने क्रान्तिको आधारमूत साधन हो । त्यस्तै कार्यक्रम पनि दुइ प्रकारका हुन्छन्, जस्तै अधिकतम र न्युनतम । अनि क्रान्तिकारी कम्युनिस्ट पार्टर्ीी तय गर्ने योजना पनि रणनीतिक र कार्यनीतिक गरी दुइप्रकारका हुने गर्दछन् । पार्टी निर्धारण गर्ने यस प्रकारका रणनीति र कार्यनीति राजनीतिक, फौजी आदि हुने गर्दछन् ।
क्रान्तिकारी कम्युनिस्टहरुले ध्यान दिनु पर्ने अर्को महत्वपूण् पक्ष के हो भने कुनै पनि क्रान्ति, आन्दोलन वा युद्धको प्रक्रियामा रणनीति र कार्यनीतिको विशेष महत्व हुन्छ । ज्ञातव्य कुरा के हो भने रणनीति र कार्यनीति आन्दोलन वा युद्धको सचेतन पक्षसँग सम्वन्धित रहेको हुन्छ । स्टालिनले रणनीति र कार्यनीतिलाई र्सवहारावर्गको वर्गसंर्घष्ामा नेतृत्वसम्वधी विज्ञानका रुपमा ग्रहण गर्नु भएको छ । अर्को महत्वपूण् पक्ष के पनि हो भने रणनीतिको सम्वन्ध कार्यक्रमसँग रहेको हुन्छ । र आम कार्यक्रम र ठोस कार्यक्रमअनुरुप रणनीतिको चरित्र पनि आम र ठोस हुने गर्दछ । आम क्रान्तिकारीहरुले ग्रहण गर्नु पर्ने अर्को महत्वपूण् पक्ष के हो भने रणनीति क्रान्तिको आम वा ठोस चरणको ऐतिहासिक दिशासँग जोडिएको हुन्छ र कार्यनीतिले त्यसै रणनीतिको सेवा गर्दछ । अर्को महत्वपूण् पक्ष र ध्यान दिनै पर्ने पक्ष के हो भने रणनीति भने आन्दोलनको आरोह अवरोह बदलिने गर्दछ । कार्यनीति लचिनोपन हुन्छ । लेनिनले पार्टी कार्यनीतिलाई सामान्य पार्टीीे राजनीतिक आचारण बताउनु भएको छ । तर्सथ क्रान्तिकारी पार्टीी नयाँ राजनीतिक परिस्थितिमाथि ध्यान दिदै क्रान्तिको नयाँ कार्यभार प्रस्तुत गर्नका लागि सही कार्यनीति अबलम्बन गर्न उपयुक्त हुन्छ । किनकि सही कार्यनीति लचिलोपना हुन्छ ।
समाजको ऐतिहासिक चरण र त्यसको विकास प्रक्रिया, त्यहाँका प्रधानअन्तरविरोधहरुको अध्ययन जस्ता कुरामा आधारित रहेर मात्र क्रान्तिको कार्यक्रम वा कार्यदिशा निर्धारण गर्नु क्रान्तिकारीहरुको दायित्व हुन्छ । अतः क्रान्तिको कार्यदिशा विभिन्न रुप र प्रकारका हुने गर्दछन् । जस्तो अर्धसामन्ती र अर्धऔपनिवेशिक मुुलुकका लागि नयाँ जनवादी क्रान्तिको कार्यदिशा, पुँजीवादी मुलुकहरुका लागि समाजवादी क्रान्तिको कार्यदिशा र जनदादी तथा समाजवादी क्रान्तिको समग्र प्रक्रियाका लागि विभिन्न ढंगका आम तथा ठोस कार्यदिशा निर्धारण गर्नु पर्दछ । हामीले इतिहासमा के प्राप्त गरेका छौं भने यी सबै कार्यदिशाबारे सैद्धान्तिक र व्यवहारिक रुपमा अन्तराष्टिय मजदुर तथा कम्युनिस्ट आन्दोलन र विभिन्न देशका जनवादी एवं समाजवादी आन्दोलनका सर्न्दर्भमा मार्क्स, लेनिन र माओले विशद रुपमा प्रकाश पार्नु भएको छ ।
क्रान्तिकारी संर्घष्ाका रुप र नाराहरुबारे
कम्युनिस्ट पार्टर्ीीात्र र्सवहाारावर्गको सवैभन्दा उच्चस्तरको संगठन, अग्रदस्ता र राजनीतिक प्रतिनिधि संस्था हुन्छ । र्सवहारावर्गको हितको लागि मात्र कम्युनिस्ट पार्टीीनर्माण गरिएको हुन्छ । कम्युनिस्टहरुले क्रान्तिको आवश्यकताअनुसार विभिन्न प्रकारका संगठन र संर्घष्ाका रुपहरुको प्रयोग गर्दछन् । संगठन र संर्घष्ाका विविध रुपहरुको रणनीति र कार्यनीतिसँग सम्वन्धित रहेको हुन्छ । मुुलुकको बस्तुगत र आत्मगत अवस्था र क्रान्तिको आवश्यकताअनुसार संगठनका विविध रुप हुने गर्दछन् । जस्तै वैधानिक र अवैधानिक, खुला र भूमिगत, राजनीतिक र फौजी, पार्टीी जनवर्गीय मोर्चा आदि । यहाँनेर ध्यान दिन योग्य कुरा के छ भने क्रान्तिकारी कम्युनिस्टहरु आन्दोलनको आवश्यकता र आरोह अवरोहअनुसार संगठनका यी सबै रुपको बिन्यास गर्ने काममा सिपालु बन्न आवश्यक हुन्छ ।
क्रान्तिकारीहरुले अत्यन्तै महत्वका साथ ध्यान दिनु पर्ने अर्को कुरा के हो भने क्रान्ति वा आन्दोलनको प्रक्रियामा नाराको विशेष महत्व हुन्छ । नारा भनेको पार्टीीरा निर्धारण गरिने क्रान्तिको दीघकालीन वा तत्कालीन उद्देश्यलाई प्रष्ट रुपमा सूत्रीकरण गर्नु हो । नाराहरुका सम्वन्धमा स्टालिन भन्नुहुन्छ, नारा भनेको र्सवहारावर्गको नेतृत्वदायी समुहद्धारा, त्यसको पार्टीीरा गरिने संर्घष्ाको निकट वा टाढाका उद्देश्यहरुको चुस्त तथा स्पष्ट सूत्रवद्धकरण हो । नाराहरु संर्घष्ाका फरक फरक उद्देश्यअनुसार फरक फरक हुन्छन् । ती उद्देश्यहरुले या त कुनै सम्पूण् ऐतिहासिक अवधिलाई या खास ऐतिहासिक अवधिका वैयक्तिक चरण तथा प्रकरणहरुलाई ओगटेका हुन्छन् । अतः क्रान्ति वा आन्दोलनका क्रान्तिकारी कम्युनिस्ट पार्टर्ीी नाराहरुको सही विन्यास र प्रस्तुतिबारे विशेष ध्यान दिन आवश्यक हुन्छ ।
क्रान्तिकारी कार्यदिशामाथि गद्दारीका श्रृखलाहरु
माथि उल्लेख गरिएझै ००६ सालमा नेकपा स्थापना भएको हो । नेकपाले स्थापनाकालमै नेपाली समाजको सही वर्गविश्लेषण गर्ने नेपाली क्रान्तिको चरित्र निर्धारण गर्दै नयाँ जनवादी कार्यक्रम र कार्यदिशा ठोस गरेको हो । तर २०१० सालमा सम्पन्न नेकपाको पहिलो महाधिवेशनमा राजावादी शक्तिले नेतृत्व कब्जा गर्न सफल भयो र राजावादी मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गर्यो । ०१३ साल वैशाख ३ गते तत्कालीन नेकपा महासचिव मनमोहनले वैधानिकत्वलाई स्वीकार्ने, शान्तिपर्ूण्ा तरिकाबाट समाजवादी आन्दोलनलाई प्रचार गर्न पाउने र्सतमा ५ वर्षपहिलेदेखि पार्टर्ीीथि सरकारले लगाउदै आएको प्रतिवन्ध हटाउन पाउ भनि पत्र लेखियो त्यही वर्षो वैशाख ४ गते सरकारले प्रतिवन्ध फुकावा गरिदियो । यसरी नेपाली क्रान्तिको नयाँ जनवादी क्रान्तिको कार्यक्रलाई वर्गसमन्वयवादी शान्तिपूण् संक्रमणको बाटो अबलम्बन गरेर मनमोहनले गद्दारीको सुरुवात गरे । ०१४ सालमा सम्पन्न दोस्रो महाधिवेशनका महासचिव केशरजंग रायमाझीले त झन कम्युनिस्ट पार्टीीई नै दरबारमा लगेर ठूलो गद्दारी गरे ।
यता ०१९ सालमा सम्पन्न नेकपाको तेस्रो महाधिवेशनले राजावादी रायमाझीलाई गद्दार घोषणा गरेर पार्टीीट निश्काशन गरेपछि नेतृत्वमा आएका तुल्सीलाल अमात्यले पनि कुनै क्रान्तिकारी कार्यदिशामा विकास गर्न ध्यान दिएनन् । ०३४ मा सम्पन्न चौथो महाधिवेशनबाट निर्वाचित महासचिव मोहनविक्रम सिंहले पनि नेपाली क्रान्तिको ठोस कार्यदिशा दिन सकेनन् । जब ०४२तिर पाँचौ महाधिवेशनबाट मोहन वैद्य किरण महासचिवमा आए, त्यहीदेखि नै नेपाली क्रान्तिको कार्यदिशाले मूत रुप पाउन थालको हो । अर्कोतिर ०४९ सालमा एमालेको पाँचौ महाधिवेशनबाट मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ नामको खु्रश्चोभपन्थी तथा मिलेराँवादी कार्यदिशा पारित गरेर दक्षिणपन्थी विचारको खुलेआम नेतृत्व गर्न पुगे । यही परिपेक्ष्यमा दश वर्षो महान् जनयुद्धको समेत नेतृत्व गर्दै आएका एमाओवादी अध्यक्ष प्रचण्डले नेपाली क्रान्तिको कार्यदिशामा ठूलो गद्दारी मात्र गरेनन्, सिंगो क्रान्ति, सहिद र जनतामाथि ठूलो अपराध गर्न पुगे । यसरी नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न चरणमा विभिन्न खाले धोका र गद्दारीले सिंगो कम्युनिस्ट आन्दोलनमा जनता नराम्री ठगिन पुगेका छन् । यसबाट जनतालाई पार लगाउन क्रान्तिकारीहरुले नयाँ शिराबाट पहल लिनु परेको छ ।
ठोस हुन नसकेको कार्यदिशा
नेपाली कम्युनिस्ट आन्दोलन शैशवकालदेखि नै संसदीय कार्यदिशामा फस्दै आएको छ । ०१५ सालको आम निर्वाचनमा नेकपाले भाग लिदा जम्म ४ सिट जित्यो । त्यसपछि पनि चुनावदेखि चुनाव, वैधानिक संर्घष्ादेखि वैधानिक संर्घष्ाको गोलचक्करमा कम्युनिस्ट आन्दोलन अल्भियो । ०१७ सालको शाही ‘कु’पछि भारतको दरभंगा प्लेनममा नेकपाले विघटित संसद पुनर्स्थापनाको माग गर्ने कार्यदिशा अघि सार्यो । ०१९ सालमा सम्पन्न तेस्रो महाधिवेशनले पनि संसद पुनर्स्थापनाको कार्यदिशालाई पारित गर्यो । झापा व्रि्रोहको जगमा टेकेर अघि वढेको एमाले ०४८ सालको आम निर्वाचनबाट संसदीय व्यवस्थाभित्र छिर्यो । त्यसपछि कहिल्यै ननिस्कनेगरी ऊ बुर्जुवा व्यवस्थाभित्र पस्यो । यता दश दश वर्षजनयुद्धको नेतृत्व गरेको नेकपा -माओवादी) को मूल नेतृत्व प्रचण्ड र बाबुराम पनि अन्ततः नयाँ जनवादी क्रान्तिको कार्यदिशामाथि गंभीर धोका दिदै आज प्रतिक्रियावादी व्यवस्थामा विराजमान हुन पुगेको छ । ०६२ मंसिर ७ गते राष्टघाती १२ बुँदे समझदारी गर्नेदेखि ०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले विघटित संसदको पुनर्स्थापना गरिदिएपश्चात त्यसलाई स्वीकार गर्दै ०६३ को माघ १ गते अन्तरिम व्यवस्थापिका संसदभित्र पस्यो र ०६५मा भएको संविधानसभाको निर्वाचनमा भाग लिनेदेखि सबै क्रियाकलापहरु हेदा प्रचण्ड बाबुरामहरु बर्ुर्जुवा व्यवस्थालाई बलियो बनाउने कार्यदिशामा अहोरात्र खटिरहेका छन् भन्ने कुरा आज र्छलङ्ग हुन पुगेको छ ।
खोइ त क्रान्तिकारी कार्यदिशा –
संविधानसभाबाट बन्दैन जनसंविधान
संविधानसभाबाट जनताको संविधान बनेको इतिहास संसारमा कतै पनि छैन । सन् १८४८ मा कम्युनिस्ट घोषणपत्र जारी गरेको ४ महिनापछि मार्क्सले ‘संविधानसभाले जनताका हकअधिकार सुनिश्चित गर्न सक्दैन’ भन्ने ठोकुवा गर्नु भयो । सन् १९०३ मै लेनिनले ‘संविधानसभाबाट मजदुर र किसानहरुका माग पूरा हुँदैनन’् भन्दै संविधानसभाको विरोध गर्नु भयो । अक्टोबर क्रान्तिलगत्तै रुसमा भएको संविधानसभा निर्वाचनले जनताको भावना संवोधन गर्न नसकेको भन्दै लेनिनले नोभेम्बर सन् १९१७ मा संविधानसभालाई विघटन गरिदिनु भयो । माओले शान्तिवार्ताबाट क्रान्तिकारी निकासका निम्ति पहल त गर्नु भयो तर कहिल्यै संभव देख्नु भएन । वहाँले सन् १९४५ डिसेम्बर १० मा चुङकिङ शान्तिसम्झौतामा हस्ताक्षर गर्नु भयो तर त्यसबाट क्रान्तिको संभावना नदेखेपछि सन् १९४९ मा माओले जनवादी क्रान्ति गर्नु भयो ।
नेपालमा पनि संविधानसभाबाट आवाज वि.स २००७ सालदेखि उठ्दै आएको छ । यसलाई नेपालका कम्युस्टिहरुले र्समर्थन मात्र गरेनन्, त्यसलाई आफ्नै आन्दोलनको मूल नारा र एजेण्डा समेत बनाए । नेकपा-माओवादीले दश वर्ष जनयुद्धको प्रक्रियामा संविधानसभालाई शान्तिवार्ताको मूल एजेण्डा बनाएको थियो । ०६४ चैत्र २८ गते सम्पन्न संविधानसभाको चुनावमा माओवादीले भाग पनि लियो । सबैभन्दा ठूलो पार्टीीनि बन्यो । तर जनताको संविधान बनाउन नसकेर आफैले संविधानसभाको अवसान गराउन पुग्यो । निचोडमा भन्नुपर्दा संविधानसभाबाट जनताको संविधान बन्न नसक्नुको मुख्यकारण संविधानसभामा मजदुर र किसानहरुको निर्णायक शक्ति हुन नसक्नु नै हो भन्ने द्धन्द्धवादलाई क्रान्तिकारी कम्युनिस्टहरुले ह्रदयगम गर्न जरुरी हुन्छ ।
पार्टीीर्ताबारे
एमाओवादी संसदीय भासमा कहिल्यै नउम्कनेगरी भासिन पुगेपछि र मुख्य नेतृत्व सम्हाल्दैे आएका प्रचण्ड बाबुराम नवसशोधनवादमां पनत हुन पुगेपछि त्यसभित्रका क्रान्तिकारीहरुले नवसंशोधनवादसँग सम्वन्धविच्छेद गरेका छन् । क्रान्तिकारी माओवादीहरुले क्रान्ति पूरा गर्ने उद्देश्यका साथ ०६९ असार १-४ मा सम्पन्न बौद्ध भेलाबाट एमाओवादीलाई पुनगर्ठनगरी नेकपा-माओवादी निर्माण गर्न पुगो । उक्त भेलाबाट पारित दस्ताबेजले पार्टीीई बर्ुर्जुवाहरुले जस्तो दर्ताबाट अगाडि लैजाने कुरालाई पूण्ातः अस्वीकार गरिएको छ । तर आज पार्टीीत्रैबाट केही मान्न्छेहरु पार्टीीई दर्ता गर्नैपर्छ भन्ने जस्ता मसिनो आवाजहरु सुन्न आइरहेका छन् । यसले अन्ततः पार्टीीई एमाओवादीभन्दा भिन्न पार्टीीनाउने छैन । नयाँ क्रान्तिकारी पार्टर्ीीनर्माणको औचित्य पुष्टि गर्न पनि नेकपा माओवादीले पार्टीीई दर्ता प्रक्रियामा लैजाने कुरालाई ठाडै अस्वीकार गर्न आवश्यक छ । अहिले नेकपा माओवादीलाई निर्वाचन आयोगमा दर्ता गरेर संसदीय पार्टीीको भीडमा अर्को पार्टीीप गरेर क्रान्तिलाई अगाडि बढाउन पनि सकिदैन । तर्सथ अहिले पार्टीीर्ता गर्नुको कुनै औचित्य छैन । किनकि क्रान्तिको तयारीमा सारा ध्यान लाग्नु नै आजको प्रमुख कार्यभार हो ।
क्रान्तिकारी कार्यदिशा निर्माणको प्रश्न
नेपाली क्रान्तिको कार्यदिशा के हुने – यो ज्यादै महत्वको विषय हो । नेपाली क्रान्तिसित सम्वन्धित विषय हो र सैद्धान्तिक विषय पनि । नेपाली क्रान्तिको कार्यदिशाका बारेमा नेपाली कम्युनिस्ट आन्दोलनमा गंभीर प्रकारका विवादहरु हुँदै आएका छन् । कार्यदिशासम्वन्धी विवादकै कारण नेपाली कम्युनिस्ट पार्टीी विभाजित हुँदै आएको छ । कार्यदिशाको विवादकै कारण एमाओवादीमा ठूलो विवाद हुँदा क्रान्तिकारीहृरुले दक्षिणपन्थी नवसंशोधनवादीहरुसँग व्रि्रोह गरेर नयाँ क्रान्तिकारी माओवादी पार्टीीनर्माण गर्नु पर्यो ।
पुनगर्ठित नेकपा-माओवादीले जनयुद्धको जगमा जनव्रि्रोहमार्फ अघि वढ्ने निक्र्योल गरेको छ । तर जनयुद्धको जग भत्किएको छ । जनयुद्धको मुख्य जग भनेको जनमुक्ति सेना, जनसत्ता, जनअदातहरु विघटनतिर गएकोले अब कसरी जनव्रि्रोह हुन सक्ला भन्ने प्रश्नहरु उठ्नु स्वभाविक हो । यसरी हेदा नेपाली क्रान्ति सम्पन्न गर्नका लागि क्रान्तिकारीहरुले पुनः जनयुद्धको बाटो पकड्नु पर्ने स्थिति देखा परेको छ । फेरिपनि जनयुद्धको जग त जनयुद्धकै प्रक्रियाबाट निर्माण हुन्छ । त्यसका लागि जनयुद्धकै निरन्तरताबाट मात्र संभव छ । त्यो भनेको सशस्त्र जनयुद्ध नै हो । यसबाट कोही पनि आतंकित हुन जरुरी छैन । यो नै आजको क्रान्तिकारी कार्यदिशा हो ।
सशस्त्र संर्घष्ा नै किन –
नयाँ जनवादी व्यवस्थाबिना नेपाली जनताको मुक्ति संभव छैन । मुक्तिबिना नेपाली जनताको भविष्य पनि सुनिश्चित छैन । र सशस्त्र संर्घष्ाबिना नेपाली क्रान्ति संभव छैन । अहिले नवसंशोधनवादीसँग सम्वन्धविच्छेद गरेर नेपाली क्रान्तिका बाँकी कार्यभार पूरा गर्ने उद्देश्यकासाथ नेकपा माओवादी पर्ुनर्गठनपश्चात नेपाली जनता र क्रान्तिकारी कम्युनिस्टहरुका बीचमा उत्साह र आशा पैदा भएको छ । नेपालमा सशस्त्र क्रान्तिको संभावना समाप्त भइसकेको छैन । जनयुद्ध वा जनव्रि्रोह जे नामाकारण गरेपनि यी सबै सशस्त्र संर्घष्ाका रुप हुनेछन् । सशस्त्र संर्घष्ाबिना नेपाली क्रान्तिलाई विजयमा पुर्याउन संभव छैन । त्यसैले प्रश्न उठ्छ, सशस्त्र संर्घष्ा किन नगर्ने – सशस्त्र संर्घष्ादेखि किन डराउने – तर यसका निम्ति नेपाली क्रान्तिका चार आधार र चार तयारी भने पूरा गर्नै पर्ने हुन्छ । जो पुनगर्ठित माओवादीले यसको तयारीको थालनीलाई अगाडि वढाइसकेको छ । माओले चीनमा समाजवाद लागुभइसकेपछि पार्टी दक्षिणपन्थी संशोधनवादीहरुसँग लड्न र नयाँ क्रान्तिको निम्ति अर्को छापामार संर्घष्ा आवश्यक छ भनेरे बारम्बार जोड दिने गर्नु थियो । नेपालमा त झन् क्रान्ति नै सम्पन्न हुन नसकिरहेको परिपेक्ष्यमा क्रान्ति सम्पन्न गर्न पूरानो राज्यसत्तालाई ध्वस्त पार्न सशस्त्र संर्घष्ाबाहेक अर्को विकल्प क्रान्तिकारीहृरुको सामु छदै छैन । बरु नेपालमा अबको सशस्त्र संर्घष्ाको मोडल कस्तो अपनाउने भन्ने बारेमा आजैदेखि बहस र छलफलको प्रक्रियालाई अगाडि बढाउन जरुरी छ ।
निचोड
हामी अहिेले नेपाली क्रान्तिको निर्णायक मोडमा पुगेका छौं । नेपाली क्रान्तिलाई विजयको दिशातिर लैजान हाम्रो निर्धारित कार्यदिशाले मात्र ठोस गर्नेछ । यसबारे कमरेड माओले भन्नु भएको छ, ‘क्रान्ति गर्नुछ भने क्रान्तिकारी पार्टीीुनैपर्छ । क्रान्तिकारी पार्टीीना, मार्क्सवादी-लेनिनवादी सिद्धान्त र पद्धतिअनुसार बनेको पार्टीीना साम्राज्यवाद तथा यसका दलालहरुलाई पराजित गर्न मजदुर वर्ग र विशाल जनसमुदायलाई नेतृत्व गर्न असंभव छ ।’ क्रान्ति सम्पन्न गर्नका लागि कमरेड माओले भन्नु भएका यी कुराहरु असाध्यै सारगर्वित छन् । हामीले नेपाली क्रान्ति सम्पन्न गर्ने उद्देश्यले नै नवसंशोधनवादसँग सम्वन्धविच्छेद गरेर क्रान्तिकारी नेकपा माओवादी निर्माण गरेका छौ । यत्तिले मात्रै नेपाली क्रान्तिको कार्यभार पूरा हुँदैन । हामीले नेपाली क्रान्तिको ठोस कार्यदिशा के निक्र्योल गर्ने त – जनव्रि्रोह, जनयुद्ध वा अन्य कुनै नयाँ छापामार संर्घष्ाको मोडल – यसबारे हामीले गंभीर बहस सुरु गर्न जरुरी छ । नेपाली समाजको वर्गविश्लेषण सटिक र वैज्ञानिक ढंगले गर्न जरुरी छ । शान्तिप्रक्रियाका यी पट्यारलाग्दा समय र जनताका परिवर्तनका एजेण्डामाथि निर्ममतापूवक धोकाधडी भएका कारण अब नेपालमा सशस्त्र संर्घष्ाको निर्विकल्पलाई कसैले रोक्न सक्ने छैन । किनकि मार्क्सवादको गुढी कुरा पनि बलप्रयोग अर्थात् सशस्त्र संर्घष् नै हो । नेपाली क्रान्तिका लागि यो भन्दा उत्तक विकल्प अरु छैन ।