कमरेडलाई खुलापत्र ! – खगेन्द्र छन्त्याल

२०७१ असार १८ गते, बुधबार


कामरेड ,
पुरानो घर तिरको उल्टो यात्रा सुरु गरेछौ तिमीलाई बधाई ! पुरानो घरमा बसेर डाडु पन्यु चलाउनेहरुले भनेकै थिए तिमि हामीलाई यिनीहरु भान्सामा बस्न नपाएर अर्को चुलो बनाएका हुन् ! बौदभेलाले जब पूर्ण पदाधिकारी चयन गर्न सकेन ,पी.बि, सी. सी. विस्तार गर्न सकेन ,कमलादी महाधिबेशनले पनि सो काम गर्न सकेन पछि मात्र सी. सी. विस्तार भयो तर त्यो निक्कै बिबादित बन्यो ! राज्य कमिटी विस्तार भयो त्यो झन् बिबादित बन्यो !बिबादको कारण थियो बढुवाको मापदण्ड ! बढुवाको मापदण्ड योग्यता ,क्षमता र क्रियासिलता या चाकडी चाप्लुशी , नाताबाद ,कृपाबाद र फरियाबाद ? यी कारण र कार्यलाई नजिक बाट हेर्दा हल्का चिसो त पसेकै थियो र मनमा प्रश्न उठी रहन्थ्यो कतै सवाल भान्साकै त होइन ? फेरिपनि नियत जेसुकैहोस् तिमीले उठाएका कुराहरु सहि थिए त्यसकारण मनमा उठेका प्रश्नको पोकालाई मनमै थन्काएर तीम्रा पछाडी लागियो ! अहिलेनै त नभनौ तर जब तिमि तिम्रो उल्टो यात्रामा कामयाब हुनेछौ तब हामी भन्नेछौ बालाजु बैठक खरिपाटी भेला र पालुन्तार बैठकमा क्रान्तिप्रति देखाएका तीम्रा ति प्रतिबद्धताहरु सबै कृतिम रहेछन ,बौदभेलामा तिमीले देखाएको उत्साह बेकारको फन्टुस रहेछ !तिमीले ठाउँ दिएपछि हामीले भन्नेछौ जनताले भन्नेछन हिजो उनीहरुले जे भनेका थिय त्यो ठिक रहेछ ! उनीहरुले भनेका थिए संसदीयदलको उपनेता ,अर्थमन्त्री र पररास्ट्रमन्त्रि नै पार्टीमा विवाद र फुटको कारण हो सिद्दान्तको कुरा वाइयात हो ! आज तिमीले तय गरेको यात्राले उनीहरुको कुरालाई पुस्टि गर्दैछ : यो बडो दुख्खको कुराहो ! तर तिमीले यो नसोचकि पुरानो भत्केको घरबाट निक्लेर बौदभेलामा सरिक भएकाहरु सबै तिम्रो यो उल्टो यात्रामा सरिक हुनेछन ! किनकी पार्टीका सबै नेता कार्यकर्ता तीम्रा भेडीगोठका भेडाहरु होइनन !पार्टीले जति सुकै सुद्दिकरण भनेपनि मै हू भन्ने एकहुल मान्छेहरुले पार्टी नछोडे सम्म पार्टी सुद्द हुदैन र क्रान्तिको निम्ति मार्गप्रशस्त हुदै हुदैन ! क्रान्ति सम्पन्न हुनका निम्ति कुदा कर्कट एकातिर फलाम अर्को तिर हुने पर्दछ ! लाग्ला समय वर्ष,दशक,शताब्दी तर क्रान्ति एक चोटी भयारै छोड्छ ! किनकि क्रान्ति आबस्यकता हो ! क्रान्ति समाज बिकासको एउटा नियम हो ! निर्मल लामा ,नारायणकाजी ,लिलामणि र अमिक हरुले पार्टी नछोडेको भए साएद जनयुद्ध को सुरुआत र त्यो सफलता हुने थियन !मार्क्सबादले सिकाएको र तिमीले हामीलाई पटक पटक पढाएको कुरा के हो भने आन्दोलनमा नीति प्रधान हो नेता गौणहो ! आन्दोलनको भात्तिमा पुरानो नेता खरानी बन्ने र त्यहीबाट नया नेता जन्मने प्रक्रिया चलिरहन्छ ! मार्क्स ,लेनिन ,माओ या अरु जो अहिले जहाँ छन् उनीहरुले आन्दोलनको आबस्येकतानुसार आफुलाई तयार पार्दै गए जसको कारण उनीहरु अहिले त्यहाँ छन् ! यदि उनीहरुले आन्दोलनको अनुकुलतामा आफुलाई नबदली तिमीले झैँ आन्दोलनलाई नै आफ्नो अनुकुलतामा बदल्न खोज्थे यदि भने उनीहरु खरानी बन्थे र तिनको ठाउँ अरुले लिन्थे ! जे होस् तिम्रो यात्रा सफल रहोस अग्रिम सुभकामना !!!

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु