आशन्न राष्ट्रिय सम्मेलनका कार्य भारहरू — ओम प्रकाश पुन

२०७१ असार २० गते, शुक्रबार


प्रारम्भ :
हाम्रो पार्टी नेकपा–माओवादी राष्ट्रिय सम्मेलनको अन्तिम चरनमा पुगेको छ । एकाध जिल्ला बाहेक साँगठानिक शुद्धिकरण स्वरूप देशका सबै जिल्ला पार्टि सम्ममेलनहरू सान्दार रूपमा सम्पन्न भएका छन् । पार्टि विभाजन पश्चात साँगठानिक सम्मेलनको अभियानमा सँग सँगै हिडेको एमाओवादीले देशका कुनै पनि जिल्लामा सर्व सम्मत नेतृत्व निर्माण गर्न नासकिरहेको र अन्य संसदवादि दलहरू आपसि अन्तर विरोधमा फसिरहेको अवस्थामा हाम्रो पार्टिले जसरी देशव्यापी सम्मेलनहरू सफल पार्यो यसले नेपाली राजनितिमा एक स्तरको हस्तछेप भएको छ । नवशंशोधनवाद संगको संवन्ध विच्छेद पश्चात ऐतिहासिक सातौं महाधिवेशन,कथित दोश्रो संविधान सभाको चुनावको वहिष्कार हुदै यहाँ सम्म आईपुग्दा हाम्रो पार्टि संसद वादि धाराका बिपरित छुट्टै क्रान्तिकारी धाराका रूपमा स्थापित भएको छ । अब यसले राष्ट्रिय सम्मेलन मार्फत संगठन,कार्यदिशा र तात्कालिन राजनितिक सवालमा एकतावद्ध भइ नयाँ समाधान दिन सकेमा यो देशको मुल शक्तिका रूपमा उदिएमान हुने निश्चित छ ।
कार्यदिशा :
हाम्रो पार्टिले हाल सम्म निर्धारण गरेको कार्य दिशा भनेको जनयुद्धको जगमा जनविद्रो हो । यो कार्यदिशा हामीले पालुङटारको विस्तारित बैठक देखि पारित गरेता पनि यसको अलि ठोस र मूर्त व्याख्या सातौं महाधिवेशनमा गरियो । पालुङटार देखि पार्टि विभाजन नहुंदा सम्म एमाओवादिकालमा यसको व्याख्या तीन स अर्थात सरकार,सदन र सडक बाट अघि बढ्ने र केन्द्रिय सत्ता कब्जा गर्ने भन्ने थियो । त्यो हेर्दा क्रान्तिकारी देखिएता पनि सारमा दक्षिण पंथि कार्य दिशा थियो । पार्टि विभाजन पश्चात एमाओवादिले हेटौडा महाधिवेशनबाट नयाँ जनवादिक्रान्तीको कर्यक्रम सहित जनयुद्धको जगमा जनविद्रोहको उक्त कार्यदिशा परित्याग गर्यो । हामीले बौद्धभेलाद्वारा एमाओवादीलार्इ नवशंशोधनवादी शक्ति विश्लेशन गर्दै त्यसबाट संवन्धबिच्छेद गर्दा पार्टिको मर्गदर्शक सिद्धान्त मार्क्सरवाद–लेनिनवाद–माओवाद (विचारधारा हटाएर), पार्टिको नाम नेकपा–माओवादी,पार्टिको न्यूनतम कार्यक्रम नयाँ जनवाद र अधिकतम कार्यक्रम समाजवाद अनि त्यसलार्इ प्राप्त गर्ने जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालार्इ थप सम्मृद्ध पारेका थियौं । बौद्ध भेला पछि हामी सातौं महाधिवेशनको तयारिमा लाग्यौं र कमलादिमा सम्पन्न सातौं महाधिवेशनमा हामीले जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशालार्इ नै थप समृद्ध गरेर अघि बढ्यौं । सातौं महाधिबेशन बाट पोखरा बैठकमा पुगे पछि हामीले उक्त कार्यदिशालार्इ कथित दोश्रो संविधान सभाको चुनाव बहिष्कार गर्ने कार्ययोजनाकारूपमा मूर्त गर्यौं र कार्यदिशालार्इ आंशिक सफलतामा पुर्यायौं । तर कथित दोश्रो संविधान सभाको चुनाब बहिष्कार पछि भने कार्यदिशा कार्यन्वयनमा केहि अलमल देखा परेको छ र यसले कार्यदिशामा थप समृद्धिको माग गरेको छ ।
कार्यदिशामा परेको अलमल :
१. पहिलो कुरा त क्रान्तिकारी पार्टिले आफ्नो कार्यदिशा तय गर्दा दोयद अर्थ लाग्ने खालको बनाउनु हुदैन । मुङग्रा जस्तो भुत्ते पनि बनाउनु हुदैन,धारिलो र स्पातिलो बनाउनु पर्छ । हामीले तय गरेको जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशा राजनैतिक उद्धेश्यमा सहि भयता पनि परिणाममा कम्जोर पर्नुको कारण त्यहि हो । ब्याख्यामा हामीले जनयुद्धको जग भनेपछि पार्टि,सेना र स्थानिय सत्ता निर्माण गरि शसस्त्र संघर्षको तयारि गर्ने अनि त्यसैमा टेकेर जनतालार्इ आम जनबिद्रोहमा उतारि केन्द्रिय सत्ता कब्जा गर्ने भन्यौं तर ब्यबहारमा जाँदा फरक खालको जोडकोणमा पुग्यौ । यसमा एउटा बुझाइ जनयुद्धको जगमा जनबिद्रोह भनेको मुलतः शहरिया संघर्ष नै हो त्यसकारण जनयुद्धको जग भन्नु आबश्यक छैन र यसले अन्तत हामीलार्इ दीर्घकालिन छापामार युद्धमा पुगाउछ भन्ने देखिन्छ । भने अर्को बुझार्इ जनबिद्रोह भनेको शास्त्रिय खालको हुने र नेपालको संदर्भमा सामान्य शहरिया सुधारबादि आन्दोलनमा सिमित हुने भएकोले अबको संघर्षको बाटो जनयुद्ध नै हो भन्ने देखिन्छ । यसरी हेर्दा यि दुबै कोणका बुझाइहरू अपूर्ण देखिन्छन् । किनकि नेपाली समाज पूर्ण सामन्ती वा पूर्ण पुजीवादी दुबै नभएको अबस्थामा कार्यदिशा पनि त्यहि खालको वा गाउँ र शहरलार्इ जोड्ने प्रकारको हुनु पर्छ । यसमा पनि प्रष्ट हुनु पर्ने भनेको फौजि कार्यदिशा नै हो । क्रान्तिकारी पार्टिको निम्ति फौजिकार्यदिशा सहितको राजनैतिक कार्यदिशा जरूरी हुन्छ ।
२.दोश्रो कार्यदिशा कार्यान्वयनमा समस्या आउनुका पछाडि हाम्रो पार्टि भित्र शुक्ष्मरूपमा देखापरेका बाम,मध्य र दक्षण पंथी प्रवृतिहरू पनि जिम्मेवार छन् । यि प्रवृतिहरू अहिले आएर मात्रै प्रकट भएका नभर्इ पार्टि बिभाजन हुदा देखि भएका हुन् । पार्टि बिभाजनको प्रक्रियामा आउँदा एउटा पक्ष साँच्चिकै क्रान्ति गर्ने उद्देश्य लिएर आयो,दोश्रो पक्ष अलग पार्टि बनाउने र यहि संसदिय राजनितिमा खेल्ने उद्देशयले आयो र तेश्रो पक्ष प्रचण्डको झोकले लहलहैमा आयो जसका कारण पार्टिमा गति दिन र कार्यदिशा कार्यानवयनमा समस्या देखा पर्यो । अहिले पनि तिनै तीन प्रबृतिका कारण पार्टिलार्इ अब नयाँ क्रमभंगतामा लैजानु पर्छ,यथास्थितिमा रहनदिनु पर्छ वा एमाओबादी संग मिल्नु पर्छ भन्ने बहस चलेको छ ।
३.तेश्रो कुरा कार्यदिशा कार्यान्वयनमा हाम्रो जीवन शैली र नयाँ वर्ग धरातलले पनि समस्या देखियो । शान्ति प्रक्रियाबाट पार्टि यता आउँदा उपल्लो स्तरका र टाँठा बाँठा नेता कार्यकर्ताको जिवन शैलि पुरै शहरिया र नव धनाढ्य बनेर आयो जसले गर्दा शब्दमा क्रान्तिका कुरा गरेता पनि ब्यबहारमा सुधारवाद देखा पर्यो र क्रान्तिकारी धारामा अघि बढ्न खोज्ने पार्टि योजनालार्इ पनि गोलचक्करबादमा फसाउने काम भयो । त्यसकारण यदि अब पार्टिलार्इ क्रान्तिकारी धारामा अघि बढाउने हो भने विचार र ब्यबहारका विषयमा ब्यापक बहस एवं छलफल गरि एक्किकृत क्रान्तिको कार्ययोजना सहित अघि बढ्नुको बिकल्प छैन ।
पार्टि एकता र सहकार्य :
अहिले पार्टि एकता र सहकार्य वा कार्यगत एकताका वारेमा हाम्रो पार्टि लगाएत अन्य राजनितिक वृतमा पनि ब्यापक चर्चाको विषय बनेको छ । यसका बारेमा पनि हामी बैचारिक एवं राजनैतिक रूपबाट प्रष्ट हुनु पैछ । क्रान्तिकारी पार्टिले आफ्नो लक्ष्य प्राप्तिको लागि बाहिय शक्तिको रूपमा अन्य मित्र शक्ति वा बिरोधि शक्ति संग कार्यगत एकता वा सहकार्य गर्नु आबश्यक हुन्छ र गर्नु पर्छ । क्रान्तिको निम्ति आन्तरिक शक्ति शुदृढ पार्न पार्टि एकता र बाहिरि शक्ति शुदृढ पार्न कार्यनैतिक वा रणनैतिक संयुक्त मोर्चा अति जरूरी हुन्छ तर क्रान्तिकारीहरूले त्यसो गर्दा तीन कुरामा ध्यान दिनु पर्छ ।
१. पहिलो कुरा त्यो क्रान्तिको हितमा हुनु पर्छ .
२. दोश्रो कुरा त्यसमा क्रान्तिकारीको नेतृत्व र पहल कदमि हुनु पर्छ .
३. र तेश्रो कुरा त्यो समय र परिस्थिति संग मेल खाने खालको हुनु पर्छ । हामीले पार्टि बिभाजन लगत्तै तिनै कुराहरूलार्इ मध्यनजर गरि नेकपा एक्किकृत लगाएतका शक्ति संग पार्टि एकताको प्रकृया अगाडि बढायौं भने संयुक्त मोर्चाको रूपमा ३३ दलिय सहकार्यलार्इ अगाडि बढायौ । त्यसमा हाम्रो पार्टिको नेतृत्व र पहल कदमि हुनुको साथै कथित दोश्रो संबिधान सभाको चुनाब बहिष्कार गर्ने सवाल लगाएतमा समय सान्दर्भिक नै थियो । तर अहिले पछिल्लो चरणमा एमाओबादी लगाएतका दल संग भएको कार्यगत एकता र पार्टि एकताको सवालमा भने हाम्रो भुमिका र पहल कदमी अन्तै गएको महशुस भएको छ । यसमा पनि हामीले तीन वटा पक्षमा गम्भिर ध्यान दिनु पर्छ ।
१.खास गरेर ३३ दलिय मोर्चालार्इ छाँयामा पारेर गरिएको पाँच दलिय कार्यगत एकता समितिमा एमाओबादिको भुमिका अस्थिर खालको छ । उसको तनमन अहिले पनि सदन भित्रै भएकोले यस मोर्चालार्इ एमाओबादिले काँङग्रेस र एमाले संग बार्गेनिङ चिप्सको रूपमा प्रयोग गर्ने प्रबल संभाबना छ किनकि एमाओबादी अब कुनै पनि प्रकारको संर्घषको पक्ष छैन । उसको जोड संसदबादको घेरालार्इ तोडेर क्रान्तिकारी धारमा बेग्लै पहिचान बनाएको नेकपा–माओबादीलार्इ घुमार्इ फिरार्इ पुनःसंसदबादमा फर्काउनु हुने छ ।
२. दोश्रो कुरा एमाओबादि हेटौडा हुदै बिराटनगर पुगेर बिर्सजनको संघारमा पुगेको थियो र उसले आफ्नो निराश पंतिलार्इ यस पार्टि एकता र सहकार्य मार्फत उत्साहित पारि बिद्रोह र पलाएन बाट रोक्ने माध्याम यसलार्इ बनाएको छ ।
३. तेश्रो कुरा यस मार्फत खास गरेर एमाओबादि भित्रको प्रचण्ड पक्षले बाबुराम पक्षसंगको अन्तर संघर्षलार्इ आफु अनुकुल बनाउने हतियारको रूपमा प्रयोग गर्ने छ । किनकि संयुक्त संघर्ष समितिको नाम बाट नआर्इ अहिले आन्दोलन गर्ने सिजन छैन भनि कार्यगत एकता समितिको नाम बाट मोर्चा गठन हुनुले यो संघर्ष उन्मुख छैन भन्ने प्रष्ट हुन्छ । तर पनि हाम्रो तर्फ बाट यो मोर्चालार्इ संघर्ष उन्मुख बनाउने कुरा मै जोड दिनु पर्छ ।
अब जहाँ सम्म पार्टि एकताको कुरा छ त्यो ता झन धेरै टाढाको विषय हो । यसको लागि पनि हामीले तीन वटा पक्षलार्इ सच्याउनु पर्छ । जस्तो कि प्रथम, पार्टि बिभाजन गर्नु गलत थियो भन्नु पर्यो । दोश्रो,एमाओबादिलार्इ गरेको नवसंशोधनवादीको बिश्लेशन फिर्ता लिनु पर्यो । र तेश्रो नयाँजनवादी क्रान्तिको कार्यक्रम र जनयुद्धको जगमा जनबिद्रोहको कार्यदिशा छोड्नु पर्यो । अहिलेको कार्यदिशा र सांगठानिक संरचनाले पार्टिले वर्ग संघर्षमा भनेबमोजिमको गति लिन सकेन भनेर राष्ट्रिय सम्मेलन मार्फत बिचार र संगठनमा नयाँ क्रम भंग गर्न खोजिरहेको अबस्थामा हाम्रो पार्टिबाट त्यो संभब नभएको र एमाओबादि हेटौडाको दक्षिण पंथि कार्यदिशाबाट माथि उठ्ने संभाबना नभएको अबस्थामा पार्टि एकता अहिलेको कार्य योजना बन्ने कुरै भएन ।
त्यसकारण देश भरिका जिल्ला सम्मेलनहरू बाट उत्साहित पार्टि पंतिलार्इ क्रान्तिकारी कार्यदिशा,सक्षम नेतृत्व र सुदृढ संगठन मार्फत आशन्न राष्ट्रिय सम्मेलनले नयाँ उर्जा दिएर पठाउनु पर्छ ।अहिलेको सहकार्य र पार्टि एकताको हल्लाले क्रान्तिकारीहरूमा भन्दा दक्षिण पंथि सुधारवादिहरूमा उत्साह थपेकोले यसको पनि गम्भिर समिक्षा राष्ट्रिय सम्मेलनले गर्नु पर्छ । कार्यदिशाको सवालमा जनयुद्ध वा जनविद्रोहको शाब्दिक लडार्इ भन्दा शसस्त्र संघर्षको एक्किकृत कार्ययोजना निर्माणमा सिंगो पार्टिको ध्यान केन्द्रित गरौं । यसैमा नेपाल र नेपाली जनताको भबश्य छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु