एमालेमा को सल्लो को डल्लो ? – डा. टीकाराम पोखरेल
नेकपा एमालेको नावौँ महाधिवेशन नजिकिँदै जाँदा पदका आकांक्षी प्रतिस्पर्धीहरु बिचको आरोपप्रत्यारोपले चरम रुप लिँदै छ । एकले अर्को पक्षलाई लिलिपुटका मान्छे देख्ने र न्वारानदेखिको बल निकालेर आफनो प्रतिस्पर्धीको हर्ुमत लिने ढंगका आरोप सुन्दा यस्तो लाग्छ कि यी एउटै पार्टर्ीी झापा आन्दोलनदेखिका सहकर्मी होइनन् । एमालेका केही नेताले महाधिवेशनका पर्ूवसन्ध्यामा जतिसुकै विचार र सिद्धान्तका बहस भनेर सञ्चारकर्मी र जनतालाई ढाँढे पनि यथार्थमा अब एमालेमा सिद्धान्त र विचारको लडाइँ बाँकी रहेन । एमाले अब विचारबाट बाहुबलमा पुगिसकेको प्रस्टै देखियो । बाहुबललाई विचार नै भनेर रटान दिइरहने हो भने त्यो पनि अब हत्केलाले र्सूयलाई छेक्ने प्रयास मात्र हो ।
एमालेले विचारको पगरी गुत्ने भनेको मदन भण्डारी प्रतिपादित जनताको बहुदलीय जनवाद हो । छोटकरीमा जबज भनिने यसको मर्म र सार एमालेका सबै नेतालाई थाहा नभए पनि शब्द भने नेताको मात्र होइन सबै कार्यकर्ताहरुको मुखमा समेत झुण्डिएको छ । एमाले कार्यकर्ता पंक्तिमा मदन भण्डारी लोकप्रिय मात्र होइन र्सवसम्मत थिए र भौतिक रुपमा नभए पनि उनी अझै पनि कार्यकर्ताको मनमा छन् । यो कुरा एमालेका सबै नेताहरुलाई थाहा छ । त्यही भएर त नेताहरु कार्यकर्ता आफूतिर तान्न चाहेर वा नचाहेर जबजको मन्त्र जप्छन् र मदन भण्डारीलाई पुज्छन् ।
मदन भण्डारीको लोकप्रियताको इष्र्या सबै एमाले नेताहरुलाई छ त्यसैले मदन भण्डारीको लोकप्रियताको ब्याज खान एमालेभित्र कोही नेताहरु आफूलाई नै मदन भण्डारीको प्रवक्ता दाबी गरिरहेका छन् भने कतिले त आफूलाई नै मदन भण्डारीको अर्को रुप देखाउने कोसिस पनि गरिरहेका छन् । मदन भण्डारीको नामले कार्यकर्ताको मन जित्न नसँकिँदो हो त यतिबेला एमालेमा जबज मात्र होइन मदन भण्डारी पनि इतिहासका पात्र भैसक्ने थिए । यद्यपि अहिलेसम्म पनि एमालेमा मदन भण्डारीको उपस्थिति छ तर त्यो आजका एमाले नेताको रहर होइन बरु बाध्यता हो । एमाले पार्टर्ीीे लागि अपरिहार्य विषय र नेताको लागि भजाइ खाने भाँडो मदन भण्डारी र उनीद्वारा प्रतिपादित जबज बनेको छ ।
स्पष्ट छ जबजको व्याज भजाउने बाहेक एमालेमा अब सिद्धान्तको बहस छैन । सिद्धान्त, नीति, कार्यक्रम, रणनीति, कार्यनीति यी सबै गौण भैसके । रद्दीका टोकरीमा फालिएका यी विषयहरुमा सायद अब नवौँ महाधिवेशनमा पनि छलफल हुने छैन । भैहालेछ भने पनि त्यो औपचारिकताका लागि मात्र हुनेछ । अबको महाधिवेशनमा बहस हुने भनेको त पार्टीीत्र को सल्लो को डल्लो, को पुटिन को एल्तसिन, को नेतृत्व हस्तान्तरणमा साधक को बाधक, कसको स्वास्थ्य बलियो कसको कमजोर, कसका पक्षमा गुण्डा कोसँग कति शक्ति र पैसा, कसका पक्षमा कतिजना महाधिवेशन प्रतिनिधि कसका कति केन्द्रीय नेता, कसले कसलाई उठ्नै नसक्ने गरी पछार्ने र को पछारिने भन्ने मात्र हो । यस्तो बहसलाई पनि एमालेका नेताहरुले सैद्धान्तिक बहस नै भनेछन् भने अचम्म चाहिँ नमाने हुन्छ । किन कि नेताहरु ठान्छन्- उनीहरुले रातलाई दिन र दिनलाई रात भने पनि त्यही हुन्छ ।
राजनीत्रि्रति अनुदार भाव राख्नेहरु भन्ने गर्दछन्- “नेताहरुको कुनै सिद्धान्त हुँदैन, उनीहरु जे बोल्दा वा जुन सिद्धान्तको कुरा गर्दा आफूलाई फाइदा हुन्छ त्यही कुरा गर्छन् ।” सुन्दा वा पढ्दा अलि अप्रिय, अराजक र छुद्र जस्तो नै लागे पनि यो भनाइ पूण असत्य भने होइन भन्ने कुरा अहिले एमालेभित्र देखिएको हिलो छ्यापाछ्यापले पनि पुष्टि गरिरहेको छ ।
हिलो छ्यापाछ्यापको यो श्रृङ्खला एमाले अनुशासन कमिटीको टाउको दुखाइको विषय बनेको छ । तर फोहोर गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्तो हिलो छ्यापाछ्यापमा लागेका खाँटी गुटउपगुटका नेताहरुलाई केही फरक परेको छैन । त्यसैले महाधिवेशनसम्म पुग्दा यसले अझ त्रि्रता पाउने निश्चित छ । एमाले भित्रको हिलो युद्ध देख्दा लाग्छ एमाले एउटा हिलो कारखाना हो जसले वषौर्ँदेखि हिलो उत्पादन गरिरहेको छ ।
हरेक राजनीतिक दलमा आन्तरिक लोकतन्त्र हुनुपर्दछ । जसले आफ्नो दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्दछ त्यसले मात्र जनताका अगाडि लोकतन्त्रको कुरा गर्न सुहाउँछ । बाहिर भने लोकतन्त्रका ठूला ठूला गुड्डी हाँक्ने पार्टर्ीी भने र्सवसम्मतिको नाममा सधैँ आफू नेतृतवमा रहीरहनेहरुले लोकतन्त्रको कुरा गर्न सुहाउँदैन । यस दृष्टिले हर्ेदा एमाले भित्रको कडा चुनावी प्रतिस्पर्धालाई सराहाना गर्नै पर्दछ । तर चुनावी प्रतिस्पर्धामा प्यानल निर्माणको नाममा क्षमतावान युवाहरुलाई चाहिँ बाहिर पारेर “डेट एक्सपाएर”हरुकै बाहुल्यता बनाइयो भने त्यो प्रतिस्पर्धा देखावटी मात्र हुन्छ । देश चलाउने कुरामा अरु पार्टीीग पनि प्रतिस्पर्धा गर्न पर्ने र जनताको विश्वास पनि जित्नपर्ने देशको दोस्रो ठूलो दलका रिटायर्ड हुन लागेका नेताहरुले आफ्नै पार्टीीत्र प्यानलको नाममा भाग खोज्ने र आफ्नो स्थान सुरक्षित गर्ने काम कोही कसैबाट पनि नहुनुपर्ने हो तर एमालेको प्रतिस्पर्धा प्यानलबाट अछुतो रहने भने देखिँदैन ।
एकातिर प्रतिस्पर्धालाई पनि स्वीकार गर्ने अर्कातिर फेरि त्यसका नियमलाई पनि नमान्ने हो भने त्यस्तो प्रतिस्पर्धा पनि स्वस्थ्य प्रतिस्पर्धा हुन सक्तैन । विचारको विविधता भएको संसारमा युद्ध हुन सक्तछ तर युद्धका पनि नियमहरु हृुन्छन् । प्रतिस्पर्धाका पनि सीमाहरु हुन्छन् । आजको आधुनिक युगमा सीमाविहिन भएर कोही पनि योद्धा बन्न सक्दैन बरु युद्ध अपराधि बन्दछ । विचार र बहसको प्रतिस्पर्धाका नाममा कसैले पनि सीमा नाघ्दछ भने त्यसले अन्ततः नेता स्वयम्लाई मात्र होइन सिङ्गो पार्टीीई पनि हानी पुर्याउँछ । सबै नेतालाई थाहा भएको यो कुरा भनिरहँदा सस्तो उपदेश दिए जस्तो लाग्छ, कतिपयलाई अनाडि उपदेश पनि लाग्न सक्ला तथापि अर्ति भनेको सानाको पनि सुन्नु भन्ने बुढापाकाको उखानलाई पनि एमालेका नेताहरुले मनन गर्नु जरुरी छ ।
भनिन्छ नि, कसैलाई चोर भनेर आफ्नो चोर औला ठड्याउँदा बाँकी औलाहरुले आफैँलाई इङ्गित गरिरहेको हुन्छ । अनि एक औलाले औल्याएका ठूलो चोर कि चार औलाले औल्याएको चाहिँ ठुलो चोर भनेर प्रश्न गर्नैपर्ने हुन्छ । त्यसैले अहिले एमालेभित्र जस्तो प्रकारको आरोप प्रत्यारोप चलिरहको छ त्यसले आफूले अरुलाई होचो देखाउने नाममा आफ्नै उचाइ घटिरहेको स्पष्ट देख्न सकिन्छ ।
संसारमा कसैले कसैलाई सल्लो वा डल्लो बनाउन सक्तैन । कोही सल्लो वा डल्लो, सानो वा ठुलो जे भए पनि त्यो आफ्नै बल, बुता र क्षमताले हुने हो । गोर्भाचोभ, पुटिन, एल्सिन, लेण्डुप, लेलिन, माओ जे भए पनि आफ्नै कर्मले हुने हो । उठ्नै नसके पनि आफनै खुट्टा दरो नभएर उठ्न नसक्ने हो र समाप्त भए पनि आफ्नै अकर्मण्यताले समाप्त हुने हो । न कसैले कसैलाई उठ्नै नसक्ने गरी सुताउन सक्दछ न त उठाउन नै सक्छ । वैशाखीले हिँड्न सहयोग त पुर्याउला तर हिँड्ने चाहिँ वैशाखीले होइन आफैँले हो । यो चेतना एमाले नेताहरुमा हुनु आवश्यक छ ।
हिलो छ्यापाछ्यापको युद्धमा होमिएकाहरु कसैले पनि आफू सफा छु भन्ने घमण्ड नगरे हुन्छ । अरुलाई हिलो छ्याप्दा आफ्नो हात समेत हिलो हुन्छ । त्यति मात्र होइन अरुले आफूलाई छ्यापेको हिलो समेत लाग्दा दोहोरो हिलोको मारमा परिन्छ । अन्ततः यो हिलो राजनीतिलाई विश्राम नगर्ने हो भने मुखभरी हिलो लागेर नेताहरु एकदिन जनताले नै नचिन्ने हुन बेर छैन । किनभने माथि उठ्न समय लाग्छ तर तर तल र्झन कति पनि समय लाग्दैन । यो प्रकृतिको नियम नै हो ।