एमाओवादीभित्रको लडाँई पदको लुछाचुडि मात्र –दिपक जलन

२०७१ श्रावण १६ गते, शुक्रबार


नेपाली कम्यूनिष्ट आन्दोलनको २००६ सालदेखि २०७१ सालसम्म आईपुग्दा कम्यूनिष्ट पार्टीहरु दर्जन पटक विभाजित भएको इतिहास छ । कम्यूनिष्ट पार्टीहरु फुट्न सक्छन तर जुट्न जान्दैनन् भन्ने आरोप कम्यूनिष्टहरुले खेपेका मात्र होईनन् पुष्टी समेत उनीहरु आफैवाट हुँदै आएको छ । २०६८ साल असार ५ गते जनयुद्ध लडेर आएको ठूलो समुह मोहन वैद्य किरणको नेतृत्वमा पार्टी संसोधनवादमा फसेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी – माओवादी गठन गर्न पुग्यो । त्यसपछि पनि एकीकृत माओवादी भित्रको शक्ति संघर्ष चर्कने क्रम रोकिएन । पालुङ्टारको विस्तारीत वैठकले लिएको जनविद्रोहको राजनैतिक कार्यदिशामा पार्टी अडिन नसकेपछि वालाजु प्लेनमको केन्द्रीय समितिको वैठकले विस्तारीत वैठकले पारित गरेको राजनैतिक कार्यदिशालाई नै उल्ट्याएर शान्ति र संविधानको कार्यदिशमा एकीकृत माओवादी पुग्यो । २०५२ सालवाट जनयुद्धको घोषणा भएदेखिनै मोहन वैद्य किरण र डा. वावुराम भट्राई लालध्वज विच राजनैतिक कार्यदिशाका सम्वन्धमा व्यापक वहस चल्ने गरेको भए तापनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कुनै राजनीतिक लाईन नभएको भन्ने टिप्पणी सार्वजनिक हुने गर्दथ्यो । मोहन वैद्य किरणको नेतृत्वमा पार्टी विभाजन भए पछि एकीकृत माओवादी भित्रको विवाद अन्त्य हुने र पार्टी स्थिर रुपमा अगाडी वढ्ने एकीकृत माओवादी भित्रकै केही नेताहरुको विश्लेषण थियो । मोहन वैद्य किरण अलग्गिनु पहिले केहि नेताले सार्वजनिक कार्यक्रममानै मोहन वैद्य किरण वाहिरीनुनै ठिक हुने पटक पटक अभिव्यक्ति दिए तर २०६८ असार ५ गते देखि आजसम्मको एकीकृत माओवादी भित्रको अवस्थालाई हेर्ने हो भने नेपालका अन्य राजनीतिक पार्टीहरुमा भन्दा एकीकृत माओवादी भित्रको विवाद वढी देखिन्छ । राजनैतिक कार्यदिशाको सम्वन्धमा अध्ययन गर्ने हो भनेत प्रचण्ड बाबुराम दुवैको लाईन शान्ति र संविधान नै हो आखिर किन एउटै राजनैतिक लाईन हुँदा पनि एकीकृत माओवादी पार्टी भित्रको विवाद यतिवेला उत्कर्षमा पुगेको छ ?
पालुङटारवाट हेटौडा हुँदै विराटनगरसम्म पुग्दा एकीकृत माओवादी फेरि विभाजनको संघारमा पुगेको देखिन्छ । त्यसको उदाहरण डा. वावुराम भट्टराई समुहले गरेको विराटनगर सम्मेलन वहिस्कार नै काफि हुन्छ । त्यसपछि पार्टीका पदाधिकारी लगायतका निर्वाचनमा भट्टराई पक्षले गरेको अर्काे वहिस्कार पनि विभाजनको संघारमा पुगेको अर्काे ज्वलन्त उदाहरण हो । तर पार्टीका संस्थापन पक्ष पार्टी कमजोर भएको अवस्थामा विभाजित हुन चाहँदैन भने संगठन निर्माणमा कमजोर मानिएका डा. भट्टराई पनि पार्टीमा आफ्नो संगठन मजवुत नपारी विभाजित हुने मनस्थितिमा देखिंदैनन् । लोकतान्त्रिक अभ्यास भन्दै निर्वाचननै वहिस्कार गरेको समुह निर्वाचित हुनुले एकीकृत माओवादी राष्ट्रिय राजनीतिमा आफ्नो शाख जोगाईराख्न यतिवेला गर वा मरको अवस्थामा छ । दोश्रो संविधान सभाको निर्वाचनमा आफूले भोगेको लज्जासपद हारले आफैले सम्पन्न गरेको निर्वाचन पनि आफ्नो खुट्टामा आफैले वन्चरो हाने सरह उसले अनुभूति गरि रहेको छ । यो संविधान सभामा एकीकृत माओवादीको संलग्नता केवल संलग्नताको लागि मात्रै भएको छ किनकी नेपाली काँग्रेस र एमालेले चाहेको खण्डमा एकीकृत माओवादीका कुनै पनि राजनैतिक मुद्धा यो संविधान सभामा पारित हुनै सक्दैन । पहिलो संविधान सभामा नेपाली जनतावाट पाएको अपार समर्थनका साथ जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको जस पाएको एकीकृत माओवादी अहिले संविधान नवनाऊनुको मुख्य दोष वोकेर हिड्न वाध्य भएको छ । हुनपनि एकीकृत माओवादीले पहिलो संविधान सभामा प्रकृयावाट संविधान निर्माण गर्न चाहेको भए संविधान वन्ने संभावना प्रवल थियो । यसरी राष्ट्रिय राजनीतिमा कमजोर वन्दै गएको एकीकृत माओवादी पार्टी भित्र फेरि वावुराम पक्ष र प्रचण्ड पक्ष विचको शक्ति संघर्ष चरम उत्कर्षमा पुगको छ । आफ्नै गृह जिल्लामा कमजोर भएको भनिएका डा. भट्टराईको गृह जिल्ला गोरखामा बाबुराम पक्षका सम्पूर्ण नेता कार्यकर्ताले आफ्नो जिम्वेवारीवाट राजिनामा दिई नयाँ समानान्तर समिति गठन गर्नु र डा भट्टराई स्वंयम् पनि फरक विचार प्रशिक्षण भन्दै देश दोडाहामा रहनुले अव बाबुराम प्रचण्ड संगै रहनुसक्ने अवस्था अत्यन्तै न्युन रहेको अडकल गर्न थालिएको छ । शान्ति प्रकृयामा आए यता माओवादी तीन चिरा वनि सकेको छ र फेरी पनि विभाजन नहोला भन्न सकिन्न । हुनत माओले भन्नुभएको छ “ पार्टी भित्र दुईलाईन संघर्ष अनिवार्य छ ।” तर एकीकृत माओवादी भित्रको अहिलेको दुईलाईन संघर्ष निकै पेचिलो हुदै गएको छ । यी दुई शक्ति विचमा पानी वारावारको अवस्थामा पुगको भएपनि यो संघर्ष राजनीतिक कार्यदिशासंग सम्वन्धित नभएको विश्लेषकहरुको वुझाई छ । गोरखा जिल्लाको सन्र्दभमा हेर्ने हो भने पनि नयाँ समानान्तर समितिको घोषणा भैइरहँदा भट्टराई पक्षका नेता कार्यकर्ताले आफुहरुलाई प्रचण्ड पक्षले वहुमतको आडमा निषेध गरेको, एकलौटी ढंगले पार्टी संचालन गरको, मनोनित पदिय भागवण्डामा आफ्नो ३३ प्रतिशत मतको कुनै कदर नगरेको भन्ने विषयमा मात्र केन्द्रित हुनुले पनि यसवाट एकीकृत माओवादी भित्रको विवाद संगठनात्मक विवाद हो भन्ने पुष्टी गर्दछ । तर माओवादीका केही नेताहरुले सार्वजनिक संचार माध्यममा पुरानो फुटेको नेकपा माओवादीले फुटको औचित्य पुष्टी गर्न नसकी फेरी कार्यगत एकतामा आएको भन्दै मनोगत प्रचार गरेर भट्टराई पक्ष फुटतर्फ लक्षित गरि यो गलत भएको तर्क गर्नुले चाँहि बाबुराम पक्ष वैचारिक रुपमा विभाजित हुन खोजेको संकेत गर्दछ । तर एकीकृत माओवादीको त्यतिवेलाको विभाजन र अहिलेको सभ्भावित विभाजन जोडेर हेर्नु तर्कसंगत र वैज्ञानिक हुनै सक्दैन । किनकि एकीकृत माओवादीको अहिलेको कार्यदिशा र नेकपा माओवादीको अहिलेको कार्यदिशा आकाश पातालको फरक छ । यो परिप्रेक्षमा सम्भावित बाबुराम प्रचण्ड विचको विवाद पद र हैसियतको खोजिमा मात्र हो भने त्यतिवेलाको विभाजन राजनैतिक विचारको कारणले भएको हो । हुनत विभाजन आफैमा राम्रो होईन त्यसले नत पार्टी नत देश नत जनता कसैलाई पनि फाईदा नपुग्ने निश्चित नै छ । पार्टीमा समानान्तर कमिटि गठन हुनु पार्टी विभाजन नै त होईन तर गोरखा जिल्लामा बाबुराम पक्षले समानान्तर पार्टी गर्दैमा अत्तालिएर पार्टी विभाजन भए भन्दा पनि ठूलो हुईम मच्चाएर एकीकृत माओवादीको केही नेताहरुले यतिवेला पुरै सिङ्गै पार्टीलाई कमजोर वनाएको छ । यतिवेला उसको मुखपत्र मानिएको जिल्लाका संचार माध्यममा सम्प्रेसित भँगेरे टाउके समाचार हेर्दा एकीकृत माओवादीमा बाबुराम प्रचण्ड संगै रहनुको कुनै औचित्य छैन । एउटा सिङ्गो संचार माध्यमले नराकात्मक भन्दा पनि सकारात्क भूमिका खेली विवादलाई न्युनिकरण गर्ने तर्फ लाग्नु पर्ने थियो तर जिल्लाका जिम्मेवार नेता कार्यकर्तावाट समानान्तर कमिटि गठन हुनुलाई पार्टी विभाजन भए सरह गरि एक अर्कालाई तथानाम लागी गलौज गर्नु, वदनाम गर्नु, जस्ता नियतिले दुवै समूह संगै भए पनि भौतिक शरिर मात्र संगै रहने तर आन्तरिक द्धन्द न्युनिकरण नहुने स्पष्ट छ । यस्तो अवस्थामा उसकै मुखपत्रले सकारात्मक भूमिका खेल्नु पर्ने अवस्य थियो । स्वतन्त्र संचार माध्यमले त्यसको भूमिका खेल्न त सकेन नै उसकै संचार माध्यमले पनि पक्ष प्रतिक्षको भूमिका निर्वाह गर्नुले के खोज्छस् मुडो आफै ताक्छ घुडो भन्ने उखानलाई चरितार्थ नगर्ला भन्न सकिन्न ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु