प्रसंग: मोदी भ्रमणको – युवराज सफल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले अहिले नेपाली राजनीतिको तापक्रम एकाएक बढेको छ । लामो समयसम्म प्रधानमन्त्री स्तरमा भारतवाट नेपालको भ्रमण नभएको सर्न्दर्भमा भर्खरै भारतीय जनता पार्टीे तर्फाट सरकार प्रमूख भएका मोदी नेपाल आउँदा अहिले आवश्यकताभन्दा बढी नै यसको चर्चा चुलिएको छ । खासमा केहो भने नेपालका प्रधानमन्त्री देखि विभिन्न पार्टी नेताहरु लाईन लागेर दिल्ली दरवारमा दर्शन गर्न जान्थे । एक जमानामा दिल्लीले आफूलाई ग्रिन सिग्नल नदिएको भनी विभिन्न पार्टर्ीी नेताहरुले असन्तुष्टि समेत जनाएका थिए । भारतीय प्रधानमन्त्री र मन्त्री अनि त्यहाँका उच्च पदस्थ कर्मचारीलाई अनावश्यक महत्व दिने नेपाली राजनीतिक पार्टी नेपालको नेता र नेपाललाई रत्तिभर नगनी खालि दास बनाउन चाँहने ,विस्तारवादी नीतिलाई बढवा दिने नेपालमाथि हैकम चलाउने भारतीय राज्यसत्ताको अहंकारको परिणाम लामो समयसम्म भारतीय प्रधानमन्त्रीको भ्रमण हुन नसकेको हो । अत नेपाल भ्रमणमा आउन लागेका नरेन्द्र मोदीलाई नेपाल सरकार ,नेपाली जनता ,नेपाली राजनीतिक पार्टी नेपाली नेताहरुले के कुरा राख्न पर्दछ ,आदि विषयमा संक्षेपमा चर्चा गर्दा उपर्युक्त होला ।
मोदी भ्रमण र नेपाल सरकार
भारतीय प्रधानमन्त्री मोदी नेपाल आउदा अहिले उनको समकक्षी शुशिल कोइराला छन् । शुशिल कोइराला लामो समय नेपाली राजनीतिमा लागेका व्यक्ति हुन् । खासगरी गिरिजा प्रसाद कोइरालाको उत्तराधिकारी भएर काम गरेका शुशिललाई सत्ता चलाउने अनुभव र क्षमता नभएतापनि राजनीति चलाउन भने ज्ञान होला नै । विभिन्न कालखण्डमा नेपाली राजनीतिमा भारतविरोधी आन्दोलन भएका छन् । भारतका शासक वर्गले नेपालमाथि गरेका अन्याय अत्यचार,शोषण ,दमन ,उत्पीडन ,सिमा अतिक्रमण ,हिंसा ,हत्या ,बलात्कार ,लुटपाट जस्ता घटनाप्रति देशका प्रधानमन्त्री बेखवर छैनन् । स्पष्ट रुपमा भन्नु पर्दा १८० भन्दा बढी ठाँउमा नेपालका सिमाना मिचिएका छन् ,सक्कली सिमा स्तम्भ बेपत्ता बनाई नक्कली सिमा स्तम्भ गाडिएको छ । कालापानी लगायत अन्य क्षेत्रमा भारतीय सेना अझै परेड खेलेर नेपाल आमाको छातीमा बुट बजारेर बसेका छन् । सम्साझैँ नेपाल छिरेर भारतीय अर्ध सैन्य दस्ता एसएसवीले नेपालीको घरमा आगो लगाएका छन् ,नेपाली नारीको अस्मितामाथि धावा बोलेका छन् ।नेपाली भूमिमा आएर अन्न लुटेका छन् ,खेतमा पाकेका बाली नाली नष्ट गरेका छन् । यी यावत गतिविधि वारे शुशिल जानकारनै छन् । त्यसो हुँदा नेपाल सरकारले खुल्ला र स्पष्ट रुपमा भारतीय पक्षवाट हुने यस्ता घटनाप्रति कुरा राख्न पर्छ । आज सम्म नेपालले भारतवाट के कस्तो समस्यमाको सामना गर्न पर्यो त्यो कुरा कोइरालाले ठीकसँग राख्न सक्नपर्दछ । यत्रो तमाम समस्या हुँदा हुँदै सबै ठीक छ भनी कोइराला भारतीय समकक्षी मोदीसँग लम्पसार परे भने हामी भन्ने छौँकी कोइराला पनि भारतीय एजेण्ट हुन् भारतीय दलाल हुन् अझ भारतीय स्वार्थम्ाा काम गर्ने भारतकै नोकर चाकर हुन् । यदि साँच्चै कोइरालाले मोदीलाई तमाम समस्या राखे भने पक्कै पनि नेपाली नागरिकले शुशिललाई साँच्चिकै महान् सोच्ने छन् । प्रधानमन्त्री हुन साथ टनकपूर नेपालको हैन भारतकै हो भने जस्तै गरी नेपाल र भारतको सिमा विवाद छैन । नेपाली बस्तीमा आगो लागेको छैन,नेपाली जमिनका अन्न लुटिएका छैनन् ,नेपाली किसानले लाएका बाली हरु नष्ट गरिएका छैनन् । नेपाली चेलीवेटिको इज्जत लुटिएको छैन अनि नेपालको सरकार निर्माण देखि कर्मचारीको नियुक्ति ,सरुवा ,बढुवा अनि गोरेटो देखि घोडेटो र मोटर वाटो निर्माण गर्दासम्म भारतको हस्तक्षेप छैन भनी यो कोइराला नेतृत्वको सरकारले भन्छ भनी यो सत्य हो कि सरकार भारतीय विस्तारवादको गोटी हो ,नोकर चाकर ,दलाल र मतियार हो । हेरौँ कोइराला र कोइरालाको सरकारले के कुरा राख्छ भारत सँग ।त्यस्तै नेपाल सरकारले भारतसँग गरिने व्यापार ,उर्जा लगायत क्षेत्रमा पनि गम्भीर कुरा राख्न पर्दछ । छिमेकी मूलुक भनेपछि छिमेकीकै व्यवहार हुनपर्छ । भारत मालिक र नेपाल नोकर देखाउने खालका विभेदकारी नीति नै अंगिकार गर्ने हो भने भारतले नेपाललाई छिमेकी मूलुक र नेपालले भारतलाई छिमेकी मूलुक भन्नुको कुनै तुक छैन । छिमेकी हुनको लागि छिमेकीको व्यवहार चाहिन्छ । छिमेकी माथि अनावश्यक हस्तक्ष्ेाप गर्ने ,लगायतका अन्य हर्कत गर्नेलाई नेपालले अब छिमेकी भन्ने होकी के भन्ने भन्ोर सोच्ने बेला आएको छ । लामो समय देखि भारतीय कंग्रेसले भारतको सरकार चलायो ,काँग्रेसले लिएको गलत नीति तथा कार्यक्रमलाई मोदीले सच्चाएर नयाँ ढंगवाट नेपालसँग सम्बन्ध कायम गर्न खोजे भने त्यसलाई भन्ो सबै नेपालीले सम्मान गर्न पर्दछ ,हुन त मोदी भ्रमणको पूवसन्धयामा अस्तिमात्र आएर फर्केकी भारतीय विदेश मन्त्री सुष्मा स्व्ाराजले भारत नेपालसँग गरिएको सन् १९५० को सन्धी पूनरावलोकन गर्न तयार भएको अभिव्यक्ति दिएको देख्दा मोदी मनमोहनसिंहभन्दा नेपाल मामिलामा उदारवादी बन्न खोजेका हुन कि भन्ने जस्तो देखिएपनि जवसम्म भारत १९५० को असमान सन्धी खारेज गर्न तयार हुँदैन तबसम्म मोदीलाई विश्वास गर्ने आधार देखिदैँन । आफ्नो भ्रमणकालमा नेपालसँग असमान ढंगले राष्ट्रघाती उर्जा सम्झौता गर्न वातावरण बनाउने र गफकै भरमा दुनियाँलाई भ्रमित पार्न मोदी सरकारले १९५० को सन्धी पूनरावलोकन गर्ने कुरा ल्याएको हो । यदि साँच्चै मोदी नेपालसँग मैत्रीपूण्ा सम्बन्ध कायम गर्न चाहन्छन् भने उर्जा सम्झौतामा किन १०० प्रतिशत लगानी आफैँ गर्छुुनेर प्रस्ताव पठाउछन् अनि किन नेपालको विजुली बेच्ने अधिकार ,त्यसको मूल्य दर तोक्ने ठेक्का आफैँ लिन्छन् अनि किन एकपटक उर्जा सम्झौतामा हस्ताक्षार गरेपछि १० बर्षम्म त्यसको अबधि राख्न चाहन्छन् अनि किन फेरि १० बर्षम्म त्यो सम्झौतामार्फ नेपालको जलविद्युत कव्जा गर्न चाहन्छन् यसवाट पनि मोदी सरकारले १९५० को सन्धी पुनरावलोकन गर्छुुन्नु नेपालीको नजरमा भ्रम छरेर अर्को राष्ट्रघाती उर्जा सम्झौतामा हस्ताक्षार गराउनु नै हो । यदि त्यसो हैन भने नेपाल र नेपालीले मोदी सरकारलाई पत्याई हाल्ने वातारण के छ – के आधारमा मोदी सरकारको विश्वास गर्ने ,गफको आधारमा कसरी विश्वास गर्ने ,जब सम्म नेपालका अतिक्रमित भूमि फिर्ता हुँदैन अनि असमान सन्धी सम्झौता खारेज गरी नयाँ आधारमा सम्मानजनक सन्धी र सम्झौता गरिन्न तब सम्म भारतीय विस्तारवादी र विस्तारवादीका नाइके नरेन्द्र मोदीको भर पर्न सकिन्न यदि मोदी आज भोलि नै १९५० को सन्धी खारेज गरेको घोषणा गर्छन् अनि अतिक्रमित भूमि फिर्ता गरिहाल्छन् ,नेपाली भूमिमा भारतीय पक्षवाट हुने विभिन्न हर्कतलाई रोकि हाल्छन् र नेपाललाई भारतको एउटा प्रान्तको रुपमा हैन नेपाल एउटा छुट्टै स्वतन्त्र ,स्वाधिन देश हो भन्ने कुरालाई स्वीकार गरी सोही अनुसारको व्यवहार पर््रदर्शन गर्दछन् भने नेपाली जनताले भारतीय विस्तारवाद भन्ने शव्दलाई आजैबाट नेपाली राजनीतिक शब्दकोषवाट निकालिदिने छन् र भारतलाई नेपालको असल छिमेकी मूलुक सोच्ने छन् ।
यदि भारतले आफ्नो चरित्र र व्यवहारमा सुधार गर्दैन भने नेपालमा भारतविरोधी गतिविधि झनै बढ्नेछन् । कालान्तरमा भारतविरोधी भावना अन्य देशमा पनि फैलिने छन् । त्यसपछि दार्जिलिङ ,सिक्किम ,आसाम लगायत क्षेत्रमा बसोवास गर्ने नेपालीहरुले फेरि पनि गोर्खाल्याण्डको माग उठाउने छन् र गोर्खाल्याण्ड घोषणा गरी भारतवाट अलग भएको घोषणा गर्नेछन् भने जम्बु काश्मीर क्षेत्रपनि पाकिस्तानले लैजाने छ । यदि भारतले शक्ति उन्मादको कारण नेपालसँग युद्वको घोषणा गरेको खण्डमा चीन ,पाकिस्तान हेरेर मात्र बस्ने छैनन् । पक्कै पनि भारतीय विस्तारवादको विरुद्वमा लड्ने छन् । नेपाललाई आक्रमण गर्न पहिला भारतले चीनलाई आक्रमण गर्न पर्दछ । नेपाल भारतकै अन्य विवादको कारण यदि युद्व हुने परिस्थिति आएको खण्डमा त्यसले क्षेत्रीय युद्व र केही समय पछि विश्वयुद्वको रुप लिनेछ र अन्ततः विश्वयुद्व भयो भने भारत सिद्विने पक्का पक्की छ । मोदी साँच्चे आफूलाई महान राजनीतिज्ञ ठान्छन् भने उनले माथि उल्लेखित सबै कुरालाई मनन् गर्न पर्छ । खालि नेपालमा भारतविरोधी भावना बढी रहेको छ भनेर टाउको दुखाउनु भन्दा नेपालसँग भएका असमान सन्धी सम्झौता खारेज गरी समय सापेक्षता र युगानुकुल ढंगमा नयाँ सन्धी सम्झौता गर्नु नै मोदी सरकारको बुद्विमानी र्ठहछ । सधैँ अरुलाई दवाएर राख्ने अनि आफ्नो विस्तारवादी नीतिलाई नै अघि बर्ढाई आफ्नो पैतालाले अरुको छातीमा कुल्चेर त्यसको मज्जा लिने हो र सधैँ संसारमा विस्तारवादी चरित्र मात्र देखाउने हो र अरुप्रति हेपाहा व्यवहारमात्र गर्ने हो भने कुन दिन हामरा महान भारत भन्ने कुरा इतिहासमा सिमित हुने त हैन भन्ने कुरालाई पक्कै पनि मोदीले विचार गरेका होलान् । यदि मोदीलाई पनि मनमोहनसिंहकै जस्तो नीति अबलम्वन गर्ने रहर लागेको छ भने नेपालमा भारतविरोधी गतिविधि अझै बढ्ने र अन्ततः त्यस्तो गतिविधिले सिंगो भारतको टाउको र दिमाग खाने कुरामा सायद दर्ुइ मत नहोला कि – यस्तो कुरामा मोदीले विचार पुर्याएर काम गरुन् र नेपाली राष्ट्रियता ,राष्ट्रिय स्वाधिनता ,लगायत मुद्वामा खेलवाड नगरुन् ,मिचिएका भूमि फिर्ता गरुन् यही कामना हाम्रो ।
मोदी भ्रमण र नेपाली जनताको चाहना
खास गरी नेपाली जनता भारतीय विस्तारवादको उत्पीडनवाट उत्पीडित भएका छन् । आम नेपाली नागरिकहरु भारतीय विस्तारवादको हैकमवादको विपक्षमा उभिएका छन् । नेपालका नदिनाला हरु एकलौटी रुपम कब्जामा लिने ,नेपाली भुभागलाई डुवानमा पारेर आफू रमिता हेर्ने अनि नेपालका साँध सिमाना मिचेको कुरा पनि नेपाली नागरिकहरुलाई मन परेको छैन । जतिखेर पनि नेपाललाई तल पारेर सन्धी सम्झौता गर्न लगाउने ,राजिखुसी भन्दा पनि अनेक दवाव सिर्जना गर्ने लगायतका कार्यहरु भारतीय विस्तारवादले गर्दै आएको छ । अझ नेपालमा कसको नेतृत्वमा सरकार गठन गर्ने ,कसलाई प्रधानमन्त्री र मन्त्री बनाउने भन्ने कुरामा समेत दक्षिणले अनावश्यक हस्तक्षेप गरेको कुरा स्वाभिमानी नेपाली नागरिकलाई पचेको छैन र अत नेपाली जनता भारतीय पक्षवाट हुने यी र यस्ता अनेक समस्यावाट मूक्ति खोजी रहेका छन् तर भारतीय शासक वर्गहरुले यो कुरालाई कहिले पनि मनन् गर्न चाहेनन् या गरेनन् । त्यसकारण नेपाली जनता नेपाली भएर स्वाभिमानपर्ूवक वाँच्न चाहन्छन् । नेपाली नागरिक आफ्नो आत्मसम्मानमा ठेस पुगेको खप्न सक्दैनन् । आफ्नै आँखा अगाडि आफ्नो भूमि अतिक्रमित भएको ,आफ्ना चेलिवेटीको इज्जत लुटिएका र अन्य हस्तक्षेपर्ूण्ा घटना भएको नेपाली जनता कदापि सहन सक्दैनन् । मोदीले साँच्चै नेपाली नागरिकको इच्छा पुरा गर्न चाहन्छन् भन्ने नागरिकको चाहनालाई पूरा गर्न पर्छ ।
मोदी भ्रमण र नेपाली राजनीतिक पार्टी नेताको भूमिका
मोदी आउने दिन जति नजिकिदैँ छ त्यति नै रुपमा मोदीको भ्रमणको सवालमा चर्को बहश भएको छ । एक थरी मान्छेहरु र्स्वर्गवाट भगवान आउन लागेझैँ त्यतिकै फुरु फुरु परेका छन् भने एक थरी मान्छेहरु आलोचना गर्न लागेका छन् । खासमा कुरा के हो भने आफूलाई नेपाली जनताको पहरेदार सम्झने राजनीतिक पार्टीले छिमेकी मूलुक भारतसँग भित्रै देखि खुलेर कुरा गर्नु पर्छ अझ आफूलाई अब्वल दर्जाको कम्यूनिष्ट पार्टीताउने एमाओवादीले त झन विशेष रुपमा कुरा उठाउन पर्छ । किनभने हिजो युद्वकालाीन समयमा अधिकांश समयमा भारतीय भूमिमा विताएका माओवादी नेतामध्ये पार्टी अध्यक्ष प्रचण्डले आफ्नो सरकार गिरेपछि भारतसँग रिस फर्ेर्दै मालिक र नेाकरको प्रसंग निकालेका थिए । आफू सरकारमा बस्दा सबै कुरालाई ठिकठाक देख्ने प्रचण्ड सरकारवाट ओर्लनसाथ जताततै भारतीय हस्तक्षेप देख्न थाले । अझ रोचक कुरा त यो छ कि युद्वकालमा सुरुङ युद्व भन्दै पश्चिमतिर खाल्डो खनेको समेत देखियो । अहिलेसम्म नेपाली राजनीतिमा भारतसँग सिधै कुरा गर्ने हैसियत भएका नेता कमै जन्मिए । अघि पछि जे भनेपनि सामुन्नेमा परेपछि प्रभूको गोडामा लम्पसार परेर निहुँरिने प्रवृति यथावतै छ । जस्तो कि कथित आफूलाई ठूला राजनीतिक शक्ति सम्भिmने तीन दलले भारतसँग उर्जा सम्झौता गर्न सरकारलाई निर्देशन दिएका रहेछन् । अस्ति सम्म पनि भारतको चर्को विरोध गर्ने एमाओवादी आज रातारात एकपक्षीय उर्जा सम्झौतामा हस्ताक्षार गर्न दिने कुरामा किन लचिलो भयो भन्ने जिज्ञासा थपिएको छ । दोस्रो संविधान सभाको निर्वाचनमा आफ्नो हारको प्रमूख कारण भारत भएको माओवादी आरोप थियो । अस्ती मात्र एमाओवादी सहित पाँच पार्टी मोर्चाले उर्जा सम्झौता नगर्न भनेकोमा अहिले एमाओदीले पनि उर्जा सम्झौता गर्न सरकारलाई स्वीकृत दिने निर्ण्र्ागरेको छ । नेपाल हाम्रो घर हो ,आफ्नो घर जोगाउनु प्रत्येक नेपालीको दायित्व हो ,सबै राजनीतिक पार्टी तिनका नेताहरुले नेपाल र भारतबीच देखिएका सम्पूण समस्याहरुको समाधान गरी नयाँ शिरावाट सम्झौता गर्ने प्रयास गर्न पर्दछ । अनिमात्र देश र जनतालाई फाइदा हुन्छ ।
-लेखक नेपाल गणतान्त्रिक जनता पार्टीका केन्द्रीय अध्यक्ष हुन्)